• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

स्वास्थ्यकर्मीको सुरक्षा कवच पिपिई नै छैन, मागेर कति दिन धान्छ ?

अभाव हुन नदिन खरिद प्रक्रिया सुरु गरिएको छ : स्वास्थ्य मन्त्रालय
कमला गुरुङ मंगलबार, चैत ११, २०७६  १७:४५
1140x725

काठमाडौं – कोरोनाको संक्रमित र आशंका गरिएकाको उपचार तथा परीक्षणका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि अनिवार्य मानिने व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) कै अभाव देखिएको छ।

मास्क, हेल्मेट, हेड कभर, बुट, गाउन, पञ्जा, चस्मा पिपिई अन्तर्गत पर्दछ। जसले स्वास्थ्यकर्मीलाई बिरामीबाट हुन सक्ने संक्रमण तथा जोखिमबाट सुरक्षा प्रदान गर्छ। तर विरामीको सिधा सम्पर्कमा पुग्ने नेपालका स्वास्थ्यकर्मीका लागि पर्याप्त पिपिई छैन। यसकै अभाव हुन थालेको छ। 

सरकारले कोरोना संक्रमितको उपचारका लागि एक हजार आइसोलेसन वार्ड र २ सय ३५ आइसियु शय्याको व्यवस्था गर्दैछ। तर त्यही आइसोलेसनमा उपचार गर्नका लागि अनिवार्य मानिएको पिपिईको अभाव देखिएको छ। काठमाडौंको प्रमुख सरकारी अस्पतालमा पनि पिपिईको अभाव हुन थालेको छ। कतिपयले मागेर चलाएका छन् भने कति अस्पतालले जसोतसो जोहो गरिरहेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल, कान्ति बाल अस्पताल र प्रसुति गृह अस्पतालमा पिपिईको अभाव देखिएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीका अनुसार मुश्किलले करीब दुई हप्तालाई पुग्ने पिपिई मात्र छ। तर, बिरामीको संख्या बढे हाल रहेको पिपिईले नपुग्ने उनले बताए। उनले भने, ‘कन्जुसाई गरेर प्रयोग गर्‍यो भने १०/१५ दिनलाई पुग्ने पिपिई मात्र छ। यदि केस बढ्यो भने धान्न मुश्किल पर्छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

बजारमा पिपिई नपाइने भएकाले खरिद गर्न पनि सहज नभएको उनले बताए। तर, जसरी हुन्छ, थप पिपिई ल्याउने तयारी भएको उनको भनाई छ। 

‘बजारमा सजिलै नपाइने भएकाले कसरी ल्याउने भन्ने छ,’ उनले भने, ‘हामी थप पिपिई ल्याउन तयारी गर्दैछौ।’ 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका शंकास्पद बिरामीको उपचार हुन्छ। यस अस्पतालमा पनि पिपिई कसरी र कहाँबाट ल्याउने भन्ने विषयले नै चिन्तित बनाएको छ। हाल अस्पतालमा पिपिईको अभाव छैन। शंकास्पद बिरामीको उपचार भइरहेको छ। तर,  एकै पटक धेरै बिरामी आए के गर्ने? विकल्प देखिन्न।

अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्मा भन्छन्, ‘अहिले जसोतसो काम भइरहेको छ। अभाव भइसकेको छैन। अभाव हुन नदिन थप पिपिई ल्याउने तयारी हुँदैछ। तर, कहाँबाट कसरी ल्याउने हामी छलफल गर्दैछौ।’

वीर अस्पतालले सीमित बिरामी मात्र उपचार गर्न सक्ने पिपिई भएको बताएको छ। उपकुलपति डा. डीएन शाहका अनुसार हाल अस्पतालमा पिपिईको अभाव छैन। तर, एकैपटक धेरै बिरामी आए उपचार गर्न सक्ने पनि पिपिई अस्पतालसँग छैन। डा. शाह भन्छन्, ‘अहिले केही पिपिई हामीसँग छ। तर, एकैपटक धेरै बिरामी आयो भने समस्या हुन्छ। थप पिपिई खरिद गर्न हामी तयार छौं। तर, बजारमा पाइएको छैन।’ थप पिपिईका लागि स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको उनले बताए। 

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि पिपिईको अभाव छ। उपचारलाई असर हुन नदिन पिपिई मागेर चलाएको अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताए। उनले भने, ‘पिपिईको अभाव छ। अहिले मागेर काम चलाएका छौं। सवैतिर माग्दैछौं। खरिद गर्नका लागि बजारमा पनि अभाव छ।’

पिपिई खरिदका लागि स्वास्थ्य मन्त्रालय तथा अन्य दातृ संस्थासँग अनुरोध गरिएको उनले बताए। कान्ति बाल अस्पतालमा हाल पिपिईको अभाव छैन। अस्पतालले पिपिईको अभाव हुन नदिन ५० वटा गाउन सिलाएको छ। ओपिडिमा रुघाखोकी र ज्वरो परीक्षण गर्ने चिकित्सकका लागि २० वटा पिपिई रहेको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए। 

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १७:४५
  • #काेराेना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित]
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
सुशीला कार्कीले फिर्ता गरिन् सरकारी गाडी शुक्रबार, वैशाख २५, २०८३
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश सिफारिस मुख्य एजेन्डा बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्