तुलसीपुर- कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउन अवज्ञा गरेको आरोपमा प्रहरीले दाङमा ३५० वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बस १ वटा, टिपर १०, ट्राकटर ७, ट्रक ३६, सानो गाडी १० र मोटरसाइकल २ सय ७३ थान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाको अवज्ञा गरेकाले उनीहरुविरुद्ध कानुन कारबाही हुने उल्लेख छ। प्रहरी कार्यालयले कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले चालेको यो कदमको अवधीभर सूचना पालना गर्न पनि निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।