काठमाडौं–नेपाली कांग्रेसका सांसदले सरकारले सुरु गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषमा १५ दिनको पारिश्रमिक उपलब्ध गराउने भएका छन्।
कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँणले संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको १५ दिनको पारिश्रमिक (तलब) बराबरको रकम दिने निर्णय गरिएको जानकारी दिए।
एक हप्ताका लागि देशभर लकडाउन गर्ने सरकारको निर्णयलाई सकारात्मक रुपमा लिएको कांग्रेसले जनाएको छ लकडाउनको अवस्थामा दैनिक श्रम गरि जीवन निर्वाह गर्ने श्रमिकको जीवनयापन कठिन हुन नदिन सरकारसँग पनि अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।