काठमाडाैं- नेपाली सेनाले घोडेजात्राका अवसरमा आयाेजना गर्न लागेकाे विशेष कार्यक्रम रद्द भएको छ। काठमाडौं उपत्यकामा विशेष रुपमा मनाइने घोडेजात्रा लकडाउनका कारण प्रभावित भएको हाे।
सेनाले हरेक वर्ष घोडेजात्राको अवसरमा विभिन्न सैन्य कौशलसहित विशेष कार्यक्रम गर्ने गरेको थियो। तर, कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले मंगलबारदेखि देशभर लकडाउन गरेपछि निर्धारित कार्यक्रम सेनाले रद्द गरेको जनाएकाे छ। यो वर्षको घोडेजात्रा मंगलबार परेको छ।
यसअघि नेपाली सेनाले सरकारको निर्णय अनुसार धेरैको भिडभाड नहुने गरी घोडेजात्राको विशेष कार्यक्रम गर्ने तयारी गरेको थियो। इभेन्टहरु घटाइएका थिए। तर, देश लकडाउनमा गएसँगै कार्यक्रम रद्द भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।