काठमाडौं- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गठित कोषका लागि एक करोड सहयोग गर्ने व्यक्ति तथा संघसस्थालाई सम्मान गरिने भएको छ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को नियन्त्रण तथा उपचार खर्चमा सहयोग गर्ने व्यक्ति, संघ संस्थालाई सम्मान गर्ने तयारी गरिएको उच्चस्तरीय समन्वय समितिले जनाएको छ।
ती व्यक्ति वा संघ सस्थालाई कोराना भाइरस नियन्त्रणमा आएपछि एक कार्यक्रमका बीच सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिने रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले बताएको छ।
कोरोना भाइरसले नेपालमा पनि थप प्रभावित पार्ने देखिएपछि व्यक्ति र संघ सस्थालाई सहयोग गर्न प्रेरित गर्ने उद्देश्यले सम्मान गर्ने तयारी गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।