काठमाडौं–नेपाल विद्युत प्राधिकरणले आफ्ना कर्मचारीलाई तोकिएको ठाउँ नछोड्न निर्देशन दिएको छ। प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले सबै जिम्मेवार अधिकारीहरुलाई जिम्मेवारीसहित ठाउँ नछाड्न भनिएको बताए।
गुनासो, नो लाईट सेवा, मर्मत सम्भार र शिफ्ट ड्युटीसँग सम्बन्धित अधिकारीलाई जिम्मेवारीमै रहन पनि भनिएको छ। यस्तै कार्यालयले खोजेका बेला उपलब्ध हुने गरी घरमा बस्न पनि कर्मचारीलाई भनिएको छ।
प्राधिकरणले कसैलाई पनि मोबाइल फोन स्वीच अफ नगर्न भनेको छ। यस्तै कुनै पनि अप्ठेरो अवस्था आउन लागे त्यसको तत्काल रिपोर्टिङ गर्न पनि भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।