म कतार एयरवेजबाट काठमाडौं आएको हुँ। म यही चैत ६ गते विहान १० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान अवतरण भएको थिएँ।
चैत ४ गते काठमाडौं आएको भन्ने हल्ला चलेको रहेछ। म र काठमाडौंमा कोरोनाको संक्रमणपछि उपचार गराइरहनु भएकी युवती एउटै फ्लाइटबाट काठमाडौं आएको भन्ने हल्ला चलेपछि मेरा शुभचिन्तक र आफन्तले धेरै नै फोन गर्नुभयो।
मेरो गाउँका एकजना स्वास्थ्यकर्मीले म चैत ४ गते अर्थात मार्च १९ तारिखमा काठमाडौं आएको भनेर लेख्नुभएछ। म चै ६ गते १९ तारिख आएको हुँ। ४ गते १७ तारिख थियो।
म १० वर्षदेखि पोर्चुगल बसोबास गरिरहेको छु। म नेपाल आउनुअघि उत्तरी पोर्चुगलमा कोरोना देखिएको भन्ने खबर आएको थियो। म पश्चिममा बस्छु।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मैले सम्पूर्ण विवरण भरेको छु। त्यहाँबाट पनि बुझ्न सकिन्छ।
म शिक्षित मान्छे हुँ। विश्वव्यापी रुपमा फैलिएको यो माहामारीको कुनै संकेत देखिएको भए स्वास्थ्यकर्मीको सम्पर्कमा आफैँ जान सक्थेँ। मेरो बारेमा गलत हल्ला चलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।