काठमाडौं- कोरोना भाइरसको संक्रमण देखिएका १ लाख १ हजार ७९४ मानिस उपचारपछि निको भएका छन्। अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले तयार पारेको सूचीमा नेपाली समयअनुसार मंगलबार बिहान १० बजेको तथ्यांक हेर्दा १ लाख १ हजार ७९४ मानिस उपचार पछि निको भएका हुन्।
कोरोना भाइरसको उद्गमस्थल मानिएको हुवेइमा मात्र ६० हजार ३ सय २३ जना उपचार पछि निको भएका हुन्। यसैगरी इरानमा ८ हजार ३ सय ७६ जना पनि उपचारपछि निको भएका छन्।
इटलीमा ७ हजार ४ सय ३२ जनामा उपचार सफल भएको छ भने स्पेनका ३ हजार ३ सय ५५ जना उपचारपछि घर फर्किएका छन्। दक्षिण कोरियाका ३ हजार ५सय ७ जना घर फर्किए भने फ्रान्सका २ हजार २ सय उपचारपछि घर फर्किएका छन्।
कोरोना भाइरसको संक्रमणका कारण १६ हजार ५ सय ५७ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ३ लाख ८१ हजार ४ सय ९९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।