काठमाडौं–कांग्रेस नेता गगन थापाले लकडाउनको समयमा नागरिकले गर्न पाउने र नपाउने विषयमा नागरिकमा अन्योल रहेको बताएका छन्।
कोरोना भाइरसको संक्रमणबाट बँच्न सरकारले मंगलबारदेखि जारी गरेको ‘लकडाउन’मा नागरिकले गर्न पाउने÷नपाउने कार्यमा अलमल परेको उनले बताएका छन्।
ट्वीटरमा नेता थापा लेख्छन्, ‘लकडाउनमा नागरिक ले के गर्न पाउँछन,के पाउँदैनन् भन्नेमा अलमल रहेको देखियो।’ नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेललाई आग्रह गर्दै उनले अस्पष्टता निवारण तत्काल गरिदिन आग्रह गरेका छन्।
लकडाउनबाट संक्रमणको फैलावट रोक्न पुग्ने मद्दतका विषयमा समेत नागरिकलाई सूसुचित गर्न उनले आग्रह गरेका छन्। नागरिक सुसुचित भएसँगै लकडाउनको कदम प्रभावकारी हुने उनले सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।