एजेन्सी–छिमेकी भारतमा कोरोना भाइरसका बिरामीमध्ये १० जना उपचारपछि घर फर्किएका छन्।
भारतको गुडगाउँको मेदान्त अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेका १० इटालेली निको भएर सोमबार फर्केका हुन्। बीबीसी हिन्दीका अनुसार उनीहलाई दिल्लीको आईटीबीपी क्याम्पबाट अस्पताल ल्याइएको थियो । उनीहरुलाई तीन हप्तासम्म मेदान्त अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार गरिएको थियो।
इटालीबाट १४ जना आएकामा सबै संक्रमित थिए। यीमध्ये एक व्यक्ति पहिले नै निको भएर डिस्चार्ज भएका थिए। अझै तीन जनाको भने मेदान्तमै उपचार भइरहेको बीबीसीले उल्लेख गरेको छ। त्यसमध्ये एक व्यक्तिको अवस्था अलि जटिल भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। ७० वर्षकी एमिलिया ग्यसेपिना एन्तोइनेते कोरोना निको हुनेमध्ये एक हुन् । उनको पतिलाई कोरोना नभएको पुष्टिपछि उनी इटली फर्किएकी छन्।
‘हामीमा कोरोनाको कुनै लक्षण थिएन , न ज्वरो आएको थियो न कुनै खोकी लागेको थियो ’ उनले भनिन् ‘ब्लड प्रेसरको पनि कुनै समस्या थिएन केवल तीन जनामा अलि समस्या थियो तर परीक्षण गर्दा कोरोना संक्रमण पाइयो ।’
२० फेब्रुअरिमा आएको यो समूहका सबै ६० देखि ८० वर्ष उमेर समूहका थिए।
‘मेरो श्रीमान एक्लै घर फर्किनु पर्दा निकै दुःखी थिए ’ उनले भनिन्, ‘ हाम्रो उपचार राम्रोसँग भइरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।