काठमाडौं– निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। निर्माण व्यवसायी कोषबाट उक्त रकम सहयोग गर्न लागिएको हो।
परिषद्का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले सोमबार बैठकमार्फत् कोषमा रकम उपलब्ध गराउने निर्णय गराएका हुन्।
परिषदमा नेपाल निर्माण व्यवसायी महासंघसहित निर्माण व्यवसायसँग सम्वन्धित मन्त्रालय तथा निकायहरुको प्रतिनिधित्व रहने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।