सन् २००२ मा देखिएको सार्स कोरोना भाइरसले जुन ‘रिसेप्टर’ (कोषमा बस्ने माध्यम) प्रयोग गर्छ कोभिड १९ ले पनि त्यसलाई प्रयोग गरेको छ। यो भाइरस घाँटीमा पुगेपछि त्यहाँका कोषसँग बाइन्ड (एकाकार) हुने गर्छ। तर, कोरोनामध्येकै मर्सले भने अर्कै ‘रिसेप्टर’ प्रयोग गर्छ।
यो भाइरसलाई किन कोरोना भनियो? धेरैको जिज्ञासा हुन्छ। यो भाइरसको बाहिरी तह क्राउनजस्तो हुने भएकाले कोरोना भनिएका हो। बाहिर रहेका कोरोना सेरिन प्रोटिएजले कोषसँग एकाकार हुन सघाउँछन्।
त्यसैले वैज्ञानिकहरु सेरिन प्रोटिएजन यसको औषधि हुनसक्ने भन्दै अनुसन्धान गरिरहेका छन्। ती प्रोटिएजले जुन रिसेप्टर (ग्रहण गर्ने) प्रणाली हो, त्यसलाई क्लिप (बन्द) गर्छ। त्यसपछि यो भाइरस कोषभित्र पस्न पाउँदैन। भाइरस बाइन्ड (एकाकार) भएन भने संक्रमण हुँदैन।
विश्व स्वास्थ्य संगठनले एक व्यक्तिले तीनजनाई यो भाइरस सार्ने जनाएको छ। यसैगरी ‘जाओ एट अल’ले ३ देखि ५ जनासम्मलाई सार्ने जनाएको छ भने ‘रिड एट अल’ले चारजनालाई। कोरोना संक्रमित बिरामी निको भयो भने पनि २० दिनसम्म उसमा भाइरस रहिरहन सक्छ। कतिपय खोजकर्ताले ३७ दिनसम्म पनि भाइरस संक्रमित मान्छेसँग रहने बताएका छन्। बिरामी निको हुनु भनेको भाइरस निष्प्रभावी हुनु हो तर, उसभित्रका भाइरस सम्पूर्ण रुपमा सकिएका हुँदैनन्। त्यसकारण निको भइसकेको व्यक्तिसँग पनि सतर्क रहनु राम्रो मानिन्छ।
कोरोना भाइरस मानव शरीरमा प्रवेश गरेको १४ दिनसम्म किन लक्षण देखिँदैनन्? यो भाइरस बढ्न समय लाग्छ। लक्षण देखिन वा रोगी बनाउन धेरै भाइरस हुनुपर्यो। धेरै भयो भने बल्ल लक्षण देखिन्छन्।
यो ढिलो आफ्नो संख्या वृद्धि गर्ने प्रकारको भाइरस हो। जबकी जापानिज इस्सिफ्लाइटिस गराउने भाइरस एक घन्टामै रोगी बनाउने तहसको संख्या बनाउँछ।
यो भाइरस शरीरमा प्रवेश गरेपनि ८० प्रतिशतलाई रोगी बनाउन सक्दैन। किनभने उनीहरु रोग प्रतिरोधी क्षमताले यो भाइरसको संक्रमणलाई निष्प्रभावी तुल्याइदिन्छन्। १५ प्रतिशत सामान्य लक्षण देखिन्छन्। ३ देखि ५ प्रतिशतमा मात्रै गम्भीर समस्या हुन सक्छ।
मान्छे बिरामी नभइकन पनि भाइरस सार्न भने सक्छ। फरक यत्ति हो, बिरामी भएको मान्छेमा भाइरस धेरै हुन्छन्। त्यसैले बिरामी मान्छेले बढी सार्न सक्छ। विशेषगरी कमजोर रोग प्रतिरोधी क्षमताको फाइदा उठाउने गर्छ। एकातिर अन्य ब्याक्टेरिया वा भाइरसले कमजोर बनाइरहेको हुन्छ भने अर्को यो पनि थपिन्छ।
कोरोना भाइरस फैलिएपछि भाइरसबारे चासो बढेको छ। यो जिवित कोषभित्र मात्रै बाँच्न सक्ने अंश हो। कोष र ब्याक्टेरियामा डिएनए र आरएनए हुन्छ तर भाइरसमा यीमध्ये एउटा हुन्छ।
भाइरसले ब्याक्टेरियाजस्तो सबैतिर संक्रमण गराउँदैन। श्वासप्रश्वासमा संक्रमण गराउनेले त्यहाँमात्रै गराउँछ। जस्तो एचआइभी भाइरसले संक्रमण गराउने पनि निश्चित अंग छ। ब्रेनमा मेनेन्जाइटिस गराउनेले भाइरसले अन्य अंगमा असर गर्दैन।
कोरोनाले श्वासप्रश्वास प्रक्रियामा संक्रमण गराउँछ। जो फोक्सोसम्म पुग्छ र मान्छेलाई बिरामी बनाउँछ। भाइरसको संख्या बढ्ने आफ्नो कुुनै प्रक्रिया छैन। यसले ‘होस्ट सेल’ (शरीरको कोष)को प्रणाली प्रयोग गरेर संख्या बढाउँछ। कोषको प्रणाली प्रयोग गर्ने क्षमता यो भाइरसमा हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।