• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोरोनाले रोकिएको खेल क्षेत्र : के गर्दैछन् खेलाडी? 

64x64
सराेज तामाङ शनिबार, चैत ८, २०७६  १२:००
1140x725

काठमाडौं- चीनको बुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले विश्व खेलकुद ठप्प पारेको छ। यतिबेला हरेकको कुराकानीको विषय कोरोना बनिरहेको छ, त्यसबाट खेलाडी पनि टाढा हुन सकेका छैनन्। 

कोरोनाले ११ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। दिनदिनै विकराल रुप लिएको कोरोनाको जोखिममा नेपाल पनि छ। त्यसले सबै क्षेत्रमा जस्तै खेलकुदमा पनि प्रभाव ठूलो पारिरहेको छ। 

यो समय खेलकुद गतिविधि धेरै हुने समय हो। सहिद स्मारक ए डिभिजन लिग सकिएपछि मोफसलका प्रतियोगिताहरु धमाधम हुन थालेको थियो। तर अहिले कोरोनाको कारण रोकिएको छ। बी डिभिजन लिग पनि सरेको छ। फुटबलका हरेक तहमा हुने प्रतियोगिता तथा प्रशासनिक काम ठप्प छ।

क्रिकेटको पनि हालत उस्तै छ। यतिबेला त्रिवि क्रिकेट मैदानमा फ्रेन्चाइज टी २० क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग भइरहनु पर्ने समय हो। तर कोरोनाको कारण हुन सकेन। विश्वचर्चित क्रिकेटर क्रिस गेलदेखि अरु कीर्तिमानी खेलाडी आउन पाएनन्। इपिएल लगत्तै नेपाली क्रिकेट टिम नामिवियामा हुने आइसिसी विश्वकप क्रिकेट लिग टु को तयारीमा क्लोज क्याम्पमा रहने थियो। तर सबै योजना र कार्यतालिका कोरोनाले चौपट पारेको छ।

यतिबेला सबै खेल गतिविधि स्थगित भएको छ। योसँगै खेलाडीहरुमा पनि डर छ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाले कतै नेपालमा पनि ठूलो क्षति गर्ने त होइन?

सधैँ ब्यस्त रहने खेलाडीहरु कोरोनाको कारण प्रतियोगिता तथा अभ्यास स्थगित भएपछि के गरिरहेका छन्? खेलाडीको दिन कसरी बितिरहेको छ? विश्वमा कोरोनाको सन्त्रास झनै फैलिँदै जाँदा खेलाडीहरु के भन्छन्? र कोरोना संक्रमित व्यक्तिहरुलाई नेपाली खेलाडीको सन्देश के छ? उनीहरुकै शब्दमा :

अरुणा शाही (कप्तान, महिला भलिबल)

Ncell 2
Ncell 2
nimb
nimb

अलिक विरामी-विरामी नै छु। रुघाखोकी लागेको छ। तर यो कोरोना लागेको चाहिँ नभन्नु होला। मलाई चिसोको कारण यस्तो भएको हो। अलि अलि घाइते पनि थिएँ।

अभ्यासहरु गर्ने, खेलहरु खेल्ने नै तालिका थियो। तर कोरोनाले चौपट बनाएको छ। घरैमा बस्ने, खाने त हो।

कोरोनाको संक्रमणले निकै ठूलो क्षति गरेको छ। बाहिर त धेरै मान्छेहरुको निधन भएको छ। हामी चाहिँ कसरी कोरोनाबाट बच्ने भन्नेतर्फ लाग्नु पर्छ।

ज्ञानेन्द्र मल्ल (कप्तान, पुरुष क्रिकेट टिम)

अहिले क्रिकेट गतिविधि छैन। क्रिकेट गतिविधि नभएपछि घरैमा बसिरहेको छु। घरको काममै ब्यस्त छु। लामो समयपछि परिवारलाई पनि राम्रो समय दिन पाइरहेको छु। कोरोना भाइरस नभइदिएको भए यतिबेला हामी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेलिरहेका हुन्थ्यौं। इपिएल सकेलगतै क्लोज क्याम्प थियो। क्लोज क्याम्पपछि हामी आइसिसी विश्वकप क्रिकेट लिग टु को लागि नामिविया जाने तालिका थियो। तर सबै सरेको छ।

मलाई चाहिँ कोरोनाको डर भन्दा पनि यो पूर्वतयारी हो। र कोरोना लागिहाल्यो भने पनि आत्तिहाल्नु पर्ने कारण छैन। सरकार, मिडिया र अरु माध्यमबाट पनि हामीले जानकारी पाइरहेका छौं कसरी बच्ने भनेर।

कोरोना भाइरस छिटो सर्न सक्छ। मान्छेबाट मान्छेमा सर्ने यो। त्यसैले हामी सबैले सतकर्ता अपनाउनु पर्छ। हामी साथीभाइहरुसँग भेटघाट गर्दा हात मिलाउने, अंगालो हाल्ने काम नगरौं। स्यानिटाइजरले हात सफा गर्ने गरौं।।

नेपालमा फैलिएको छैन। केही हुँदैन भन्नु भन्दा पनि हामी पहिले नै सतकर्ता अपनाउनु पर्छ। सकभर बाहिर नजाऔं। यदि कोरोना लागि हाले पनि आत्तिनु हुँदैन। निको हुन सक्छ।

नविता श्रेष्ठ (टेबलटेनिस खेलाडी)

मेरो दैनिकी नै परिवर्तन भएको छ। पहिले बिहान अभ्यासको लागि हुन्थ्यो। दिउँसो अरु काम नै हुन्थ्यो तर कोरोनाको कारण अभ्यास पनि भएको छैन अन्य काम पनि। अहिले त बिहान उठ्यो। खायो फेरि सुत्यो।

पहिले अभ्यास भइरहँदा जाँगरिलो भइन्थ्यो। अरु काम पनि राम्रोसँग हुन्थ्यो। अहिले अल्छि भएको छु। घरभित्र नै हुन्छु। टिभी हेर्ने, सामाजिक सञ्जाल चलाउने, यही त हो।

यो अवधिमा प्रतियोगिता त थिएन तर हाम्रो योजनाबद्ध अभ्यास भइरहेको थियो। जेठमा प्रतियोगिता आउँदै छ। त्यसैको लागि हामी योजना बनाएर अभ्यास गर्ने गरेका थियौं।

कोरोना लाग्यो भने त तनाब भइहाल्छ नि। त्यही भएर सकेसम्म पहिले नै सतकर्ता अपनाउनु पर्छ। बाहिर पनि धेरै हिँडडुल गरेकी छैन। 

नेपाल जस्तो सानो देशमा कोरोना लाग्यो भने त फैलिहाल्छ देशभर। त्यसैले सबै जना बेलैमा होसियार हुनु नै सबैभन्दा उत्तम उपाय हो।

सबैलाई आफ्नो ख्याल गर्नु होला भन्न चाहन्छु। लागिहालेमा पनि छिट्टै उपचार होस्। कोरोनाको लक्षण देखिए वरिपरिको सबैलाई जानकारी दिन पनि म अनुरोध गर्छु। किन भने त्यहाँको मान्छेले चाँडै थाहा पाएपछि सुरक्षित हुन खोज्छन्।

नवयुग श्रेष्ठ (फुटबल खेलाडी)

म अहिले झापामा छु। बिहीबार बेलुका झापा आइपुगेँ। हुलमुलमा बस्नु हुँदैन। आर्मी क्लबबाट बिदा लिएर घर आएको हो। घर पनि म पुगेको छुइन। आज (शनिबार) घर (इलाम) पुग्छु।

अहिले त माहोल नै डरसरी भएको छ। सबै जना डराइरहेका छन्। काठमाडौंदेखि बाहिर जानेको जमात पनि बाक्लो छ।

हाम्रो राष्ट्रिय टिमको फेसबुक ग्रुप छ। केही भए त्यहाँ म्यासेज आउँछ। अब के गर्ने भन्ने कुराहरु भइरहेको हुन्छ। साथीहरुसँग पनि कुरा भइरहेको हुन्छ। अबको मेरो योजना भनेको घरमा बसेर आफै अभ्यास गर्ने हो। यो बाहेक अरु केही गर्न सक्ने अवस्था नै छैन। मैले कोरोना भाइरसबाट बच्न सतकर्ता त अपनाएको नै छु। घरमा पुगेपछि चाहिँ परिवारसँग बस्ने यति नै हो।

हामी अभ्यास गरिरहने मान्छे। केही नहुँदा, त्यतिकै बस्दा अलिक अल्छे भइँदो रहेछ।

कोरोनाको कारण धेरै देशमा धेरै मान्छेको निधन भइरहेको छ। यो निकै दुःखदायी कुरा हो। अब नेपालमा पनि विस्तारै विस्तारै कोरोनाको संक्रमण बढ्छ भन्ने हल्ला फैलिएका छन्। त्यसैले हामीले सतकर्ता अपनाउनु पर्छ। कोरोना के कारणले सर्छ र कस्तो लक्षण हुन्छ भनेर थाहा पाउनु पर्छ।

अनु अधिकारी (कराते खेलाडी)

एक हप्ताको लागि अभ्यास स्थगित भएको छ। हाम्रो बिहान बेलुका अभ्यास भइरहेको थियो। यो अभ्यास टोकियो ओलम्पिकको लागि हो। तर कोरोना भाइरसको कारण केही दिनको लागि अभ्यास रोक्नु परेको हो।

अहिले त घरैमा बसेर दिन बितिरहेको छ। घरमा हुँदा समाचारहरु हेर्छु। निकै डर लाग्छ। कोरोनाले विश्वमै ठूलो क्षति गरेको छ। धेरैको निधन भएको छ।

एकदमै स्वथ्य भएका मान्छे पनि कोरोनाका कारण मरिरहेका छन् भनेर आइरहेको छ। यसले झनै त्रास फैलिएको छ। विकसित राष्ट्रमा त त्यस्तो हालत छ भने, नेपालमा ह्वातै आइहाले के गर्ने? अवस्था भयानक हुन सक्छ। त्यही भएर पनि मलाई एकदमै डर लागि रहेको छ।

बाहिर निस्किदा पनि डर लाग्छ। अब कोरोनाबाट बच्नको लागि चाहिँ हामी सरकारको मुख ताक्नु भन्दा पनि सबै सजक हुनु पर्छ। आफू सुरक्षित हुनुपर्छ। आफ्नो परिवारलाई बचाऔं। सरसफाइमा ध्यान दिनुपर्छ। स्वास्थ्यको धेरै ख्याल गरौं। स्वास्थ्य छ त सबै छ।

पुनम श्रेष्ठ (जुडो खेलाडी)

आजदेखि सातादिनको लागि अभ्यास रोकिएको छ। अब आइतबारदेखि आफै सेल्फ ट्रेनिङ गर्छु।  मंगोलियामा एसियन जुडो च्याम्पियनसिप हुन लागेको थियो। त्यसको लागि अभ्यास गरिहेका थियौं। तर अब प्रतियोगिता पनि सरेको छ। 

कोरोना नेपालमा आयो भने त निकै गाह्रो छ। किनकी राम्रो अस्पतालको ब्यवस्था छैन। सामग्रीको अभाव छ। त्यसैले बेलैमा सबैले सावधानी अपनाउनु पर्छ। हातमा पञ्जा, मुखमा मास्क लगाएर हिँड्ने गरेकी छु।

विदेशतिर खेलाडीमा पनि कोरोना देखिएको छ। अवस्था गम्भिर पनि छ। नेपालमा कोरोनाको संक्रमणले विकाराल रुप लियो भने के होला? डर पनि छ। धेरै भिडहरुमा नजाने, घरमै बस्ने गरिरहेको छु।

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १२:००
  • ##sports

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
विपत्तिमा एक हुन राष्ट्रपतिको आग्रह सोमबार, भदौ २२, २०८३
प्रधानमन्त्री राष्ट्रसंघ महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने सोमबार, भदौ २२, २०८३
७,५०० एमएएच ब्याट्रीसहित ‘अनर एक्स७ई’ नेपालमा सार्वजनिक, खरिदमा निःशुल्क इयरबड्स सोमबार, भदौ २२, २०८३
कांग्रेसले दियो सरकारलाई १ करोड सोमबार, भदौ २२, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्