• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोरोनाले रोकिएको खेल क्षेत्र : के गर्दैछन् खेलाडी? 

64x64
सराेज तामाङ शनिबार, चैत ८, २०७६  १२:००
1140x725

काठमाडौं- चीनको बुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले विश्व खेलकुद ठप्प पारेको छ। यतिबेला हरेकको कुराकानीको विषय कोरोना बनिरहेको छ, त्यसबाट खेलाडी पनि टाढा हुन सकेका छैनन्। 

कोरोनाले ११ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको छ। दिनदिनै विकराल रुप लिएको कोरोनाको जोखिममा नेपाल पनि छ। त्यसले सबै क्षेत्रमा जस्तै खेलकुदमा पनि प्रभाव ठूलो पारिरहेको छ। 

यो समय खेलकुद गतिविधि धेरै हुने समय हो। सहिद स्मारक ए डिभिजन लिग सकिएपछि मोफसलका प्रतियोगिताहरु धमाधम हुन थालेको थियो। तर अहिले कोरोनाको कारण रोकिएको छ। बी डिभिजन लिग पनि सरेको छ। फुटबलका हरेक तहमा हुने प्रतियोगिता तथा प्रशासनिक काम ठप्प छ।

क्रिकेटको पनि हालत उस्तै छ। यतिबेला त्रिवि क्रिकेट मैदानमा फ्रेन्चाइज टी २० क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग भइरहनु पर्ने समय हो। तर कोरोनाको कारण हुन सकेन। विश्वचर्चित क्रिकेटर क्रिस गेलदेखि अरु कीर्तिमानी खेलाडी आउन पाएनन्। इपिएल लगत्तै नेपाली क्रिकेट टिम नामिवियामा हुने आइसिसी विश्वकप क्रिकेट लिग टु को तयारीमा क्लोज क्याम्पमा रहने थियो। तर सबै योजना र कार्यतालिका कोरोनाले चौपट पारेको छ।

यतिबेला सबै खेल गतिविधि स्थगित भएको छ। योसँगै खेलाडीहरुमा पनि डर छ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाले कतै नेपालमा पनि ठूलो क्षति गर्ने त होइन?

सधैँ ब्यस्त रहने खेलाडीहरु कोरोनाको कारण प्रतियोगिता तथा अभ्यास स्थगित भएपछि के गरिरहेका छन्? खेलाडीको दिन कसरी बितिरहेको छ? विश्वमा कोरोनाको सन्त्रास झनै फैलिँदै जाँदा खेलाडीहरु के भन्छन्? र कोरोना संक्रमित व्यक्तिहरुलाई नेपाली खेलाडीको सन्देश के छ? उनीहरुकै शब्दमा :

अरुणा शाही (कप्तान, महिला भलिबल)

Ncell 2
Ncell 2
nimb
nimb

अलिक विरामी-विरामी नै छु। रुघाखोकी लागेको छ। तर यो कोरोना लागेको चाहिँ नभन्नु होला। मलाई चिसोको कारण यस्तो भएको हो। अलि अलि घाइते पनि थिएँ।

अभ्यासहरु गर्ने, खेलहरु खेल्ने नै तालिका थियो। तर कोरोनाले चौपट बनाएको छ। घरैमा बस्ने, खाने त हो।

कोरोनाको संक्रमणले निकै ठूलो क्षति गरेको छ। बाहिर त धेरै मान्छेहरुको निधन भएको छ। हामी चाहिँ कसरी कोरोनाबाट बच्ने भन्नेतर्फ लाग्नु पर्छ।

ज्ञानेन्द्र मल्ल (कप्तान, पुरुष क्रिकेट टिम)

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिले क्रिकेट गतिविधि छैन। क्रिकेट गतिविधि नभएपछि घरैमा बसिरहेको छु। घरको काममै ब्यस्त छु। लामो समयपछि परिवारलाई पनि राम्रो समय दिन पाइरहेको छु। कोरोना भाइरस नभइदिएको भए यतिबेला हामी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट खेलिरहेका हुन्थ्यौं। इपिएल सकेलगतै क्लोज क्याम्प थियो। क्लोज क्याम्पपछि हामी आइसिसी विश्वकप क्रिकेट लिग टु को लागि नामिविया जाने तालिका थियो। तर सबै सरेको छ।

मलाई चाहिँ कोरोनाको डर भन्दा पनि यो पूर्वतयारी हो। र कोरोना लागिहाल्यो भने पनि आत्तिहाल्नु पर्ने कारण छैन। सरकार, मिडिया र अरु माध्यमबाट पनि हामीले जानकारी पाइरहेका छौं कसरी बच्ने भनेर।

कोरोना भाइरस छिटो सर्न सक्छ। मान्छेबाट मान्छेमा सर्ने यो। त्यसैले हामी सबैले सतकर्ता अपनाउनु पर्छ। हामी साथीभाइहरुसँग भेटघाट गर्दा हात मिलाउने, अंगालो हाल्ने काम नगरौं। स्यानिटाइजरले हात सफा गर्ने गरौं।।

नेपालमा फैलिएको छैन। केही हुँदैन भन्नु भन्दा पनि हामी पहिले नै सतकर्ता अपनाउनु पर्छ। सकभर बाहिर नजाऔं। यदि कोरोना लागि हाले पनि आत्तिनु हुँदैन। निको हुन सक्छ।

नविता श्रेष्ठ (टेबलटेनिस खेलाडी)

मेरो दैनिकी नै परिवर्तन भएको छ। पहिले बिहान अभ्यासको लागि हुन्थ्यो। दिउँसो अरु काम नै हुन्थ्यो तर कोरोनाको कारण अभ्यास पनि भएको छैन अन्य काम पनि। अहिले त बिहान उठ्यो। खायो फेरि सुत्यो।

पहिले अभ्यास भइरहँदा जाँगरिलो भइन्थ्यो। अरु काम पनि राम्रोसँग हुन्थ्यो। अहिले अल्छि भएको छु। घरभित्र नै हुन्छु। टिभी हेर्ने, सामाजिक सञ्जाल चलाउने, यही त हो।

यो अवधिमा प्रतियोगिता त थिएन तर हाम्रो योजनाबद्ध अभ्यास भइरहेको थियो। जेठमा प्रतियोगिता आउँदै छ। त्यसैको लागि हामी योजना बनाएर अभ्यास गर्ने गरेका थियौं।

कोरोना लाग्यो भने त तनाब भइहाल्छ नि। त्यही भएर सकेसम्म पहिले नै सतकर्ता अपनाउनु पर्छ। बाहिर पनि धेरै हिँडडुल गरेकी छैन। 

नेपाल जस्तो सानो देशमा कोरोना लाग्यो भने त फैलिहाल्छ देशभर। त्यसैले सबै जना बेलैमा होसियार हुनु नै सबैभन्दा उत्तम उपाय हो।

सबैलाई आफ्नो ख्याल गर्नु होला भन्न चाहन्छु। लागिहालेमा पनि छिट्टै उपचार होस्। कोरोनाको लक्षण देखिए वरिपरिको सबैलाई जानकारी दिन पनि म अनुरोध गर्छु। किन भने त्यहाँको मान्छेले चाँडै थाहा पाएपछि सुरक्षित हुन खोज्छन्।

नवयुग श्रेष्ठ (फुटबल खेलाडी)

म अहिले झापामा छु। बिहीबार बेलुका झापा आइपुगेँ। हुलमुलमा बस्नु हुँदैन। आर्मी क्लबबाट बिदा लिएर घर आएको हो। घर पनि म पुगेको छुइन। आज (शनिबार) घर (इलाम) पुग्छु।

अहिले त माहोल नै डरसरी भएको छ। सबै जना डराइरहेका छन्। काठमाडौंदेखि बाहिर जानेको जमात पनि बाक्लो छ।

हाम्रो राष्ट्रिय टिमको फेसबुक ग्रुप छ। केही भए त्यहाँ म्यासेज आउँछ। अब के गर्ने भन्ने कुराहरु भइरहेको हुन्छ। साथीहरुसँग पनि कुरा भइरहेको हुन्छ। अबको मेरो योजना भनेको घरमा बसेर आफै अभ्यास गर्ने हो। यो बाहेक अरु केही गर्न सक्ने अवस्था नै छैन। मैले कोरोना भाइरसबाट बच्न सतकर्ता त अपनाएको नै छु। घरमा पुगेपछि चाहिँ परिवारसँग बस्ने यति नै हो।

हामी अभ्यास गरिरहने मान्छे। केही नहुँदा, त्यतिकै बस्दा अलिक अल्छे भइँदो रहेछ।

कोरोनाको कारण धेरै देशमा धेरै मान्छेको निधन भइरहेको छ। यो निकै दुःखदायी कुरा हो। अब नेपालमा पनि विस्तारै विस्तारै कोरोनाको संक्रमण बढ्छ भन्ने हल्ला फैलिएका छन्। त्यसैले हामीले सतकर्ता अपनाउनु पर्छ। कोरोना के कारणले सर्छ र कस्तो लक्षण हुन्छ भनेर थाहा पाउनु पर्छ।

अनु अधिकारी (कराते खेलाडी)

एक हप्ताको लागि अभ्यास स्थगित भएको छ। हाम्रो बिहान बेलुका अभ्यास भइरहेको थियो। यो अभ्यास टोकियो ओलम्पिकको लागि हो। तर कोरोना भाइरसको कारण केही दिनको लागि अभ्यास रोक्नु परेको हो।

अहिले त घरैमा बसेर दिन बितिरहेको छ। घरमा हुँदा समाचारहरु हेर्छु। निकै डर लाग्छ। कोरोनाले विश्वमै ठूलो क्षति गरेको छ। धेरैको निधन भएको छ।

एकदमै स्वथ्य भएका मान्छे पनि कोरोनाका कारण मरिरहेका छन् भनेर आइरहेको छ। यसले झनै त्रास फैलिएको छ। विकसित राष्ट्रमा त त्यस्तो हालत छ भने, नेपालमा ह्वातै आइहाले के गर्ने? अवस्था भयानक हुन सक्छ। त्यही भएर पनि मलाई एकदमै डर लागि रहेको छ।

बाहिर निस्किदा पनि डर लाग्छ। अब कोरोनाबाट बच्नको लागि चाहिँ हामी सरकारको मुख ताक्नु भन्दा पनि सबै सजक हुनु पर्छ। आफू सुरक्षित हुनुपर्छ। आफ्नो परिवारलाई बचाऔं। सरसफाइमा ध्यान दिनुपर्छ। स्वास्थ्यको धेरै ख्याल गरौं। स्वास्थ्य छ त सबै छ।

पुनम श्रेष्ठ (जुडो खेलाडी)

आजदेखि सातादिनको लागि अभ्यास रोकिएको छ। अब आइतबारदेखि आफै सेल्फ ट्रेनिङ गर्छु।  मंगोलियामा एसियन जुडो च्याम्पियनसिप हुन लागेको थियो। त्यसको लागि अभ्यास गरिहेका थियौं। तर अब प्रतियोगिता पनि सरेको छ। 

कोरोना नेपालमा आयो भने त निकै गाह्रो छ। किनकी राम्रो अस्पतालको ब्यवस्था छैन। सामग्रीको अभाव छ। त्यसैले बेलैमा सबैले सावधानी अपनाउनु पर्छ। हातमा पञ्जा, मुखमा मास्क लगाएर हिँड्ने गरेकी छु।

विदेशतिर खेलाडीमा पनि कोरोना देखिएको छ। अवस्था गम्भिर पनि छ। नेपालमा कोरोनाको संक्रमणले विकाराल रुप लियो भने के होला? डर पनि छ। धेरै भिडहरुमा नजाने, घरमै बस्ने गरिरहेको छु।

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १२:००
  • ##sports

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्