• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'१८ वर्षअघि नै देखिएको थियो कोरोना भाइरस'

भाइरसका सात 'भाइ'मध्ये कोरोना सबैभन्दा ठूलो
डिबी खड्का/कमला गुरुङ शनिबार, चैत ८, २०७६  १८:५७
1140x725

काठमाडौं- भाइरस शब्दसँग नेपालीहरू परिचय राम्ररी भइसकेको छ। काम बिगारिदिने स्वभावको मान्छेलाई उपमा दिइन्छ- त्यो त 'भाइरस' नै हो। अहिले हातहातमा ल्यापटप, कम्युटर र स्मार्ट फोन छ। त्यसलाई बिगार्नेलाई पनि ‘भाइरस’ भनिन्छ। जुन सबैलाई थाहा छ। त्यसैले यो शब्द धेरैका लागि नयाँ होइन।

यो समय ‘कोरोना भाइरस (कोभिड- १९)को हो। यसको संक्रमणभन्दा बढी त्रास छ। विश्वको हरकोही व्यक्ति आतंकित छ।

‘अधिकांश नेपालीले पहिलोपल्ट सुनेको कोरोना भाइरस के सबैले ठानेजस्तै नयाँ हो?’ हामीले त्रिभुवन विश्वविद्यालय माइक्रोबायालोजी विभागका प्रमुख डा मेघराज बञ्जरासँगको भेटमा पहिलो प्रश्न गरेका थियौं। उनको उत्तरबाट बुझिन्थ्यो, आममानिसका लागि ‘नयाँ’ भएपनि यही विषयमा अनुसन्धान गर्ने, अध्ययन गर्ने र उपचार गर्नेहरूका लागि याे नयाँ होइन।

प्राविधिक भाषालाई सरलीकरण गर्ने कोसिस गर्दै उनले भने, ‘कोरोना भाइरस परिवार नयाँ होइन। सन् १९६० देखि नै यो भाइरस रिपोर्ट (पत्ता लागेको) भएको हो। हाल देखिएको कोरोना 'भाइरी-डी' परिवारमा पर्छ।’

ठ्याक्कै यही जातको कोरोना भाइरस चीनमै सन् २००२ मा देखिसकेको रहेछ। त्यतिबेला यसको नामा वैज्ञानिकले सार्स कोरोना भाइरस राखेका थिए।  डब्लुएचओले यसको नाम कोभिड-१९ राखे पनि त्यतिबेला यसको नामा वैज्ञानिक सार्स कोरोना भाइरस -२ भन्दा रहेछन् यसलाई। त्यो झन्डै एक वर्ष रह्यो तर अहिलेजस्तो आतंक चाहिँ फैलाएन।

कोरोना भाइरसका सात 'भाइ'
यो प्राविधिक विषयलाई सामन्यीकरण गर्दै जाऔं। जसले हामीलाई बुझ्न र बुझाउन सहज होस्। कोरोना भाइरसका प्रकारलाई डा बञ्जाराले ‘परिवार’ भनेर सम्बोधन गरे। हाम्रो प्रश्न थियो, ‘त्यसो भए यसका भाइ कति त?’

उनका अनुसार मान्छेलाई संक्रमण गराउने (रोगी बनाउने) कोरोना भाइरसका ७ प्रकार (भाइ) छन्। ती हुन्, ह्युमेन कोरोना भाइरस २०२९ ई, ह्युमेन कोरोना भाइरस ओसीई ४३, सेभिएर एक्युड रेस्पिटरी सिन्ड्रम कोरोना भाइरस (सार्स कोरोना भाइरस), ह्युमन कोरोना भाइरस एनएल ६३, मर्स कोरोना भाइरस, ह्युमन कोरोना भाइरस एचकेयुएन र सार्स कोरोना भाइरस- २ ( कोभिड-१९) हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

विश्व स्वास्थ्य संगठनले अहिले देखिएको कोरोना भाइरसलाई ‘कोभिड १९’ भनेको छ। इन्टरनेसनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरस (आइसिटिभी)ले ‘सार्स कोरोना भाइरस २’ भनेर नाम दिएको छ। डा बञ्जारा भन्छन्, ‘यस्तै खालको कोरोना भाइरसको महामारी सन् २००२ नोभेम्बरदेखि सन् २००३ सम्म फैलिएको थियो । सन् २०१२ मध्यपूर्वका देशमा पनि कोरोना फैलिएको थियो। त्यसलाई  मर्स कोरोना भाइरस भनेर नाम दिइयो।’

कोरोना भाइरस वर्तमान विश्वका लागि विपद् बनेको छ। तर, कुनै न कुनै प्रकारको कोरोना भाइरस हरेक वर्ष देखिने गरेको डा बञ्जारा बताउँछन्। अहिलेको जस्तो महारमारीका रुपमा नफैलिए पनि बच्चामा र वृद्ध अवस्थाकाहरुमा हरेक वर्ष कहीँ न कहीँ कोरोनाको संक्रमण देखिने गरेको उनले जानकारी दिए। त्यसलाई जोड्दै उनी भन्छन्, ‘यो नितान्त नौलो भाइरस होइन। प्रकृतिमै रहेको कोरोना भाइरस हो।'

एउटै रोगका भाइरस पनि बिरामी वा देशपिच्छे फरक देखिन्छन्। तर, अहिले फैलिएको कोरोना भाइरस भने विश्वभरी एउटै प्रकारको देखिएको छ । डा बञ्जाराले उक्त अनुसन्धानबारे उल्लेख गर्दै भने, ‘विभिन्न बिरामीबाट नमूना लिएर हेर्दा ९९.९१ प्रतिशत त्यसको जिन मिल्छ। त्यसैले एउटै भाइरस विश्वभरि फैलिएको छ।’ जस्तो इन्फ्लुएन्जाकै भाइरस एक वर्ष देखिएको जस्तो अर्को वर्ष देखिदैन। एक बिरामीमा देखिएको जस्तो अर्कोमा नहुन सक्छ। प्राकृतिक रुपमा चमेरोमा हुने कोरोना भाइरससँग यो ८८ प्रतिशत मिछ। मर्स कोरोनासँग ५० प्रतिशत मिल्छ भने सार्ससँग यो ७९ प्रतिशत मिल्छ। विश्वमा हाल  फैलिएको कोरोना भाइरस उस्तै प्रकारको भएकाले नियन्त्रणमा भने सहज हुन वैज्ञानिकहरुले ठानेका छन्। 

सबैभन्दा ठूलो भाइरस कोरोना
‘कोरोना सिंगल स्ट्यान्डेड आरएनए भाइरस हो। यो २७.३ किलोबेसदेखि ३१.३ किलोबेससम्मको आरएनए भाइरस हो। जुन भाइरस जनावर र चमेरोमा पाइन्छ,’ डा बञ्जारा भन्छन्, ‘चमेरोबाटै आएको हो । ८८ प्रतिशत मिल्छ । त्यहीँबाट आएको प्रमाणित खोजकर्ताले गरेका छन्।’

सामान्यतया भाइरसको आकार २० देखि ३०० नानोमिटरसम्म हुन्छ। कोरोना भाइरस सबैभन्दा ठूलो भाइरसमा पर्छ । पोलियो भाइरस सबैभन्दा सानो मानिन्छ। 

उक्त भाइरस मानवमा सर्दा संक्रमण गरेर धेरैलाई रोग लागेको हो। चमेरोबाट मानवमा सिधै सरेको नभई सर्प वा सालकले सारेको हुन सक्ने अनुमान गरिएको छ। 

यो भाइरस सन् २००२ मा चीनमा देखिएको थियो । एक वर्षसम्म रहेको यो भाइरससँग अहिले केही संयोग मिलेको डा बञ्जाराले देखेका छन्। त्यो समय चीनमा भाइरस फैलिँदा लामो समय खडेरी परेको थियो। खडेरीपछिको चिसो मौसम नोभेम्बरमा यो भाइरसको संक्रमण देखिएको थियो। उनी भन्छन्, ‘अहिले पनि लामो समय त्यहाँ पानी परेन। जाडो मौसम डिसेम्बरमा यो ‘आउटब्रेक’ भयो।’

उनका अनुसार जाडो र सुख्खा मौसम भाइरसका लागि राम्रो वातावरण हो। आर्द्रता न्यून भएका समयमा मानवको रोग प्रतिरोधी क्षमता पनि कमजोर हुन्छ। यस्तै बेला घाँटी कोरोना भाइरसका लागि अनुकूल बनिदिन्छ। 

किन भनियो कोरोना? 
सन् २००२ मा देखिएको सार्स कोरोना भाइरसले जुन ‘रिसेप्टर’ (कोषमा बस्ने माध्यम) प्रयोग गर्छ यसले पनि त्यसलाई प्रयोग गरेको डा बञ्जारा बताउँछन्। यो भाइरस घाँटीमा पुगेपछि त्यहाँका कोषसँग बाइन्ड (एकाकार) हुने गर्छ। तर, कोरोनामध्येकै मर्सले भने अर्कै ‘रिसेप्टर’ प्रयोग गर्छ।  

यो भाइरसलाई किन कोरोना भनियो? धेरैको जिज्ञासा हुन्छ। यो भाइरसको बाहिरी तह क्राउनजस्तो हुने भएकाले कोरोना भनिएका हो। बाहिर रहेका कोरोना सेरिन प्रोटिएजले कोषसँग एकाकार हुन सघाउँछन्।

त्यसैले वैज्ञानिकहरु सेरिन प्रोटिएजन यसको औषधि हुनसक्ने भन्दै अनुसन्धान गरिरहेका छन्। डा बञ्जारा भन्छन्, ‘ती प्रोटिएजले जुन रिसेप्टर (ग्रहण गर्ने) प्रणाली हो, त्यसलाई क्लिप (बन्द) गर्छ। त्यसपछि यो भाइरस कोषभित्र पस्न पाउँदैन। भाइरस बाइन्ड (एकाकार) भएन भने संक्रमण हुँदैन।’

कसरी बनाउँछ रोगी?
विश्व स्वास्थ्य संगठनले एक व्यक्तिले तीनजनाई यो भाइरस सार्ने जनाएको छ। यसैगरी ‘जाओ एट अल’ले ३ देखि ५ जनासम्मलाई सार्ने जनाएको छ भने ‘रिड एट अल’ले चारजनालाई। डा बञ्जाराका अनुसार कोरोना संक्रमित बिरामी निको भयो भने पनि २० दिनसम्म उसमा भाइरस रहिरहन सक्छ। कतिपय खोजकर्ताले ३७ दिनसम्म पनि भाइरस संक्रमित मान्छेसँग रहने बताएका छन्। उनले भने, ‘बिरामी निको हुनु भनेको भाइरस निष्प्रभावी हुनु हो तर, उसभित्रका भाइरस सम्पूर्ण रुपमा सकिएका हुँदैनन्। त्यसकारण निको भइसकेको व्यक्तिसँग पनि सतर्क रहनु राम्रो मानिन्छ।'

कोरोना भाइरस मानव शरीरमा प्रवेश गरेको १४ दिनसम्म किन लक्षण देखिँदैनन्? डा बञ्जारा यसलाई बुझिने भाषामा यसरी प्रस्तुत गर्छन्, ‘यो भाइरस बढ्न समय लाग्छ। लक्षण देखिन वा रोगी बनाउन धेरै भाइरस हुनुपर्‍यो। धेरै भयो भने बल्ल लक्षण देखिन्छन्।’

यो ढिलो आफ्नो संख्या वृद्धि गर्ने प्रकारको भाइरस हो। जबकी जापानिज इस्सिफ्लाइटिस गराउने भाइरस एक घन्टामै रोगी बनाउने तहसको संख्या बनाउँछ।  

यो भाइरस शरीरमा प्रवेश गरेपनि ८० प्रतिशतलाई रोगी बनाउन सक्दैन। किनभने उनीहरु रोग प्रतिरोधी क्षमताले यो भाइरसको संक्रमणलाई निष्प्रभावी तुल्याइदिन्छन्। डा बञ्जाराका अनुसार १५ प्रतिशत सामान्य लक्षण देखिन्छन्। ३ देखि ५ प्रतिशतमा मात्रै गम्भीर समस्या हुन सक्छ। 

मान्छे बिरामी नभइकन पनि भाइरस सार्न भने सक्छ। फरक यत्ति हो, बिरामी भएको मान्छेमा भाइरस धेरै हुन्छन्। त्यसैले बिरामी मान्छेले बढी सार्न सक्छ। विशेषगरी कमजोर रोग प्रतिरोधी क्षमताको फाइदा उठाउने गर्छ। एकातिर अन्य ब्याक्टेरिया वा भाइरसले कमजोर बनाइरहेको हुन्छ भने अर्को यो पनि थपिन्छ। 

कोरोना भाइरस फैलिएपछि भाइरसबारे चासो बढेको छ। डा बञ्जारा भन्छन्, ‘यो जिवित कोषभित्र मात्रै बाँच्न सक्ने अंश हो। कोष र ब्याक्टेरियामा डिएनए र आरएनए हुन्छ तर भाइरसमा यीमध्ये एउटा हुन्छ।’ 

भाइरसले ब्याक्टेरियाजस्तो सबैतिर संक्रमण गराउँदैन। श्वासप्रश्वासमा संक्रमण गराउनेले त्यहाँमात्रै गराउँछ। जस्तो एचआइभी भाइरसले संक्रमण गराउने पनि निश्चित अंग छ। ब्रेनमा मेनेन्जाइटिस गराउनेले भाइरसले अन्य अंगमा असर गर्दैन। 

कोरोनाले श्वासप्रश्वास प्रक्रियामा संक्रमण गराउँछ। जो फोक्सोसम्म पुग्छ र मान्छेलाई बिरामी बनाउँछ। डा बञ्जाराका अनुसार भाइरसको संख्या बढ्ने आफ्नो कुुनै प्रक्रिया छैन। यसले  ‘होस्ट सेल’ (शरीरको कोष)को प्रणाली प्रयोग गरेर संख्या बढाउँछ। कोषको प्रणाली प्रयोग गर्ने उसको क्षमता हुन्छ। 

कसरी काम गर्छ साबुन र सेनिटाइजरले?
कोरोना भाइरसबाट जोगिन साबुन र सेनिटाइजरको प्रयोग गर्न चिकित्सकहरु सुझाउँछन्। भाइरसलाई भगाउन कसरी साबुनले काम गर्छ त? डा बञ्जाराका अनुसार साबुनको फिँजले भाइरसको बाहिरी भागमा हुने लिपो प्रोटिनलाई टुक्राइदिन्छ। बाहिरको भाग टुक्रिएपछि भाइरस बाँच्न सक्दैन। त्यसैले भाइरसका लागि सेनिटाइजरभन्दा राम्रो त साबुनपानी मानिन्छ। यसैगरी सेनिटाइजरले पनि भाइरसविरुद्ध काम त गर्छन् तर त्यसमा कम्तिमा ६० देखि ७० प्रतिशत अल्कोहल हुनुपर्छ। त्यो तहको अल्कोहलले ब्याक्टेरिया मार्ने गर्दछ। 

तापक्रमको परिवर्तनले यो भाइरस हराउने विश्वास सही होइन। किनभने भाइरस मर्न ५५ डिग्री सेल्सियस तापक्रम चाहिन्छ। जुन सम्भावना छैन। त्यसैमाथि यो वातावरणभन्दा पनि मानवभित्र बाँच्छ र एक मान्छेबाट अर्कोमा सर्छ। वातावरणको तापक्रम जतिसुकै भएपनि मानव शरीरले आफूलाई आवश्यक तापक्रम सन्तुलन गर्छ। त्यो तापक्रम भाइरसका लागि उपयुक्त  नै हुन्छ।  

पहिलेका धेरै विश्वासहरु अहिले भ्रममा परिणत भइसकेका छन्। कुनै समय गर्मीमा मात्रै देखिने भनिएका रोग अहिले वर्षभरि नै देखिन्छन्। 

कोरोना भाइरस संक्रमित व्यक्तिले नाकमा हात लगेर विभिन्न वस्तुहरु छुन्छ। ती वस्तुहरु छोयो भने त्यहाँ भाइरस रहन्छन्। हाच्छ्यु गर्‍यो भने पनि भाइरस वातावरणमा पुग्छ। यसरी बाहिर पुगेको यो भाइरस स्टिलमा ४८ घन्टासम्म, प्लाष्टिकमा पाँच दिन, कागजमा दुई दिन, काठमा तीन दिन संक्रमित मान्छेले हाच्छ्यु गर्दा निस्किएको छिटामा ६ दिनसम्म बाँच्न सक्छ।

प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १८:५७
  • ##coronaupdate
  • ##corona

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
रुझाउने पानीले रोकेन उपभोक्तालाई, ग्यासका लागि लामो लाइन [तस्बिरहरु] विरल वर्षाका बीच पनि क्षयरोग उपचार केन्द्र अगाडि उपभोक्ताहरू झरीमा रुझ्दै ग्यासका लागि तँछाडमछाड गरिरहेका छन्। आइतबार, साउन ३१, २०८३
हतियार र हिंसा छाडेका महिलाहरु ‘फेशन सो’मा! कुनैबेला जंगलमा बन्दुक बोकेर हिँड्ने सुकमाकी पूर्व माओवादी महिलाले अब हिंसात्मक आन्दोलन छाडेर सामाजिक जीवन अपनाएका छन् । रायपुरमा पा... शनिबार, साउन ३०, २०८३
‘फरक सन्दर्भ, साझा आकांक्षा’मा युवाका मुद्दा र राजनीतिक नेतृत्वबारे बहस एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका सांसद क्षीतिज थेबेले नेपालमा आन्तरिक तथा बाह्य रोजगारीका क्षेत्रमा देखि... बुधबार, साउन २७, २०८३
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्