• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

भण्डारी दम्पति हत्याबारे ‘क्लु’ नै फेला पारेन प्रहरीले

64x64
नारायण अधिकारी शनिबार, चैत १, २०७६  ११:११
1140x725

काठमाडौं- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित घरमा ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी फागुन १५ गते मृत भेटिएका थिए। कञ्चनपुर प्रहरीको भनाइ सापट लिएर भन्ने हो भने ‘भण्डारी दम्पत्ति’ हत्या रहस्यमय अपराधमध्येकै रहस्यमय हत्या बनेको छ अहिले।

अपराध अनुसन्धानमा अब्बल मानिएका प्रहरी अधिकृतहरु दुई सातादेखि अनुसन्धानमा खटिए पनि हत्याको 'क्लु' फेला पर्न सकेको छैन। यही घटनालाई थप प्रष्ट्याउँदै कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनी नेपाल लाइभसँग भन्छन्, ‘दुई सातादेखि हाम्रो टाउको दुखाइको विषय नै भण्डारी दम्पत्ति हत्या अनुसन्धान छ।’

धनाले नजिकै रहेको आफ्नो माइतबाट सधैं दूध ल्याउने गरेकी थिइन्। तर फागुन १५ गते उनी दूध लिन नआएपछि फुपुकी छोरी पार्वती रावल धनाको घर पुगेकी थिइन्। त्यतिबेला भण्डारी परिवारको घरको ढोका खुल्लै थियो। भान्साकोठामा धना रक्ताम्य अवस्थामा मृत भेटिएकी थिइन्। अर्को कोठाको खाटमा जयलाल पनि रक्ताम्य ढलेका थिए। मृत जयालालसँगै उनकी ६ महिने छाेरी चिच्याउँदै कराइरहेकी थिइन्।

त्यसपछि करिब १२ बजे दिउँसो यस घटनाबारे जानकारी दिइएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

नजिकै रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलको टोली सुरुमा घटनास्थल पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट एसपी मरासिनीसहितको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। 

यो पनि पढ्नुहोस

आइसियुमा छटपटाउँदै ६ महिने शिशु : जसको बाआमाको दर्दनाक हत्या भयोबिहिबार, पुस १७, २०२६

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरुको हत्या भएको र उक्त हत्या राति भएको निष्कर्ष निकालेको थियो। प्रहरीका अनुसार त्यसबेला घटनास्थलमा रगत जमिसकेको थियो, दुवै जनालाई घाँटी र टाउकामा प्रहार गरेर हत्या गरिएको थियो।

त्यसपछि अनुसन्धानमा जुटेको प्रहरी टोलीले दुई हप्ता बितिसक्दासमेत कुनै क्लु फेला पार्न सकेको छैन। 

घटनास्थलमा भेटिएका कपडा, रगत, त्यहाँ हुनसक्ने फिंगर प्रिन्टलगायतका सबुद प्रहरीले उठाएको थियो। उनीहरुका छरछिमेकीसँग सोधपुछ गरे पनि कुनै नयाँ तथ्य प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन। यसबारे एसपी मरासिनीले नेपाललाइभसँग भने, ‘अहिलेसम्म कसैलाई पक्राउ गर्न सकिएको छैन। प्रमाण संकलनमै समय खर्च भइरहेको छ ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट समेत रिपोर्ट आउन बाँकी नै रहेकाले थप प्रमाण संकलन हुने र अनुसन्धानमा सहज हुने प्रहरीको ठम्याइ छ। 

यद्यपि अनुसन्धान प्रगतिउन्मुख भएको प्रहरीको भनाइ छ। ‘केही व्यक्तिलाई प्रारम्भिक सोधपुछ गरिएको छ। तर श‌‌कास्पदका हिसाबले कसैलाई पनि सोधपुछ गरिएको छैन। घटनास्थलमा भेटिएका प्रमाणहरुमाथि अनुसन्धान गरेर त्यसको वास्तविकता केलाउन लागिरहेका छौं। श‌‍कास्पद केही व्यक्तिलाई लिस्टआउट गरेका छौं । अब त्यसलाई पुष्टि गर्न सकिन्छ/सकिन्न भन्ने विषयमा थप अध्ययन हुन्छ,’ उनले भने। 

छोरामाथि नै शंका !

 घटनास्थलमा भेटिएका सबुद, विभिन्न प्राविधिक र म्यानुअल पाटोबाट घटनाको सुक्ष्म रुपमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ। अनुसन्धानको दायरामा जयलालकै छोराहरु पनि देखिएको प्रहरीले स्रोतले जनाएको छ।

जयलालको पहिलो श्रीमतीको क्यान्सर रोगका कारण तीन वर्ष पहिला मृत्यु भएको थियो। अहिले हत्या गरिएकी धना उनकी कान्छी श्रीमती हुन्। पहिलो श्रीमतीतर्फका दुई छोरा छन्। जयलालले अर्को श्रीमती ल्याएपछि छोराहरुसँग उनको राम्रो सम्बन्ध थिएन।

घरायसी कुरामा विवाद हुँदा जयलालले जेठा छोरो भरतलाई खुकुरीले समेत हानेका थिए। सो घटनामा उनी २८ दिन प्रहरी हिरासत बसेर छुटेको अनुसन्धानबाट खुलेको छ । 

त्यसपछि छोराहरु जयलालसँग नबसेर भिन्दै बस्दै आएका थिए। राम्रो सम्बन्ध नहुनु र जयलालले खुकुरीले समेत हानेको अनुसन्धानबाट खुलेकाले छोराहरुमाथि संका गर्ने ठाउँ भए पनि अहिलेसम्म प्रमाण भने फेला नपरेको प्रहरीले जनाएको छ।

५२ वर्षका जयलालले २२ वर्षीय युवती धनालाई श्रीमतीको रुपमा भित्र्याएका थिए । धनाले आफ्नो प्रेमी हुँदाहुँदै जयलालसँग विवाह गरेको भन्ने गाउँलेले बताएपछि प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ।

दुई हप्तामा आइसियुबाट निकालियो शिशु

बाआमाको शवनजिकै उनीहरुकी ६ महिने छोरी ममता ओठमुख सुकाउँदै चिच्याउँदै रोइरहेकी थिइन्। ममताको उपचारका लागि भन्दै उनका मावलीले लिएर गएका थिए। उनको कैलालीस्थित माया मेट्रो अस्पतालले नि:शुल्क उपचार गरिरहेको छ । 

शिशुको उपचारमा संलग्न बाल रोग विशेषज्ञ डाक्टर मोहन साउदका अनुसार उनलाई निमोनिया र टाउकोमा चोट लागेको थियो। सिटीस्क्यान रिपोर्टले ती दूधे शिशुको टाउकोमा गम्भीर चोट लागेका देखाएको साउदले बताए। चोटले मस्तिकमा पनि असर परेको छ। छातिमा निमोनियाको संक्रमण छ। स्वासप्रश्वासमा समेत समस्या छ। 

डा‍‍‍‍‍. साउदका अनुसार बच्चालाई उचालेर पछारेजस्तो देखिन्छ। त्यसपछि टाउकोमा चोट लागेको हुनुपर्ने उनको तर्क छ । चोटका कारण कम्पन र मुखबाट फिँज आएपछि फिँज सर्किएर निमोनिया भएको हुनसक्ने साउदले बताए। शुक्रबार भने शिशुलाई आइसियुबाट निकालेर राखिएको छ। 

‘बाहिर वातावरणमा कस्तो हुन्छ भनेर आज हामीले आइसियुबाट निकालेर हेरेका छौं। अझै पूर्ण रुपमा ठिक भएको छैन। वेट एण्ड वाच मै छौं’ साउदले नेपाल लाइभसँग भने।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  ११:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्