• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ९, २०८२ Sun, Oct 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

भण्डारी दम्पति हत्याबारे ‘क्लु’ नै फेला पारेन प्रहरीले

64x64
नारायण अधिकारी शनिबार, चैत १, २०७६  ११:११
1140x725

काठमाडौं- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित घरमा ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी फागुन १५ गते मृत भेटिएका थिए। कञ्चनपुर प्रहरीको भनाइ सापट लिएर भन्ने हो भने ‘भण्डारी दम्पत्ति’ हत्या रहस्यमय अपराधमध्येकै रहस्यमय हत्या बनेको छ अहिले।

अपराध अनुसन्धानमा अब्बल मानिएका प्रहरी अधिकृतहरु दुई सातादेखि अनुसन्धानमा खटिए पनि हत्याको 'क्लु' फेला पर्न सकेको छैन। यही घटनालाई थप प्रष्ट्याउँदै कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनी नेपाल लाइभसँग भन्छन्, ‘दुई सातादेखि हाम्रो टाउको दुखाइको विषय नै भण्डारी दम्पत्ति हत्या अनुसन्धान छ।’

धनाले नजिकै रहेको आफ्नो माइतबाट सधैं दूध ल्याउने गरेकी थिइन्। तर फागुन १५ गते उनी दूध लिन नआएपछि फुपुकी छोरी पार्वती रावल धनाको घर पुगेकी थिइन्। त्यतिबेला भण्डारी परिवारको घरको ढोका खुल्लै थियो। भान्साकोठामा धना रक्ताम्य अवस्थामा मृत भेटिएकी थिइन्। अर्को कोठाको खाटमा जयलाल पनि रक्ताम्य ढलेका थिए। मृत जयालालसँगै उनकी ६ महिने छाेरी चिच्याउँदै कराइरहेकी थिइन्।

त्यसपछि करिब १२ बजे दिउँसो यस घटनाबारे जानकारी दिइएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

नजिकै रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलको टोली सुरुमा घटनास्थल पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट एसपी मरासिनीसहितको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। 

यो पनि पढ्नुहोस

आइसियुमा छटपटाउँदै ६ महिने शिशु : जसको बाआमाको दर्दनाक हत्या भयोबिहिबार, पुस १७, २०२६

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरुको हत्या भएको र उक्त हत्या राति भएको निष्कर्ष निकालेको थियो। प्रहरीका अनुसार त्यसबेला घटनास्थलमा रगत जमिसकेको थियो, दुवै जनालाई घाँटी र टाउकामा प्रहार गरेर हत्या गरिएको थियो।

त्यसपछि अनुसन्धानमा जुटेको प्रहरी टोलीले दुई हप्ता बितिसक्दासमेत कुनै क्लु फेला पार्न सकेको छैन। 

घटनास्थलमा भेटिएका कपडा, रगत, त्यहाँ हुनसक्ने फिंगर प्रिन्टलगायतका सबुद प्रहरीले उठाएको थियो। उनीहरुका छरछिमेकीसँग सोधपुछ गरे पनि कुनै नयाँ तथ्य प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन। यसबारे एसपी मरासिनीले नेपाललाइभसँग भने, ‘अहिलेसम्म कसैलाई पक्राउ गर्न सकिएको छैन। प्रमाण संकलनमै समय खर्च भइरहेको छ ।’ 

Ncell 2
Ncell 2

प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट समेत रिपोर्ट आउन बाँकी नै रहेकाले थप प्रमाण संकलन हुने र अनुसन्धानमा सहज हुने प्रहरीको ठम्याइ छ। 

यद्यपि अनुसन्धान प्रगतिउन्मुख भएको प्रहरीको भनाइ छ। ‘केही व्यक्तिलाई प्रारम्भिक सोधपुछ गरिएको छ। तर श‌‌कास्पदका हिसाबले कसैलाई पनि सोधपुछ गरिएको छैन। घटनास्थलमा भेटिएका प्रमाणहरुमाथि अनुसन्धान गरेर त्यसको वास्तविकता केलाउन लागिरहेका छौं। श‌‍कास्पद केही व्यक्तिलाई लिस्टआउट गरेका छौं । अब त्यसलाई पुष्टि गर्न सकिन्छ/सकिन्न भन्ने विषयमा थप अध्ययन हुन्छ,’ उनले भने। 

छोरामाथि नै शंका !

 घटनास्थलमा भेटिएका सबुद, विभिन्न प्राविधिक र म्यानुअल पाटोबाट घटनाको सुक्ष्म रुपमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ। अनुसन्धानको दायरामा जयलालकै छोराहरु पनि देखिएको प्रहरीले स्रोतले जनाएको छ।

जयलालको पहिलो श्रीमतीको क्यान्सर रोगका कारण तीन वर्ष पहिला मृत्यु भएको थियो। अहिले हत्या गरिएकी धना उनकी कान्छी श्रीमती हुन्। पहिलो श्रीमतीतर्फका दुई छोरा छन्। जयलालले अर्को श्रीमती ल्याएपछि छोराहरुसँग उनको राम्रो सम्बन्ध थिएन।

घरायसी कुरामा विवाद हुँदा जयलालले जेठा छोरो भरतलाई खुकुरीले समेत हानेका थिए। सो घटनामा उनी २८ दिन प्रहरी हिरासत बसेर छुटेको अनुसन्धानबाट खुलेको छ । 

त्यसपछि छोराहरु जयलालसँग नबसेर भिन्दै बस्दै आएका थिए। राम्रो सम्बन्ध नहुनु र जयलालले खुकुरीले समेत हानेको अनुसन्धानबाट खुलेकाले छोराहरुमाथि संका गर्ने ठाउँ भए पनि अहिलेसम्म प्रमाण भने फेला नपरेको प्रहरीले जनाएको छ।

५२ वर्षका जयलालले २२ वर्षीय युवती धनालाई श्रीमतीको रुपमा भित्र्याएका थिए । धनाले आफ्नो प्रेमी हुँदाहुँदै जयलालसँग विवाह गरेको भन्ने गाउँलेले बताएपछि प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ।

दुई हप्तामा आइसियुबाट निकालियो शिशु

बाआमाको शवनजिकै उनीहरुकी ६ महिने छोरी ममता ओठमुख सुकाउँदै चिच्याउँदै रोइरहेकी थिइन्। ममताको उपचारका लागि भन्दै उनका मावलीले लिएर गएका थिए। उनको कैलालीस्थित माया मेट्रो अस्पतालले नि:शुल्क उपचार गरिरहेको छ । 

शिशुको उपचारमा संलग्न बाल रोग विशेषज्ञ डाक्टर मोहन साउदका अनुसार उनलाई निमोनिया र टाउकोमा चोट लागेको थियो। सिटीस्क्यान रिपोर्टले ती दूधे शिशुको टाउकोमा गम्भीर चोट लागेका देखाएको साउदले बताए। चोटले मस्तिकमा पनि असर परेको छ। छातिमा निमोनियाको संक्रमण छ। स्वासप्रश्वासमा समेत समस्या छ। 

डा‍‍‍‍‍. साउदका अनुसार बच्चालाई उचालेर पछारेजस्तो देखिन्छ। त्यसपछि टाउकोमा चोट लागेको हुनुपर्ने उनको तर्क छ । चोटका कारण कम्पन र मुखबाट फिँज आएपछि फिँज सर्किएर निमोनिया भएको हुनसक्ने साउदले बताए। शुक्रबार भने शिशुलाई आइसियुबाट निकालेर राखिएको छ। 

‘बाहिर वातावरणमा कस्तो हुन्छ भनेर आज हामीले आइसियुबाट निकालेर हेरेका छौं। अझै पूर्ण रुपमा ठिक भएको छैन। वेट एण्ड वाच मै छौं’ साउदले नेपाल लाइभसँग भने।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  ११:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
छठको दोस्रो दिन आज ‘खरना’ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
अमेरिकासँग भिड्दै नेपाल आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
धर्ना जुलुस नगर्न सबै पक्षलाई गृह मन्त्रालयको अपिल, घुसपैठ भएर सुरक्षा र चुनाव बिथोलिने चिन्ता शनिबार, कात्तिक ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
गृहमन्त्रीले मसँग गम्भीर दुष्मनी लिन खोजे : ओली बुधबार, कात्तिक ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्