काठमाडौं– नेपाली बजारमा केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज एकैदिनमा प्रतितोला ३ हजार रुपैयाँले गिरावट आएको छ। बुधबारदेखि निरन्तर ओरालो लागेका सुनको मूल्यमा शुक्रबार एकैदिन प्रतितोला ३ हजार रुपैयाँ घटेको हो।
शुक्रबार प्रतितोला ३ हजारले घटेर छापावाल सुनको ७८ हजार ५ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य ८१ हजार ५ सय रुपैयाँ कायम भएको थियो।
शुत्रबारको मूल्य बुधबारको तुलनामा ३ हजार ८ सय रुपैयाँले कम हो। बिहीबार छापावाल सुन ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुनको मूल्य शुत्रबार ७८ हजार २ सय रुपैयाँ कायम भएको छ। बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८१ हजार २ सय रुपैयाँ कारोबार भएको थियो।
चाँदीको मूल्यमा भने उल्लेख्य कमी आएको छ। बिहीबार ८ सय ६० रुपैयाँमा प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रबार ४० रुपैयाँले घटेर ८ सय २० रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।