एजेन्सी- न्युर्योकस्थित संयुक्त राष्ट्र मुख्यालयमा कोरना भाइरस छिरेको छ।
मुख्यालयमा कोरोना संक्रमणको पहिलो घटना सार्वजनिक भएको बीबीसीले उल्लेख गरेको छ। समाचार एजेन्सी एफपीका अनुसार फिलिपिन्सका एक कूटनीतिज्ञले यसको पुष्टि गरेका छन्।
कूटनीतिज्ञले सोमबार युएन दफ्तरको भ्रमण गरेका थिए। उनी संयुक्त राष्ट्र महासभाको छैटौं कमिटीमा काम गर्दछन्। यो विभागले कानुनी मामिला हेर्ने गर्दछ। संयुक्त राष्ट्र संघको मुख्यालयमा करिव ३ हजार मानिसहरु काम गर्दछन्।
बीबीसीका अनुसार कोरोना कसलाई र कति कर्मचारीमा संक्रमण भएको हो त्यसको विस्तृत विवरण भने गोप्य राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।