एजेन्सी- काेराेना भाइरस (काेभिड १९)का कारण भारतमा एक जनाकाे मृत्यु भएकाे छ। कर्नाटकको कालबुर्गीमा भाइरसबाट ७६ वर्षीय एक व्यक्तिकाे मृत्यु भएकाे हाे।
बीबीसी हिन्दीका अनुसार उनी साउदी अरबबाट हालै भारत फर्किका थिए। कर्नाटक राज्यको स्वास्थ्य र परिवार कल्याण विभागले विगतमा उनीसँग सम्पर्कमा आएकाहरुलाई पनि खाेज्ने काम भइरहेकाे जनाएकाे छ। उनी उपचारका लागि तेलंगानाको एउटा निजी अस्पतालमा गएकाे र यसबारे तेलंगाना सरकारलाई पनि सूचित गरिएको विभागले जनाएकाे छ।
केन्द्रीय सरकारले जारी गरेको विज्ञप्ति अनुसार साउदी अरबबाट फर्केपछि उनलाई सास फेर्न समस्या हुनुका साथै खोकी र निमोनिया लागेकाे थियाे।
आजतकका अनुसार भारतमा हालसम्म ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकाे पुष्टि भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।