• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

म्यानचेस्टर युनाइटेडमा फर्किएको खेल

सोल्सकरको प्रशिक्षणमा खुसीको सञ्चार 
64x64
ऋग्वेद शर्मा सोमबार, फागुन २६, २०७६  १३:३५
1140x725

काठमाडौं- इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा प्रशिक्षक ओले गुनार सोल्सकरका लागि एउटा महत्वपूर्ण जितको खोजी भइरहेको थियो। जहाँ म्यानचेस्टर सिटीविरुद्धको जित सोल्सकरलाई प्रमाणित गर्ने अवसर मिल्यो। 

प्रिमियर लिग सिजनमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई दुवै खेलमा हराएको सन् २००९–१० पछि अहिले नै हो। अझ प्रशिक्षक सर एलेक्स फर्गुसनपछि देखिइरहेको कमि विस्तारै पूरा भइरहेको विश्लेषण पनि म्यानचेस्टर युनाइटेड बुझ्नेहरु गरिरहेका छन्। 

म्यानचेस्टर युनाइटेडले जोसे मोउरिन्होलाई प्रशिक्षकबाट हटाएपछि २०१८ को डिसेम्बरमा सोल्सकरले अर्को प्रशिक्षक नआउँदासम्मका लागि टिम सम्हाल्ने अवसर पाएका थिए। तर २२ डिसेम्बरमा कार्डिफ सिटीलाई ५–१ हराउँदा सोल्सकरलाई हेर्ने दृष्टिकोण फेरियो। म्यानचेस्टर युनाइटेडले पाँच गोल गरेको त्यो २०१३ पछि थियो। त्यसपछिका चार खेल पनि जित्दा त उनीमाथिको आश निकै बढ्यो। एकपछि अर्को खेलमा मिलेको सफलताले सोल्सकर २०१९ जनवरीका लागि प्रिमियर लिगमा उत्कृष्ट प्रशिक्षक पनि बने। 

सोल्सकरले टिम सम्हालेको पहिलो च्याम्पियन्स लिगमा अन्तिम १६ को खेलमा म्यानचेस्टर युनाइटेड पिएसजीसँग घरेलु मैदानमा नै २–० ले पराजित भएको थियो। जुन सोल्सकरको पहिलो हार थियो। तर अवे मैदानमा ३–१ ले खेल जित्दै युनाइटेड अवे गोलका आधारमा क्वाटरफाइनल पुग्यो। घरेलु मैदानको नराम्रो हारपछि पनि अवे मैदानको ‘कमब्याक’ ले प्रशिक्षक सोल्सकर अझ उम्दा देखिए। त्यसैले हुनुपर्छ २०१९ मार्च २८ मा उनी म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रुपमा तीन वर्षको सम्झौतामा रहे। 

जारी २०१९–२० को प्रिमियर लिग सिजन भने म्यानचेस्टर युनाइटेडका लागि अपेक्षाकृत भइरहेको थिएन। अहिले शीर्ष चारमा पर्ने संघर्ष गर्नुपरिरहेको टिममा नयाँ उत्साहको खोजी भइरहेको थियो। जुन लिगमा म्यानचेस्टर सिटीलाई दुवै खेलमा हराएपछि देखिएको छ। 

प्रिमियर लिग खेलमा आइतबार राति एन्थोनी मार्सियल र स्कट म्याकटोमिनेको गोलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २–० ले हरायो। त्यसअघि सिजनको पहिलो भेटमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई २–१ ले हराएको थियो। जहाँ एन्थोनी मार्सियलसँगै मार्कस रासफोर्डले गोल गरेका थिए। 

यसै सिजन लिग कपको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग ३–१ हारेको युनाइटेडले दोस्रो लेग १–० ले जितेको थियो। यो सबैले सोल्सकरले आफूमाथिको शंका घटाउने काम गरेका छन्। अहिले लगातार १० खेलमा अपराजित रहनुले उनले सिजनको अन्त्यसम्म आफूलाई प्रमाणित गर्नेछन् भन्ने देखाएको पनि छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले ४५ अंकसहित तालिकामा पाँचौँ स्थानमा रहेको युनाइटेड चौथो स्थानको चेल्सीभन्दा तीन अंक पछि, तेस्रो स्थानको लेस्टरभन्दा पाँच अंक र दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा १२ अंक पछि छ। शीर्ष स्थानमा रहेको लिभरपुललाई अरु टिमले उछिन्ने असम्भव देखिइसकेको छ। ३० वर्षपछि लिभरपुल उपाधिनजिक रहँदा युनाइटेड शीर्ष स्थानबाट ३७ अंकले पछि छ। 

सिजनको सुरुमा देखिएका नराम्रा अवस्थाबाट युनाइटेड अहिले बाहिर निस्कँदै छ। प्रशिक्षक सोल्सकरको विश्लेषण सिजनको अन्त्यमा म्यानचेस्टर युनाइटेड कहाँ रहन्छ भन्नेमा निर्भर हुनेछ। त्यसैका लागि अहिलेका हरेक खेल सोल्सकरको प्रशिक्षण शैलीमाथिको प्रश्न या जवाफ हो। 

क्रिस्टल प्यालेसबाट ४५ मिलियन पाउण्डमा ल्याइएका राइट ब्याक आरोन वान बिसाका अहिलेका लागि मात्रै होइन भविष्यसम्मका लागि राम्रो लगानी हुन् भन्ने देखिएको छ। जसको लिभरपुलका ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड र चेल्सीका रिस जेम्ससँग तुलना भइरहेको छ। म्यानचेस्टर सिटीका रहिम स्टर्लिङविरुद्ध मैदानमा अब्बल देखिएका डिफेन्डर उनै बिसाका नै हुन्। 

स्पोर्टिङ लिस्बोनबाट ४७ मिलियन पाउण्डमा ल्याइएका ब्रुनो फर्नान्डेज पनि सोल्सकरका लागि अर्को बलियो हतियार हुन्। उनले जति रकम म्यानचेस्टर युनाइटेडबाट लिएका छन् उनको उपलब्धी त्योभन्दा अझ बढी देखिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

युनाइटेडमा अहिले फर्नान्डेज ‘गेम चेन्जर’ का रुपमा देखिएका छन्। फर्नान्डेजको उल्भरह्याम्टनसँगको पहिलो खेलदेखि अहिलेसम्म हेर्दा सबैभन्दा धेरै गोलमा संलग्न उनी नै छन्। अहिले पोउल पोग्बाको कमि पनि उनैले पूरा गरिरहेको देखिन्छ। 

यति मात्रै होइन सोल्सकरको डिफेन्स लाइन पनि अहिले तालमेल मिलेको देखिन्छ। सबै प्रतिस्पर्धामा हेर्दा पछिल्लो १० खेलमा हेर्दा म्यानचेस्टर युनाइटेडले दुई गोल मात्रै खाएको छ। 

जारी सिजन उम्दा प्रशिक्षक पेप गार्डिओलालाई तीन पटक परास्त गर्न सक्नुले पनि सोल्सकरको नयाँपन फुटबल मैदानमा देखिन्छ नै। त्यसले फर्गुसनले छाडेदेखि कमजोर अवस्थामा नै बढिरहेका म्यानचेस्टर युनाइटेडका समर्थकले पनि खुसी सञ्चार गर्न पाएका छन्। 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो आइतबार, कात्तिक ८, २०८३
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने आइतबार, कात्तिक ८, २०८३
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ? आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
दशैंको अन्तिम दिन राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्