• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

चैते धान खेती विस्तार लक्ष्य घट्दै

64x64
शेरबहादुर ऐर शनिबार, फागुन २४, २०७६  ०९:१०
1140x725

धनगढी-  सुदूरपश्चिम प्रदेशमा चैते धान खेती विस्तार कार्यक्रमको वार्षिक लक्ष्य वर्षेनी घट्दै गएको छ। तराई तथा भित्री मधेस क्षेत्रमा चैते धान उत्पादनको राम्रो सम्भावना रहेपनि किसानहरू आकर्षित नभएका कारण वार्षिक लक्ष्य कम हुँदै गएको हाे।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशका छ वटा जिल्लामा चैते धान खेती विस्तार गर्ने लक्ष्य लिएको थियो। मन्त्रालयले सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डोटी, अछाम र बैतडीमा गरी एक हजार हेक्टरमा चैते धान खेती विस्तार गर्ने लक्ष्य लिएको थियो। मन्त्रालयले कैलालीमा पाँच सय २५ हेक्टर, कञ्चनपुरमा चार सय हेक्टर, डोटी, अछाम र बैतडीमा २५/२५ हेक्टरमा चैते धान खेती विस्तार गर्ने लक्ष्य लिएको थियो।

चालु आर्थिक वर्षमा मन्त्रालय मातहतमा रहेका कृषि ज्ञानकेन्द्र कञ्चनपुरमार्फत दुई जिल्लामा चैते धान खेती विस्तार गर्ने कार्यक्रम बनाएको थियो। कृषि ज्ञान केन्द्रले सोहि अनुसार चालु आर्थिक वर्ष धान खेती विस्तार लक्ष्य घटाएर दुई जिल्लाको पाँच सय हेक्टरमा चैते धान खेती विस्तार गर्ने कार्यक्रम बनाएको थियो। कृषि ज्ञान केन्द्रले सूचना जारी गर्दै आवेदन माग गरे पनि लक्ष्य अनुसार किसानको सहभागिता भने भएको छैन।

कैलाली र कञ्चनपुर गरी ७० हेक्टरका लागि मात्र आवेदन परेको कृषि ज्ञान केन्द्रले जनाएको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले कैलालीबाट एक सय ९ र कञ्चनपुरका १६ जना किसानले मात्र चैते धान खेतीका लागि आवेदन दिएको जानकारी दिए।

Ncell 2
Ncell 2

गत आर्थिक वर्ष २०७५/७६ मा कैलाली र कञ्चनपुर गरी २४ बिघा नौ कठ्ठा जग्गाका लागि मात्र आवेदन परेको थियो। २०७३ सालमा संघीय कृषि मन्त्रालयले कैलाली जिल्लामा चैते धान खेती विस्तार कार्यक्रम लागू गरेको थियो, तर त्यस वेला पनि लक्ष्य अनुसारको आवेदन आएका थिएनन्।

२०७२ सालमा ९ सय हेक्टरमा चैते धान खेती गर्ने लक्ष्य निर्धारण गरेकोमा एक सय ४७ हेक्टर र २०७३ सालमा तीन सय हेक्टरमा चैते धान खेती गर्ने लक्ष्य निर्धारण गरेकोमा दुई सय ३० हेक्टरमा मात्रै खेती गर्न आवेदन परेको थियो। बढी पानी जम्ने (खल्ला), नहर क्षेत्र तथा डुवान हुने क्षेत्रमा चैते धान बढी उत्पादन हुने गरेको कृषि प्राविधिकहरू बताउँछन्।

कृषि ज्ञान केन्द्रका अनुसार कैलालीको भजनी, टीकापुर र कञ्चनपुरको पुनर्बास नगरपालिका, बेल्डाडी गाउ“पालिकामा चैते धान खेतीको लागि आवेदन परेको जनाइएको छ। चैते धान खेती विस्तार कार्यक्रम अन्तर्गत किसानलाई बिउमा ५० प्रतिशत अनुदानको व्यवस्था रहेको छ। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जोशीले विगतमा बिउमा ससर्त अनुदानको व्यवस्था भएकोमा चालु आर्थिक वर्ष ५० प्रतिशत मात्र अनुदानको व्यवस्था भएका कारण किसानहरूले आवेदन नदिएको बताए।

उनले यसका अतिरिक्त अपेक्षा गरेअनुसार मूल्य नपाउने भएकाले पनि किसानहरू आकर्षित हुननसकेको बताए। उनले भने, 'किसानहरूले हाइव्रिड बिउ माग्छन्, तर हामीले सूचिकृत भएका बिउमात्र रोप्न आग्रह गर्छौ। यसले गर्दा पनि किसानहरूमा यो कार्यक्रमप्रति आकर्षण बढ्न सकेको छैन।'

उनले सबै ठाउँमा सिचाइको व्यवस्था नहुँदा पनि किसानहरूलाई समस्या भएको बताए। उनले किसानहरू चैते धान खेती गर्नु भन्दा मुंग, मकै, आलुलगायतका बाली रोप्न चाहने बताए।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्