• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जब राजा महेन्द्रले टाउकोको मूल्य ३ लाख तोके 

व्यवस्था बदल्न हिडेकाहरू
64x64
पुष्पा केसी शनिबार, फागुन २४, २०७६  ०७:३०
1140x725

काठमाडौं- चारपटक जेल, १९ पटक गिरफ्तार र ८ वर्ष भारत निर्वासनमा हुँदासमेत महेश्वरलाल श्रेष्ठ गलेनन्। व्यवस्था बदल्ने आन्दोलनमा होमिएका उनी निरन्तर लडिरहे। त्यो बेला उनीप्रति राज्य कति डराउँथ्यो भन्ने उनको टाउकोको मूल्यबाट प्रष्ट हुन्छ।

२०१८ सालमा राजा महेन्द्रले उनको टाउकाको मूल्य तोके तीन लाख रुपैयाँ। जिउँदै वा काटेकै टाउको खोजेका महेन्द्रले त्यो बेला श्रेष्ठको टाउको भेटाएनन्। राजाले टाउको नभेटाएकै कारण उनी महेन्द्रको मृत्यु भएको ४८ वर्षपछि त्यो दिनबारे कुरा गरिरहेका छन्। उनले चाहेको आदर्श राजनीतिक व्यवस्थामा निर्धक्क आफ्ना कुरा राखिरहेका छन्।

निरंकुश व्यवस्थाविरुद्ध लड्दा नथाकेका उनलाई उमेरले थला पार्दै लगेको छ। ८३ वर्षको उमेरमा रहेका उनलाई उमेरजन्य स्वास्थ्य समस्याले सताइरहन्छन्। अहिले भने हिपको जोर्नी फुत्किने समस्याबाट प्रताडित छन्। डेढ महिनाकोबीचमा दुई पटक हिपको जोर्नी फुत्किएपछि अहिले उनी एरोजिन हेल्थ केयरमा उपचाररत छन्। 

उनी व्यवस्था बदल्न लडे। उनको पुस्ताको सिको गर्दै अर्को पुस्ता पनि लड्यो। निरन्तर लडाइँको प्रतिफल आज व्यवस्था बदलिएरै छाड्यो। यो सब भोग्दै र देख्दै आएका श्रेष्ठलाई लाग्छ–व्यवस्था त बदलियो तर व्यवहार भने बदलिएन।

‘यही व्यवस्था ल्याउन लड्दा राजा महेन्द्रले मेरो टाउकाको मूल्य तोके। कति मारिए। कति घाइते भए,’ श्रेष्ठ भन्छन्, ‘खुकुरीको धारमा हिँडेर ल्याएको यो व्यवस्थालाई अहिले देश चलाउनेहरुले बुझेको खै?’

‘यही व्यवस्था ल्याउन लड्दा राजा महेन्द्रले मेरो टाउकाको मूल्य तोके। कति मारिए। कति घाइते भए,’ श्रेष्ठ भन्छन्, ‘खुकुरीको धारमा हिँडेर ल्याएको यो व्यवस्थालाई अहिले देश चलाउनेहरुले बुझेको खै?’

कांग्रेसको दोस्रो सशस्त्र क्रान्तिमा चितवनको भरतपुरमा राज्यतर्फबाट भएको आक्रमणमा पनि जोगिएका केहीमध्ये श्रेष्ठ एक हुन्। २०१७ साल माघमा भारतको पटनामा सुवर्णशमशेरले पार्टीको सम्मेलन बोलाए। सम्मेलनबाट प्रजातन्त्र पुनःस्थापनाका लागि पुनः सशस्त्र संघर्ष गर्ने निर्णय भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसै अनुरुप २००७ सालको क्रान्तिको ऐतिहासिक पृष्ठभूमिमा २०१८ साल कात्तिकमा नेपाली कांग्रेसले क्रान्ति दिवसको दिन दोस्रो सशस्त्र क्रान्ति सुरु गर्‍यो। क्रान्तिको सुरुवात चितवनको भरतपुरबाट हुने भयो। त्यसको घोषणा गर्न राजा महेन्द्रको ‘कू’पछि भारत निर्वासनमा रहेका श्रेष्ठसहित चार जनालाई सुवर्णशमशेरले चितवन पठाए।

चितवनकै बासिन्दा भएकाले सुवर्णशमशेरले प्रचार–प्रसार संगठन मन्त्रीको जिम्मा श्रेष्ठलाई नै दिए।

त्यही हौसलाले नै तय गर्‍यो, दोस्रो सशस्त्र क्रान्तिको पहिलो स्थान, चितवनको भरतपुर। भरतपुर कब्जा गर्न योजना बन्न थाल्यो।

चितवनको भरतपुरमा आएर क्रान्तिको घोषणा गर्नु थियो। श्रेष्ठसँगै आएका साथीहरु डराए। तर, भरतपुरकै एक विद्यालयमा श्रेष्ठको नेतृत्वमा कांग्रेसको झण्डा फहराइयो। र, रातको समयमा त्यहीँ प्रवचन दिन थालियो। त्यतिबेला श्रेष्ठको उमेर २३ वर्षको मात्रै थियो। सहभागीमध्ये सबैभन्दा कम उमेर उनकै थियो। 

२०१७ साल पुस १ गतेपछि ठप्प कांग्रेस गतिविधि झण्डै एक वर्षपछि सुरु हुँदा कांग्रेस कार्यकर्ता हौसिनु स्वाभाविक थियो। कार्यकर्तामाझ क्रान्तिले व्यापकता पाउँदै गयो।  त्यही हौसलाले नै तय गर्‍यो, दोस्रो सशस्त्र क्रान्तिको पहिलो स्थान, चितवनको भरतपुर। भरतपुर कब्जा गर्न योजना बन्न थाल्यो। रणनीतिक रुपमा पनि निकै अर्थ राख्ने चितवनलाई कब्जा गर्नुअघि भारतको बेतिया जिल्लामा पर्ने नरकटियागन्ज शिविरमा हाइकमाण्डको आवतजावत बढ्न थाल्यो। 

शिविरका इन्चार्ज थिए, बखानसिंह गुरुङ। उनले भरतपुर कब्जा गर्न गोप्य रुपले त्यहाँका पार्टी नेताहरुसँग सम्पर्क राख्न थाले। विस्तारै भरतपुरको स्थितिबारे बुझ्न आफ्ना विश्वासिला साथीहरुलाई पनि पठाउन थाले। 

चितवनस्थित जोनाह, पिपरिया र मैदोजी फार्म हाउसमा क्याम्प राखियो। त्यहीँबाट नै भरतपुर कब्जा गर्ने रणनीति बन्न थाल्यो। चितवन कब्जा गर्दा काठमाडौंबाट सजिलै दरबारले सेना पठाउन सक्थ्यो र लडाकूलाई नियन्त्रणमा लिन सक्थ्यो। त्यसैले सुरुमा काठमाडौंबाट जाने सरकारी सेनालाई चितवन प्रवेशमा रोक लगाउनु थियो। चाहे त्यो हेलिकोप्टरबाटको यात्रामा होस्, चाहे सडकको।  

आन्दोलनकारीभन्दा राज्य बलियो हुनु स्वाभाविक नै थियो। हवाई अड्डा जोते पनि सडकको विकल्प भने थियो। त्यसैले सडकको विकल्प बाँकी नराख्ने अर्को योजना बन्यो। 

भरतपुर कब्जाको सूचना पाउनेबित्तिकै दरबारले हेलिकोप्टरबाट सेना पठाउन सक्थ्यो। त्यसैले हवाई अड्डामा पनि हेलिकोप्टर आउन रोक लगाउनु थियो। त्यसैअनुरुप सरकारी सेना रोक्न पहिलो प्राथमिकतामा भरतपुर हवाई अड्डा पर्‍यो। सुरुमा कांग्रेस नेता–कार्यकर्ताले यज्ञपुरी फार्मबाट ट्याक्टर ल्याई भरतपुरमा रहेको मेघौली हवाई अड्डामा जोते। 

आन्दोलनकारीभन्दा राज्य बलियो हुनु स्वाभाविक नै थियो। हवाई अड्डा जोते पनि सडकको विकल्प भने थियो। त्यसैले सडकको विकल्प बाँकी नराख्ने अर्को योजना बन्यो। 

कतैबाट पनि यातायातका साधन आउन नदिन उदयनाथ अधिकारीलाई पुल भत्काउने कामको जिम्मा लगाइयो। पूर्वी चितवनका दुईवटा पुल भत्काउनु पर्ने थियो। तर, डाइनामाइट अलि कमजोर परेकाले पूरै पुल भत्किएन। र, पुलका फ्लेकहरु मात्रै निकालियो। बेल्सीतर्फको पुल भने पूरै भत्केको थियो। यसरी काठमाडौंबाट चितवन प्रवेश गर्ने सबै बाटा र हवाई अड्डा अवरुद्ध पारियो। 

चितवन प्रवेश गर्ने हवाई र सडक नाका त रोकियो। अब भरतपुर कब्जामा लिएर प्रजातन्त्र खोस्ने राजालाई तर्साउनु थियो। श्रेष्ठ सुनाउँछन्, ‘भरतपुर कब्जा गर्नुअघि जिल्ला स्तरका हाइकमाण्ड नेताहरु र केही लडाकुलाई तीन समूहमा विभाजन गरियो।’ 

माघ अन्तिम साता अर्थात २४ गते। जाडो मौसम बदलिने तरखरमा थियो। यद्यपि त्यो दिन बिहान हुस्सु भने लागिरहेकै थियो। त्यही मौसमसँगै व्यवस्था बदल्ने महत्वाकांक्षा कांग्रेस कार्यकर्तामा बढ्दै थियो। राजा महेन्द्रले निर्वाचित सरकारमाथि गरेको ‘कू’ले कांग्रेस कार्यकर्तामा आक्रोश बढेको थियो। धेरैजसो शीर्ष नेता जेलमै रहेको अवस्थामा क्रान्ति गर्नुको पीडा र डर त थियो नै। 

तर, राजाद्वारा शीर्ष नेतालाई जेल चलान र शिशु प्रजातन्त्रको हत्यापछि कार्यकर्ता शान्तसँग बस्न पनि सकेनन्। दोस्रो सशस्त्र क्रान्तिको लक्ष्य थियो, राजाले खोसेको प्रजातन्त्र पुनःस्थापना गर्ने। 

पूर्व योजनाअनुरुप नै तीन समूहमा विभाजित लडाकू भरतपुर कब्जा गर्न अगाडि बढे।  महेश्वरलाल श्रेष्ठ, बुद्धिसागर ढकाल, नारायणप्रसाद जोशी र चन्द्रबहादुर शाहीको नेतृत्वमा सहभागीहरु रामनगर, गोवधनिया, माडी हुँदै गीतानगर प्रेमबस्तीतर्फबाट अघि बढे। 

अगाडि बढ्दै गर्दा दोस्रो समूहले ठोरीको पुलिस चौकी कब्जा गर्‍यो। उनीहरुले त्यहाँ भएका दुई÷चार वटा बन्दुक हात पारे। मुक्ति सेनासँग आधुनिक हतियार थिएन।

त्यस्तै लालध्वज गुरुङ, बुद्धसिंह रानामगर, जगतप्रकाशजंग शाह, कमल राई, शम्शेरबहादुर राईलगायत ठोरीबाट माडी हुँदै गीतानगरको बाटो भएर अघि लागे। 

तेस्रो, समूहमा रहेका मेजर मेहरध्वज गुरुङ, इमानसिंह गुरुङ, पहलमान सिंह राई, पर्वबहादुर गुरुङलगायत मुक्तिसेनाको टोली रामगर गोवर्धनिया हुँदै माडी प्रवेश गरे। 

अगाडि बढ्दै गर्दा दोस्रो समूहले ठोरीको पुलिस चौकी कब्जा गर्‍यो। उनीहरुले त्यहाँ भएका दुई÷चार वटा बन्दुक हात पारे। मुक्ति सेनासँग आधुनिक हतियार थिएन। ‘हामीसँग केही थान हतियार र पुलिस चौकीबाट लुटिएका हतियारबाहेक अन्य आधुनिक  हतियार थिएनन्,’ श्रेष्ठ भन्छन्, ‘तर, मुक्तिसेनासँग अदम्य साहस र दृढ विश्वास भने थियो।’ 

तीनतिरबाट अगाडि बढेको टोलीले बिहान ८ बजे माडी चौकी सजिलैसँग आफ्नो कब्जामा लियो। उनीहरुले त्यसचौकीमा भएका केही नाल थ्रीनटथ्री बन्दुक हात पारे। भरतपुर ब्यारेक त्यति बेला भरत गुरुङको मातहतमा थियो। 

त्यही आशाका कारण लालध्वज गुरुङले आफ्ना ज्वाइँं भरतलाई आत्मसमर्पण गर्न अनुरोध पत्र लेखे। त्यो कामको जिम्मा जोसुकैलाई दिन सकिदैंन थियो।

उनी नातामा लालध्वज गुरुङका ज्वाइँ पर्थे। लालध्वजको नातेदारमात्र नभइ उनी २००९ सालको राणाविरोधी जनक्रान्तिमा मुक्ति सेनाका जुझारु लडाकु पनि थिए। त्यसैले पनि कांग्रेसले कार्यकर्तामा भरतले हामीलाई सहयोग गर्न सक्छन् भन्ने आशा थियो। भरतले सहयोग गर्दा भरतपुर ब्यारेक सजिलैसँग कब्जा गर्न सकिन्थ्यो।

त्यही आशाका कारण लालध्वज गुरुङले आफ्ना ज्वाइँं भरतलाई आत्मसमर्पण गर्न अनुरोध पत्र लेखे। त्यो कामको जिम्मा जोसुकैलाई दिन सकिदैंन थियो। त्यसैले पार्टीले विश्वास गर्ने र पार्टीप्रति इमान्दार व्यक्ति तोपमानलाई पत्र पुर्‍याउने जिम्मा दिइयो। 

तोपमानले सो पत्र भरत गुरुङसम्म पुर्‍याए। पत्र दिने काम पनि जोखिमपूर्ण थियो। तोपमान थुनिन पनि सक्थे। चिठ्ठीमा आत्मसर्मपण नगर्दा ठूलो दुर्घटना हुन सक्ने र ज्यानसमेत जानसक्ने चेतावनी दिइएको थियो। 

अन्ततः उनी आत्मसर्मपण गर्न बाध्य भए। भरतले आत्मसमर्पण मात्र गरेनन्, प्रजातन्त्र र जनताको अधिकारका लागि आफूबाट हुनसक्ने सक्दो सहयोग गर्ने वचनसमेत दिए। जुन कांग्रेस नेता–कार्यकर्ताका लागि अपत्यारिलो खबर नै थियो। 

भरतको सहयोगपछि माघ २६ गते बिहान गौरीगञ्ज क्याम्पमा रहेका मुक्तिसेनाले भरतपुर चौकी कब्जामा लिए। चौकीमा कांग्रेसले चारतारा झण्डा फहराए। चितवनमा रहेका विभिन्न चौकी कब्जामा सफलता पाउँदै गएपछि भरतपुर गेष्ट हाउसमा मुक्तिसेनाले चारतारा झण्डा गाडे र त्यही वीपी कोइरालाको फोटो पनि टाँगे। नेता कार्यकर्ता र मुक्तिसेनाका लागि त्यही गेष्ट हाउस सम्पर्कस्थल बन्यो। 

भौगोलिक, प्रशासनिकलगायत अन्य कोणबाट पनि बलियो चितवन कब्जा गर्नु कठिन थियो। तर दुई÷चार दिनमा नै सशस्त्र लडाकुहरुले भरतपुर सजिलै कब्जा गरे। 

उता तनहुँ हान्न हिडेको गोवर्धन पोखरेल नेतृत्वको टोली पनि त्यतिखेरै नारायणगढ (हालको रेडक्रस भवन) आइपुगेको थियो। पहलमान सिंह राईको टोलीले मालअड्डा कब्जा गरी त्यहाँ भएको करिब दुई लाख रुपैयाँ हात पार्‍यो। पछि उनै राई भागेर रक्सौल क्याम्प पुगे। त्यहाँ पार्टीलाई दश हजार रुपैयाँ चन्दा दिएर उनी दार्जिलिङतर्फ लागे। 

भौगोलिक, प्रशासनिकलगायत अन्य कोणबाट पनि बलियो चितवन कब्जा गर्नु कठिन थियो। तर दुई÷चार दिनमा नै सशस्त्र लडाकुहरुले भरतपुर सजिलै कब्जा गरे। 

उता लालध्वज गुरुङको नेतृत्वमा गएको समूहले माडीस्थित कौडा प्रहरी चौकीमा आक्रमण गरी थ्री नट थ्री राइफल र गोलीगठ्ठा कब्जामा लिए। रणनीति अनुसारकै सफलता पाउँदै गएपछि कांग्रेस कार्यकर्ताहरुको मनोबल अझ उच्च हुन थाल्यो। 

जगतप्रकाशजंग शाह, हरिप्रसाद गुरुङ, कृष्णप्रसाद न्यौपानेको समूहले गोद्राङ, भूसालघाट चौकी, ध्रुव चौकी कब्जा गरे। 

यता लडाकुहरुका लागि रासनपानी व्यवस्थाको जिम्मा पनि महेश्वरलाल श्रेष्ठ र कमल राईलाई दिइएको थियो। 

भरतपुर नियन्त्रणमा लिएपछि लडाकूहरु बिहानको खाना खान हालको नारायणी माध्यमिक विद्यालयमा व्यस्त थिए। कांग्रेस नेता कार्यकर्ताले सायद खुसी र उत्साहको माहोलमा ‘हान र भाग’ को नीति बिर्सिए होलान्। 

उता शाही सेना १५÷२० ट्रक पुलमा फ्लेक हाल्दैं अघि बढ्न थाले। सेनाका ब्रिगेडियर जनरल भक्तवीर राणा सकुशल चितवन प्रवेश गरे।

द्रोहीहरुले कब्जा गरेका सरकारी माल अड्डा, भन्सार कार्यालय, प्रहरी चौकीअघि शाही सेनाले घेर्न थाले। तर, शाही सेनाका जवानहरुबाट चौतर्फी घेराबन्दीमा परेको कुरा कांग्रेस नेता कार्यकर्ता र लडाकूले थाहै पाएनन्। 

जगतप्रकाशजंग शाह, हरिप्रसाद गुरुङ, बुद्धसिंह गुरुङ, खेमबहादुर गुरुङलगायत शारदानगरबाट जीपमा भरतपुरतर्फ जाँदै थिए। जीपमा पेट्रोल सकिएकाले उनीहरु रामपुर क्याम्पसतर्फ लागे। गाडीमा तेल हालेर पुनः भरतपुरतर्फ गए। 

गेष्ट हाउसमा राखेको कांग्रेसको झण्डा र वीपी कोइरालाको फोटो यथास्थानमै थियो। परिवेश पुरानै देखेपछि उनीहरु गेष्ट हाउसमै गए। त्यहाँ रहेका अन्य नेता कार्यकर्ताको शाही सेनाले हत्या गरिसकेको थियो। 

‘गेष्ट हाउसमा कति साथीहरु थिए र कति मारिए भन्नेसमेत थाहा भएन,’ श्रेष्ठ भन्छन्, ‘धेरै साथीहरुको सेनाले विभत्स हत्या गर्‍यो। होटलमा कोठाका भित्ता पछिसम्म पनि रगतले लत्पतिएका थिए।’ 

माघ २९ गतेको दिन थियो, टिकौलीतर्फ लिएर गएका जति जगतप्रकाशजंग शाह बाहेक अरु सबैलाई शाही सेनाले निर्ममतापूर्वक मार्‍यो। 

जगतप्रकाशजंग शाह, बुद्धसिंह रानामगर, हरिप्रसाद गुरुङ, हरिनाथ, धनबहादुर, सन्त सिंह, शम्शेरबहादुरलगायत ११ जनालाई पनि गेष्ट हाउसमा पुग्नेबित्तिकै शाही सेनाले सहजै पक्राउ गर्‍यो। उनीहरु सबैलाई डोरीले बाँधेर टिकौलीतर्फ लगियो। 

माघ २९ गतेको दिन थियो, टिकौलीतर्फ लिएर गएका जति जगतप्रकाशजंग शाह बाहेक अरु सबैलाई शाही सेनाले निर्ममतापूर्वक मार्‍यो। 

जगतप्रकाशजंग शाह कुल खलकका भएकाले राजाको अनुमति बिना मार्न मिल्दैंनथो। त्यसैले तत्कालीन मुख्य अञ्चलाधीश विष्णु आचार्यले राजालाई खबर पठाए। राजा महेन्द्रको अनुमतिपछि शाहलाई पनि सैनिकले भरतपुरनजिकैको जंगल छेउमा खनेको खाल्डोमा राखे। त्यहाँ दुवै हात काटेर विभत्स हत्या गरे। पतिको मृत्युपछि बालकृष्ण समकी छोरी रश्मी शाहले पनि केही समयपछि कलकत्तामै तीजको दिन आत्महत्या गरिन्।

भरतपुर कब्जामा संलग्नलाई शाही सेनाले पछिसम्म खोजी गर्‍यो। भरतपुरबाट उम्केर  भारततर्फ जाने क्रममा रामबहादुर गुरुङलाई बास बसेको ठाउँमा गोली हानी मारियो। त्यतिबेला महेश्वरलाल श्रेष्ठ पनि रामबहादुकै साथमा थिए। 

‘गोलीको आवाज सुनेँ। सेनाले चलाएको रहेछ। त्यही गोली लागेर मसँग भएका साथी रामबहादुर मरेछन्। गोलीको आवाज सुनेर र त्यहाँबाट भागेर बाँच्न सकेँ।’ श्रेष्ठले साथमै रहेका साथी गुमाउदाको पीडा पोखे।   

सेनाले पञ्चे गुरुङलाई हवाई अड्डामा लगेर गोली हानी हत्या गरे। त्यस्तै भरत गुरुङलाई पुलिमटाङमा र टंक बहादुरलाई गोर्खामा भेटाई निर्ममतापूर्वक हत्या गरे। 

उता लालध्वज गुरुङ, दिलबहादुर गुरुङ, सर्वसिंह गुरुङ, इमानसिंह गुरुङलगायत बन्दीपुर कब्जा गर्न हिडेका थिए। उनीहरुलाई भीमवादको पुलिस चौकीले हतियारसहित पक्राउ गर्‍यो। र पोखरा पुलिस थानामा बुझायो। 

भरतपुर काण्डले धेरै कांग्रेस नेता, कार्यकर्ताको ज्यान लियो। यति नै संख्यामा भन्ने यकिन भएन। एउटा सानो गल्तीले निम्त्याएको ठूलो बज्रपात सम्झेर श्रेष्ठ अहिले पनि चुकचुकाउँछन्।

पोखरा ट्रिबुनलले ६ वर्ष कैद र जनही ५ हजार जरिवाना तोक्यो। र, जेल चलानका लागि काठमाडौं जेल चलान गर्‍यो। तर, काठमाडौं लैजानेक्रममा कोत्रेखोला पुगेपछि लालध्वज गुरुङ, इमानसिंह गुरुङ, सर्वसिंह गुरुङसहित पाँच जनालाई सेनाले गोली हानी हत्या मारे। पछि श्रेष्ठलाई साथीहरुले सुनाए, ‘उनीहरुलाई माफी माग्न भनिएको रहेछ। तर माफी नमागेर साथीहरु गोली खान तयार भएछन्।’ 

भरतपुर काण्डले धेरै कांग्रेस नेता, कार्यकर्ताको ज्यान लियो। यति नै संख्यामा भन्ने यकिन भएन। एउटा सानो गल्तीले निम्त्याएको ठूलो बज्रपात सम्झेर श्रेष्ठ अहिले पनि चुकचुकाउँछन्।

‘एउटा सानो गल्तीले ठूलो क्षति भयो। पुलका सबै फ्लेक झिकेपछि सेनाको गाडी आउन सक्दैंन भन्ने साथीहरुलाई लागेको थियो होला सायद। पुल नै पूरा भत्काइदिएको भए यति विभत्स घटना हुने थिएन होला,’ श्रेष्ठलाई लाग्छ, ‘भरतपुर नियन्त्रणमा लिएको केही समयमा नै हामी शिविरतर्फ फर्किनुपथ्र्यो। हिट एण्ड रनको सिद्धान्तविपरीत त्यहीँ बसिरहनु हुँदैनथ्यो।’ 

त्यस्तो संवेदनशील ठाउँमा सुराकीको लागि आफ्नो मान्छे तैनाथ गर्न पनि कांग्रेस चुकेको श्रेष्ठ बताउँछन्।  पछि गणेशमान सिंहले भनेका थिए, ‘भरतपुर काण्डले अन्तर्राष्ट्रिय जगतमा नेपाली कांग्रेसको पहिचान र इज्जत बढाएको छ। यही काण्डले दोस्रो पुस्ताका नेता, कार्यकर्ताहरुको अवसानपछि कांग्रेसले ठूलो क्षति व्यहोरेको छ।’

हेर्नुहाेस् महेश्वरलाल श्रेष्ठसँगकाे भिडियाे कुराकानी

(महेश्वरलाल श्रेष्ठले अस्वस्थता कारण भरतपुर काण्डका सबै वृत्तान्त सुनाउन सकेनन्। त्यस घटनाबारे जानकार प्रजातान्त्रिक आन्दोलन अर्का सेनानी श्यामलाल श्रेष्ठको सहयोगमा यो सामग्री तयार पारिएको हो।) 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०७६  ०७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्