• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सिंहदरबारमा युवराज खतिवडाको दोस्रो इनिङ, 'कमाण्डरले ब्याक नभनेसम्म सिपाही लडिरहन्छ'

64x64
सविन मिश्र बुधबार, फागुन २१, २०७६  १८:१४
1140x725

काठमाडौं- पहिलोपटक अर्थमन्त्री नियुक्त भएको ७ दिनको अन्तर पारेर डा युवराज खतिवडा दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त भएका छन्। मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्न दोस्रोपटक सिंहदरबार प्रवेश गर्दै खतिवडाले यसपटक अर्थपूर्ण सन्देश पनि दिएका छन्।

बुधबार अर्थ मन्त्रालयमा खतिवडाले आफू मुलुकको गरिबी अन्त्य गर्दै विकास समृद्धिको लडाइँमा लागेको सिपाही भएको भन्दै त्यो यात्रा पूरा नभएसम्म लडिरहने बताएका छन्। 'यो मुलुकको गरिबी, अभाव, अशिक्षा र अन्यायको विरुद्धमा लडिरहेको विकासे योद्धा ती समस्या हल नहुँदासम्म लडिरहन्छ,' मन्त्री खतिवडाले भने, 'मेरो समय त्यही बेलासम्म हो जुन बेला कमाण्डरले लडाइँ सकियो अब फर्क भनेर भन्दैन।'

संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीको रुपमा निरन्तरताका लागि खतिवडाले अबको ६ महिनाभित्रमा सांसद पदको शपथ लिनुपर्छ। त्यसका लागि उनी यसअघिकै जस्तो मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनुपर्छ। अर्थमन्त्रीको बुधबारको सम्बोधनबाट उनी छिट्टै सांसद पदको सपथ गर्दै थप ६ वर्ष सांसद र ३ वर्ष अर्थमन्त्रीकै रुपमा निरन्तरताको बाटोमा छन् भन्ने बुझ्न गाह्रो छैन।

चर्को राजनीतिक दाउपेचका बीच दोहोर्‍याएर अर्थमन्त्री नियुक्त भएका खतिवडाले आफू प्रधानमन्त्रीले चाहेको दिनसम्म यही पदमा रहने प्रष्ट संकेत दिएका छन्। आफ्नो पार्टी नेकपाभित्रको राजनीतिक लडाइँमा उपाध्यक्ष बामदेव गौतमलाई पराजित गर्दै अघि बढेका खतिवडाले आफ्नो विजयको प्रष्ट संकेत पहिलो दिन नै दिएका छन्। 

आफू पछिल्लो २४ घण्टा क्वारेन्टाइनमा बसेर थप ऊर्जाका साथ अर्थमन्त्रालय आएको पनि उनले बताए। मन्त्री खतिवडाले आफूले मन्त्रालयको संरचनामा उत्साह भर्ने र कतिपय अवस्थामा अग्रसर भएर काम गर्ने उल्लेख गरे। 'अहिले हामी उच्च आर्थिक वृद्धिको बाटोमा रहँदा रहँदै, अर्थतन्त्रका परिसूचकहरु ठीक ठाउँमा रहँदा रहँदै पनि केही बाह्य चुनौतिको सामना गर्नुपरेको छ,' उनले भने, 'हामी त्यसलाई सामना गर्न सक्छौँ।' 

दुई वर्षअघि अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक गर्दै आफ्ना पूर्ववर्ती सरकारमाथि कडा आक्रमण गरेका खतिवडाले दोस्रो कार्यकालको पहिलो दिन त्यसैको बचाउ गरेका छन्।

'दुई वर्षअघि श्वेतपत्रमा भनिएका कुराहरुमा के पुगे के पुगेनन्, केमा सुधार हुँदैछ, के भएनन् त्यसको लेखाजोखा यहाँहरुले गर्नु नै हुनेछ,' अर्थमन्त्री खतिवडाले भने, 'मैले त्यतिबेला अर्थतन्त्रको संरचनागत समस्या छन् भनेको थिएँ, उत्पादनको संरचना, आयातको संरचनासँगै जोडिने राजस्वको संरचना, विप्रेषणको संरचनासँगै जोडिने उपभोगको संरचनामा पार्ने प्रभावमा कसरी सुधार गर्न सकिन्छ भनेर दुई वर्षमा काम गर्न खोजिएको हो।'

Ncell 2
Ncell 2
nimb
nimb

आयातमा आधारित अर्थतन्त्र आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा परिवर्तन हुने क्रममा रहेको बताए। आयातमा आधारित राजस्व प्रणाली आन्तरिक उत्पादनमा आधारित बन्दै गएको, निर्यात बढेको, आयात घटेको र थोरै भए पनि व्यापार घाटा घटेको उल्लेख गरे। अर्थमन्त्री खतिवडाले मूल्यवृद्धि नियन्त्रणमै रहेको पनि उल्लेख गरे।

मन्त्री खतिवडाले दुई वर्षमा अर्थतन्त्रको सम्पूर्ण संरचना अर्थमन्त्रीले उथलपुथल ल्याउन नसक्ने भन्दै आफ्नो पहिलो कार्यकालको बचाउ गरे। 'दुई वर्षमा अर्थमन्त्रीले अर्थतन्त्रको सम्पूर्ण संरचनामा उथलपुथल ल्याउन सक्छ भने त्यो कोरा कल्पनामात्रै हो,' उनले भने।

आफ्नो पहिलो कार्यकालमा सुधारवादी छवि देखाएका अर्थमन्त्रीसामू अब त्यसकै निरन्तरताको दबाब छ। यद्यपि, पार्टी भित्रबाट आउने दबाब झेल्न नसक्ने उनको छविमा यसपटक परिवर्तन गर्न सकेमात्रै खतिवडा आफ्नो 'लिगेसी' छाड्न सफल हुनेछन्। 

मन्त्री खतिवडाले निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदाय दुवैको विश्वास जितेर सरकार अघि बढ्ने उल्लेख गरेका छन्। पहिलो कार्यकालमा निजी क्षेत्रबाट 'रेड सिग्नल' पाएका खतिवडाले दातृ निकायबाट बलियो साथ पाइरहे। कतिपय अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरु उनको खुलारुपमै प्रशंसा गरिरहे। 

Xtrem

Xtrem

बुधबार अर्थसचिव शिशिरकुमार ढुंगानाले भनेजस्तै कोरोनाको विश्वव्यापी संकटले नेपाली अर्थतन्त्रमा पनि दवाब बढाइरहेको छ। यसलाई झेल्ने गरी तयारी गर्नुपर्ने मुख्य चुनौती उनीसामू छ।

अर्थतन्त्रलाई 'ट्रयाक'मा हिडाउँदै निजी क्षेत्रको विश्वास जित्ने र अर्थ मन्त्रालयको परम्परागत शाख उच्च बनाउन उनले थप मेहनत गर्नुपर्छ। आर्थिक गतिविधि विस्तार, वित्तीय स्थायित्व कायम गर्दै वित्त व्यवस्थापन प्रभावकारी बनाउन खतिवडाले काम गर्नुपर्छ। 

मन्त्रीको स्वागत कार्यक्रममा सचिव ढुंगानाले २०४८/०४९ पछि धेरै सुधारका काम अघि बढेको उल्लेख गरे। 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्