• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १५, २०८२ Tue, Dec 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संविधान संसोधन : दुई तिहाइको देखावटी ललीपप 

64x64
भानु बोखिम बुधबार, फागुन २१, २०७६  ०७:५४
1140x725

प्रतिनिधिसभामा नेकपा सांसदको गणित शक्तिशाली छ। यसले संविधानका धाराहरु बदल्न सक्ने सामथ्र्य राख्छ। नेकपाको यो सामथ्र्यसँग विभिन्न राजनीतिक दल, समूह तथा नेताको आ–आफ्नै स्वार्थ जोडिएका छन्। अर्काे पक्षको मनोविज्ञान बुझेका पुष्पकमल दाहाल र केपी शर्मा ओली संविधान संशोधनको नाममा आफ्नो स्वार्थको रोटी सेक्न उद्धत छन्।

नेपालको संविधान उत्सव र उदासीबीच जारी भएको थियो। संविधान जारी गर्ने अन्तिम तयारी हुँदै गर्दा यसप्रतिको असन्तुष्ट आवाज पनि बढ्दै गएको थियो। परिणामतः संविधान जारी भएको दिन दीप प्रज्वलनमात्र भएन, मसाल जुलुस पनि निस्कियो। संविधानलाई देशको मुल कानुन भनेर व्याख्या गरिन्छ। यो परिभाषासंग विमति राख्ने विरलै होलान्। तर संविधान निर्माणमा राजनीतिक सहमति पनि अनिवार्य आवश्यकता हो। तसर्थ संविधान राजनीतिक सहमतिको दस्तावेज पनि हो। 

नेपालको सन्दर्भमा संविधान जारी गर्ने क्रममा मधेसवादी राजनीतिक दल सहमत हुन सकेका थिएनन्। कुनै पनि सामूहिक कार्यको परिणाम शतप्रतिशत सहमतिमा आउँदैन। विमति राख्नेहरु हुन्छन् नै, तर अधिकतम सदस्य वा पक्षको सहमति भने आवश्यक हुन्छ। यो संविधान जारी हुँदा जनंसख्याको ठूलो हिस्साको अनुहारमा उदासी पोतिएको यथार्थ नकार्न सकिन्न। 

मधेसकेन्द्रीत राजनीतिक दलले यो संविधानमा अपनत्व लिन सकेको छैन। भलै यी दलले पनि अपनत्व लिएका दृष्टान्त वा तर्कहरु पेश गरिँदैछ, जो प्राविधिक व्याख्यामात्र हुन्। साथै मधेसकेन्द्रीत राजनीतिक दलले पाएको जनमतअनुसार संविधानमा असन्तुष्टि जनाउनेको हिस्सा ठूलै छ भनेर अनुमान गर्न गाह्रो छैन। 

यो कोणबाट हेर्दा, सबभन्दा पहिले मधेसको मर्मलाई बुझेर संविधान संशोधन जरुरी देखिन्छ। त्यसपछि अन्य मुद्धाहरु पनि प्राथमिकतामा राख्न सकिन्छ। तर मधेसको मर्मको प्रसंग झिक्यो भने, राष्ट्रवाद भजन पनि सँगसँगै गुञ्जिन सुरु हुन्छ। 

प्रचण्ड संशोधनको कुरा गरिरहँदा गम्भीर देखिन्छन्, तर बोली सकेपछि उनी गम्भीर हुँदैनन्।

खासमा समयक्रममा बदलिएको परिस्थिति सम्बोधन गर्नका लागि संविधान संशोधन आवश्यक हुनेगर्छ। त्यो आवश्यकता आगामी दिनहरु होलान् तर तत्कालको आवश्यकता भनेको संविधान जारी गर्ने क्रममा देखिएका असन्तुष्टि नै पहिलो आधार हुनुपर्छ। दोस्रो पार्टीले सम्झौतामा मानेको कति व्यवस्थालाई परिवर्तन गर्न पनि संविधान संशोधन गर्न सक्छ। तर यसको समग्र उद्देश्य भने संविधान जारी हुँदा ताकाको असन्तुष्टि कम गर्दै यसको स्वीकार्यता फराकिलो बनाउनेमा केन्द्रीत हुनुपर्छ। 

सत्ताधारीको पक्षबाट संविधान संशोधनका प्रसंगमा बोल्ने नेता नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल हुन्। यी नेता समय–समयमा संविधान संशोधनको प्रसंग झिक्छन्। प्रधानमन्त्रीले भन्ने गरेको आवश्यकताको आधार के हो र यसको आधार कसले तय गर्छ? उनी स्वयं धरातलीय यथार्थलाई स्वीकार गर्न तयार छैनन्। मधेसको मागमा षडयन्त्रको गन्ध देख्दै आएका छन्। 

Ncell 2
Ncell 2

यसको अर्थ आवश्यकताको आधार भनेको ओली स्वयंको निगाह र स्वार्थ हो। जो असन्तुष्ट छन्, उनीहरु प्रति ओली कामरेडले आफ्नो जीवनकालभरि निगाहबक्स नगर्ने निश्चितप्राय छ। संख्यामै गन्ने हो भने प्रचण्ड ओलीभन्दा बढी संविधान संशोधनको कुरा गर्छन्। संशोधनको प्रसंग भने समग्र सामाजिक तथा राजनीतिक अवस्थाको विश्लेषणभन्दा भीडको मनोविज्ञान हेरेर उठाउँछन्। प्रचण्ड संशोधनको कुरा गरिरहँदा गम्भीर देखिन्छन्, तर बोली सकेपछि उनी गम्भीर हुँदैनन्। तसर्थ यी दुवै नेताका लागि संविधान संशोधन अरुलाई अल्झ्याउने जालोमात्र भएको छ।  

प्रतिनिधिसभाको गणितीय शक्तिको आधारमा झुक्याउने कामको सुरुवात केपी शर्मा ओलीले गरे। सत्तारोहण गर्नको लागि ओलीलाई आफ्नै दलका सांसद संख्या आवश्यकताभन्दा बढी थियो। त्यसको बावजुद उनले तत्कालीन संघीय समाजवादी पार्टीलाई सरकारमा भित्र्याए। सत्तारोहणपछि आफू नेतृत्वको सरकार शक्तिशाली छ भनेर राम्रै झ्याली पिटे र पिटाए। तर आफू अझ शक्तिशाली हुनमात्र उपेन्द्र यादवलाई सरकारमा ल्याएका थिएनन्। 

यो लोभमा फसेका वामदेवले तातोपानीको प्रतिक्षा त गरे, तर अन्ततः चिसो पानीमै डुबुल्की मार्न तयार भएका छन्। यो निर्णयले वामदेव अझ बदनाम भएका छन् भने नेकपाभित्रको द्वन्द्व उत्कर्षमा पुगेको छ। 

समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने शर्तमा सरकारमा गएको बताउँथे। प्रधानमन्त्री भने आवश्यकताको आधारमा संविधान संशोधन हुन्छ भन्दै पुरानै भाषा बोलीरहे। प्रधानमन्त्री ओली कति बचनबद्ध थिए वा संविधान संशोनधनमा कति उदार हुन सक्थे? यो उपेन्द्र यादव र उनको पार्टीले बुझ्ने कुरा थियो। तर संविधान संशोधनको नाममा प्रधानमन्त्री ओलीको आफ्नै स्वार्थ थियो। प्रधानमन्त्री ओली मधेसीको माग र मुद्धाप्रति अनुदार छन् भन्ने कुरा जगजाहेर छ। यहीकारण मधेसी जनताको भावनासँग नजिक रहेका दुई दल संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीले कार्यगत एकता गर्दा ओली सरकारको चुनौती बढ्न सक्थ्यो। 

यो कुरा बुझेका कुटिल प्रधानमन्त्रीले संविधान संशोधनको ललिपप देखिाएर उपेन्द्र यादवलाई सरकारमा ल्याए। सरकारमा ल्याएर ओलीले यादवलाई अलमल्याउने काममात्र गरेनन्, राजपासँगको दुरी पनि बढाइदिए। अन्तिममा उनको मानमर्दन पनि राम्रैसँग गरे। संविधान संशोधनकै विषयसँग जोडिएर सत्ताबाट उपेन्द्र यादवको अपमानजनक बहिर्गमन भयो। यी सबै घटनाक्रमले प्रधानमन्त्रीको स्वार्थ यादवको पार्टीलाई अल्मल्याउनु र सहगोत्रीसँग मिल्न नदिनु भन्नेमात्र थियो। 

नेकपाका अर्का अध्यक्ष प्रचण्डले संविधान संशोधनको ललिपप पार्टीभित्रकै नेता बामदेव गौतमलाई देखाउँदै आएका छन्। बामदेवकै निम्ति संविधान संशोधन गरेर राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री हुन मिल्ने व्यवस्था गर्ने कुरा चर्चामा आयो। संविधान संशोधन गर्ने अनेकन ठाउँ हुँदै गर्दा, किन प्रचण्डले बामदेवलाई संविधान संशोधनको आश्वासन दिए? समय र परिस्थिति मिलेमा प्रचण्ड आफैं प्रधानमन्त्री हुन्छन्। बामदेवलाई प्रधानमन्त्री बनाउन खोज्नु आफंैमा झुटो आश्वासनमात्र हो। वामदेवलाई अघि सारेर अर्का अध्यक्ष ओलीलाई दबाब बढाउन प्रचण्ड खेल खेल्दैछन् भनेर बुझ्न गाह्रो छैन। 

नेपालको शासन व्यवस्थासँग जानकार सचेत नागरिकमध्ये धेरैको चाहना प्रत्यक्ष निर्वाचित कार्यकारी होस् भन्ने छ। यो राजनीतिक स्थायित्वसँग जोडिएको चाहना पनि हो।

यो लोभमा फसेका वामदेवले तातोपानीको प्रतिक्षा त गरे, तर अन्ततः चिसो पानीमै डुबुल्की मार्न तयार भएका छन्। यो निर्णयले वामदेव अझ बदनाम भएका छन् भने नेकपाभित्रको द्वन्द्व उत्कर्षमा पुगेको छ। 

संविधान संशोधन सजिलो विषय हैन। यसका लागि स्वार्थहरुको साझा धरातल निर्माण गर्नुपर्छ। यस्तो बेला संविधान संशोधन गर्ने नै भए सहमतिमा पुग्न सकिने मुद्धामा केन्द्रीत हुन जरुरी छ। नेकपाको गणित र मुद्धाको हिसाबले सहजै सहमतिमा पुग्ने मुद्दा शासकीय स्वरुप हो। नेकपा गठन हुनुअघि एमाले कार्यकारी प्रधानमन्त्रीको पक्षमा थियो भने माओवादी कार्यकारी राष्ट्रपतिको पक्षमा थियो। यसमा साझा धारणा निर्माण गरेर नेकपाले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सक्छ। राष्ट्रपतिलाई कार्यकारी बनाउने कि प्रधानमन्त्रीलाई भन्ने कुरा टुंगो लगाउन खासै गाह्रो हुँदैन। 

नेकपाको साझा धारणामा कम्युनिष्ट पृष्ठभूमिका नेताले भरिएको समाजवादीले साथ दिन सक्छ। साथ दिने आधार भनेको समाजवादीले संविधानसभाको चुनावताका अघि सारेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति अवधारणा हो। यस्तो व्यवस्थाले धेरै नेपालीको जनभावनालाई पनि कदर गर्छ। नेपालको शासन व्यवस्थासँग जानकार सचेत नागरिकमध्ये धेरैको चाहना प्रत्यक्ष निर्वाचित कार्यकारी होस् भन्ने छ। यो राजनीतिक स्थायित्वसँग जोडिएको चाहना पनि हो। दुर्भाग्य भनौ कि बीचैमा सरकार ढाल्ने षडयन्त्र भइरहेको छ भन्ने प्रधानमन्त्रीकै दिलचस्पी यो विषयमा देखिँदैन। 

नेकपाका सुप्रिमोद्वयको हिजो घोषणापत्रमा लेखिएका योजना अनुसार संविधान संशोधन गर्न ध्यान गएको छैन। एक अध्यक्ष मुद्दामै विमति भएको पक्षलाई साथ दिन्छु भन्छन्। अर्का अध्यक्ष हिजो जनयुद्धभरि उठाएको मुद्धालाई नजरअन्दाज गरेर एक नेतालाई आश्वासन दिन्छन्। यी आश्वासन वास्तवमै संविधान संशोधन गर्ने उद्देश्यबाट प्रेरित छैनन्। बस्, संशोधनको नाममा अर्काे पक्षलाई अलमल्याउने र आफ्नो हितमा प्रयोग गर्ने स्वार्थबाट प्रेरित छ।
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
यस्ताे छ रास्वपा र कुलमानबिचकाे ७ बुँदे सहमति ,साक्षी बसे बालेन सोमबार, पुस १४, २०८२
नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण सोमबार, पुस १४, २०८२
रवि, बालेन र कुलमान सँगै निर्वाचनमा जाने सहमति सोमबार, पुस १४, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्