• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संविधान संसोधन : दुई तिहाइको देखावटी ललीपप 

64x64
भानु बोखिम बुधबार, फागुन २१, २०७६  ०७:५४
1140x725

प्रतिनिधिसभामा नेकपा सांसदको गणित शक्तिशाली छ। यसले संविधानका धाराहरु बदल्न सक्ने सामथ्र्य राख्छ। नेकपाको यो सामथ्र्यसँग विभिन्न राजनीतिक दल, समूह तथा नेताको आ–आफ्नै स्वार्थ जोडिएका छन्। अर्काे पक्षको मनोविज्ञान बुझेका पुष्पकमल दाहाल र केपी शर्मा ओली संविधान संशोधनको नाममा आफ्नो स्वार्थको रोटी सेक्न उद्धत छन्।

नेपालको संविधान उत्सव र उदासीबीच जारी भएको थियो। संविधान जारी गर्ने अन्तिम तयारी हुँदै गर्दा यसप्रतिको असन्तुष्ट आवाज पनि बढ्दै गएको थियो। परिणामतः संविधान जारी भएको दिन दीप प्रज्वलनमात्र भएन, मसाल जुलुस पनि निस्कियो। संविधानलाई देशको मुल कानुन भनेर व्याख्या गरिन्छ। यो परिभाषासंग विमति राख्ने विरलै होलान्। तर संविधान निर्माणमा राजनीतिक सहमति पनि अनिवार्य आवश्यकता हो। तसर्थ संविधान राजनीतिक सहमतिको दस्तावेज पनि हो। 

नेपालको सन्दर्भमा संविधान जारी गर्ने क्रममा मधेसवादी राजनीतिक दल सहमत हुन सकेका थिएनन्। कुनै पनि सामूहिक कार्यको परिणाम शतप्रतिशत सहमतिमा आउँदैन। विमति राख्नेहरु हुन्छन् नै, तर अधिकतम सदस्य वा पक्षको सहमति भने आवश्यक हुन्छ। यो संविधान जारी हुँदा जनंसख्याको ठूलो हिस्साको अनुहारमा उदासी पोतिएको यथार्थ नकार्न सकिन्न। 

मधेसकेन्द्रीत राजनीतिक दलले यो संविधानमा अपनत्व लिन सकेको छैन। भलै यी दलले पनि अपनत्व लिएका दृष्टान्त वा तर्कहरु पेश गरिँदैछ, जो प्राविधिक व्याख्यामात्र हुन्। साथै मधेसकेन्द्रीत राजनीतिक दलले पाएको जनमतअनुसार संविधानमा असन्तुष्टि जनाउनेको हिस्सा ठूलै छ भनेर अनुमान गर्न गाह्रो छैन। 

यो कोणबाट हेर्दा, सबभन्दा पहिले मधेसको मर्मलाई बुझेर संविधान संशोधन जरुरी देखिन्छ। त्यसपछि अन्य मुद्धाहरु पनि प्राथमिकतामा राख्न सकिन्छ। तर मधेसको मर्मको प्रसंग झिक्यो भने, राष्ट्रवाद भजन पनि सँगसँगै गुञ्जिन सुरु हुन्छ। 

प्रचण्ड संशोधनको कुरा गरिरहँदा गम्भीर देखिन्छन्, तर बोली सकेपछि उनी गम्भीर हुँदैनन्।

खासमा समयक्रममा बदलिएको परिस्थिति सम्बोधन गर्नका लागि संविधान संशोधन आवश्यक हुनेगर्छ। त्यो आवश्यकता आगामी दिनहरु होलान् तर तत्कालको आवश्यकता भनेको संविधान जारी गर्ने क्रममा देखिएका असन्तुष्टि नै पहिलो आधार हुनुपर्छ। दोस्रो पार्टीले सम्झौतामा मानेको कति व्यवस्थालाई परिवर्तन गर्न पनि संविधान संशोधन गर्न सक्छ। तर यसको समग्र उद्देश्य भने संविधान जारी हुँदा ताकाको असन्तुष्टि कम गर्दै यसको स्वीकार्यता फराकिलो बनाउनेमा केन्द्रीत हुनुपर्छ। 

सत्ताधारीको पक्षबाट संविधान संशोधनका प्रसंगमा बोल्ने नेता नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल हुन्। यी नेता समय–समयमा संविधान संशोधनको प्रसंग झिक्छन्। प्रधानमन्त्रीले भन्ने गरेको आवश्यकताको आधार के हो र यसको आधार कसले तय गर्छ? उनी स्वयं धरातलीय यथार्थलाई स्वीकार गर्न तयार छैनन्। मधेसको मागमा षडयन्त्रको गन्ध देख्दै आएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

यसको अर्थ आवश्यकताको आधार भनेको ओली स्वयंको निगाह र स्वार्थ हो। जो असन्तुष्ट छन्, उनीहरु प्रति ओली कामरेडले आफ्नो जीवनकालभरि निगाहबक्स नगर्ने निश्चितप्राय छ। संख्यामै गन्ने हो भने प्रचण्ड ओलीभन्दा बढी संविधान संशोधनको कुरा गर्छन्। संशोधनको प्रसंग भने समग्र सामाजिक तथा राजनीतिक अवस्थाको विश्लेषणभन्दा भीडको मनोविज्ञान हेरेर उठाउँछन्। प्रचण्ड संशोधनको कुरा गरिरहँदा गम्भीर देखिन्छन्, तर बोली सकेपछि उनी गम्भीर हुँदैनन्। तसर्थ यी दुवै नेताका लागि संविधान संशोधन अरुलाई अल्झ्याउने जालोमात्र भएको छ।  

प्रतिनिधिसभाको गणितीय शक्तिको आधारमा झुक्याउने कामको सुरुवात केपी शर्मा ओलीले गरे। सत्तारोहण गर्नको लागि ओलीलाई आफ्नै दलका सांसद संख्या आवश्यकताभन्दा बढी थियो। त्यसको बावजुद उनले तत्कालीन संघीय समाजवादी पार्टीलाई सरकारमा भित्र्याए। सत्तारोहणपछि आफू नेतृत्वको सरकार शक्तिशाली छ भनेर राम्रै झ्याली पिटे र पिटाए। तर आफू अझ शक्तिशाली हुनमात्र उपेन्द्र यादवलाई सरकारमा ल्याएका थिएनन्। 

यो लोभमा फसेका वामदेवले तातोपानीको प्रतिक्षा त गरे, तर अन्ततः चिसो पानीमै डुबुल्की मार्न तयार भएका छन्। यो निर्णयले वामदेव अझ बदनाम भएका छन् भने नेकपाभित्रको द्वन्द्व उत्कर्षमा पुगेको छ। 

समाजवादीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने शर्तमा सरकारमा गएको बताउँथे। प्रधानमन्त्री भने आवश्यकताको आधारमा संविधान संशोधन हुन्छ भन्दै पुरानै भाषा बोलीरहे। प्रधानमन्त्री ओली कति बचनबद्ध थिए वा संविधान संशोनधनमा कति उदार हुन सक्थे? यो उपेन्द्र यादव र उनको पार्टीले बुझ्ने कुरा थियो। तर संविधान संशोधनको नाममा प्रधानमन्त्री ओलीको आफ्नै स्वार्थ थियो। प्रधानमन्त्री ओली मधेसीको माग र मुद्धाप्रति अनुदार छन् भन्ने कुरा जगजाहेर छ। यहीकारण मधेसी जनताको भावनासँग नजिक रहेका दुई दल संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीले कार्यगत एकता गर्दा ओली सरकारको चुनौती बढ्न सक्थ्यो। 

यो कुरा बुझेका कुटिल प्रधानमन्त्रीले संविधान संशोधनको ललिपप देखिाएर उपेन्द्र यादवलाई सरकारमा ल्याए। सरकारमा ल्याएर ओलीले यादवलाई अलमल्याउने काममात्र गरेनन्, राजपासँगको दुरी पनि बढाइदिए। अन्तिममा उनको मानमर्दन पनि राम्रैसँग गरे। संविधान संशोधनकै विषयसँग जोडिएर सत्ताबाट उपेन्द्र यादवको अपमानजनक बहिर्गमन भयो। यी सबै घटनाक्रमले प्रधानमन्त्रीको स्वार्थ यादवको पार्टीलाई अल्मल्याउनु र सहगोत्रीसँग मिल्न नदिनु भन्नेमात्र थियो। 

नेकपाका अर्का अध्यक्ष प्रचण्डले संविधान संशोधनको ललिपप पार्टीभित्रकै नेता बामदेव गौतमलाई देखाउँदै आएका छन्। बामदेवकै निम्ति संविधान संशोधन गरेर राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री हुन मिल्ने व्यवस्था गर्ने कुरा चर्चामा आयो। संविधान संशोधन गर्ने अनेकन ठाउँ हुँदै गर्दा, किन प्रचण्डले बामदेवलाई संविधान संशोधनको आश्वासन दिए? समय र परिस्थिति मिलेमा प्रचण्ड आफैं प्रधानमन्त्री हुन्छन्। बामदेवलाई प्रधानमन्त्री बनाउन खोज्नु आफंैमा झुटो आश्वासनमात्र हो। वामदेवलाई अघि सारेर अर्का अध्यक्ष ओलीलाई दबाब बढाउन प्रचण्ड खेल खेल्दैछन् भनेर बुझ्न गाह्रो छैन। 

नेपालको शासन व्यवस्थासँग जानकार सचेत नागरिकमध्ये धेरैको चाहना प्रत्यक्ष निर्वाचित कार्यकारी होस् भन्ने छ। यो राजनीतिक स्थायित्वसँग जोडिएको चाहना पनि हो।

यो लोभमा फसेका वामदेवले तातोपानीको प्रतिक्षा त गरे, तर अन्ततः चिसो पानीमै डुबुल्की मार्न तयार भएका छन्। यो निर्णयले वामदेव अझ बदनाम भएका छन् भने नेकपाभित्रको द्वन्द्व उत्कर्षमा पुगेको छ। 

संविधान संशोधन सजिलो विषय हैन। यसका लागि स्वार्थहरुको साझा धरातल निर्माण गर्नुपर्छ। यस्तो बेला संविधान संशोधन गर्ने नै भए सहमतिमा पुग्न सकिने मुद्धामा केन्द्रीत हुन जरुरी छ। नेकपाको गणित र मुद्धाको हिसाबले सहजै सहमतिमा पुग्ने मुद्दा शासकीय स्वरुप हो। नेकपा गठन हुनुअघि एमाले कार्यकारी प्रधानमन्त्रीको पक्षमा थियो भने माओवादी कार्यकारी राष्ट्रपतिको पक्षमा थियो। यसमा साझा धारणा निर्माण गरेर नेकपाले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न सक्छ। राष्ट्रपतिलाई कार्यकारी बनाउने कि प्रधानमन्त्रीलाई भन्ने कुरा टुंगो लगाउन खासै गाह्रो हुँदैन। 

नेकपाको साझा धारणामा कम्युनिष्ट पृष्ठभूमिका नेताले भरिएको समाजवादीले साथ दिन सक्छ। साथ दिने आधार भनेको समाजवादीले संविधानसभाको चुनावताका अघि सारेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति अवधारणा हो। यस्तो व्यवस्थाले धेरै नेपालीको जनभावनालाई पनि कदर गर्छ। नेपालको शासन व्यवस्थासँग जानकार सचेत नागरिकमध्ये धेरैको चाहना प्रत्यक्ष निर्वाचित कार्यकारी होस् भन्ने छ। यो राजनीतिक स्थायित्वसँग जोडिएको चाहना पनि हो। दुर्भाग्य भनौ कि बीचैमा सरकार ढाल्ने षडयन्त्र भइरहेको छ भन्ने प्रधानमन्त्रीकै दिलचस्पी यो विषयमा देखिँदैन। 

नेकपाका सुप्रिमोद्वयको हिजो घोषणापत्रमा लेखिएका योजना अनुसार संविधान संशोधन गर्न ध्यान गएको छैन। एक अध्यक्ष मुद्दामै विमति भएको पक्षलाई साथ दिन्छु भन्छन्। अर्का अध्यक्ष हिजो जनयुद्धभरि उठाएको मुद्धालाई नजरअन्दाज गरेर एक नेतालाई आश्वासन दिन्छन्। यी आश्वासन वास्तवमै संविधान संशोधन गर्ने उद्देश्यबाट प्रेरित छैनन्। बस्, संशोधनको नाममा अर्काे पक्षलाई अलमल्याउने र आफ्नो हितमा प्रयोग गर्ने स्वार्थबाट प्रेरित छ।
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
ललितपुर अदालतले दिएन श्रेष्ठलाई पक्राउ अनुमति मंगलबार, भदौ २, २०८३
सदनमा झोक्किइन ज्वाला–‘प्रश्न कालो चस्मामाथि होइन, प्रतिपक्षीको कालो नियतमाथि हो’ मंगलबार, भदौ २, २०८३
बागमती एमालेमा सहमति, मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने निर्णय मंगलबार, भदौ २, २०८३
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्