• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एजेण्डाविहीन सुदूरपश्चिम प्रदेश सभा

प्रतिपक्षी दलको आरोप : प्रदेश सभाको काम कारबाही सन्तोषजनक छैन
64x64
शेरबहादुर ऐर आइतबार, फागुन १८, २०७६  १०:४०
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा एजेण्डा नहुँदा पाँचौं हिउँदे अधिवेशनको बैठक सञ्चालन हुन सकेको छैन। माघ ६ गतेदेखि सुरु भएको अधिवेशनको बैठक स्थगित भएको हप्ता दिन भइसक्दा पनि बैठक बस्न नसकेको हो।

पाँचौ हिउँदे अधिवेशनका क्रममा १२ पटक बैठक सञ्चालन भएका छन्। फागुन ११ गते सभामुख अर्जुनबहादुर थापाले अर्को मिति तय नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए। यस अवधिमा दुईवटा विद्येयक पारित भइसकेका छन् भने तीनवटा विधेयक छलफलमा रहेका छन्। प्रदेश सरकारले प्रदेश सभालाई एजेण्डा दिन नसक्दा बैठक अन्याेलमा परेको जनाइएको छ।

प्रदेश सभामुख थापाले प्रदेश सभामा अहिले एजेण्डा नभएकाले अन्याेलमा रहेको बताए। उनले भने, ‘विषयगत समितिमा तीनवटा विधेयकमाथि छलफल भइरहेको छ। प्रदेश सभा सचिवालयमा विधेयक दर्ता भएपछि सदनको आह्वान गरिनेछ।’ उनले प्रदेश सरकारले पनि नयाँ विधेयक सचिवालयमा दर्ता गराउन नसकेको बताए।

संकल्प प्रस्तावमाथि छलफल भएन
सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भूमि फिर्ता सम्बन्धी दर्ता गराएको संकल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन। प्रदेश सभा सचिवालयमा माघ २२ गते कर्णबहादुर मल्लले दर्ता गराएको सो संकल्प प्रस्तावमाथि प्रदेश सभाले छलफल नचलाएको हो। सो संकल्प प्रस्तावमा कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेका थिए।

प्रदेश सभा नियमावलीअनुसार ‘संकल्प प्रस्ताव ७२ घण्टापछि छलफलका लागि सदनमा पेस हुने’ उल्लेख छ। तर, सो प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भएको २४ दिन बितिसकेको छ।

नेपाली कांग्रेस प्रदेश सभा सदस्य कर्णबहादुरले प्रदेश सभाको काम कारबाही सुस्त गतिमा अघि बढिरहेको बताए। ‘सुदूरपश्चिम प्रदेशकै भूमी भारतले आफ्नो नक्सामा राखेको छ,’ उनले भने, ‘यसमा प्रदेश सरकारले पहल नगरेपछि हामीले संकल्प प्रस्ताव दर्ता गराएका हौं तर, अहिलेसम्म सभामा छलफलका लागि ल्याइएको छैन। यो प्रस्ताव दर्ता भएको ७२ घण्टापछि छलफल आउनुपर्थ्याे।’

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खडकाले प्रदेश सभाको काम कारबाही ठीकगतिमा नगएको बताए। उनले भने, ‘प्रदेश सभाले जसरी काम गर्नुपर्ने थियो त्यो भइरहेको छैन।’ उनले प्रदेश सभामा राष्ट्रिय अखण्डता, ऐन कानुनका विषयमा छलफल हुनुपर्ने तथा प्रदेश सभा सदस्यहरुले चासो व्यक्त गरेका विषयमा गम्भीर हुनुपर्ने बताए।

सुदूरपश्चिम प्रदेश सभामा संसदको मर्यादा क्रम सम्बन्धी पहिलो संकल्प प्रस्ताव दर्ता गराइएको थियो। सो प्रस्तावलाई २०७५ बैशाख २० गते प्रदेश सभाले पारित गरेको थियो। त्यसयता प्रदेश सभा सदस्यहरुबाट कुनै पनि संकल्प प्रस्ताव दर्ता भएका थिएनन्।

Ncell 2
Ncell 2

प्रदेश सभा सदस्य कर्णबहादुरले राष्ट्रियता तथा राष्ट्रिय अखण्डता सम्बन्धी अत्यन्त संवेदनशील हुनुपर्ने भएकाले संकल्प प्रस्ताव दर्ता गरेको बताए। उनले भने, ‘मुलुकको सिमा तथा भूमि मिचिएको सर्वांधिक चासो र महत्वको यो विषय सदनमा सर्वसम्मतिबाट पारित हुने हाम्रो विश्वास थियो। तर, अहिलेसम्म छलफलमा नल्याउनु दुःखद हो।’

यस्तै, फागुन ७ गते नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरतबहादुर खड्का र सार्वजनिक लेखा समिति सभापति नन्दाकुमारी बमले लिखित तथा मौखिक प्रश्न दर्ता गराएका थिए। दर्ता गराएको दुई हप्ता पुग्नै लाग्दा समेत कुनै प्रक्रिया अघि बढेको छैन। प्रदेश सभा सदस्य खड्काले मुख्यमन्त्रीबाट जवाफ माग गर्दै पाँचवटा प्रश्न र सार्वजनिक लेखा समिति सभापति नन्दाकुमारीले मुख्यमन्त्रीबाट पाँच र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टबाट एक प्रश्नसहित प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए।

प्रदेश सभा सचिवालय नियमावली अनुसार पाँच दिनअघि लिखित तथा मौखिक प्रश्न दर्ता गर्नुपर्ने प्रावधान रहेको छ। प्रश्न दर्ता भएको पाँच दिनपछि प्रश्नका आधारमा स्वीकृत गर्ने वा नगर्ने सभामुखमा केन्द्रित रहने जनाइएको छ। सभामुखले स्वीकृति दिएपछि विषयगत मन्त्रीलाई कार्यपरामर्शको बैठकले समय तोक्ने उल्लेख छ।

प्रदेश सभा बैठकमा सो प्रस्तावमाथि छलफल नभएको र प्रश्नको जवाफ नआएको विषयमा प्रदेश सभा सदस्यहरुले आलोचना गर्दै आएका छन्। सत्तापक्ष र प्रतिपक्षका सांसद्हरुले प्रदेश सभाको विभिन्न बैठकहरुमा शून्य र विशेष समय लिएर सो प्रस्तावमाथि छलफल अगाडि बढाउन माग गर्दै आएका छन्।

प्रदेश सभाका सभामुख थापाले कार्यपरामर्शको बैठकमा संयूक्त संकल्प प्रस्ताव दर्ता गराउन सहमति भएको बताए। उनले भने, ‘तीनवटै पार्टीको संयूक्त संकल्प प्रस्ताव दर्ता भएपछि छलफलमा जाने छ।’ उनले राष्ट्रिय अखण्डताका विषयमा राजनीतिक कित्ताकाट नहोस् भनेर सो सहमति भएको बताए। सभामुख थापाले लिखित तथा मौखिक प्रश्न दर्ताका लागि मुख्यमन्त्री त्रिलोचन भट्टलाई पत्र पठाइएसकिएको बताए। उनले भने, ‘मुख्यमन्त्रीले समय माग गरेपछि सदनमा जवाफ दिन लगाइने छ।'

‘संशोधन दर्ताको पनि सुनुवाई भएन’
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सभामा पेश गरेको एफएम, रेडियो तथा टिभी सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी नेपाली कांग्रेसले बुँदागत रुपमा संशोधन प्रस्ताव दर्ता गराएको थियो। तर, यस सम्बन्धी पनि प्रक्रिया अघि बढ्न नसकेको प्रदेश सभा सदस्यहरुले गुनासो गरेका छन्।

‘हामीले प्रदेश सभालाई सुझाव सहित विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका थियौं, त्यो पनि अहिलेसम्म छलफलमा आउन सकेको छैन्’ प्रदेश सभा सदस्य खड्काले भने।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकका ६ निर्णय सार्वजनिक गरिएका हुन् ।  बैठकले निर्वाचन आयोगको पछिल्लो निर्णयलाई स्वा... शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम राष्ट्रिय सभा सदस्यबाट आइतबार राजीनामा दिन शनिबार नै काठमाडौँ फर्किन लागेको उनले बताएका छन् । शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो। शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्