• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

मैदानमा अनिल गुरुङको खोजी

64x64
सराेज तामाङ बिहीबार, फागुन १, २०७६  १५:४३
1140x725

काठमाडौं- अनिल गुरुङका लागि घरेलु मैदान विरानो बनिदिएको छ। ए डिभिजन लिगको माहोल, पत्रकारका प्रश्न विरानो जस्तो भएको छ। पहिले जस्तै अनिल...अनिल को आवाज त सुनिन्छ, तर क्षीतिजबाट आएजस्तो मधुरो। 

अनिल परिचय दिएर चिनाउनुपर्ने खेलाडी होइनन्। एक समयका फुटबल ‘स्टार’ अनिल राष्ट्रिय टिमबाट सन्यास लिएपछि अग्रभागबाट हराएका छन्। अहिले भने मैदानमा नै भएर पनि हराए-हराए जस्तो। हुन पनि अनिल भनेर दर्शकले खोज्ने गोल जो छैन।  

यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बिग्रेड ब्वाइज क्लबको कप्तानका रुपमा खेलेका अनिल गोलविहीन भए। गोल नदेखेकैले दर्शक भनिरहेका छन्- अनिलको प्रदर्शन खराब रह्यो।  

२०७० अघिका लिगहरुमा अनिल सदाबहार खेलाडी हुन्। त्यसपछि दुई पटक मात्रै लिग भएको छ। दुबै लिगमा अनिलको प्रदर्शन फिक्का नै रह्यो। विशेषगरी अहिलेको लिगमा।

अहिले अनिल उही अनिल जस्तो देखिएनन्। गोल मात्र होइन बल छकाउनेदेखि हरेक कुरामा उनको खेल पहिलेको जस्तो छैन। खेल सधैँ उस्तै रहँदैन पनि। एक समयको उचाइ सधैँको उचाइ पनि रहँदैन। तर पनि अनिलसँगको अपेक्षा सकिएको भने छैन। 

३२ वर्षीय अनिल अहिले लिग खेल्ने ‘लेजेन्ड’ खेलाडीमध्ये एक हुन्। सन् २००४ मा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बाट लिग खेल्न थालेका अनिल पुरानै क्लबबाट खेल्न पाउँदा निकै खुसी छन्। ‘बिबिसी मेरो पुरानो क्लब हो। म १५ वर्षपछि आफ्नो क्लबमा फर्किएको छु। जतिबेला मैले व्यवसायिक लिग सुरु गरेँ त्यो बेला १५/१६ वर्षको थिएँ।’

अनिलको गोलको खडेरी 
अनिल बाहिर बोल्दा खुसी भएको प्रत्याभूति दिलाउने प्रयास गर्छन्। तर अनिलको भित्री मन के भन्छ? के साच्चै उनी खुसी छन्? पटक्कै छैनन्। फुटबलमा गोलरक्षकले बल रोकेनन् भने, डिफेन्डरले स्ट्राइकरलाई छेकेनन् भने, अनि फरवार्डले गोल गरेनन् भने दुःख लागि नै हाल्छ।

Ncell 2
Ncell 2
nimb
nimb

एउटा लेजेन्ड खेलाडीमा बढ्दो उमेरसँगै प्रदर्शन खस्किनु स्वभाविक होला तर यो कुरा अनिलको मनले कति मान्दो हो?

‘जुनियर भाइहरु धेरै भएको कारण पनि हामीलाई निकै गाह्रो भइरहेको छ। स्कोर लाइनमा निकै थोरै मात्र मौका पाइरहेको छु। गोल गर्न पनि मैले निकै मेहेनत गर्नु पर्छ। म मैदानमा तल–माथि भएर खेल्नु परिरहेको छ’, तपाईंमा गोलको खडेरी लागेको हो? भन्ने प्रश्नको जवाफ दिँदै अनिल भन्छन्।

त्यसो त अनिलले लिगमा गोल गर्ने अवसर नपाएको होइन। न्यु रोड टिम (एनआरटी) विरुद्ध अनिलले पेनाल्टीमा पनि गोल गर्न सकेनन्। बिबिसीले पेनाल्टी पायो। खेलको ६१औं मिनेटमा पाएको पेनाल्टीबाट गोल गर्दै बिबिसीलाई २–१ गोलको स्थितिमा ल्याउने राम्रो अवसर थियो। तर अनिल चुके। उनले प्रहार गरेको बल एनआरटीका गोलकिपर अजित प्रजापतिले रोके।

अनिल भन्छन्, ‘एनआरटीविरुद्ध खेलमा पेनाल्टी मिस भयो। हुन त मैले गोल गर्छु भनेर हानेको। मैले गोल हानेर जित्नु पर्छ भन्ने पनि छैन। मैले भन्दा पनि मेरो टिमले जितोस् भन्ने नै हो।’

यो लिगमा मात्रै हैन यसअघि २०७५ सालमा भएको लिगमा पनि उनी गोलविहीन नै बनेका थिए। करिब १३ वर्षपछि थ्रीस्टारमा फर्किएका अनिलले गत संस्करण मैदानमा भन्दा पनि बेन्चमै धेरै समय बिताए। उनी लयमा पनि थिएनन्। मनाङ मस्र्याङ्दी क्लबका पदाधिकारीसँगको बेमेलका कारण उनी थ्रीस्टार पुगेका थिए।

अनिल सुनाउँछन्, ‘थ्रीस्टारमा पनि म धेरै समय बेञ्चमै बसेँ। त्यति फिल आएन। तर अहिले म पूर्णरुपमा फिट छु। क्लबलाई केही योगदान दिइरहेको छु जस्तो लाग्छ।’

अनिलको सम्झनामा
सहिद स्मारक ‘ए’ डिभिजन लिग कुनै बेला यति धेरै लोकप्रिय थियो कि रंगशालामा दर्शकको घुँइचो हुन्थ्यो। तर पछिल्लो दुई संस्करणको लिग सबैको लागि फिक्का बन्यो। खेलाडीको लागि पनि यस्तै बन्यो। लाग्छ चियामा चिनीको साटो नुन हालियो।

लामो समय लिग खेलेका अनिलको नजरमा भने यो पटकको लिग कस्तो बन्यो? अथवा अहिलेको भन्दा पहिलेका लिगमा के थियो फरक?

‘पहिलेको जस्तो लिगको चार्म छैन। पहिले ‘राइबल’ टिम हुँदा रंगशाला नै भरिएको उदाहारणहरु पनि छन्। अहिले लिगले दर्शकलाई तान्न सकेन,’ कप्तान अनिल थप्छन्, ‘अर्को वर्षदेखि लिगलाई अझै परिष्कृत गर्दै लानु पर्छ। राम्रो गर्नु पर्छ। व्यवसायिक दृष्टिकोणले पनि लिगलाई थप मजबुत बनाउनु पर्छ। तर अहिले त्यस्तो भइरहेको छैन। एन्फाले डबल लिग गरिदियो भने खेलाडीलाई धेरै फाइदा हुने थियो।’

विदेशी खेलाडीको कमजोर खेल
अनिल बिबिसीबाट लिग खेल्ने भएपछि टिमले एक प्रकारको उर्जा पायो। अझ भन्ने हो भने अनुभवि खेलाडीको साथ। 

तर बिबिसीले ल्याएका विदेशी खेलाडी नेपाली खेलाडीले जतिको पनि खेल्न सकेनन्। जसले गर्दा बिबिसीलाई प्रत्यक्ष रुपमा घाटा पुग्यो। बिबिसीका जुनियर खेलाडीले जत्तिको पनि खेल्न नसकेपछि अधिकांश समय विदेशी खेलाडी बिबिसीको बेन्चमै बसे।

कप्तान अनिलले भने, ‘हामीसँग धेरै जुनियर खेलाडी छन्। त्यसमा पनि क्लबले ल्याएका विदेशी खेलाडी त्यति राम्रो पाएनौं। विदेशी खेलाडीलाई हामीले बेञ्चमा राख्नु परिरहेको छ। जब की हाम्रा यु–१८ का भाइहरुले जतिको पनि खेल्न सकिरहेका छैनन्।’

बिबिसीले विदेशी खेलाडीको रुपमा यो पटक डिफेन्डर ताजुदिन एडेकुनल बुसारी र मोहम्मद सौकातलाई ल्याएको थियो भने फरवार्डमा जर्ज भिन्सेन्ट र इस्साक इयर्क ओलाकाजीलाई भित्र्याएका थिए।

तर चारै विदेशी खेलाडी फ्लप बने। अनिल आफै कुनै बेला डिफेन्स लाइनमा देखिन्थे भने कुनै बेला मिडफिल्डमा। आफ्नो भूमिका भन्दा पनि केही तल-माथि गर्दै खेलेका थिए।

लिगमा चार खेलसम्म सेट नहोला। तर ५ खेलपछि सेट हुँदै जान्छ। बिबिसीको भने चार खेलपछि चाहिँ सेट बिग्रियो। अनिल यहि तर्क गर्छन्।

‘महंगो पैसा तिरेर ल्याएको छ। खेलाउन परिहाल्यो। तर उनीहरुको प्रदर्शन राम्रो भएन। उल्टै सेट भएको टिम पनि बिग्रियो’ विदेशी खेलाडी प्रति चिक्त नबुझेका कप्तान अनिल भन्छन्।

उपाधि बारे के भन्छन्?
यो पटकको ए डिभिजन लिगको उपाधि दौड निकै रोचक बनेको छ। उपाधिका लागि १२ टिम बाहिरिँदा आर्मी र मछिन्द्र मध्ये एक टिमको पोल्टामा सहिद स्मारक ‘ए’ डिभिजन लिगको ट्रफि पर्नेछ।

तुलनात्मक रुपले मछिन्द्र भन्दा पनि लिगको उपाधिमा आर्मीलाई सहज छ। आर्मीलाई मछिन्द्रविरुद्धको खेल बराबरीले पनि उपाधिका लागि पुग्ने छ। यता मछिन्द्रले उपाधि पहिलो पटक चुम्न आर्मीलाई हराउनै पर्छ।

समान १२ खेल खेलेको आर्मीको २९ अंक हुँदा मछिन्द्रको २८ अंक छ। तर अन्तिम खेलमा मछिन्द्रलाई विमल घर्तिमगरको आगमनले बलियो बनाएको छ। ९० दिन लामो प्रतिबन्धबाट फर्किएका विमलले मछिन्द्रबाट आर्मीविरुद्ध लिगको अन्तिम खेल खेल्न लागेका हुन्।

यता, अनिल भने यो पटकको लिग आर्मीले जित्ने बलियो सम्भावना रहेको बताउँछन्।

‘यो पटक चाहिँ आर्मीको अवसर निकै छ। हुन त आर्मी सधैं बलियो टिम हो। कहिले पनि नराम्रो टिम थिएन। यसअघि हामीले लिग जित्दा पनि आर्मीका सबै खेलाडी राम्रो हुने गथ्र्यो। तर लिगमा आर्मी सधैं खस्किने गरेको थियो। तर यो पटक भने आर्मी निकै बलियो रुपमा देखा परेको छ। सबैको भन्दा पनि आर्मीको लिग जित्ने सम्भावना बलियो देख्छु।’

लिग एक अनुभव
अनिलले लिग खेल्न थालेको १६ वर्ष भयो। ब्रिगेड ब्वाइज क्लबबाटै लिग थालेका अनिल आफ्नो व्यवसायिक फुटबल यहि क्लबमा बिसाउने लक्ष्यमा छन्।

बिबिसी क्लबमा नाम चलेका र स्टार खेलाडी छैनन्। छन् त केबल अनिल तर उनको पनि प्रदर्शन पहिलेको जस्तो छैन। 

अधिकांश यु–१८ टिमका जुनियर खेलाडी लिएर बनाएको टिम हो बिबिसी। बिबिसीले जारी प्रतियोगितामा केही उत्कृष्ट प्रदर्शन गर्‍यो भने केही निराशाजनक। हारको कारण अनिललाई पनि जान्छ भने जितको श्रेय पनि।

बिबिसीले लिगमा हारबाट सुरुवात गर्यो। अन्त्य पनि हारबाटै। अर्थात खेलको १३ खेलमध्ये २ खेलमा जित र ३ खेलमा बराबरी खेल्दा ८ खेलमा हार्न पुग्यो। लिगको पुछारबाट दोस्रो स्थानमा रहेको बिबिसीले ९ अंक बनाउँदै टुंग्यायो। 

बिबिसी प्रवेश गर्दा शीर्ष ६ मा स्थान टिमलाई पुर्याउने लक्ष्य बनाएका कप्तान अनिललाई आफूले पनि पाएको अवसरलाई सदुपयोग गर्न नसकेको स्वीकार गर्छन्।

भन्छन्, ‘निकै ठूलो गल्तीहरु मबाट पनि भयो। हामीले पाएको अवसर निकै गुमाइरह्यौं। पाएको अवसरलाई गोलमा परिणत गर्न सकेको भए, शीर्ष ६ मा पुग्ने थियौं।’

यो त लिगमा भएका गल्ति र अवसरहरु भए। तर अनिललाई चाहिँ लिग खेल्न पाउँदा कस्तो लागि रहेको छ त?

‘रंगशालामा लिग खेल्न पाउँदा एकदमै खुसी छु। रंगशालामा खेल्न कै लागि मैले फुटबललाई निन्तरता दिन सकेँ। यो पटक निकै छोटो लिग भयो जस्तो लाग्यो। दुई महिना लिग भयो बाँकी १० महिना के गर्ने? मोफसलको प्रतियोगिताले १० महिना धान्दैन’, अनिललाई आउने दिनको चिन्ता छ।

कस्तो रह्यो नतिजा? 
बिबिसी ०–२ मछिन्द्र
बिबिसी २–० फ्रेन्ड्स
बिबिसी ०–१ मनाङ
बिबिसी १–० हिमालयन शेर्पा
बिबिसी १–३ थ्रीस्टार
बिबिसी ०–० सरस्वती युथ क्लब
बिबिसी ०–० संकटा
बिबिसी ०–१ च्यासल युथ क्लब
बिबिसी ०–२ एनआरटी
बिबिसी ०–१ जावलाखेल युथ क्लब
बिबिसी ०–१ पुलिस
बिबिसी ०–३ आर्मी
बिबिसी १–१ एपिएफ

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वैकल्पिक मार्गबाट दुई दिनमा भित्रिए ५८ हजार बढी सिलिन्डर आइतबार, भदौ २१, २०८३
क्यासिनोमा जुवा खेलिरहेका गाउँपालिका अध्यक्ष र प्रहरी इन्स्पेक्टरसहित ८ जना पक्राउ आइतबार, भदौ २१, २०८३
एसीसी प्रिमियर कप: साउदी अरेबियाले दियो नेपाललाई १ सय ९१ रनको लक्ष्य आइतबार, भदौ २१, २०८३
मैथिली साहित्यका वरिष्ठ साहित्यकार तथा समालोचक डा रेवतीरमण लालको निधन आइतबार, भदौ २१, २०८३
रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! शनिबार, भदौ २०, २०८३
‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’ आइतबार, भदौ २१, २०८३
माथिल्लो त्रिशुली १ को सुरुङमा दुई जनाको शव भेटियो शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्