• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

उत्सवलाई निरस बनाउने त्यो दिन

फागुन १ ले बल्झाउने एक विभत्स हत्या 
अनिल यादव बिहीबार, फागुन १, २०७६  ०७:२७
1140x725

उत्सव रसाइली युट्युब च्यानल चलाउँछन्, ‘रमाइलो छ’। सधैँ हाँस्दै, मुस्कुराउँदै कलाकारको अन्तर्वार्ता लिन्छन्, अनि दोहोर्‍याइ तेहेर्‍याइ भनिरहन्छन्- ‘रमाइलो छ’। 

तर, धेरैलाई थाहा छैन- उनको यो हाँसो र रमाइलोभित्र एउटा दर्दनाक कथा छ। हरेक वर्ष आउने फागुन १ ले जीवनको त्यो कहालीलाग्दो घटना सम्झाउँछ। 

सशस्त्र द्वन्द्व सुरु भएको यो दिनलाई उत्सवका रुपमा मनाउनेहरू पनि छन्। तर, उत्सव र उनको परिवारलाई यो दिन क्यालेन्डरको पानाबाट अलप भइदिए पनि हुन्थ्यो जस्तो लाग्छ। किनभने यो दिनले उनी र उनको परिवारको पुरिँदै गएको गहिरो चोटको घाउ बल्झाएर जान्छ।

०६० साल फागुन १ गते नै हो, उनको परिवारको खुसी खोसिएको। यही मितिमा त हो- सेनाले उनको दिदीलाई बलात्कारपछि गोली हानेर मारेको।

त्यही द्वन्द्वले राज्यव्यवस्था त परिवर्तन गर्‍यो। हिजो युद्ध लड्नेहरूलाई आज सत्तामा पनि पुर्‍यायो। तर कतिको यसैले लगाएको घाउ अझै खाटा बस्न सकेको छैन। द्वन्द्वप्रभावित परिवारले पीडा भुल्न सकेका छैनन्।

‘मलाई थाहा छ, दुःख छ, पीडा छ भन्दैमा मान्छेले सधैँ त्यसैलाई सम्झिएरै बस्नु त हुन्न तर निर्दोष दिदीलाई त्यसरी मारेको त जति बिर्सन खोजे पनि नसकिने रहेछ। साँच्चै गाह्रो हुँदो रहेछ,’ घटना सम्झिँदा आज पनि उत्सवका आँखाबाट आँसु थामिदैनन्।

०००

सशस्त्र द्वन्द्वको आगो दन्किरहेको समयको घटना हो। त्यो दिन तत्कालीन माओवादीले काभ्रेपलान्चोकको पोखरीचौरस्थित रैकरटोलमा जनयुद्ध दिवस मनाउन पूरै गाउँ सिंगारेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

साँझ झिलिमिली देखेर त्यतिबेला पाँच कक्षा पढिरहेका १२ वर्षीय उत्सव खुबै रमाएका थिए। उनका माइला दाइ सुरेन्द्र रसाइली माओवादीका लडाकु थिए, प्रहरीसँगको भिडन्तमा परेर सहिद भएका थिए। 

त्यसपछि बदलाको भावनाले अर्का दाइ र दिदी पनि क्रमशः माओवादीमा लागेका थिए। त्यसैले घरमा उत्सवसँगै भाइ उद्धव, दिदी रीना, आमा, बुबा र हजुरआमा मात्रै हुन्थे। 

अवस्था डरमर्दो थियो। उनको घरमा गस्तीमा हिँडिरहने सेनाको कडा निगरानी थियो। त्यसैले रात पर्नासाथ उनका बुबा र दिदी घर बस्दैनथे, अन्तै सुत्न जान्थे।

तर, त्यो दिन उत्सवकी फुपु दिदी देवी सुनार र अर्का भिनाजु आएका थिए। त्यसैले बुवा बाहिर गएनन्। सबै घरमै बसिरहेका थिए। परिवारमा खुसीको माहोल छाएको थियो।

उत्सवको घरमा टिभी थिएन। अलि पर छिमेकीकहाँ जानुपर्थ्यो। टिभीमा शुक्रबार आउने लोकदोहाेरी कार्यक्रम उनी नछुटाइ हेर्थे। त्यसदिन पनि टिभी हेर्न भनेर भाइ उद्धव र उनी त्यतै गएका थिए। 

दुवै टिभी हेर्दाहेर्द त्यहीँ निदाएछन्। भोलिपल्ट बिहान साढे ६ बजे घर पुग्दा ढोका फोडिएको अवस्थामा देखे। मनमनै ठाने- ला...बाघ आएर ढोका फोडेछ कि क्या हो!

त्यसपछि माथि कोठामा जाँदा जताततै मौनता छाएको थियो। हजुरआमा रामराम जपिरहेकी थिइन्। ममी बेहोस् थिइन्। बुबा र फुपु दिदीका आँखा रसाइरहेका थिए।

‘के भयो?’

कोही केही बोलिरहेको थिएन। 

त्यसपछि घर पछाडि गएर हेर्दा थाहा भयो- दिदीलाई मारिएछ। उत्तिसको रुखमा बाँधिएको अवस्थामा थियो दिदीको शव। शरीरको लुगा च्यातिएको मात्रै थिएन, यौनांगबाट रगत पनि बगिरहेको थियो। र, पछाडिबाट हानेको गोली छातीबाट निस्किएको प्रष्टै देखिन्थ्यो। 

‘सायद पहिलोपल्ट दिदीको शव नजिकबाट नियाल्ने म नै थिएँ,’ उत्सव घटना सम्झिन्छन्, ‘शव हेर्न नसकेर देवी दिदीले तन्नाले छोपिदिएकी थिइन्। म त बच्चै थिएँ। म त न केही गर्न सक्थें, न केही बोल्न। बस् एक टकले टोलाएर हेरिरहेँ।’

पछि बुझ्दै जाँदा थाहा भयो- रातको ११ बजेतिर सेनाको टोली घर आएछ। ढोका ढकढक्याएछ। भ्यालबाट चिहाएर हेर्दा सेना आएको थाहा पाएपछि कसैले ढोका खोलेनन्।

त्यसपछि सेना ढोका फोडेर भित्र पस्यो। रीना दिदी र भिनाजुलाई नियन्त्रणमा लियो। रातभर केरकार गर्‍यो। झन् रीनालाई त खुब ‘टर्चर’ दियो। घरी आँगनमा लगेर, घरी गोठमा। 

ममी, बुबा र फुपु दिदीको कानमा उनको चित्कार प्रष्टै सुनिन्थ्यो तर कोही केही गर्न सक्ने अवस्थामा थिएनन्। 

रातभर दुर्व्यवहार गरेपछि सेनाको टोली रीनालाई ‘सुइकाउने’ निचोडमा पुग्यो। उनको परिवारले यो सब चाल पायो। तैपनि पुर्पुरोमा हात राखेर रुनुबाहेक कसैसँग केही विकल्प भएन।

यतिमात्रै होइन, सेनाले छोरीलाई मार्न बुबासँगै डोरी मागेछन्। बुबाले चुपचाप दिएछन्। त्यसपछि गोली हानियो। शव रुखमा बाँधियो। र, यसरी १७ वर्षको कलिलो उमेरमा उनको ज्यान लिइयो। सँगै नियन्त्रणमा परेका भिनाजुलाई भने सेनाले केरकारपछि छोडिदियो।

‘आफ्नो छोरीलाई मार्न आफ्नै हातले डोरी दिनुपर्दा त्यतिबेला बुबाको मनमा के बित्यो होला, आज पनि उहाँलाई के लाग्दो हो,’ यो जिज्ञासा सुनाइरहँदा उत्सवको स्वर झन्झन् मलिन भइरहेको थियो।

त्यसपछि गाउँतिर हल्ला भयो। छरछिमेक आउन थाले। तर, घरमा कोही पनि होसमा थिएनन्। सबै बाँचेर पनि मरिरहेजस्तो! ममी पूरै बेहोस् थिइन्। उनका ड्याडी होसमा त थिए तर केही गर्न सकिरहेका थिएनन्। बुढी हजुरआमाले केही गर्ने कुरै भएन।

उत्सव सानैदेखि प्रायः घरको काममा दिदीसँग जुटिरहेका हुन्थे। सरसफाइ गर्ने, पाहुनालाई चिया पकाएर दिने, सबै काम गर्थे उनी। त्यसैले त्यस दिन पनि उनी रुन छाडेर परिवारको हेरचाहतिर लागे।

यता निर्दोषलाई मारियो भनेर शव नउठाउने कुरा भयो। दोषीलाई कारबाहीको माग गर्दै शव जस्ताको तस्तै राखियो, नउठाइकन।

‘शव त्यसरी राखेको पाँचौ दिन राती स्यालले दिदीको एकातिरको तिघ्रै खाइदिएछ,’ आफूलाई सम्हाल्दै उत्सव सुनाइरहेका थिए, ‘त्यो देखेर मनै रोयो। झन् ममी ड्याडीलाई के भयो होला। आज सम्झिँदा चिच्याएर रुन मन लाग्छ।’

छैटौं दिन काठमाडौंबाट पत्रकार, मानव अधिकारकर्मी गएर रिपोर्टिङ गरेपछि मात्र उनको दिदीको अन्त्येष्टि गरिएको थियो ।

०००

उत्सवको परिवारमा आमा सुन्तलीको कोखबाट उनीसहित जम्मा ११ सन्तान जन्मिएका थिए। तीनजना उत्सव नजन्मिँदै सानैमा बिते। बाँकी थिए, ८ जना। 

उनका बुबा कर्णबहादुर सुरुदेखि नै कम्युनिस्ट विचारधाराका। बुबाकै प्रभावले होला माइला दाइ सुरेन्द्र माओवादीमा लागेका थिए। 

त्यसैले रीनाको हत्याअघि उत्सवको परिवारले युद्धका कारण एउटा छोरा गुमाइसकेको थियो। सशस्त्र द्वन्दका बेला माओवादीले काभ्रे, भकुन्डेबेसीमा रहेको प्रहरी चौकी कब्जा गर्ने क्रममा एक जनामात्रै माओवादीको मृत्यु भएको थियो। ती थिए, उत्सवका दाइ- सुरेन्द्र। 

सुरेन्द्रको मृत्युपछि नै उत्सवको परिवारमा चोट परेको थियो। खासगरी उनकी आमा निकै दुःखी थिइन्। 

त्यसैले सुरेन्द्रकै घटनापछि उनको परिवारमा बदलाको भावना जाग्यो। साइँला दाइ र कान्छी दिदी पनि माओवादीमा लागिन्। यद्यपि रीना युद्धको समर्थनमा थिइनन्। उल्टै दिदीहरुलाई त्यसो नगर्नु भनेर सम्झाउँथिन्। 

सोझी थिइन्। पढाइमा पनि ठिकठिकै थिइन्। ७ कक्षामा पढ्थिन्।  

दलित परिवारमा जन्मिए पनि उत्सवको घरका कसैलाई स्कुल जान रोकतोक थिएन। परिवारका सदस्य माओवादीमा लागेर पनि होला, खासै विभेदको सामना गर्नुपरेन। ब्राह्मण, क्षेत्री साथीभाइसँग सँगै खेल्ने, सँगै गाइबस्तु चराउन जान्थे। भलै साथीहरु उनको घरमा पकाएको खाना खान्थेनन्।

मादल बजाउन जान्ने थियो उनको परिवार। त्यसैले पनि उनको परिवारलाई सबैले खोज्थे। बुबा आरनको काम गर्थे। धेरै बारी भएको दलित परिवारमा पर्थ्यो उनको घर। 

यसरी हाँसीखुसी चलिरहेको उनको परिवार सशस्त्र द्वन्द्वपछि उजाडिँदै गयो। दाइको मृत्युले दुःखी भएकी उनकी आमा झन् रीनाको आँखैअगाडि निर्मम हत्या भएपछि त मानसिक समस्याबाटै गुज्रिइन्। र, आजसम्म पनि उनी द्वन्द्वले निम्ताएको त्यो समस्या सामना गरिरहेकी छिन्– दिनहुँ मानसिक रोगको औषधि सेवन गरेर।

०००

रीना प्रौढ शिक्षा पनि पढाउँथिइन्। घरको काममा उत्सवसँग उनको खुब सहकार्य हुन्थ्यो। कोही दाइ र दिदी माओवादीमा, कोही घरजम गरेर श्रीमान्‍को घरमा। घरमा बाँकी थिए नै उनी, रीना र भाइ। 

त्यसैले उत्सव दिदीसँग मिलेर काम गर्थे। मेलापातमा सँगै हुन्थे। दिदीसँग कोदो रोप्न जान्थे। घरमा दिदीले पोत्दा उनी लिप्ने काम गर्थे। बाख्रा सार्नेदेखि भाडा माझ्ने सबै काममा दिदीलाई सघाउँथे। 

रीनाको हत्या भएको साँझ उनले बोलेको एउटा संवाद आज पनि उत्सवको कानमा गुन्जिरहन्छ। पानी लिनका लागि उनीहरु सधैँ उकाली चढेर पहिरो भन्ने ठाउँमा पुग्थे। ठमठम हिड्ने मान्छेलाई पनि त्यस्तै १५ मिनेट  लाग्थ्यो। 

स्कुलबाट फर्किएपछि त्यस साँझ पनि उत्सव दिदीसँग पानी लिन गएका थिए। दिदीलाई पखाला लागेको थियो। गाग्रीमा पानी भरेपछि थकाइ मार्दैमार्दै उनीहरु फर्किएका थिए। फर्किने क्रममा दिदीले उनलाई आफ्नो हात देखाउँदै भनेको उत्सवले भुलेका छैनन्, ‘हेर त, मेरो हात कति पहेँलो भएछ है, रगत नभएर होला।’ 

०००

रीनाको हत्या उत्सवको परिवारमा ठूलै बज्रपातझै भयो। सेनाको डरले काठमाडौंमा भएका उनका दाजुभाउजु उनको शव हेर्नसम्म आउन सकेनन्। 

दिन, महिना, हप्तामात्रै होइन धेरै वर्षसम्म उनको घर सुनसान भयो। घटनालगत्तै उनको ममी मानसिक रोगबाट ग्रसित भइन्। जतिखेर पनि युद्धले गुमाएका छोरा–छोरी सम्झिन थालिन्। त्यसैले उनलाई राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौं लगेर सेल्टरमा राख्यो। करिब एक वर्ष नै।

घटनापछि उत्सव र उनका भाइ गाउँमा केही दिन त स्कुल गए तर निरन्तरता दिन सकेनन्। दाइ र दिदी दुवै मारिएको परिवार भनेर धेरैले उनीहरुलाई ‘बिचरा’को दृष्टिले हेर्थे। अरुको प्रेममा उनलाई त्यो भाव प्रष्टै महसुस हुन्थ्यो। 

घटनाको पाँच महिनापछि उनीहरुलाई काठमाडौं ल्याइयो। ममी ड्याडीले बचेका दुइ छोराहरुलाई राम्रो शिक्षादिक्षा दिलाइदिन संघसंस्था गुहारे। 

त्यसपछि सिविन नेपालसँग कुरा गरेर उनीहरुलाई काठमाडौं ल्याइयो। सिविनकै होस्टेलमा राखेर कालिमाटीको जनप्रभात माध्यमिक विद्यालयमा भर्ना गराइयो, कक्षा ६ देखि १० सम्म त्यही पढाइयो। त्यसपछि उनले सोल्टिमोडको एभरेष्ट कलेजबाट प्लस टु सकाए।  ब्याचलर भने प्रदर्शनीमार्गस्थित आरआर कलेजबाट गरे। 

घटनाको आज १६ वर्ष बितिसक्यो। तर, यो १६ वर्ष कटाउन उत्सवको परिवारलाई पक्कै सहज भएन। धेरै उतारचढावहरुको सामना गर्नुपर्‍यो। 

घटनापछिको ७–८ वर्ष त निकै कष्टकर भयो। एक वर्षपछि उनको ममी–ड्याडी काठमाडौंबाट गाउँ त फर्किए तर बस्न सकेनन्। हजुरआमाको निधनपछि त झन् गाह्रो भयो। 

त्यसपछि त ममी–ड्याडी पनि काठमाडौं नै आए। हरियाली छाउने उनको घर सुख्खा हुन थाल्यो। बारीहरु बाझै भए। आँगनमा झार उम्रिन थाल्यो। लिपेको रातमाटोको डोब पनि हराउन थाल्यो। र, दिदीलाई गुमाएको त्यो घरमा उत्सवलाई जान मन लाग्नै छाड्यो। सायद परिवारका अरुलाई पनि त्यस्तै भयो। 

‘दिदीको हत्यापछि त परिवारमा पुरै बज्रपात आएजस्तो भयो,’ उत्सव सुनाउँछन्, ‘काठमाडौं आएर बस्न थालेपछि बुबाको आरनको काम पनि रोक्कियो। ममीसँग मानसिक रोगको औषधी खाने पैसासम्म अभाव भयो। औषधीकै लागि उहाँ संघसंस्था धाउनुभयो। द्वन्द्वका बेला त परिवारका एक सदस्य अर्कोसँग भेट्न डराउनुपर्‍यो। खासमा भन्नुपर्दा हाम्रो परिवारले त बाँच्नकै लागि ठूलो संघर्ष गर्नुपर्‍यो।’ 

आफ्नो छोराछोरीलाई आफ्नै काखमै राखेर पढाउने रहर कुनचाहिँ आमाबुबालाई हुँदैन र? उत्सवलाई लाग्छ, उनको आमाबुबाले त्यो रहर चाहेर पनि पूरा गर्न सक्नुभएन। 

काठमाडौं आएपछि आफन्तको शरणमा पर्नुपर्ने अवस्था आयो। उनका बुबा जीवन धान्न काँधमा मकै बेच्दै डुल्न थाले। ५ र १० रुपैयाँ हिसाब गर्दै जीन्दगी चल्न थाल्यो। ‘कहिलेकाँही ड्याडीसँगै ममी पनि मकै बेच्न सँगै हिँड्नुहुन्थ्यो, द्वन्द्वले सिर्जना गरेको यो दृश्य सम्झदा आज पनि भक्कानो फुटेर आउँछ,’ उत्सव भन्छन्। 

अहिले पनि ममीको औषधिका लागि मासिक करिब १५–२० हजार खर्च हुन्छ। उनको ड्याडी पनि प्रेसरको औषधि खाइरहेका छन्। युट्युबको आम्दानीले अहिले पछिल्ला केही वर्ष उनलाई घर चलाउन सहज भइरहेको छ। नत्र धेरै गाह्रो थियो। 

कसैले झुक्किएर दिदी, दाइको कुरा निकालिहाल्यो भने उनको ममी भक्कानो फुट्ने गरि रुन थालिहाल्छिन्। दिदी र दाइको सम्झनामा हरेक दिन उनको तस्बिरमा धुपबत्ति बाल्छिन्। चाडपर्वमा सधैँ उनीहरुलाई सम्झिएर रुन्छिन्। 

तर, उनले आफ्नो ड्याडीले भने कहिल्यै ममी जसरी रोएको देखेनन्। ‘ड्याडीको त पूरा जिन्दगी ममीलाई सम्हाल्न, ममीलाई बचाउनमै  समर्पित भयो, अरुको अगाडि नरोए पनि एक्लै त धेरै रुनुभयो होलाजस्तो लाग्छ,’ उनी भावुक हुँदै बोले। 

भूकम्पले पुरानो घर भत्काएपछि अहिले उत्सवको परिवार गाउँतिरै नयाँ घर बनाइरहेको छ। 

०००

देशमा सशस्त्र द्धन्द चर्किरहेका बेला, सेनाले आफ्नो दिदीको विभत्स हत्या गरेका बेला उत्सव बच्चै थिए। 

दिदीको घटना हुनुअघिसम्म त उनका घरमा माओवादीहरु आउँथे। खसी काटेर भोज पनि हुन्थ्यो। र, त्यो माहोल उनलाई रमाइलै लाग्थ्यो।

जब दाइ प्रहरी आक्रमणका क्रममा मारिनुभयो त्यसपछि पनि दाइका साथीहरु घर आएका थिए। त्यतिबेला ममी बेस्सरी रोएको उत्सवको मस्तिष्कमा अझै झलझली सम्झना छ। 

दिदीको विभत्स हत्यापछि त उत्सवको बालमस्तिष्कमा पनि बदलाको भावना जागिसकेको थियो। 

‘काठमाडौं आएपछि सुरुसुरुमा आर्मी पुलिस देख्दा पनि एकदमै रिस उठ्थ्यो, डर लाग्थ्यो,’ उनले सम्झिए, ‘बदलाको भावना जाग्थ्यो। यिनीहरु मान्छे मार्न नै जन्मिएको हुन् भन्ने लाग्थ्यो। तर, पछि अलि बुझ्ने भएपछि थाहा भयो, सरकार र द्वन्द्व पक्षबीच कसले कसलाई बढी क्षति पुर्‍याउने प्रतिस्पर्धा हुँदा हाम्रो परिवारले यस्तो नतिजा भोगेको रहेछ।’

जब सिविनको होस्टेलमा रहँदा माओवादीबाट मारिएका प्रहरीका सन्तानका दर्दनाक कथा सुन्न थाले, त्यसपछिचाहिँ उनले मन बुझाए– युद्धमा यस्तो हुने रहेछ। 

उत्सवले बुझ्न थाले– युद्धका बेला दुवैले दुवै पक्षलाई दोषी देख्ने रहेछ। र, सबैभन्दा बढी पीडा आफन्तलाई हुने रहेछ। 

उनलाइ लाग्यो–हारजीतको खेलमा हाम्रो परिवारले बढी मूल्य चुकाउनुपर्‍यो। 

होस्टेलमा एक्लै हुँदा दिदी सम्झेर उनी धेरैपल्ट रोएका छन्। जबजब रक्षा बन्धन आउँछ, भाइटीका आउँछ, उनलाई रीना दिदीको याद आउँछ। उनीमाथि भएको अत्याचारको दृश्य उनको मस्तिष्कको पर्दामा झलझली देखिन थाल्छ। 

होस्टेलमा रहँदा सबै उनलाई द्वन्द्व प्रभावित बालबालिका भनेर बोलाउँथे। उनलाई लाग्थ्यो– ला..., हामी त कति पीडा भोगेको मान्छे, दुःखी मान्छे रहेछौँ। 

उनी कक्षा ८मा पढ्दै गर्दा एन्टेना फाउन्डेसनले द्वन्द्व प्रभावित बालबालिकाको क्षेत्रमा काम गर्ने उद्देश्यले रेडियो कार्यत्रम ल्याएको थियो– ‘सुनौँ, बोलौँ’। सिविनका तर्फबाट उनले कार्यक्रम सञ्चालनको अवसर पाएका थिए। कक्षा १२ मा पढ्दासम्म उनले यो कार्यक्रमका लागि काम गरे। 

कार्यक्रमका लागि काम  गर्ने क्रममा धेरै द्वन्द्व प्रभावित बालबालिका भेट्नुपर्थ्यो। द्वन्द्वका कारण कसैले बुबा, कसैले आमा, कसैले श्रीमान्, कसैले श्रीमती गुमाएका दर्दनाक कथा सुन्नुपर्थ्यो। 

यसले पनि उत्सवलाई बलियो बनाएको थियो। द्वन्द्वको प्रभावमा परेको ममात्रै होइन रहेछ, अरु पनि रहेछन् भन्ने महसुस गराएको थियो। जिन्दगीमा पीडा बिर्सिएर अघि बढ्नुको विकल्प रहेनछ भन्ने भावना जगाएको थियो। 

तर, आज पनि कतै कसैमाथि हत्या र बलात्कार भएको खबर सुन्दा उत्सव रीना दिदी सम्झिहाल्छन्। अनि मनमनै सोच्छन्, उसको परिवारलाई अहिले कति ठूलो पीडा भएको होला, त्यहाँ के बितिरहेको होला। निर्मला पन्त बलात्कारको घटनाले पनि उनलाई आफ्नो दिदी सम्झाएको थियो। 

‘रीना दिदी आज बाँच्नुभएको भए सायद उहाँको बिहे भइसकेको हुन्थ्यो, भाञ्जाभाञ्जी भइसकेका हुन्थ्यो, कति खुसी हुन्थ्यो होला है हाम्रो परिवार,’ उत्सव कहिलेकाहिँ यस्तै कल्पनामा रमाउँछन्। तर, यथार्थमा यस्तो सम्भव छैन।

०००

धेरैले सुनेको हुनुपर्छ– मैना सुनुवार हत्या काण्ड। रीनाको हत्या भएको घटनाको साक्षी अर्थात् उत्सवको फुपु दिदीकी छोरी देवीकी छोरी थिइन्, मैना।

जब देवीले रीनाको घटनाबारे खुलेर बोलिरहेकी थिइन्, हत्यारालाई सजायको माग गरिरहेकी थिइन् । त्यहीबेला उनकी छोरी मैना बेपत्ता पारिइन्। 

दुई वर्षपछि थाहा भयो– पाँचखालको सैनिक ब्यारेकमा बन्दी बनाएर सेनाले उनको हत्या गरेछन्।  घटनाको दोषी ठहराउँदै काभ्रे जिल्ला अदालतले साढे दुई वर्षअघि तीन पूर्व सैनिक अधिकृतलाई २० वर्षको कैद फैसला सुनाइ पनि सक्यो। 

तर, रीनाको परिवारले अझै न्याए पाएको छैन्। उत्सवकी दिदी गीता अहिले द्वन्द्वपीडित राष्ट्रिय सञ्जालकी अध्यक्षसमेत छिन्। निर्दोष दिदीले न्याय पाउने आश अझै उनको घरमा मरिसकेको छैन।

उत्सवका अनुसार घटनालगत्तै रीनाको न्यायका लागि घरमा लड्ने मान्छे कोही थिएन्। ड्याडी ममीलाई सम्हाल्नुपर्ने अवस्थामा थिए। 

तैपनि उनका बुबाले छोरीलाई सुरक्षाकर्मीले बलात्कार गरी हत्या गरेको भन्दै ९ नम्बर बाहिनी भकुन्डेका उपसेनानीसहितलाई कारबाहीको माग गरी २०६३ जेठ ११ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा मुद्दा दर्ता गरेका थिए। 

तर, दोषीलाई कारबाही भएन। ‘मलाई त आश छैन तर मेरो ममीलाई अझै आशा छ जस्तो लाग्छ,’ उत्सव भन्दै थिए, ‘तर, त्यतिबेला सत्ताका लागि लडेका मान्छेहरु आज सत्तामा छन्, त्यतिबेला न्यायका लागि लडेकाहरु आज आफैं न्यायालयमा छन्, अब कोसँग न्याय माग्ने? यो त उनीहरुले आफैँ बुझेर दिनुपर्ने होइन र?’

कसैले भनेका थिए– प्रेम र युद्धमा सबै कुरा जायज हुन्छन्। तर, उत्सवको परिवारको कथा सुन्दा लाग्छ, द्वन्द्वमा आफन्त गुमाउनेलाई यो सब जायज ठान्न कहाँ मन लाग्छ र!

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  ०७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्