• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

अन्तिम खेलमा पुगेको लिग

आक्रामक खेलको रणनीतिमा दाबेदार टिम
64x64
ऋग्वेद शर्मा बुधबार, माघ २९, २०७६  ०६:२०
1140x725

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा १२औँ चरणको अन्तिम खेलमा आज जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन्। यसपछि हरेक टिमको एक खेल बाँकी रहन्छ। तर, सबै ध्यान मछिन्द्र र आर्मीबीचको अन्तिम खेलमा अड्किएको छ। जसमा विजेताको टुंगो लाग्नेछ। 

१२औँ चरणको खेलले सरस्वती युथ क्लब रेलिगेसनमा पर्‍यो भने उपाधिको दाबेदारी मछिन्द्र र त्रिभुवन आर्मी क्लबबीच मात्रै बाँकी बस्यो। त्यसले १३औँ चरणको अरु खेल फिका बन्ने भए पनि अन्तिम खेल रहँदासम्म उपाधि पक्का नहुनुको रोमाञ्चकता भने बनेको छ। 

मछिन्द्र र आर्मीबीचको लिगको अन्तिम खेल फागुन ३ गते शनिबार दशरथ रंगशालामा हुनेछ। जसमा आर्मीलाई उपाधि जित्न बराबरी पर्याप्त हुनेछ भने मछिन्द्रले खेल जित्नैपर्ने हुन्छ। 

अहिले १२ खेलमा ९ जित, २ बराबरी र १ हारसहित २९ अंक बनाएर आर्मी क्लब शीर्ष स्थानमा छ। १२ खेलमा ९ जित, २ बराबरी र १ हार नै भएर दोस्रोमा रहेको मछिन्द्रको २८ अंक छ। गएको वर्षको लिगमा रेलिगेसन नहुने एन्फाको नियमअनुसार यो लिगमा मछिन्द्रको एक अंक कम भएको हो। गएको वर्ष मछिन्द्र पुछारबाट दोस्रोमा थियो। 

आफ्ना स्टार खेलाडीहरु मछिन्द्रमा गए पनि मनाङ मर्स्याङ्दी क्लब १२ खेल सकिँदा तेस्रो स्थानमा रहेको छ। ७ खेल जितेर ४ बराबरी गर्दै १ खेल हारेको मनाङको २५ अंक रहेको छ। चौथो स्थानमा रहेको थ्री स्टार क्लबको १२ खेलमा २३ अंक छ।

लिग तालिकामा पाँचौँ स्थानमा रहेको जावलाखेलले ११ खेल खेल्दा १८ अंक बनाएको छ। छैठौँ स्थानमा रहेको नेपाल पुलिस क्लबको १७, सातौँमा रहेको च्यासल युथ क्लब, आठौँमा रहेको एनआरटी र नवौँमा रहेको संकटा तीनै क्बलको १५ अंक, १०औँ मा रहेको फ्रेन्ड्सको १४ र एक खेल कम खेलेर ११औँ स्थानमा रहेको हिमालयन शेर्पाको १० अंक छ। 

१२ खेलमा दुई खेल मात्र जितेर दुई खेल बराबरी गरेको बिग्रेड ब्वाइज क्लबले ८ अंक र १२ खेलमा दुई खेल नै जितेर दुई बराबरी गरेको एपिएफले पनि ८ अंक नै बनाएको छ। रेलिगेसनमा परेको सरस्वतीको चार अंक छ। सरस्वतीले बिग्रेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने हिमालयन शेर्पालाई ४–३ ले हराएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

के भन्छन् प्रशिक्षक? 
लिगमा एक रेलिगेसन र एक विजेता टिम गरी दुई टिममा विशेष नजर हुनेछ। रेलिगेसनमा सरस्वती क्लब परिसकेको छ। विजेता टिममा भने आर्मी र मछिन्द्रको अन्तिम खेल फाइनल जस्तो बन्ने भएको छ।

लिग सुरु हुने बेला रेलिगेसनमा पर्दैनौँ भनेर लागिपरेका सरस्वती क्लबका प्रशिक्षक प्रदीप नेपाल स्ट्राइकर चल्न नसकेकाले आफूहरु रेलिगेसनमा परेको बताउँछन्। 

‘हामी रेलिगेसन भयौँ त्यसमा मुख्य त हाम्रो स्ट्राइकर नै भएन। सुरुमा रेलिगेसनमा पर्दैनौँ भनेर नै खेल्न आएका थियौँ तर फिनिसिङ नै कमजोर हुँदा रेलिगेसन हुन पुगेका हौँ’, प्रशिक्षक नेपाल भन्छन्, ‘ हाम्रो स्ट्राइकिङ बाहेक अरु पक्ष त राम्रो नै हो। अब ब्यबस्थापन कसरी अगाडि बढ्छ क्लबको लक्ष्य त्यहीअनुसार नै हुन्छ।’ 

उता अन्तिम खेलमा बराबरीले पनि लिग उपाधि जित्ने आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपाने आफूहरु अन्तिम खेलमा पनि आक्रामक रुपमा नै अघि बढ्ने बताउँछन्।  

Xtrem

Xtrem

‘हामीले अहिलेसम्म सोचेअनुसार खेलिरहेका छौँ। अब अन्तिम एक स्टेप बाँकी छ। त्यसमा हाम्रो पहिलो रोजाइँका खेलाडीहरु नै हुनेछन्। हाम्रो बेन्चमा रहेका खेलाडी पनि बलिया नै छन्’, प्रशिक्षक न्यौपाने भन्छन्, ‘मछिन्द्र पनि राम्रो टिम हो। हामी अन्तिममा पनि राम्रो खेल देखाएर नै उपाधि उचाल्न चाहन्छौँ। बराबरी भए पनि हामी विजेता हुनेछौँ तर हामी बराबरी भन्दा जितका लागि नै बढ्ने छौँ।’  

लिग अन्तिममा आइपुग्दा विभागीय बाहेकका टिममा खेलाडीको ‘स्ट्रेन्थ’ कमजोर भएकाले आफूहरु बलियो देखिने प्रशिक्षक न्यौपानेलाई लाग्छ। 

‘अहिलेसम्म सबै खेल हेर्दा विभागबाहेक अरु टिमको स्ट्रेन्थ कमजोर भएको जस्तो लाग्छ। मछिन्द्रको टेक्निकल र विदेशी खेलाडी राम्रा छन्’ उनी भन्छन्, ‘विदेशी खेलाडीसँगै बिशाल राईलाई याद गरेर खेल्न सक्यौँ भने उपाधि जित्छौँ भन्ने छ। अन्तिम खेल गर र मरकै स्थिति हो। हामी सफल हुन्छौँ।’ 

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल १२औँ खेलमा संकटालाई ३–१ ले हराउन सकेकाले अन्तिम खेल केही सहज हुने अनुमान गर्छन्। 

‘हामीले संकटालाई जित्नै पर्ने थियो र जित्यौँ पनि अब विजेतामा बढ्न सजिलो भएको छ। हामी सानो टिमसँग पनि हारेका थियौँ त्यसैले डर त सबै खेलमा रह्यो नै’, प्रशिक्षक कटुवाल भन्छन्, ‘अन्तिम खेल फाइनल जस्तै भएको छ। त्यो खेलमा आर्मीको बराबरी नै काफी भएकाले जोगिएर खेल्छन् जस्तो लाग्छ। हामी भने जितका लागि अट्याकमा बढेर नै खेल्नुपर्ने हुन्छ।’ 

भरतको ५० गोलको खुसी 
२०६३ सालमा संकटाबाट लिग सुरु गरेका भरत खवास अहिले आर्मी क्लबमा महत्वपूर्ण खेलाडी हुन्। 

संकटाबाट पुलिस हुँदै फ्रेन्ड्स क्लब र आर्मीबाट लिग खेलेका भरत खवासले मंगलबार बिग्रेड ब्वाइज क्लबविरुद्ध गोल गर्दै लिगमा ५० गोल पूरा गरे। ५० गोलको खुसीमा रहेका भरत भन्छन्- ‘लिगमा गोल गर्न सजिलो छैन। टिम, व्यवस्थापन र अरु सबैको पनि सहयोग सल्लाह सुझावमा अघि बढ्दै गएँ र यहाँसम्म पुग्न सकेँ।’ 

भरतले २०६३ मा संकटाबाट ५ गोल, २०६६÷६७ मा फ्रेन्ड्सबाट ५ गोल, २०६८ मा पुलिसबाट १४ गोल गरेका थिए। २०६९ मा आर्मीबाट खेलेका भरतले ११ गोल गरेका थिए। त्यसपछि आर्मीबाट नै २०७० मा ४, २०७५ मा ४ र अहिले २०७६ मा ४ गोल गरेका हुन्। 

‘यो नै अन्तिम होइन, सन्तोष साहुखलले जस्तो सय गोलसम्म पुग्ने सपना पनि छ। त्यो सजिलो त छैन तर पनि सन्तोष दाइको पाइला पछ्याउँदै उहाँलाई भेट्ने प्रयास गर्छु,’ बिग्रेड ब्वाइजसँगको खेलपछि भरत भन्छन्, ‘५० गोल पूरा हुँदा छोरीको सम्झना पनि आइरहेको छ। उनी सधैँ मैदानमा मेरो खेल हेर्न आएकी हुन्थिन् तर आज उनलाई मैदानसम्म ल्याउने मान्छे पनि भएन।’ 

थप मेहनत गर्दै अगाडि बढ्ने र राष्ट्रिय टिममा सर्वाधिक गोलकर्ता बन्ने सपना रहेको भन्दै भरत भन्छन्– ‘मेरो सपना राष्ट्रिय टिममा सर्वाधिक गोलकर्ता बन्ने हो, तर आर्मीको तालिमले कति खेलहरु छुटेका छन्। तर त्यो गोलको कीर्तिमान म पूरा गर्छु भन्ने विश्वास छ।’

टिम कमजोर तर सफल आशिष
अहिलेसम्म लिगमा सर्वाधिक गोलमा छन् एपिएफका आशिष लामा। तर पुछारबाट दोस्रोमा रहेको एपिएफ भने एन्फाको एक टिम रेलिगेसन पर्ने नयाँ नियमले मात्र जोगिन सक्यो। सोमबार फ्रेन्ड्स क्लबलाई ५–२ ले हराउँदा दुई गोल गरेका आशिषले जारी लिगमा आठ गोल गरिसकेका छन्। 

लिगमा च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखल ७ गोलसहित सर्वाधिक गोलको दोस्रो स्थानमा छन्। उनले जारी लिगमा नै पुलिस क्लबविरुद्धको गोलपछि ‘ए’ डिभिजन लिगको इतिहासमा एक सय गोलको कीर्तिमानसमेत बनाएका थिए। 

यस्तै मनाङ मर्स्याङ्दीका बिमल राना र अन्जन बिष्ट साथै आर्मीका नवयुग श्रेष्ठले ६ गोल गरेका छन्। सरस्वतीका कजिम बुसारीले ५ गोल गरेका छन्। 

लिगमा चार गोल गरेका खेलाडीमा मछिन्द्रका सोमिडे एडेलेजा, आर्मीका भरत खवास, हिमालयन शेर्पाका विजय श्रेष्ठ, फ्रेन्ड्सका उत्तम राई, मछिन्द्रका दीपक राई, पुलिसका सुमन लामा, थ्री स्टारका सन्जोग राई, संकटाका अजया कायोडे र आर्मीका सन्तोष तामाङ रहेका छन्। 

यस्तै लिगमा तीन गोल गरेका खेलाडीमाहरुमा च्यासलका हायाटो वाकिनो, एनआरटीका दर्शन गुरुङ, थ्री स्टारका लाल राम्भारा, मछिन्द्रका देवेन्द्र तामाङ, एपिएफका प्रविण कुमार स्याङतान, फ्रेन्ड्सका वाग्नेर डे कार्मो र थ्री स्टारका अनन्त तामाङ रहेका छन्। 

लिगमा अहिलेसम्म १ सय ६६ खेलमा १ सय ७६ गोल भएको छ। ८६ जना खेलाडीले गोल गरेका छन्। त्यसमा दुई गोल गर्ने खेलाडी १८ जना छन् भने एक गोल गर्ने खेलाडी ४५ जना रहेका छन्। 

अब कसको खेल कोसँग? 
लिगमा १२औँ चरणको एक खेल मात्र बाँकी छ। जसमा आज दिउँसो १ बजे एन्फा कम्प्लेक्सको मैदानमा हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब खेल्दैछन्। यसपछि सबै टिमका एक खेल बाँकी रहनेछ।

बाँकी ७ खेलमा ६ खेल एन्फा कम्प्लेक्सकै कृत्रिम मैदानमा हुनेछ भने मछिन्द्र र आर्मीबीचको अन्तिम खेल दशरथ रंगशालामा हुनेछ। 

अन्तिम चरणको खेलमा मछिन्द्र र आर्मीसँगै नेपाल पुलिसविरुद्ध फ्रेन्ड्स, एपिएफविरुद्ध बिग्रेड ब्वाइज, सरस्वती युथ क्लबविरुद्ध संकटा क्लब, हिमालयन शेर्पाविरुद्ध एनआरटी, थ्री स्टारविरुद्ध च्यासल युथ, जावलाखेल युथविरुद्ध मनाङ मर्स्याङ्दीको खेल हुनेछ। 
 

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
कोशीदेखि सुदूरपश्चिमसम्म वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सोमबार, असोज १९, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर सोमबार, असोज १९, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
बालेनलाई ज्ञानेन्द्र शाहीको जवाफ: धन्न पृथ्वीनारायण शाहले नेपाल बनाएर प्रधानमन्त्री हुन पाएका छौँ आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्