• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १, २०८२ Thu, Jan 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बोलीका ‘खरा’ आइजिपी ज्ञवालीका ७ चुनौती

64x64
नेपाल लाइभ मंगलबार, माघ २८, २०७६  २०:२०
1140x725

काठमाडौं- नेपाल प्रहरीको २७औं संगठन प्रमुखको रूपमा बुधबारबाट कार्यभार सुरु गर्ने जिम्मेवारी पाएका ठाकुरप्रसाद ज्ञवालीको आम छवि ‘खरो’ छ।

मनमा लागेको कुरा प्याट्टै बोलिहाल्ने स्वभावका उनी यसअघिका केही आइजिपीभन्दा भिन्न स्वभावका छन्।

प्रहरी संगठन प्रमुख अहिले ‘हिरोइजम’को लोभबाट ग्रस्त छन्। ‘हिरोइजम’मा मंगलबारबाट अवकाश पाएका सर्वेन्द्र खनालले उच्चतम बिन्दु नै छोएका थिए। त्यो विषयमा भने ज्ञवाली निक्कै टाढै देखिएका छन्, साढे २९ वर्षको कार्यकालमा। उनी जहाँ कार्यरत रहे पनि 'लो प्रोफाइल'मा बसेर काम गरेको पाइन्छ। 

प्रहरी नियमावलीमा रहेको सेवा अवधिको प्रावधान कायमै रहने हो भने कम बोल्ने र खुरुखुरु काम गर्ने स्वभावका ज्ञवालीको कार्यकाल छोटो छ। कार्यकाल जति छोटो छ, चुनौतीको चाङ भने उति नै ठूला छन्।

ज्ञवालीका प्रमुख ७ चुनौती
१. खस्किएको मनोबल उकास्ने

बुधबार नै आइजिपीबाट बिदाइ भएका सर्वेन्द्र खनालको कार्यकालमा प्रहरी संगठनका सदस्यहरूको मनोबल खस्किएको छिपेको छैन।

सुन तस्करीको अनुसन्धान गरेकै आधारमा निलम्बित मात्रै होइन, जेल नै बस्नुपर्ने अवस्था आयो प्रहरीका लागि। निलम्बनमा परेर अदालत धाउनुपर्ने अवस्था पनि आयो प्रहरी संगठनका सदस्यलाई। यसले जोखिम मोल्नुपर्ने खालका अपराधको अनुसन्धान गर्न प्रहरीको मनोबल उत्साहित थिएन।

कानुनले तोकेको जिम्मेवारी पूरा गरेकै आधारमा व्यक्तिगत रूपमा अदालत धाउनुपर्ने अवस्था नआउने वातावरणको निर्माण गर्नु ज्ञवालीका लागि सबैभन्दा ठूलो चुनौती हो। 

Ncell 2
Ncell 2

२. क्षमता अनुसारको जिम्मेवारी
नैतिकता निभाउँदै जिम्मेवारी पूरा गर्ने प्रहरी कर्मचारीका लागि खनालको कार्यकाल सुखद् हुन सकेन। अपहरण र बालक हत्याको आशंकामा डेढ घण्टा नियन्त्रणमा लिएर भक्तपुरको जंगलमा लगी इन्काउटमा संलग्न प्रहरी हुन् या घुमुवाको भेषमा असुलीमा सक्रिय नै किन नहुन्, उनीहरुका लागि खनालको कार्यकाल सुखद बन्यो। व्यक्तिगत 'इगो'का कारण समेत खनालले तल्ला तहका प्रहरी कर्मचारीलाई दुःख दिएको आरोप लाग्ने गरेको छ। 

केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरोजस्ता महत्वपूर्ण निकायको नेतृत्व सम्हालेर निस्क्रिय हुनेहरूलाई पनि हाइसञ्चो नै थियो।

५ महिनामा क्षमताअनुसारको जिम्मेवारी, जिम्मेवारीअनुसारको दण्ड र पुरस्कारको प्रबन्ध गर्नसक्नु नवनियुक्त आइजिपी ज्ञवालीको अर्को चुनौती हो। 

३. निर्मला प्रकरणको अनुसन्धान टुंग्याउने
खनालको कार्यकालमा सधैं बिझाउने घटना हो किशोरी निर्मला पन्त बलात्कार तथा हत्या। यसको अनुसन्धान टुंग्याउने जिम्मेवारी आइजिपीको फुलीसँगै अब ज्ञवालीका काँधमा जिम्मेवारी आएको छ। डिआइजी हुँदै ज्ञवाली आफैंले पनि निर्मला बलात्कार र हत्या घटनाको अनुसन्धान गरेकाले उनी अनुसन्धान असफल हुनुको कारणबारे जानकार छन्। उनले चाहे छोटो कार्यकाल भए पनि अनुसन्धान टुंगिन सक्छ। 

५. बोली हैन, काम
प्रहरी प्रमुखको कुर्सीमा पुगेपछि आर्थिक र व्यवहारिक पारदर्शिताका ठूला कुरा गरिने गरिए पनि व्यवहारमा पटक्कै देखिन्न।

तल्ला दर्जाका प्रहरीको पिरमर्का हेर्ने, आम नागरिकलाई कानुनी राज्यको अनुभव गराउनेभन्दा पनि ठेक्कापट्टाको फाइलमै आइजीको ध्यान बढी केन्द्रित हुने गरेको विगतका अनुभवले देखाएको छ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशिलताको कुरा गरे पनि व्यवहारमा संगठन प्रमुख अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाउनुपर्ने अवस्थाको अन्त्यका लागि व्यवहारमै भ्रष्टाचारविरुद्धको गतिविधि आवश्यक छ। मुहान सफा भए चुहान आफैं सफा हुन्छ नै। उनको साढे २९ वर्षको कार्यकालमा आर्थिक अनियमितता र बदमासीको छिर्को समेत नपरेकाले उनले चाहे यो सम्भव छ। 

६. नारा मात्रै होइन, काम पनि
‘प्रहरी मेरो साथी', 'समुदाय-प्रहरी साझेदारी', 'मुस्कानसहितको प्रहरी सेवा', 'नागरिक बिना बर्दीका प्रहरी' लगायत थुप्रै नाराको कमी प्रहरी संगठनमा छैन। तर कार्यान्वयनमा कुनै प्रभावकारी देखिएन। आम नागरिकले प्रहरी हाम्रै लागि हो भन्ने अनुभव गर्न नसकेको अवस्थामा संगठनको नेतृत्वमा आएका ज्ञवालीसामु संगठनको प्रहरीको छवि आम नागरिकमैत्री बनाउने चुनौती छ।

७. संघीय कानुन निर्माण प्रहरी समायोजन
संघीय संरचनामा गएर प्रदेश सरकार सक्रिय भए पनि प्रहरी अझै संघीय संरचनामा जान सकेको छैन। कानुनहरू थन्किएर बसेका छन्। संघीय प्रहरी ऐन अगाडि बढ्न सकेको छैन।

ज्ञवालीले आफ्नो कार्यकालमा यी सबै प्रक्रिया टुंग्याउन सक्छन्। त्यसका लागि चाहिने इमान्दार प्रतिबद्धता र 'फास्ट-ट्रयाक'को कार्यशैली मात्रै हो।
 

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ १, २०८२
गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा बिहीबार, माघ १, २०८२
डडेल्धुराको रास्वपा टोलीसँग राखेर बालेनले भने- सागर ढकालनै डडेल्धुराको फिक्स्ड उम्मेदवार हो बुधबार, पुस ३०, २०८२
कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी बुधबार, पुस ३०, २०८२
रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्