• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राणालाई टक्कर दिन ५५ झ्याले दरबार

दरबार छोडेर ओढारमा पढ्थे मोहनविक्रम सिंह
64x64
नेपाल लाइभ शनिबार, माघ २५, २०७६  २२:४५
1140x725

प्यूठान- प्यूठान हालको झिमरुक गाउँपालिका-४, कौछेमा ८६ वर्ष इतिहास बोकेको ५५ झ्याले घर छ। आकर्षक कलाकृतियुक्त यो घर काठ र इट्टाले प्रयोग गरेर बनाइएको हो। इटा प्रयोग गरेर प्यूठानमा पहिलो पटक यो घर बनेको बताइन्छ। आठकोठे भव्य यो घर उबेला आलिसान महल मानिन्थ्यो। यो घरको माथिल्लो तलामा भान्छाघर छ। 

काठैकाठको भर्‍याङ अहिले पनि यथावत् छ घरमा। काठ, इँटालगायतका स्थानीय सामग्री प्रयोग भएको भएपनि यो घर बनाउने कालिगढ भने काठमाडौंबाट झिकाइएको थियो। २ वर्ष लगाएर बनाइएको यो घर उतिबेला दरबारका नाममा दर्ज भयो। अहिले पनि यो घरलाई दरबार भन्ने नै बढी छन् प्यूठानतिर। उतिबेला जिल्लामा यति आलिसान र भव्य घर कसैले बनाएका थिएनन्।

उतिबेलै बनाइएको भए पनि यो वातावरणमैत्रीको नमुना पनि हो। दरबारको बीच भाग खुला छाडिएको छ। कचहरी गर्ने थलो हो यो खुला भाग उतिबेला। घरका झ्याल र ढोका काष्ठकलाले सिंगारिएका छन्। झट्ट हेर्दा तत्कालीन राजा र राणाहरूको दरबारजस्तो लाग्ने यो घर नेपालका अधिकांश कम्युनिस्ट नेताका गुरु मानिने मोहनविक्रम सिंहका पिता खिमविक्रमले बनाएका हुन्। उनले तत्कालीन राणा शासकलाई चुनौती दिन भव्य महल निर्माण गरेका हुन्।

२००७ साल अघि राणाहरूको जगजगी थियो। २००७ सालमा प्रजातन्त्र आउनुअघि राणाहरूसँग सर्वसाधारणले प्रतिस्पर्धा गर्न पाउँदैनथे। तर मोहनविक्रम सिंहका पिता खिमविक्रमले वि. स. १९९८ सालमै राणासँग पौठेजोरी खेलेका थिए, ५५ झ्याले भव्य दरबार बनाउन सुरु गरेर। वि. स. २००० मा निर्माण सम्पन्न भएको यो दरबार बनाउन दर्जनौं कालिगढ दुई वर्षसम्म प्यूठानमै बसेका थिए। 

राणाहरूलाई चुनौती दिन खिमविक्रमले दरबार मात्र बनाएनन्। नामबाट समेत राणाहरूलाई चुनौती दिए उनले। नामको पछाडि राणापरिवारले मात्र बहादुर र विक्रमजस्ता मध्यनाम राख्न पाउँथे। यसलाई चुनौती दिए खिमविक्रले। उनले आफ्नो नाम र थरका बीचमा ‘विक्रम’ थपे, राणाहरूलाई चुनौती दिनकै लागि।

अहिले धन हुनेले ठूला घर बनाउनु र नामका पछाडि 'बहादुर', 'विक्रम', 'ध्वज' लेख्नु सामान्य भइसक्यो। त्यसबेला यस्तो लेख्न र ठूला घर बनाउन राणा र राजपरिवारलाई मात्र स्वीकृति थियो।

खिमविक्रमले ५५ झ्याले दरबार बनाएपछि यसको चर्चा चारैतिर फैलियो। काठमाडौं बाहिर पनि ५५ झ्याले दरबार बनाएर तत्कालीन शासक राणाहरूसँग टक्कर गरेको आरोप लाग्यो उनीमाथि। खिमविक्रम सिंहले थुप्रै मुद्दा खेपे। थुप्रै पटक प्रक्राउ परे।

तत्कालीन राणाहरूले आफूहरूको अस्तित्वसँग टक्कर गर्न खोजेको आरोपमा सर्वश्वहरणसहित डाँडा कटाउने आशयसहितको मुद्दा लागेको गाउँका बुढापाकाहरू बताउँछन्। त्यतिबेला राणाको कुनै पनि काम देखासिकी गरेको थाहा पाए डाँडा कटाउने वा मुद्दा चलाइन्थ्यो। पछि 'राणाको नक्कल होइन' भनेपछि दुई वटा झ्याल बन्द गर्नुपरेको थियो। यसपछि मात्र खिमविक्रमले सफाइ पाए।

Ncell 2
Ncell 2
nimb
nimb

मुद्दा हारेपछि उनले १ हजार ८४ रुपैयाँ जरिवाना तिरेका थिए। तर कारबाही भोगे पनि विक्रम लेख्न भने छाडेनन्। ठूलो रकम तिरेपछि उनलाई जुद्ध शमशेरले विक्रम लेख्न छुट दिएका थिए। अहिले खिमविक्रमका सन्ततिहरूले नाममा विक्रम जोड्दै आएका छन्। मोहविक्रम लगायत सबै छोराहरूले त्यसैलाई निरन्तरता दिएका छन्। खिमविक्रमका चार श्रीमती थिए। गाउँमा खिमविक्रम सम्पन्न मानिन्थे। त्यसबेला उनको घरमा काम गर्नेहरू दर्जनौं थिए। 

ठूलो घर बनाउन उनले माटो पोलेर इँटा बनाउन गाउँमै कालिगढ झिकाएका थिए। त्यतिबेला जिल्लामा कसैले पनि इँटाले घर बनाएका थिएनन्। बांगेसाल र दरभान क्षेत्रबाट बेठ (झारा)मार्फत् काठ बोकाएर ल्याइएको थियो। तीनतले घरको माथिल्लो तलासम्म घोडा पुग्न सक्ने बनाइएको छ। हाल घरको माथिल्लो तलामा भान्छाघर छ। काठैकाठको भर्‍याङ अझसम्म पनि उतिकै बलियो देखिन्छ। गाउँ डुलेर आएपछि उनी त्यही भर्‍याङबाट घोडामै चढेर भान्छाकोठामा पस्थे भन्ने छ। वि.सं. १९६० मा जन्मिएका खिमविक्रमको २०२१ सालमा मृत्यु भएको थियो। खिमविक्रमको निधन भएको वर्षौं बिते पनि त्यो घर अझै उस्तै ठडिएको छ।

खिमविक्रम बाँचुन्जेल चर्चाको केन्द्रमा रहेको पुराना कम्युनिस्ट नेता खगुलाल गुरुङले बताउँछन्। खगुलाल मोहनविक्रमसँगै कम्युनिस्ट बनेका थिए। 'खिमविक्रम निडर स्वभावका थिए,' खगुलाल भन्छन्, 'उनी हाम्रो किसान आन्दोलनसँग मात्र डराएका हुन्। खिमविक्रम मुद्दा, लडाइँ, झगडामा जिल्लाभर प्रख्यात थिए। मच्छीमा भएको झगडामा उनको गर्धनमा खुकुरी प्रहार भएको थियो। ठूलो घाउ लागेको भएपनि बाँचेका थिए। उनको घाउ सेक्न थुप्रै घिउ खर्च भएको हल्ला चलाइएको थियो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गन्धर्वहरूले मच्छीको त्यो घटनाबारे गीत पनि बनाएका थिए।
कालो बाख्रो काटीकाटी सारंगीलाई ताँती।
जति काट्दा पनि नकाटिने खिमविक्रमको घाँटी।।

यो गीत पछिसम्म पनि गन्धर्वहरूले प्रयोग गरिरहेका स्थानीयहरू बताउँछन्।  

‘उनको अघिपछि हिँड्ने सहयोगी निकै बलिया र लडाकु स्वभावका थिए,’ ७५ वर्षीय पूर्णबहादुर जीसी बताउँछन्, 'गाउँमा बदमासी गर्ने र उनको भनाइ नमान्ने कोही देखे भने उनी नियन्त्रणमा लिइहाल्थे। घरमा मान्छे थुन्ने छुट्टै कोठा थियो। त्यो कोठा अझै पनि छ।’ कोठामा थुनी कोर्रा लगाएर मान्छेलाई ठीक पार्ने गरेको पूर्णबहादुर बताउँछन्। 

मुद्दामामिला गर्न पनि खप्पिस थिए, खिमविक्रम। उनको नाम सुन्ने प्यूठान, गुल्मी, अर्घाखाँची, दाङ र रोल्पाबासी मुद्दा मामिलामा फसाउलान् भनेर डराउँथे।

काङ्ग्रेस परिवारका खिमविक्रमको त्यो जगजगी उनका माइला छोरा (मोहनविक्रम) पितासँग विद्रोह गर्न थाले। गाउँका सोझासाझालाई अन्यायमा पारेको मोहन विक्रम सहँदैनथे। घरमा रहेको भकारी फोरेर मोहनविक्रमले गरिबलाई अन्न बाँड्न लगाएको गाउँका बुढापाका बताउँछन्। मोहनविक्रम र खगुलालको अगुवाइमा जिल्लामा पहिलोपटक रातामाटामा कम्युनिस्ट पार्टीले श्रम शिविर चलाएको थियो। 

बुबा सुरुमा सामन्ती संस्कारको भएकाले आफू बुबासँग विद्रोह गरेको मोहनविक्रम बताउँछन्। त्यसैकारण कम्युनिस्ट बनी कम्युनिस्ट दर्शनका किताब पढ्न थाले। घरमा पढ्ने वातावरण नभएपछि नजिकैको ओढारमा बसेर मोहनविक्रम पढ्ने गर्दथे। यही ओढारमा तत्कालीन अवस्थामा कम्युनिस्टको बैठकसमेत बस्थ्यो।

यो घरमा अहिले खिमविक्रमका ठाहिला छोरा महेन्द्रविक्रम सिंह बस्दै आएका छन्। घर हेर्न आउनेजाने बढ्न थालेका मोहनविक्रम बताउँछन्।

प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  २२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हुम्लामा चार करोड खसीको व्यापार
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
सम्बन्धित सामग्री
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्... मंगलबार, कात्तिक १०, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
हुम्लामा चार करोड खसीको व्यापार मंगलबार, कात्तिक १०, २०८३
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्