• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

वुहान अनुभूति : हरेक दिनपछि अर्को १४ दिन सुरु हुन्छ

64x64
नेपाल लाइभ शुक्रबार, माघ २४, २०७६  ०९:४६
1140x725

कोठाभित्रै थुनिएर बसेको ९औं दिन भइसकेको थियो। त्यतिञ्जेल हामीलाई कोठाको बत्ती बाहेक अरु कुनै ठाउँबाट उज्यालो आउलाजस्तो लाग्नै छाडेको थियो। तर, १ फ्रेब्रुअरीको दिउँसो करिब ५ बजेतिर नेपाली दूतावासले सुरु गरेको विच्याट समूहमा एउटा उज्यालो छायो। सूचना थियो- ‘नेपालले वुहानबाट आफ्ना नागरिक उद्धार गर्ने। घर फर्कन इच्छुकले फर्म भर्नुपर्ने।‘

एकाएक अवस्था फेरिने भयो। हामीले उत्साहित हुँदै फर्म भर्‍यौं।

कहिले नेपाल फर्किन पाइएला भनेर तड्पिरहेका हामीहरु सबैले १०/१२ घण्टामै फर्म भरिसक्यौं। यहाँ रहेका करिब १८० जना मात्रै होइन, हाम्रा परिवार, साथीभाइ र शुभचिन्तकहरु सबैमाझ त्यो उत्साह विस्तारित भयो। कम्तीमा यो भयको अवस्थाबाट पार पाइने भइयो, आफ्नै घर फर्किन पाइने भइयो जस्तो लाग्यो।

दिन बित्दै गयो। एक, दुई, तीन... पाँच, छ दिन बित्यो। तर अहँ! घर फर्काइने बारे कुनै आधिकारिक सूचना आएन।

त्रासमा बस्न बरु अलि सहज थियो। कम्तीमा बाटो र विकल्प थिएन। तर, त्रासबाट निकाल्छु भनेर आश्वासन पाइसकेपछि पर्खाइमा बस्नु झन् धेरै पीडादायी हुँदोरहेछ।

चीनमा रहेको नेपाली दूतावास र नेपाल सरकारले हामीलाई झुक्याएको छ।

सँगै पढ्ने विदेशी विद्यार्थीहरुलाई उनीहरुको सरकार र दूतावासले घर फर्काइसकेको छ। हाम्रै छिमेकी देश भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंकाले पनि आफ्ना नागरिकलाई फिर्ता लगिसकेका तीन दिनभन्दा बढी भइसक्यो।

हरेक स्वाभिमानी नागरिकको मनमा आफू जन्मिएको, नागरिकता लिएको र पासपोर्ट बोकेर हिँडेको मातृभूमि आफ्नो नागरिकहरुप्रति जिम्मेवार भइदियोस् भन्ने लाग्दोरहेछ। हरेक मध्यरातमा हामीले ‘कहाँ छ मेरो देश’ भनेर सोच्नुपर्दा दिक्क लाग्दोरहेछ।

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल सरकारले मानोस् वा नमानोस, अधिकांश विद्यार्थीको मन र मस्तिष्कमा अहिले गहिरो चोट परेको छ। हरियो पासपोर्ट बोक्नुको अर्थ हराएको छ। कोरोना भाइरसले भन्दा हरियो पासपोर्टको शून्य ओझले बढ्ता त्रासदी दिएको छ।

विषम परिस्थिति र अवस्थाबाट भयभित हुँदा, आफ्नै देशको माटो देऊ, पानी देऊ, भविष्यको लागि आशा देऊ र बाँच्नको लागि सास देऊ भनेर माग्दै गर्दा पाइएन भने कुनै पनि नागरिकका लागि देश र देशभक्ति अन्तिम सत्य नहुँदो रहेछ।

गन्दागन्दै १६ दिन बित्यो। हामी अझै पनि एउटा कोठामा सीमित भइरहेका छौं।

तपाईं कोही पनि वुहान बाहिर बसेर यहाँको जनजीवन कल्पना गर्नसक्नुहुन्न। यदि गर्दै हुनुहुन्छ भने त्यस्तो दुस्साहस गर्न छाडिदिनुहोस्। यतिबेला हामीमध्ये अधिकांश छाक गनेर खाना खान बाध्य भएका छौं। पिउने पानीको समस्या छ। बाहिरको स्थिति २० बाट १९ भएको छैन। संक्रमणको दर झनै बढ्दो स्थितिमा छ। निस्कने माहोल छैन। त्रास उस्तै छ। समस्या झन्‌पछि झन् बढिरहेको छ।

हामीले जोहो गरेको तरकारी सकियो। केही गेडा आलु र रित्तिदै गएको चामल र दालका बट्टा हेरेर खान पुग्ने दिन गन्नुपरेको छ। बजारमा प्रोटेक्टिभ मास्कको अभाव छ। हामीसँग भएका मास्क र स्यानिटाइजर सकियो।

उपलब्ध भएकै कुरा पकाउन किचेन जानुपर्छ। इन्डक्सन चुलो र माइक्रोवेव छुँदा अरु कसकसले छोइसकेका होलान् भनेर डर लाग्छ। मुटु काँप्छ। फोहोर फाल्न माथिका तलाबाट पहिलो तल्लासम्म झर्नुपर्छ। हरेकपटक तल झर्दा र माथि चढ्दा लिफ्टको बटम छुनुपर्छ। कसैले कतै खोक्यो, हाँच्छ्युँ गर्‍यो भने तनाव बढिहाल्छ।

भाइरसको संक्रमणकालीन समय २ देखि १४ दिन भनिएको छ। वुहानले १४ दिन ‘आइसोलेट’ भएको दिन त काट्यो। हामीले पनि साथसाथै काट्यौं। तर, किचेन छिरेपछि, फोहोर फालेपछि, अर्को व्यक्तिलाई देखेपछि हाम्रो भने नयाँ १४ दिन सुरु हुने गरेको छ।

सरकारले यदि हामीलाई अहिल्यै लगेर १४ दिन ‘क्वारेन्टाइन’ अर्थात् छुट्टै शिविर वा अस्पतालमा राखेर निगरानी गर्दा ठूलो जोखिम हुनेछैन। सरकारले हामीबाट जोखिमबारे चिन्ता नगरे हुन्छ। बरु, एयरपोर्ट वा अन्य नाकाबाट नेपाल छिरिसकेका चिनियाँ पर्यटक वा देशकै अन्य नागरिकबाट हुन सक्ने जोखिमबारे चिन्ता गर्दा उचित हुनेछ।

कोरोना भाइरसकै शंका गरिएका चिनियाँ नागरिक पोखराबाट सम्पर्कविहीन हुँदा चिन्ता नगर्ने सरकार यो लम्बेतान नाटक केलाई गर्दैछ? भाइरस पत्ता लागेपछि तर वुहान ‘लकडाउन’ हुनुभन्दा अगाडि यहाँबाट केही साथीहरु नेपाल आएका थिए। उनीहरुले हामी वुहानबाट आएका हौं, हाम्रो परीक्षण गर्नुपर्‍यो भन्दै स्वयं शुक्रराज ट्रपिकल अस्पताल, टेकु जाँदा पनि, लक्षण देखिएपछि मात्रै आउनु, अहिले किन आएको भनियो। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएर पठाउने सरकार यही कुरामा यति गम्भीर छ भन्नु र देखाइनु ढोंग मात्रै हो।

हालसम्म यहाँ भएका हामी कोही विद्यार्थी वा नागरिकलाई भाइरस वा लक्षण देखिएको छैन। सम्भावित उद्धार प्रक्रियामा भाइरस संक्रमण गर्ने अवस्थालाई ध्यान दिइएको हो भने त्यति धेरै चिन्ता नलिन आग्रह गर्छौं। हामी धेरैजसो आफैँ चिकित्सा वा जीव विज्ञानका विद्यार्थी भएकाले सुरक्षित हुने तरिका बुझेका छौं। र, अरुलाइ पनि संक्रमण हुन नदिने कुरामा पूर्ण विश्वस्त छौं। 

यति भन्दै गर्दा, हामी सुरक्षित नै छौं, नेपालमा पनि हुनेछौं भन्ने अर्थ नलागोस्। हामी आफूलाई नेपाल पुगेपछि पनि १४-१५ दिन पूर्णरुपले क्वारेन्टाइनमा राखिनुपर्ने र सरकारले त्यसको व्यवस्था यथाशीघ्र गर्नुपर्ने भनिरहेका छौं। होइन भने, सरकारले हामी कतिलाई संक्रमण भएपछि वा हामी कति मरेपछि लास र सास सँगै लैजाने सोचिरहेको हो, यकिन गरेर संख्या तोकिदिए हाम्रा बाँकीका दिन र रातहरु पर्खाइमा बित्ने थिएनन्।

देशमा स्रोत र साधन छैनन्। हो, छैनन्। तर, यस्तो विषम परिस्थिति र अन्तर्राष्ट्रिय जगतले हेरिरहेको अवस्थामा साधन जुटाउन नखोज्नु र नसक्नु एकदमै दयनीय र अक्षम्य छ। देश गरिब भएकोमा हामी जनताले केही माग्न हुँदैन है भन्ने जुन मनोविज्ञान स्थापित भएको छ, त्यो हट्नु जरुरी छ।

काल्पनिक गरिबी सिर्जना गरेर देश लुटिएको कयौं उदाहरण हामीलाई थाहा नभएको होइन। जनता गरिब हुन् तर देश गरिब छैन। गरिब जनताको पसिना निर्यात गरेर जुटेको राज्यको सम्पत्तिमा (अन्य कुरामा कलम थाती राख्दै) राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र वर्तमान तथा भूतपूर्व भिआइपीहरुले देश विदेशमा उपचारकै नाममा अरबौं दोहन गर्ने गरेको हामीले देखेकै छौं। यस्तो राष्ट्रले आफ्नै नागरिकले (अधिकांश विद्यार्थीहरु, जसलाई राष्ट्रका भविष्य हुन् भनिन्छ) विषम परिस्थिति भोगिरहेका छन्, उनीहरुले घर फर्किन चाहन्छु भन्दा १८० जनाको लागि बस्ने ठाउँको निर्क्यौल गर्न नसक्नु लाजमर्दो अवस्था हो।

चीनले २३०० शैय्याको दुई नयाँ अस्पताल बनाउने समयभन्दा बढी आफ्नो विद्यार्थी फिर्ता ल्याउन लगाउनु हदैसम्मको लज्जास्पद र हिनताबोध गराउने कुरा हो।

नजिकैको सयौंको चीत्कार सुन्दै नसुनेर बाहालवाला मन्त्रीले चीनमा रहेका नेपाली नागरिक समस्यामा नपरेको, तीन छाक खाना खुवाएर राखेको बताउँदै नेपालमा पनि आइसोलेसनमा राख्नुपर्ने र त्यसका लागि तयारी गर्नुपर्ने भएकाले उद्धारमा बिलम्ब भएको भनिरहेका छन्। यस्तो सुन्दा, हामीलाई कथित 'सतिले सरापेको देशमा' दुर्भाग्यवश जन्मेका त हौं कि भन्ने महशुस भइरहेको छ।

‘तिम्रो देशले लैजान्छ भने तिम्रो देश फर्की जाऊ’ भनेर चीनले भन्दै गर्दा जब राष्ट्र र व्यवस्था आफ्नो नागरिकको सच्चा सेवक र संरक्षक हुन सक्दैन भने, कोही पनि नागरिक देशप्रतिको मायाले वशीभूत हुनेसक्ने छैन।

व्यक्ति र व्यवस्थाले नागरिकको आपतमा उद्धारका लागि बिगुल फुक्दैन भने देशले कसकोचाहिँ भलो गर्छ? यस्ता प्रश्नले बारम्बार मस्तिष्कमा घोचिरहन्छ।

यो पीडा कुनै भौंतारिएर हिंडेको गल्लीको पागल प्रलाप होइन। कुनै सन्काहाको क्षणिक आवेग पनि होइन। यो आफ्नो नागरिकप्रति गैरजिम्मेवार, अवहेलना गर्ने राज्य र व्यवस्थाले आशा, भरोसा र सपना कुल्चिएपछि निस्किएको एउटा विद्यार्थीको कठोर अभिव्यक्ति हो।

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६  ०९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सभापति थापाको संयोजकत्वमा १५ औं महाधिवेशन व्यवस्थापन समिति गठन मंगलबार, भदौ २, २०८३
संविधान संशोधनका लागि सर्वोच्च अदालतका अवकाशप्राप्त प्रधानन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्न कांग्रेसको माग मंगलबार, भदौ २, २०८३
नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्