काठमाडौँ –इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ मे १७ बाट पुनः सुरु हुने भएको छ । यस सिजनको फाइनल खेल भने जुन ३ मा हुने छ ।
आइपिएलले आफ्नो एक्स ह्यान्डलमा यो जानकारी दिएको छ । मे ८ मा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल रद्द भएपछि आइपिएल एक हप्ताका लागि स्थगित गरिएको थियो ।
हिमाचल प्रदेशको धर्मशालामा आइपिएलमा पञ्जाब र दिल्लीबीचको खेल चलिरहेको थियो र यसैबीच रंगशालामा ब्ल्याकआउट भयो र खेल रद्द गरिएको थियो ।
भारतीय रक्षा मन्त्रालयका अनुसार मे ८ को राति पाकिस्तानले भारतका धेरै ठाउँमा मिसाइल र ड्रोनबाट आक्रमण गरेको थियो । तर अब अवस्था विस्तारै सामान्य बन्दै गएपछि पुनः सुरु गर्ने तयारी गरिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।