• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

काठमाडौंमा खसेको गोरीदेवीको आँसु

64x64
नेपाल लाइभ मंगलबार, माघ २१, २०७६  १९:४५
1140x725

काठमाडौं– कलेटी परेका ओठ। निधारमा देखिन्छन् उमेरका धर्सा। चाउरिएका गालाबाट खहरे बनेका छन् आँसु। ७१ वर्षमा रोल्पाबाट पहिलो पटक काठमाडौं आएकी गोरीदेवीलाई सुहाउँदो स्वरुप होइन यो। तर नियतिले समय फेरिदिएपछि स्वरुप उस्तै कहाँ रहनु!

चरचर चिरिएका पैतालाले उमेरको यति लामो उकालो चढिसक्दा गोरीदेवीले पीडा त पहिले पनि भोगिन्। आँसु त पहिले पनि खसेको हो। तर रोल्पाबाट काठमाडौं आएर खसेको यो आँसुले खप्न सकिने शक्ति कमजोर बनेको छ। उनी बेहोसझैँ टोलाइरहेकी छिन्।

हुन त रोल्पाको सुनिलस्मृति गाउँपालिकाकी गोरिमाया विष्ट यसरी रोएकै महिना दिन भयो। छातीको घाउ उसैगरी हरदिन चहर्‍याइरहेको छ। पहिले खाटो बनिसकेका घाउसमेत आलो बनिदिएको छ।  

गएको पुस १६ गते गोरीदेवीमा नयाँ पीडा थपिएको हो। के थियो त त्यो घटना जसले गोरीदेवीका आँखा महिना दिनसम्म बगिरहेको छ?

हुन त यो समय गोरीदेवीलाई प्रश्न सोध्ने समय होइन। मनको बह कहने अवस्था पनि उनमा कहाँ देखिन्छ र! तर बिसाएका पीडाले नै हुन् थोरै भए पनि साहस मिल्ने।

गोरीदेवीका कान्छा छोरा सुरेन्द्रकुमार विष्ट परदेश र घरदेश ओहोरदोहोर गर्न थालेको १२ वर्ष बितेको थियो। उनी मलेसियामा काम गर्थे। समय मिलाएर पारीवारिक भेटघाटका लागि घर आउँथे। छोरा आउने दिन गनिरहने गोरीदेवी उनी आएपछि फर्कने दिन गन्न विवश हुन्थिन्।    

यो वर्ष पनि मंसिरमा छुट्टीमा आएको छोरा मलेसिया फर्कने दिन औँला भाँचेर गनिरहेकी थिइन् गोरीदेवी। छोरा आएको बेला विवाह गरेर बुहारी भित्र्याउन पाइएला भन्ने कत्रो ठूलो आश थियो गोरीदेवीलाई। तर सुरेन्द्रकुमारले विवाहबारे केही कुरा गर्न चाहेनन्। एक दुई गर्दै सुरेन्द्रकुमार विदेश फर्कने दिन पनि नजिकै आयो।

‘कान्छो फेरि जाने दिन नजिकिँदा खल्लो लागिरहेको थियो तर पनि फेरि कमाएर देश फर्की आउँछ भन्ने झिनो आश लागिरहेको थियो,’ केहीबेर आँसु थामेर गोरीदेवीले सुकसुकाउँदै सुनाइन्।

Ncell 2
Ncell 2
nimb
nimb

केही दिनमै मलेसिया उड्दै थिए सुरेन्द्रकुमार। मलेसिया जानका लागि पुस १७ गते उनको काठमाडौं आउने तयारी थियो। एक सरो लुगा र आमाको कोसेली पोको पारिसकेका थिए। तर, पुस १७ गते उनी बेहोस भए। केही रोग थाहा नभएका बेला अचानक बेहोस भएका सुरेन्द्रकुमारको केही बेरमै ज्यान गयो।

‘बरु विदेश हुँदा त छोरा आउने जाने गर्दथ्यो। अब त ऊ कहिल्यै आउँदैन, कान्छो कहिल्यै फर्किँदैन...’ गोरीदेवीले यो पटक रोक्न खोजेको रुवाइ झनै भक्कानियो। उनको गला अवरुद्ध भयो। धेरैबेर पछ्यौरीले मुख ढाकिन्। रोहिरहिन्।

०००

गोरीदेवी र उनका श्रीमान् खेतबारीमै काम गर्थे। अभावकै बीच पनि भरिपूर्ण थियो मन। सँगै थिए दुई छोरी र चार छोरा। सन्तान वरपर हुँदा दुःख पनि जिउन मिल्ने थियो। दिनभरको कामले छाक अघाउँदो हुन्थ्यो।

छोराछोरीलाई हेरेर त्यसै दंग पर्थिन् गोरीदेवी। उनीहरूको सुन्दर भविष्यको कल्पनामा पुलकित हुन्थिन्। तर खान लाउनकै परिश्रममा कतिञ्जेल मुस्कुराओस् ओठ।

अभावमा दिनहरुले आवश्यकता अझ बढाइदिए। बढेका छोराछोरी पढाउन सकिनन्। ठूला मान्छे बनाउने सपना अभावसँगै तुहियो। बाँकी बसेको सपना थियो अभावमा रहेका हर घरको कथाजस्तो- खाडी पस्ने।

‘हामी मेलापात, अर्मपर्म, ज्याला मजदुरी गरेर मुस्किलले जीवन चलाइरहेका थियौँ, छोराहरु हामीले जस्तै दुःख भोग्न किन चाहन्थे र! विदेश जाँदा खुसी पाइन्छ भनेर यनीहरु त्यस्तै सोच्न थाले’ गोरीदेवीले सुनाइन्। जेठा र कान्छा छोरा साहुबाट ऋण लिएर विदेश हिँडे।

घरबाट टाढा बसेर केही वर्ष कमाएको पैसा साहुको ऋण तिर्नै ठिक्क भयो। मिलाएर घर फर्कने र विदेश फर्कने चलिरह्यो। छोराहरु आउँदाको खुसी र जाँदाको दुःख गोरीदेवीले तारन्तर भोगिरहिन्। एक दिन कहिल्यै विदेश नफर्कने गरी स्वदेश फर्कलान् भन्ने आश त आमाको मनमा छँदै थियो।

‘जेठो छोरो पनि विदेश गएको...’ गोरीदेवीले जेठो छोराको नियति पूरा सुनाउन सकिनन्। भक्कानो अझ जोडले छुट्यो। मनभित्र गढेको पुरानो व्यथासमेत बल्झियो। ओठ काप्न थाले। बोलि फुटेन।

‘जेठो पनि कान्छोझैँ विदेशबाट आएका बेला मृत्यु भएको थियो। भीरबाट लडेको थियो। बचाउन सकिएन,' रोल्पाबाट गोरीदेवीसँगै काठमाडौं आएका साथीले उनको वाक्य पूरा गरिदिए।

सन्तानको वरपर बसेर रमाउन पर्ने बुढेसकालमा गोरीदेवी गहिरो वेदनामा छन्।

उनको भाग्य पटकपटक निमोठिएको छ। गरिबी र अभावले पिरोलेको जीन्दगीमा सन्तानको वियोगले विक्षिप्त बनाएर दुखाएको छ।

‘अहिले म कमाउन जान्छु। काम गरेर खुसी लिएर फर्कन्छु भन्थ्यो, सानैदेखि टाढाको टाढै भयो। अब त कहिल्यै नजिक नहुने गरी गयो,' गोरीदेवीका यो वाक्य बरबराएजस्तो गरी सुनियो।  

सुरेन्द्रकुमारले पसिनाले जोडेको पैसाले सहरमा सानो घर जोड्ने सपना आमालाई सुनाएका थिए। ‘कमाई सोचेजस्तो त छैन। धेरै कमाउन पढिएको पनि छैन। फेरि नेपालमा बसेर के गर्नु, केही वर्ष अझै परदेशमै बस्छु,' सुरेन्द्रकुमारले आमासँग यसै भनिरहन्थे।

‘हामी बिहे गरेर अर्काको घर गइहाल्यौँ, अब त भाइहरूले खुसी ल्याउलान् भन्ने कत्रो आश थियो। आमालाई दुःखले कहिल्यै छाडेन,' गोरीदेवीसँगै बसिरहेकी जेठी छोरीले झनै आँसु थपिदिइन्।

०००

करार अवधिमै छोराकोे ज्यान गएपछि वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता पाइन्छ भन्ने सुनेर गोरीदेवी ७१ वर्षमा राजधानी आएकी हुन्। जेठी छोरी र एक आफन्तको साथमा।

पहिलो पटक काठमाडौं टेकेकी उनले यहाँ पनि आँखाअघि छाइरहेको छोराको अनुहारबाहेक अरु देखेकी छैनन्। गाउँले देख्ने सहरको रमझम उनले देखेकी छैनन्। एकोहोरो टोलाइरहेकी छिन्। बेलाबेला झस्किएकी छिन्।

रोल्पाबाट दुई दिन धाएर वैदेशिक रोजगार बोर्ड आइपुगेकी गोरीमायाले वैदेशिक रोजगार कल्याणकारी कोषबाट ७ लाख रुपैयाँ आर्थिक सहायता पाइन्।

यसअघि वैदेशिक रोजगारीको करार अवधिमै स्वदेश फर्किएको अबस्थामा ज्यान गुमाएमा यस्ता व्यक्तिका परिवारले आर्थिक सहायता पाउने प्रावधान थिएन। 

गएको वैशाखमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको बोर्डको बैठकले करार अवधिमा स्वदेश तथा विदेश जहाँसुकै ज्यान गुमाए पनि ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने निर्णय गरेको थियो।

त्यही निर्णयअनुसार गोरीदेवीलाई थोरै भए पनि आर्थिक राहत मिल्यो। उनी अब केही दिनमै रोल्पा फर्किंदैछिन्।

घरमा साइला र माइला छोरा छन्। साइलाको मानसिक सन्तुलन ठीक नभएकाले गोरीदेवीले नै स्याहार गर्नुपर्ने अवस्था छ। माइला आमाबाले झैँ खेतबारीकै मेहनतमा गुजारा गरिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६  १९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्