• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरसको जोखिम कति? रोकथामका लागि के गरिँदैछ? [१५ प्रश्नोत्तर]

64x64
नेपाल लाइभ सोमबार, माघ २०, २०७६  २१:१२
1140x725

एजेन्सी- अहिले कोरोना भाइरसबाट करिब १७ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठनले विश्व संकटकालको घोषणा गरिसकेको छ।

कोरोना भाइरसका कारण चीनमा ३ सय ६० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ। यो भाइरस चीनको वुहान सहरमा गत डिसेम्बरमा पहिलो पटक देखिएको थियो।

विज्ञहरुका अनुसार यसबाट संक्रमित हुनेको संख्यामा अझै वृद्धि हुँदै जानेछ। 

नोवेल कोरोना भाइरस अहिले विश्वभर चिन्ताको विषय बनेको छ।

के हो कोरोना भाइरस?
चीनबाट फैलन सुरु गरेको कोरोना भाइरस अहिले विश्वव्यापी भइरहेको छ। यसअघि यस्तै अन्य ६ वटामात्र भाइरसहरूको समूहबाट हुने संक्रमण बुझिन्थ्यो भने अहिले देखा परेको भाइरस नयाँ प्रकारको भएको बताइएको छ।

सेभियर अक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)‚ जुन भाइरसका कारण सन् २००१ मा ७ सय ७४ जनाको मृत्यु भएको थियो भने ८ हजार ९८ जना यसबाट संक्रमित भएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

‘सार्सले एकदमै बलियो छाप छोडेर गएको छ‚ जहाँबाट धेरै डर पैदा हुन्छ। त्यसबाट हामीले कसरी यसको तयारी गर्ने भन्नेजस्ता विषयमा धेरै कुरा सिकेका छौं‚’ वेलकम ट्रस्ट सम्बद्ध डाक्टर जोसी गोल्डिङ् भन्छन्।

के हुन् यसका लक्षणहरु?
 सुरुमा ज्वरो आउने‚ सुक्खा खोकी लाग्ने‚ यस्तो भएको करिब एक सातापछि पूरा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखियो भने कोरोना भाइरसको संक्रमण रहेछ भन्ने आँकलन गर्न सकिन्छ। पाँचमध्ये एउटा केस चाँहि खतरनाक मानिन्छ। 

प्रत्यक्ष रुपमा देखिने लक्षणमा नाकबाट पानीजस्तो पदार्थ लगातार बगिरहनु र हाच्छ्यूँ लाग्नु पनि हो। कोरोना भाइरसको एउटा परिवार नै छ‚ जसमध्ये केही कोरोनाले सामान्यमात्र असर गर्छन् भने केही कोरोना भाइरस ज्यानै समेत लिन किसिमका हुन्छन्।

‘हामीले नयाँ प्रकारको कोरोना भाइरसको बारेमा जान्नुपर्दा‚ पहिला त त्यसका लक्षणहरू कत्तिको खतरनाक छन् भन्ने विषयमा जान्न चाहन्छौं। तर‚ यो भाइरसको लक्षण भने जाडोमा देखिने सामान्य रुघा खोकीका लक्षणभन्दा अलिक जटिल नै देखिन्छ। तर‚ यो नोवेल कोरोना भाइरस सार्सभन्दा खतरनाक भने होइन।’ एडिनवर्ग विश्वविद्यालयका प्रोफेसर मार्क वुलहाउसले भने।

यो भाइरसको जोखिम कति?
सामान्यतः अहिले कति जना यसबाट संक्रमित छन् र दैनिक कत्तिको हाराहारीमा मानिसहरुको मृत्यु भइरहेको छ भन्ने आँकलबाट कुन केस कत्तिको खतरनाक भन्ने विषयमा अनुमान लगाउन सकिन्छ।

अहिलेको नोवेल कोरोना भाइरसको तथ्याङ्क हेर्दा संक्रमित बिरामीमध्ये करीब २ प्रतिशतको हाराहारीमा मात्र मृत्यु भएको पाइएको छ। हजारौं कोरोना संक्रमित बिरामीहरू अझै पनि अस्पतालमा उपचाररत छन्।

र यसबाट अझै कतिजनाको मृत्यु हुने हो यसबारेमा ठ्याक्के भन्न सकिने स्थिति छैन। त्यसैले विश्वस्तरमा नै यो भाइरसबाट मृत्यु हुनेको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ।

कहाँबाट सुरु भयो यो भाइरस?
नयाँ भाइरसहरू जुनसुकै बेला पनि मानिस अथवा पशुमा देखिन सक्छन्।

भाइरसहरु आफ्नो स्वरुप परिवर्तन गरेर नजानिँदो तवरले मानव शरीमा प्रवेश गर्छन्।

‘यदि हामीले विगतलाई केलाउने हो भने‚ अन्य झैं यो नोवेल कोरोना भाइरस पनि जनावरबाट नै आएको हुनसक्छ‚’ युनिभर्सिटी अफ नोटिङ्गमका भाइरोलोजिस्ट प्रोफेसर जोनाथन बलले जानकारी दिए।

अहिले दक्षिणी चीनको वुहान प्रान्तमा रहेको ‘सिफूड होलसेल मार्केट’बाट पनि यो भाइरसको संक्रमण सुरु भएको आंकलन गरिएको छ।

तर‚ भर्खरैमात्र गरिएको एक अध्ययनले गत डिसेम्बरमा कोरोना संक्रमित एक बिरामीलाई सोधपुछ गर्दा यो रोगको उक्त मार्केटसँग कुनै सम्बन्ध रहेको भने देखिँदैन। सार्स भाइरसको संक्रमण सुरुमा सिवेट नामक बिरालोमा देखिएको थियो। पछि यही भाइरस मानिसमा सरेको भनी पुष्टि भएको थियो

मिडल इस्ट रेस्परेटोरी सिन्ड्रोम (मेर्स)‚ जसले सन् २०१२ मा करीब ८ सय ५८ जनाको ज्यान लिएको थियो भने २ हजार ४ सय ९४ जनामा यसको संक्रमण फैलिएको थियो। सो समयमा उक्त भाइरस ड्रोमेडरी ऊँटबाट मानिसमा सरेको थियो।

कुन जनावर?
यदि कुनै जनावरमा नोवेल कोरोना भाइरस पत्ता लगाउन सकियो भने यो भाइरसलाई नियन्त्रणमा लिन धेरै सजिलो हुने कुरा विज्ञहरू बताउँछन्। समुद्रमा जाने स्तनधारी जनावरहरूबाट कोरोना भाइरस मानिसमा सरेको हुनसक्ने अनुमान गरिएको छ।

साउथ चाइना सिफूड होलसेल मार्केटमा कुखुरा‚ चमेरा‚ मुसा‚ सर्पहरू ज्युँदै पनि बेच्ने गरिन्छ। जसबाट नोवेल कोरोना भाइरस सरेको हुनसक्ने विज्ञहरू बताउँछन्।

अहिलेसम्मको अध्ययनअनुसार सबैभन्दा बढी सम्भावना चमेरोको हर्ससू ब्याट्स् नामक चमेरोको एक प्रजातीबाट सरेको हुनसक्नेमा रहेको जनाइएको छ। 

यही चमेरो नै महामारीको मूख्य कारण हो भन्ने बारेमा भने अझै पुष्टी भइनसकेको बताइएको छ।

चीनमै किन?
प्रोफेसर उल्हाउसका अनुसार चीनमा जनसंख्याको आकार र जनघजत्व बढी भएको र धेरै मानिसहरुको र जनावरहरूको सम्पर्कका कारण चीनमा नोवेल कोरोना भाइरसको संक्रमण भएको हो।

कति सहजै यो भाइरस मानिसमा फैलन्छ?
नोवेल कोरोना भाइरसको संक्रमण सुरु हुँदा चिनिया अधिकारीले उक्त भाइरसको संक्रमण कतै नफैलिएको बताएका थिए।

एक अध्ययनअनुसार वैज्ञानिकहरूले हरेक संक्रमित व्यक्तिबाट अरु २ देखि ३ जनामा सर्ने गरेको बताएका छन्।

संक्रमण भएको कति समयपछि लक्षण देखा पर्छन्?
चिनिया वैज्ञानिकहरूका अनुसार मानिसहरु यसको लक्षण देखिनुभन्दा अगावै कोरोना भाइरसबाट संक्रमित भइसकेका हुन्छन्। 

नोवेल कोरोनाबाट संक्रमित भएको समयभन्दा करीब २ सातापछि यसका लक्षण देखिन थाल्छन्।

सार्स र इबोला भाइरसबाट व्यक्ति संक्रमित हुनासाथ मानिसमा तिनका लक्षणहरू देखापर्न थाल्छन् भने कोरोना भाइरस संक्रमित भएका व्यक्तिमा केही समयपछि मात्र यसका लक्षणहरु देखिन सुरु गर्छन्।

बिरामी व्यक्तिहरूको पहिचान गरेर छुट्टै स्थानमा राखेर उपचार गर्नु नै यसलाई नियन्त्रण गर्ने अहिलेको प्रमुख उपाय हो।

लण्डनस्थित इम्पेरियल कलेजमा सांक्रामक रोग विभागकी प्रोफेसर वेन्डी बार्क्लेका अनुसार कोरोनाले फोक्सोको संक्रमण गराउँछ र लक्षणबिना नै यो अन्य व्यक्तिमा सर्न सक्छ।

‘सामान्य रुपमा सास लिइरहेको मानिसमा पनि कोरोना भाइरस सर्न सक्छ। संक्रमित व्यक्तिसँग प्रत्यक्ष कुराकानी गर्दा पनि भाइरस सर्न सक्छ‚’ उनले भनिन्।

उनका अनुसार यो भाइरस स्वाइन फ्लूजस्तो विश्वव्यापी भइसकेको छैन। यस्ता लक्षणबिनाका संक्रमणलाई रोक्न भने चीनलाई कठिन नै पर्नेछ।

कति तीव्र रूपमा फैलन्छ कोरोना?
यसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ। ‘युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार चीनबाहेकका २४ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

जसमा जापानमा २०‚ थाइल्याण्डमा १९‚ सिङ्गापुरमा १८‚ अस्ट्रेलियामा १२‚ ताइवानमा ११‚ मलेसियामा ८‚ दक्षिण कोरियामा १५‚ फ्रान्समा ६‚ अमेरिकामा ११‚ जर्मनीमा १०‚ भियतनाममा ८‚ युएईमा ५‚ क्यानडामा ४‚ इटलीमा २‚ रसियामा २‚ बेलायतमा २‚ कम्बोडियामा १‚ फिनल्याण्डमा १‚ भारतमा २‚ नेपालमा १‚ फिलिपिन्समा २ र श्रीलङ्कामा १‚ स्पेनमा १ र स्वेडेनमा१ जना संक्रमित भएका छन्।

युनिभर्सिटी अफ हङ्कङले भने सार्वजनिक गरिएको भन्दा धेरै संख्यामा संक्रमित भएको दाबी गरेको छ।

किन गरियो विश्व आपत्काल घोषणा?
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस पनि इबोला र स्वाइन फ्लूजस्तै भएको भन्दै विश्व स्वास्थ्य संकटकाल घोषणा गर्‍यो।

गरीबीको रेखामुनी रहेका देशहरूलाई मध्यनजर गर्दै संकटकाल घोषणा गरेको बताउँदै विश्व स्वास्थ्य संगठनले उनीहरूले यस्तो प्रकारको संक्रमणको सामना गर्न नसक्ने भएकाले संकटकाल घोषणा गरिएको बताएको छ।

भाइरसले आफ्नो रुप बदल्न सक्छ?
जुनसुकै बेला पनि भाइरसले आफ्नो रुप बदल्छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोना भाइरसमा संक्रमण गराउने क्षमता अझ बलियो भएको छ।

तर‚ कोरोना भाइरसको परिवर्तनबाट कस्तो अवस्था आइपर्छ भन्नेबारेमा भने अझै स्पष्ट हुन सकिएको छैन।

यसलाई वैज्ञानिकहरूले नजिकबाट अध्ययन गरिरहेका छन्।

महामारी कसरी रोक्न सकिन्छ?
भाइरस कहिले पनि निर्मूल हुन सकिँदैन त्यसैले चीनले मात्र यो महामारीको अन्त्यका लागि केही गर्न सक्छ भन्ने विश्वास आम जनमानसमा छ। सार्स भाइरसको औषधि पनि चीनले नै पत्ता लगाएको थियो।

संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरसको संक्रमण सर्न नदिनु नै यसको नियन्त्रणको सबैभन्दा ठूलो उपाय हो।


•    मानिसहरूको जमघटमा कमी ल्याउने।
•    हात धुन र यसबाट बँच्ने अन्य उपायका बारेमा जनचेतना फैलाउने।
•    सुरक्षित ड्रेसका साथ डाक्टरहरूले संक्रमित बिरामीलाई छुट्टै स्थानमा राखी उपचार गर्ने।

मूख्यतः यस भाइरसबाट संक्रमित बिरामीलाई पहिचान गरी उनीहरूलाई सुरक्षित स्थानतर्फ सार्नु नै हो।

यसको उपचार सम्भव छ?
यो भाइरसलाई रोक्नका लागि विभिन्न खोपहरूको बारेमा अनुसन्धान भइरहेको छ। अनुसन्धानबाट मर्स भाइरसलाई रोक्न सक्ने खोपको विकास भयो भने कोरोनाको लागि पनि खोप पत्ता लगाउन सजिलो हुने अनुसन्धाताहरू बताउँछन्।

अस्पतालहरूले एन्टी-भाइरल औषधिको बारेमा अनुसन्धान गरिरहेका छन्। 

सार्स भाइरसका कारण देखापरेको महामारीका अन्त्यका लागि चीनले दुईवटा औषधि-लोपिनाविर र रिटोनाबिरको सम्मिश्रणबाट एन्टी-भाइरल ड्रग्स पत्ता लगाएको थियो। जसबाट सार्स भाइरस नियन्त्रण भएको थियो।

बिरामीहरुलाई अलग ठाउँमा राखेर उपचार गर्दा भाइरस अरुमा सर्न पाउँदैन। तर बिरामीहरूका लागि श्वासप्रश्वासको सहज वातावरण सिर्जना गर्नुपर्ने चिकित्सकहरूले बताएका छन्। 

चीनले यसलाई कसरी सामना गरिरहेको छ?
चीनले यसको नियन्त्रणका लागि सकेसम्म गरिरहेको छ।

बिरामीलाई छुट्टै स्थानको व्यवस्था गर्नेदेखि लिएर संक्रमित क्षेत्रमा यातायातदेखि तथा सबै उडानहरू बन्द गराएर यसको नियन्त्रणका लागि अभूतपूर्व कार्यहरू गरिरहेको छ।

मानिसहरूको जमघटलाई रोक्ने‚ द ग्रेट वालजस्ता पर्यटन आउने क्षेत्रहरू पर्यटकहरूलाई प्रवेश निषेध गर्ने‚ जनावरको मासु बेच्नमा रोक लगाउने जस्ता महत्वपूर्ण कार्यहरू गरिरहेको छ।

चिनको वुहान शहरमा २ हजार तीन सय बिरामी अट्ने दुईवटा नयाँ अस्पतालहरूको निर्माण भइरहेको छ।

विज्ञहरू यसलाई लिएर कति चिन्तामा छन्?
डाक्टर गोल्डिङ्स भन्छन्‚ ‘यसको बारेमा अझ धेरै जानकारी प्राप्त नगरेसम्म हामी कत्तिको चिन्तित हुनुपर्ने भन्ने विषय स्पष्ट हुँदैन।

‘यदि कुनै मानिसहरूमा पहिलो पटक नयाँ भाइरस देखापर्छ भने त्यो विषयमा चिन्ता हुनु स्वभाविक हो। किनकी यसले जस्तोसुकै अवस्था पनि ल्याउन सक्छ।’ प्रोफेसर बल भन्छन्‚ ‘यदि एकपटक यस्ता भाइरसहरू (मानव) कोषमा प्रवेश गरे भने यिनीहरूले आफूजस्तै अरू भाइरसहरु पनि पैदा गर्छन्। र आफ्नो रुप परिवर्तन गरेर झन् खतरनाक रुप लिन सक्छन्।’

यसको रोकथामका लागि एन्टी-भाइरल खोपको विकास सम्भव छ?
अहिलेको समयमा यसको रोकथामका लागि कुनैपनि खोपको आविष्कार भएको छैन‚ जसले हामीलाई यसको संक्रमणबाट बचाउन सकोस्।

तर‚ वैज्ञानिकहरू यसलाई रोक्नका लागि खोपको विकास गर्न लागि परिरहेका छन्। 

यो नयाँ प्रकारको भाइरस भएकाले योभन्दा अघि सो भाइरस मानिसमा देखिएको थिएन।

त्यसैले यसको बारेमा डाक्टरहरूले अझ बढी सिक्नुपर्ने भएको छ।

(बिबिसीले प्रकाशन गरेको सामग्रीका आधारमा तयार पारिएको हो।)

भावानुवाद : प्रदीप खद्योत

प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  २१:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पराजुलीको सभापतित्वमा प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन
प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
राष्ट्रियसभा उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पराजुलीको सभापतित्वमा प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समिति गठन सोमबार, चैत २३, २०८२
प्रतिनिधिसभामा २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सोमबार, चैत २३, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध निर्वाचित सोमबार, चैत २३, २०८२
इन्धन कर हटाएर जनतालाई राहत दिन खुश्बु ओलीको माग सोमबार, चैत २३, २०८२
प्रतिनिधि सभा बैठक, २०८२ चैत २३ गते, सोमबार (लाइभ) सोमबार, चैत २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्