• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

द्वन्द्वमा श्रीमती गुमाएका पुरुष पुनः विवाहित, श्रीमान् गुमाएका महिला भने एकल

64x64
नेपाल लाइभ आइतबार, माघ १९, २०७६  ०७:४३
1140x725

सशस्त्र द्वन्द्वमा श्रीमान् गुमाएकी राेल्पाकी धनमाया पुन।


रोल्पा- विवाह हुँदा १९ वर्षकी थिइन् रोल्पा नगरपालिका २ थलिवाङकी ओमकुमारी डाँगी। विवाह भएको केही दिनपछि श्रीमान् खड्कबहादुर नेपाली सेनामा भर्ना भए। विवाह भएको ५ वर्षपछि २०५८ साल मंसिर ८ गते दाङको घोराहीमा रहेको सेनाकाे व्यारेक आक्रमणमा खड्कबहादुरको मृत्यु भयो। ओमकुमारी दम्पत्ती ५ वर्षमात्रै सँगै बसे। 

तत्कालीन माओवादीले पहिलो पटक नेपाली सेनामाथि आक्रमण गर्दा दाङमा रहेको भगवतीप्रसाद गुल्म कब्जा गर्ने बेला खड्कबहादुर दोहोरो भिडन्तमा मारिएका थिए। खड्कबहादुरको मृत्यु हुँदा छोराको उमेर ३ वर्ष ९ महिना र छोरीको उमेर १ वर्ष ३ महिनाको मात्रै थियो। ओमकुमारीका श्रीमान् मारिएको १८ वर्ष पूरा भइसकेको छ। अहिले उनका छोराछोरी हुर्किसकेका छन्।

२०५४ सालमा श्रीमान् गंगाराम पुन भूमिगत हुँदा धनमाया २२ वर्षकी थिइन्। सशस्त्र द्वन्द्वकाे सुरुवाती दिनमा प्रहरीको निसानाबाट बच्दै गंगाराम घर आउने जाने गर्दा उनलाई अभिभावक नभएको अनुभूति भएन। जब २०५८ साल मंसिरमा सरकारले संकटकालको घोषणा गर्‍यो तब सुरु भयो धनमायाका दुःखका दिन। श्रीमान्‌सँग भेट हुन त कहाँ हो कहाँ, आफू र साना छोराछोरीसमेत असुरक्षित भएको महसुस गर्दै उनी पनि भूमिगत भइन्।

श्रीमान्‌को कार्यक्षेत्र प्यूठान आफू भने रोल्पामै। शान्ति सम्झौता हुनुभन्दा करिब २ वर्ष पहिले सेनाको घेराबन्दीमा गंगारामको हत्या भएपछि झन् उनी सँधैका लागि एक्ली भइन् उनी। देशमा भएकाे सशस्त्र द्वन्द्वमा रोल्पामा श्रीमान् गुमाएका महिलाको प्रतिनिधिपात्र हुन् ओमकुमारी र धनमाया।

२०/२२ वर्षकै कलिलो उमेरमा देश बदल्न हिँडेका उनीहरुका श्रीमान्‌ले न देश बदलिएको देख्न पाए न त आफ्नो परिवार नै बदल्न सके। 

स्थानीय शान्ति समिति रोल्पाको तथ्यांकअनुसार रोल्पामा १ फाल्गुन २०५२ देखि ५ मंसिर २०६३ को बीचमा सशस्त्र द्वन्द्वबाट प्रभावित वा पीडीत हुने महिलाहरुको संख्या उल्लेख्य छ। अपहरणमा परेका २ सय ४८ मध्ये ४२ जना महिला छन्।

यसैगरी विस्थापित ३ सय ४१ घरधुरीमध्ये ६ सय ५५ जना महिला छन्। सशस्त्र द्वन्द्वमा देशमै सबैभन्दा बढी मृत्यु हुनेको सूचीमा रोल्पा पर्दछ। रोल्पामा १ हजार ८ जनाको मृत्यु भएको थियो, जसमध्ये १ सय १८ जना महिला थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी हालसम्म बेपत्ता रहेका ५३ जनामध्ये ७ जना महिला छन्। टुहुरा १ सय ८३ बालबालिकामध्ये ८७ जना बालिका छन्। सशस्त्रद्वन्द्वमा अपांग हुने ६ सय ४६ मध्ये १ सय १५ जना महिला रहेका छन्। कार्यदलले सूचिकृत गरेर राहत पाउन योग्य एकल महिलाको संख्या रोल्पामा ३ सय ६८ जना रहेको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ। 

द्वन्द्वका श्रीमती गुमाएका पुरुषहरुमध्ये अधिकांशले अर्को विवाह गरिसकेका छन्। पुन:विवाह पश्चात पुरुषहरु नयाँ जीवनको सुरुवात भएको अनुभूति गरिरहेका छन्। तर, श्रीमान् गुमाएका महिलाहरुमध्ये अधिकांशले पुनः विवहा गरेका छैनन्।

‘एकाधले दोस्राे विवाह गरेका होलान्, नत्र अधिकांशले विवाह गरेका छैनन्‚’ महिला मानव अधिकारकर्मी तिर्था आचार्यले भनिन्। पुरुषप्रधान सोचका कारण पुरुषले तत्कालै विवाह गरिहाल्ने र महिलाले मृतक श्रीमान्‌कै नाममा बाँकी जीवन एक्लै जिउने देखिएको छ। 

उनीहरुमाथि लैंगिक हिंसा र घरेलु हिंसा, घरायसी कार्यबोझ त छँदैछ त्यसमाथि आर्थिक बोझसमेत थपिएको छ। सरकारले दिने राहत एकमुष्ट नदिएका कारण उनीहरुले ठोस काम नसकेकाे आचार्यको भनाइ छ। उनका अनुसार एकल महिलालाई हेर्ने दृष्टिकाेण अझै फेरिएकाे छैन। 

Xtrem

Xtrem

द्वन्द्वकाल वा अन्य अवस्थामा एकल भएका महिलाहरुको सामाजिक, आर्थिक, सांस्कृतिक अवस्था एउटै रहेको महिला अगुवा पुष्पा श्रेष्ठले बताइन्। द्वन्द्वमा एकल भएका र अन्य एकल महिला भनेर कित्ता काट गर्नुको साटो उनीहरुको संरक्षणमा एक हुनुपर्ने श्रेष्ठको तर्क छ। एकल महिलाहरुलाई दिने सामाजिक सुरक्षा भत्ता कम भएको श्रेष्ठले बताइन्। 

बन्दुक बोक्न र हलो जोत्न पनि पछाडि नपरेका रोल्पाली महिलाहरुको अवस्था निकै दयनीय रहेको मानव अधिकारका लागि एकल महिला समूह रोल्पाका अध्यक्ष तुलसा आचार्यले बताइन्। एकल महिलाहरु घरेलु हिंसाका साथसाथै यौन हिंसाबाट पनि प्रभावित हुने गरेको आचार्यले बताइन्।

सशस्त्र द्वन्द्वकाे समयमा बलात्कृत भई जन्मिएका बालबालिकाहरु अहिले नागरिकता बनाउने उमेरमा पुगेका छन्। आफ्ना बुबा किटान हुन नसक्दा अहिले उनीहरुको भविष्य समेत अन्धकार भएको आचार्य बताउँछिन्। उनले अपांग भएका महिलाहरुलाई कसैले न्याय दिन नचाहेको गुनासो पोखिन्।

माओवादीले संचालन गरेको दशवर्षे सशस्त्र द्वन्द्वमा महिलामाथि सरकार र विद्रोही दुवैपक्षबाट यातना र यौनजन्य हिंसा भएको महिला अधिकारकर्मी श्रीकुमारी रोकाको भनाइ छ। श्रीमान् गुमाएका, छोराछाेरी गुमाएका र आफैँ यातना भोगेका महिलाहरुलाई अरु महिलाभन्दा थप पीडा भएको रोकाले बताइन्।

राजनीतिक पहुँच भएका एकाध महिलाको अवस्थामा परिवर्तन आएको देखिए पनि समग्र द्वन्द्वपीडित रोल्पाली महिलाहरुको अवस्था दयनिय रहेकाे रोका बताउँछिन्। श्रीमान्‌को मारिएपछि छोराछोरीको संरक्षणमा जुटेकी धनमाया देवर तुकमान पुनको समेत हत्या हुँदा थप पीडित भइन्। 'संघर्षका बीचमा बाँच्न सक्नु नै जीवनकाे फरक अनुभूति रहेछ,' साथीभाइसँग कुरा गर्दा धनमाया भन्छिन्।

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  ०७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्