• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

साहसी आमाको कथा

जसले सन्तानलाई एक छाक खुवाउन कपाल बेच्नुपर्‍यो
64x64
नेपाल लाइभ शनिबार, माघ ११, २०७६  १२:३५
1140x725

नयाँ दिल्ली- भारतकाे तमिल नाडु सेलम जिल्लाकी ३१ वर्षीया प्रेमा सेल्भम एउटा दर्दनाक कहानी बोकेर हिँडिरहेकी आमा हुन्, जसले अप्ठ्याराे परिस्थितिमा पनि हार नमानी त्यसको सामना गरिन्। 

उनको पीडाको महसुस त तब हुन्छ जब उनी आफ्ना व्यथा सुनाउन थाल्छिन्‚ ‘भाेकाएकाे ७ वर्षको मेरो छोरोले विद्यालयबाट फर्किएपछि मसँग खाना माग्यो। जब खाना पाएन, चिच्चाएर रुन थाल्यो।’ तर‚ उनीसँग केही पनि थिएन। सेलम आफैंले आफूलाई अत्यन्तै असहाय महशुस गरिरहेकी थिइन्।

यो कुरा गत जनवरी ३‚ शुक्रबारको हो। उनको भान्सा रित्तो थियो। न त चुलो नै बलेको थियो। घरमा खानेकुरा केही नभएपछि भान्सामा केही पाकेको थिएन।

प्रेमाले सुनाइन्‚ ‘मसँग केही थिएन। यसले मलाई दुखाइरहेको थियो। मन पुरै भारी भएर आएको थियो। ‘यदि म आफ्ना सन्तानलाई खानासम्म पनि खुवाउन सक्दिनँ भने यस्तो जीवन बाँच्नुको पनि के अर्थ?’ भनेर सोच्न थालिसकेकी थिएँ।’

प्रेमासँग सम्पत्ति र गहनाको नाममा फुटेको कौडी पनि साथमा थिएन। न त कुनै बहूमूल्य सामान‚ जसलाई बेचेर छाक टार्न सकियोस्। प्रेमा बताउँछिन्‚ ‘मसँग १० रुपैयाँ पनि थिएन। घरमा केही प्लास्टिकका बाल्टिनमात्र बाँकी थिए।’

उनले कतै सुनेकी थिइन्‚ कपाल पनि बेच्छन् मान्छेहरू भनेर। त्यसपछि उनलाई आफ्नो शरीरमा पनि बेच्न बाँकी केही रहेछ भन्ने कुराको महशुस भयो।

प्रेमा भन्छिन्‚ ‘म एउटा यस्तो पसलमा गएँ जहाँ कपाल किन्न मानिसहरूको लाइन लाग्ने गर्थ्यो। त्यहाँ गएर मैले आफ्नो टाउकोको सबै कपाल बेचिदिएँ। यसबाट मलाई १५० रूपैयाँ मिल्यो।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रेमाले आफ्नो कपाल बेचेर कमाएको पैसाले उनलाई कुनै एउटा सामान्य होटलमा गएर एक प्लेट खाना मिल्ने जति पैसा हात परेको थियो। तर‚ उनले आफ्नो गाउँमा आएर केही बढी नै सामान किनिन् जसबाट उनलाई केही राहत मिलोस्।

प्रेमा भन्छिन्‚ ‘मैले २० रुपैयाँ प्लेटको ३ तीन प्लेट खाना मेरा तीन सन्तानको लागि किनें।’

प्रेमाले आफ्ना छोराले खाएर बाँकी रहेको खाना खाइन्। यो त मात्र एकदिनको कुरो थियो।  

प्रेमालाई थाहा भएको एउटा अन्तिम विकल्प त्यही कपाल थियो। अब त त्यो पनि रहेन। ‘अब भोलीका लागि खानेकुरा कसरी मिल्ला?’ यही चिन्ताले उनलाई खाइरहेको थियो। वर्षौंसम्म उनी आफ्ना श्रीमानसँग ईंट्टा भट्टामा काम गर्थिन्। यसबाट आफ्नो परिवारको गुजारा चल्नेजत्तिमात्र आम्दानी हुनेगर्थ्यो। 

उनको श्रीमानले अब आफ्नै ईंट्टाभट्टा चलाउने भनेर बैंकबाट लोन लिए। तर‚ त्यो ईंट्टाभट्टा धेरै समय टिक्न सकेन। कमाइको भाँडो रित्तिसकेकाले उनको श्रीमान चारैतिरबाट ऋणले घेरिइरहेका थिए। यो वेदना सहन गर्न नसकी सात महिनाअघि आफैंलाई जलाएर उनले आत्महत्या गरेका थिए।

प्रेमाको अन्तिम विकल्प ‘कपाल’ पनि बेचिसकेपछि उनको मनमा पनि आफ्नो श्रीमानको बाटो अँगाल्ने इच्छा जाग्यो। उनले आत्महत्याको कोशिस गरिन्। 

उनी सुनाउँछिन्‚ ‘कुनै एउटा पसलमा गएर विष मागेकी थिएँ।’

तर पसलेले उनको स्थिति देखेर उनलाई गाली गरेर त्यहाँबाट फर्काइदियो। घर फर्किएपछि उनले एक स्थानीय विषालु झारलाई पिसेर खाने निर्णय गरिन्। यसो गर्दै गरेको कुरा उनका छिमेकीले थाहा पाएर रोके।

प्रेमाका अनुसार उनलाई विष सेवन गर्नबाट जति पनि छिमेकी रोक्न आए ती सबैले श्रीमानले लगेको ऋणको कुरा उठाइरहेका थिए।

आफ्ना श्रीमानको मृत्यु भएपछि प्रेमामात्र परिवारमा एकजना थिइन् जो कमाएर परिवार पाल्नका लागि उमेरले योग्य थिइन्। उनी ईंट्टाभट्टामा काम गरिरहिन्। काम अति नै कष्टकर थियो तर पनि उनले चर्को घाम र दर्कने पानीको पनि परवाह नगरीकन हरदिन मेहनत गरिरहिन्।

प्रेमा सुनाउँछिन्‚ ‘जब म काममा जान्थें‚ दिनको २०० रुपैयाँ मिल्थ्यो। त्यो पैसा घर चलाउनका लागि पर्याप्त थियो।’

उनका तीन छोरामध्ये दुई छोरा विद्यालय जाने उमेरको नभएकाले ती छोरालाई पनि उनीसँगै लाने गर्थिन् प्रेमा। तर‚ उनले कपाल बेच्ने समयभन्दा तीन महिना अगाडिबाट उनी बिरामी भइन्। काममा जान नसक्दा उनको आर्थिक स्थिति दिनप्रतिदिन कमजोर हुँदै गइरहेको थियो।

प्रेमा भन्छिन्‚ ‘बिरामी भएकाले ईंट्टाको  बोझ सँधै झैं थेग्न नसक्ने भएकी  थिएँ। बिमारका कारण घरबाट बाहिर निस्कनै पनि समस्या हुने गरेको थियो।’

ऋणको दबाव
आम्दानी कम भएका कारण प्रेमाले ऋण तिर्न पाइनन्। पैसा दिनेहरूले दबाव दिन थाले। प्रेमा झन् निराश हुँदै गइन्। उनी अशिक्षित भएकाले उनलाई सरकारको योजनाहरूको बारेमा थाहा छैन। 

एकतर्फ प्रेमा लगातार बिरामी भएकाले ओच्छ्यानमा ढलिरहेकी थिइन्। अर्कोतर्फ ऋणको भारले उनलाई थिचिरहेको थियो।

यस्तो कठिन परिस्थितिमा उनलाई सहयोग गर्नका लगि एक अन्जान पुरुष आइपुगे – बाला मुरुगन।

बाला मुरुगन भन्छन्‚ ‘मलाई प्रेमाको बारेमा मेरो एउटा साथीले भन्यो। उसको ईंट्टाभट्टा प्रेमा बस्ने गाउँ नजिकै थियो।’

प्रेमाको यस्तो दर्दनाक कहानी सुनिसकेपछि मुरुगनको परिवारलाई उनीहरूको पनि कुनै बेलाको त्यस्तै दुःखदायी क्षण याद आयो। बाला भन्छन्‚ ‘म दश वर्षको हुँदा हाम्रो परिवारसँग खानका लागि चामलको एक सितोसम्म पनि थिएन। आमाले दैनिक पुराना कागज‚ किताब बेचेर चामल किनेर ल्याएर हाम्रो पेट भर्नुहुन्थ्यो।’

त्यो समय बालाकी आमाले पनि आफ्नो परिवारसहित आत्महत्याको प्रयास गरेकी थिइन्।

बाला सुनाउँछन्‚ ‘आमाले मलाई र मेरी बहिनीलाई एकैसाथ राख्नुभयो। सुरुमा आफैंले त्यो विषालु औषधि खानुभयो। जब बहिनीले पनि त्यो औषधिको चक्की  निल्न थाली उसलाई आमाले रोक्नुभयो र आत्महत्या नगर्ने निर्णयमा पुग्नुभयो।’

बालाकी आमा विष खाइसकेपछि अन्तिम अवस्थामा आत्महत्या नगर्ने निचोडमा पुगिन्। त्यही बेलामा बालाले सबै गाउँले बोलाएर अस्पताल पुर्‍याए। उक्त घटनापछि बालाले दिनरात मेहनत गरेर परिवारलाई गरिबीको चपेटाबाट बाहिर निकाले। उनी अहिले कम्प्युटर ग्राफिक्स सेन्टर चलाएर बसेका छन्।

बालाले प्रेमालाई आफ्नो परिवारको संघर्षको बारेमा सुनाएपछि प्रेमालाई पनि केही साहस आयो। प्रेमाको परिवारलाई खानको लागि केही मिलोस् भन्ने हेतुले बालाका साथी प्रभुले उनलाई केही आर्थिक सहयोग गरे।

यसपश्चात बालाले आफ्नो फेसबुकमा यी सबै घटना लेखे।

बाला भन्छन्‚ ‘एकदिनमै मलाई एक लाख बिस हजार आर्थिक सहयोग मिलेको थियो। मैले प्रेमालाई यो कुरा सुनाएँ। त्यसबेला प्रेमाको मुहारमा मुस्कान छाएको थियो।’ 

प्रेमालाई लाग्यो अब उनका दुःखका दिन गए। प्रेमाको अनुरोधमा बालाले रकम जुटाउन रोकिदिए। बाला सुनाउँछन्‚ ‘अब बाँकी रकम प्रेमा आफैंले काम गरेर फिर्ता गर्छु भनेकी छन्।’

उनलाई जिल्ला प्रशासन कार्यालयले पनि दूध बेच्न डिलरसिपको व्यवस्था गर्ने विश्वास दिलाएको छ।

बाला मुरूगनले पनि प्रेमालाई लगातार मद्दत गर्ने विश्वास दिलाएका छन्। अन्जान व्यक्तिबाट मिलेको सहयोगले प्रेमा औधी खुशी भएको कुरा बताउँछिन्। ‘यिनै विश्वासको आडले जिन्दगीमा फेरि उत्साह आएको छ।’ प्रेमा मन्द मुस्कान छोड्दै सुनाउँछिन्।

यो सामाग्री बिबिसी हिन्दीको सहयोगमा प्रदीप खद्योतले भावानुवाद गरेका हुन्।

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघ महासभामा भाग लिन आज अमेरिका प्रस्थान गर्दै प्रधानमन्त्री बालेन मंगलबार, असोज ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्