• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

अन्त:शुल्क स्टिकर खरिद अनिश्चितकालका लागि लम्बियो

अदालतमा पेशी चढ्दै सर्दै, उद्योगी भन्छन्–  कम्तिमा एकपटक परीक्षण त गरियोस् 
64x64
नेपाल लाइभ सोमबार, पुस १४, २०७६  १३:५९
1140x725

काठमाडौं-  सरकारले सुरु गरेको अन्तस्शुल्क स्टिकर खरिद प्रक्रिया अनिश्चितकालका लागि लम्बिएको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै स्थगित प्रक्रिया अहिलेसम्म अघि बढेको छैन। 

सर्वोच्च अदालतले कात्तिक २९ गते अल्पकालीन अन्तरिम आदेश दिँदै प्रक्रिया अघि नबढाउन सरकारलाई भनेको थियो। सर्वोच्च अदालतले नेपाली कम्पनीलाई प्रतिस्पर्धामा सहभागी नगराउने गरी प्रकाशित भएको बोलपत्रका विषयमा अन्तरिम आदेशलाई निरन्तरता दिनुपर्ने वा नपर्ने टुंगो लगाउन दुवै पक्षलाई बोलाउने र १५ दिनभित्र विपक्षीलाई लिखित जवाफ दिन पनि भनेको थियो। 

तर अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको डेढ महिनासम्म यो रिटको अर्को सुनुवाइ हुन सकेको छैन। दुईपटक मुद्दाको पेशी तोकिएको भए पनि हेर्न नमिल्ने बेन्चमा पर्‍यो। त्यसयता यो रिटको सुनुवाइ हुन सकेको छैन। 

मिराज प्रिन्टिङ सोलुसनका तर्फबाट सञ्चालक मनोहरराज घिमिरेले दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलाशले प्रक्रिया यथास्थानमा राख्न भनेको थियो। अदालतले मागेको जवाफ सरकारले बुझाइसके पनि सुनुवाइ नहुँदा प्रक्रिया नै अन्योलमा परेको हो। 

असोज १३ गते आन्तरिक राजस्व विभागले प्रकाशित गरेको बोलपत्रअनुसार अन्तशुल्क स्टिकर छपाइका लागि इन्टरग्राफको सदस्य भएको छपाइ कम्पनीमात्रै योग्य हुने र उसले निश्चित रकम बराबरको काम गरेको अनुभव हुनुपर्ने शर्त राखिएको छ। यो शर्तले युरोपेली कम्पनीलाई मात्रै प्रतिस्पर्धामा सहभागी गराउन खोजेको भन्दै संसदको सार्वजनिक लेखा समितिले प्रक्रिया रोक्न निर्देशन दिए पनि सरकारले मानेको थिएन। तर अदालतमा मुद्दा परेपछि सरकार रोकिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विभागले सुरक्षण मुद्रण उद्योगबाट मात्रै स्टिकर किन्ने गरी ठेक्का सूचना प्रकाशित गरेको छ। ठेक्का सूचनामा उल्लेखित शर्तका कारण आफूहरु प्रतिस्पर्धाबाटै बञ्चित भएकाले प्रतिस्पर्धाको अवसर माग गर्दै रिट हालिएको बताउँछन् रिट निवेदक घिमिरे बताउँछन्। ‘ठेक्का मलाई नै दिनुपर्छ भनेर मैले भनेको छैन, तर प्रतिस्पर्धाको अवसर दिनुस् भनेर भनेका हौं,’ उनले भने। 

नेपालमा सुरक्षण मुद्रणको लाइसेन्स सरकारले कसैलाई पनि दिएको छैन। अहिले सरकार आफैँ सुरक्षण मुद्रण उद्योग स्थापनाका लागि लागिरहेको छ भने दुई पटकसम्म औद्योगिक प्रवर्द्धन बोर्डमा पुगेको प्रस्ताव फिर्ता भइसकेको छ। २०७२ सालमा उद्योग विभागले दुई पटकसम्म बोर्ड बैठककमा यो प्रस्ताव अघि बढाएको भए पनि बोर्डले निर्णय गर्न अस्वीकार गर्‍यो। 

नेपाली उद्योगको एकसूत्रीय एजेण्डा, सरकार गर्दैन विश्वास

Xtrem
Xtrem

अहिले नेपालमा आफूहरुले उच्च प्रविधिसहितको मुद्रण उद्योग सञ्चालन गरिरहेको र त्यसले सरकारले मागेको आवश्यकता पुरा गर्न सक्ने बताउँछन् घिमिरे। ‘हामी अहिलेको नयाँ प्रविधिमा काम गरिरहेका छौँ, कम्तिमा हामीलाई सानो परीक्षणसम्म गर्ने गरी प्रतिस्पर्धामा सहभागी गराउनुस् भनेर भनिरहेका छौँ,’ उनले भने, ‘सरकारी निकायले हामीमाथि विश्वास नै गरेको छैन।’ 

तर सरकारी अधिकारीहरु भने सुरक्षण मुद्रण उद्योग स्थापनाको लाइसेन्स कसैलाई पनि नदिएको भन्दै अन्तर्राष्ट्रिय बोलपत्रको विकल्प नरहेको बताउँछन्। अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले यस्तो अवस्थामा बहसमा उत्रिनु ठीक नहुने उनीहरुले बताए। आन्तरिक राजस्व विभाग, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय र उद्योग मन्त्रालयसम्मका अधिकारीहरु सरकारले अदालतमा आफ्नो धारणा प्रस्तुत गरिसकेको अवस्थामा आफूहरुले थप अभिव्यक्ति नदिने बताउँछन्। 

‘हामीले पहिल्यैदेखि भन्दै आएको विषय हो, सुरक्षण मुद्रण उद्योग स्थापना भएको छैन भनेर सञ्चार मन्त्रालय र उद्योग मन्त्रालयलले लिखित जानकारी गराएको अवस्थामा हामीले नेपाली उद्योगलाई प्रतिस्पर्धा गराउन सक्ने अवस्था रहेन,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने। 

स्वदेशी उद्योगीहरुको क्षमता नपुग्ने र गुणस्तर पनि कायम गर्न नसक्ने सरकारी अधिकारीहरुको भनाइ छ। तर उद्योगी घिमिरेले भने आफूले ‘ट्रयाक एन्ड ट्रेस’ प्रणाली सहितको स्टिकर दिन सक्ने भन्दै गुणस्तरमा अविश्वास नगर्न आग्रह गर्छन्। ‘एकपटक सानो इकाइमा परीक्षण त गर्नुपर्‍यो नि,’  उनले भने, ‘६५ करोड रुपैयाँ लगानी गरेर हामीले उद्योग सुरु गरेका छौँ, सरकारले नै हामीलाई अविश्वास गरेर काम नदिने हो भने यस्ता उद्योगको प्रोत्साहन कसरी हुन्छ?’

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  १३:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्