• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
अमेरिकी परियोजना एमसीसीको किन विरोध? यस्ता छन् भीम रावलका तर्क
64x64
नेपाल लाइभ बुधबार, पुस २, २०७६  १७:३०
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध भएको छ। 

अहिले अनुमोदनका लागि संसदमा विचाराधीन यो परियोजना नेपालको हितमा नरहेको भन्दै बैठकमा कतिपय नेताहरुले विरोध गरेका छन्। 

सत्तारुढ दलको बैठकमा एमसीसीको भएको विरोधलाई कतिपयले ‘खोक्रो राष्ट्रवाद’ समेत भनेका छन्। एमसीसीको विरोध गर्ने मध्येका एक भीम रावलले यसको विरोध गनुपर्ने कारणबारे आफ्ना तर्क राखेका छन्। 

स्थायी समितिको बुधबारको बैठकपछि संवादाताहरूसँग कुरा गर्दै रावलले राखेका तर्कः

कुनै पनि शक्ति राष्ट्रको कुनै पनि किसिमको सैन्य गठबन्धनमा नेपाल जान सक्दैन, जान हुँदैन। नेपालको संविधान, नेपालको परराष्ट्र नीतिले त्यो अनुमति दिँदैन भन्ने हाम्रो पार्टीको स्थायी समितिमा छलफल भएको छ। 

र, कतिपय सदस्यहरूले यदि त्यसको सम्बन्ध इन्डो प्यासेफिक स्ट्राटेजी (आइपीएस) सँग छैन भने, त्यो शुद्ध आर्थिक विकासको कुरामात्रै हो भने त्यसमा जान सकिन्छ भनेर पनि भन्नु भएको छ। 

मैले व्यवस्थित रुपमा, लिखित रुपमा नै अमेरिकाका कतिपय आधिकारिक व्यक्तिहरूले एसिया भ्रमणका क्रममा एमसीसी आइपीएसको अंग हो भनेर सार्वजनिक रुपमा भनेको कुरातर्फ बैठकको ध्यानाकर्षण गराएको छु। 

यदि अमेरिकाको एमसीसीअन्तर्गतको योजना आइपीएससँग सम्बन्धित छैन भने सम्झौतामा भएका कतिपय कुराहरु सच्याइनुपर्छ भन्ने कुरा मैले राख्दै आएको छु । 

Ncell 2
Ncell 2

कुनै पनि देशसँग गरिने द्विपक्षीय सम्झौतामा तेस्रो देशको नाम उल्लेख गरिदैन । तर, संसदमा पेस गरिएको त्यो सम्झौता प्रस्तावमा विद्युत प्रसारण लाइनका लागि भारतसँग सम्झौता हुनुपर्ने उल्लेख गरिएको छ। 

त्यो सम्झौताले नेपालका सबै कानुनभन्दा त्यो माथि हुनेछ भनेको छ। नेपालको मुल कानुन संविधान हो, त्यसलाई कुनै पनि सम्झौताले विस्थापित गर्न सक्दैन। र, त्यसमा उल्लेख गरिएका कतिपय शर्त एउटा स्वाधीन र स्वतन्त्र देशका लागि मान्य हुने खालका छैनन् । 

यदि अमेरिकाले नेपालको विकासका लागि, नेपालको प्रसारण लाइनको विकासका लागि, नेपालको सडक यातायातको विकासका लागि सहयोग गर्न खोजेको हो भने त्यसमा संसोधन गरिनुपर्छ । 

अमेरिकी सहायक मन्त्रीहरुले एमसीसी आइपीएसको अभिन्न अंग हो भनेर भन्नु भएको छ। नेपाललाई दिइने एमसीसीअन्तर्गतको सहयोगको आइपीएससँग कुनै सम्बन्ध छैन भन्ने कुरा प्रष्ट रुपमा दुई देशबीचमा कुराकानी गरेर आयो भने र भारतको कुरा त्यो सम्झौताबाट निकालियो भने अमेरिकासँग आर्थिक सहयोग नलिनुपर्ने कुनै कारण छैन् । हामीले अहिलेसम्म लिएकै छौं। 

कतिपय व्यक्तिहरुले अरुण तेस्रोसँग तुलना गरेर एमसीसीको विरोध गर्नु भनेको अरुण तेस्रो गएको जस्तै हो भनेका छन् । यो भ्रमपूर्ण छ । अरुण तेस्रो भनेको हाम्रो देशको नदीमा विकास गरिने आयोजना थियो । त्यसमा विश्व बैंकले लगानी गर्दा त्यो बेलामा सरकार ढल्नै आँटेको थियो। 

देश चुनावमा जान लागेको थियो। त्यसकारण चुनावपछि आउने सरकारले विस्तृत रुपमा त्यसमा काम गर्ने भनिएको थियो । त्यसको विरोध गरिएको थिएन। त्यसलाई बंग्याएर कतिपयले आइपीएसको अंग बन्नेतर्फ जुन कुरा गरिरहनु भएको छ, मलाई यो आश्चार्य लाग्छ। अरुण तेस्रो र यो कुरै भिन्न छ। 

यो विषय अमेरिकाले दिने सहयोग सैनिक रणनीतिसँग गाँसेर दिने कुरा आएको हुनाले मात्रै यो बहस गर्नु परेको हो । यदि अमेरिकी सरकारको सैन्य रणनीतिसँग यो सम्झौताको कुनै पनि सम्बन्ध छैन् भन्ने कुरा सम्झौताका दफाहरुले प्रष्ट पार्ने र नेपालको सार्वभौम समानताका आधारमा दुई देशबीच सहमति गर्ने हो भने यसमा कुनै पनि विवाद गर्नुपर्ने ठाउँ छैन। 

धेरै स्थायी समिति सदस्यरुले पनि भन्नुभएको छ, ‘नेपालले यो विषयमा अमेरिकासँग तत्कालै वार्ता गरोस् । यो आइपीएसको अंग होइन भन्ने कुरा प्रष्ट होस्।’ 

अहिले संसदमा पेस गरिएको सम्झौताको सम्झौतामा अर्को कुनै देशको नाम उल्लेख गर्ने प्रावधान हट्नु पर्छ । नेपालका विकासका प्राथमिकता के–के हुन् र त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुरा नेपालको सार्वभौमसत्ता स्थापित हुने गरेर अघि बढाउनुपर्छ। 

राजनीतिक दलको नीति र निर्देशनबाट सरकार परिचालित हुनुपर्छ। यो विषयमा पार्टीले जे निर्णय गर्छ, तदनुकूल नै सरकारले गर्ने हो। पार्टीको निर्णयभन्दा सरकारले अन्यथा गर्छ भन्ने कुरा त अहिले कल्पना पनि गर्न सकिँदैन।

प्रकाशित मिति: बुधबार, पुस २, २०७६  १७:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य
देउवाले बोलाए पदाधिकारी बैठक
सम्बन्धित सामग्री
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइ... बुधबार, असोज २२, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्