• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

हेगमा सुकी : ‘पीस आइकन’देखि पतनसम्म

के थिइन्, के भइन्?
64x64
नेपाल लाइभ शनिबार, मंसिर २८, २०७६  ११:१५
1140x725

पिताकाे एकसयौं जन्मदिन पुगेको अवसरमा आयोजित समारोहमा आङ सान सुकी।


एजेन्सी- नोवेल शान्ति पुरस्कार विजेता, महात्मा गान्धीको अहिंसावादी र बौद्ध धर्मको शान्तिको दर्शनबाट प्रभावित आङ सान सुकी कुनै बेला प्रजातन्त्रको पर्यायवाचीको रुपमा चिनिन्थिन्।

तिनै सुकीले अल्पसंख्यक रोहिंग्या मुस्लिम नरसंहारको आरोपमा नेदरल्याण्डको दि हेगस्थित इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे)मा गएर सफाइ दिनुपर्‍यो। सुकीले बुधबार एकहिसाबले अन्तर्राष्ट्रिय अदालतमा उभिएर म्यानमारमा भएको नरसंहारको पक्षमा वकालत गरिन्। सुकीले आफ्नो देशका सुरक्षाकर्मीले अल्पसंख्यक रोहिंग्या मुसलमानविरुद्ध आम नरसंहार गरेको भन्ने आरोप अस्वीकार गरिन्।

सम्बोधनका क्रममा उनले लाखौँलाई रखाइन राज्य छाड्न देशभित्रको आन्तरिक सशस्त्र द्वन्द्वले बाध्य पारेको दाबी गरिन्। म्यानमारका सुरक्षा निकायले असमानुपातिक किसिमले बल प्रयोग गरेको हुनसक्ने तर त्यसमा नरसंहारको उद्देश्य नरहेको उनको भनाइ थियो। विश्वव्यापी क्षेत्राधिकारको प्रयोग गर्दै सानो पश्चिमी अफ्रिकी देश गाम्बीयाले मुद्दा हालेपछि सुकीलाई अन्तर्राष्ट्रिय अदालतमा उभिनुपर्ने बनायो।

तीन घण्टा लामो बयान दिँदा प्रत्यक्षदर्शी पीडित रोहिंग्याहरुले आफ्नो बयानमा उल्लेख गरेका आमहत्या, सामूहिक बलात्कार र नाबालिगहरूलाई भवनमा आगजनी गरिएका विषयमा उनी प्रायः मौन बसिन्।

 

हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा सुकी। तस्बिर:एपीए

आफ्नो सुरुवाती सम्बोधनमा उनले म्यान्मारविरुद्धको मुद्दा ‘अपूरो र गलत’ भएको उल्लेख गरिन्। रोहिंग्याहरुको बसोबास रहेको रखाइन राज्यमा भइरहेको समस्या शताब्दिऔंदेखि रहेको उनको भनाइ थियो। म्यानमारले सधै रखाइन राज्यमा रहेको उग्रवादीहरूको जोखिमसँग जुधिरहेको बताउँदै त्यसलाई देशको ‘आन्तरिक द्वन्द्व’का रुपमा परिभाषित गरिन्। यद्यपि उनले सम्बोधनका क्रममा युद्ध अपराधमा दोषी ठहर भए सैनिकहरुलाई कारबाही गरिने आश्वासन भने दिन भुलिनन्।

कुनै बेला लोकतन्त्रको वकालतकर्ताको रूपमा अन्तर्राष्ट्रिय सम्मान पाएकी सुकी ‘नरसंहार’  सुरु हुनुअघि सन् २०१६ अप्रिलमा म्यानमारकी ‘स्टेट काउन्सिलर’ अर्थात प्रधानमन्त्री थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

सेनालाई नियन्त्रण गर्ने अधिकार नभए पनि त्यसअवधिमा मौन रहेर सेनाको कदमलाई साथ दिएको  भन्दै सुकीको चर्को आलोचना भएको हो। आफ्नो देशको प्रतिरक्षा गर्न अदालतमा उपस्थित उनी सुरुमा केही हतास जस्तो देखिन्थिन्। सावधानीपूर्वक तयार गरिएका तर्कहरू सुनाएकी सुकीले अदालतलाई आफ्नो देशमा द्वन्द्व बढाउने कुनै कदम नचाल्न आग्रह गरिन्।

हेगस्थित अदालतको म्यान्मारविरुद्धको कारबाही प्रक्रिया कस्तो होला त्यो भने अहिलेलाई अनुमानको विषय मात्रै हो। तर, सम्मानपूर्वक विश्वले हेर्ने नेतृको बदनाम भने भइसकेको छ।

सुकीको जवाफबाट म्यान्मारविरुद्ध मुद्दा हालेको गाम्बीया सन्तुष्ट देखिदैन। उसले सुकीको दाबीको खण्डन गरेको छ। गाम्बीयाको प्रतिनिधित्व गरिरहेका एकजना वकिल पौल रिचलरले म्यान्मारले नरसंहार गरेको भन्ने राष्ट्रसंघको अनुसन्धानलाई अस्वीकार नगरको बताए।

त्यस्तै अर्का वकिल फिलिपे स्यान्डले भने, ‘म्याडम तपाईंको मौनताले तपाईंका भनाइ शब्दभन्दा धेरै बोल्छ।’ राष्ट्रसंघका अनुसार म्यान्मारबाट विस्थापित भएर बंगलादेशमा शरण लिन पुग्ने रोहिंग्या मुस्लिमहरुको संख्या बढेर ३ लाख ९० हजार पुगेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उहिलेकी सुकी
सुकीको जन्म तत्कालीन रङ्गोनमा १९ जुन १९४५ मा भएकाे हाे। आङ सान सुकीको नामले अरु बर्मेलीको जस्तै उपनाम समेट्दैन। उनको नाम तीन जनाको नामबाट राखिएको थियो। ‘आङ सान’ उनको बुवाको नामबाट राखिएको हो भने ‘सु’ हजुरआमा र ‘की’ आमाको नामबाट। 

बुबा, आमा र भाइहरुसँग सन् १९४७ मा सुकी (अगाडि बीचमा)। तस्बिरः गेटी इमेज

सुकीले दुई वर्षकी हुँदा आफ्ना पिता गुमाउनुपर्‍यो। जो स्वतन्त्र म्यान्मारका पिता पनि मानिन्छन्। उनका बुवा आङ सान निकै क्रान्तिकारी मानिन्थे। जसले म्यान्मारलाई जापान र बेलायतको उपनिवेशबाट मुक्ती दिलाए। तर, देश उपनिवेश मुक्त बनाएको ६ महिनापछि उनको हत्या भयाे। 

बर्मेलीले सुकीलाई सम्मान पूर्वक ‘आन्टी आङ सान सुकी’ भन्छन्। उनलाई कतिपयले आमा सु पनि भनेर सम्बोधन गर्छन्। उनी महात्मा गान्धीको दर्शन र बुद्धको विचारबाट प्रभावित थिइन्। 

सैन्य शासनमा रहेको देशलाई प्राजातान्त्रिकीरण गर्न उनी सन् १९८८मा  ‘नेशनल लिग फर डेमोक्रेसी’ बनाएर राजनीतिमा प्रवेश गरिन। तर, त्यसको एक वर्षपछि उनी नरजबन्दमा परिन्। यदि देश  छाडे उनलाई त्यसबाट मुक्त गर्ने भन्दै प्रस्ताव पनि गरियो। तर उनले सिधै अस्वीकार गरिन्।

अहिंसाको दर्शनमा विश्वास गर्ने सुकीकै पार्टीमा पूर्वसैन्य कमाण्डरहरु प्रवेश गरेपछि आफैंले जन्माएको पार्टीबाट उनी बाहिरिनु पर्‍यो।

घरमा नजरबन्द परेका बेला सुकी आफूलाई बुद्धको ध्यानमा लिप्त बनाउथिन् र बुद्धका विचारबारे अध्ययन गर्थिन्। बुद्ध दर्शनप्रतिको उनको लगाव उनका लेख र भाषणमा पनि झल्किन्थ्यिो। उनले बुद्ध दर्शन र प्रजातन्त्रलाई परिपुरकका रुपमा दाँज्ने गर्थिन्।

सुकीले १५ वर्ष आफ्नै घरमा नजरबन्द भएर बिताइन्। सैन्य सरकारले उनलाई आफ्नाे पार्टीका समर्थक  र अन्तर्राष्ट्रिय पाहुना भेट्नबाट बन्देज लगाएको थियो। नजरबन्दमा रहेका बेला उनी श्रीमानले ल्याइदिएका दर्शन, राजनीति र जीवनीसम्बन्धी पुस्तकहरु पढेर समय बिताउँथिन्।

सन् १९९० मा जुनता (सैन्य सरकार)ले आम निर्वाचनको घोषणा गर्‍यो। जसमा उनको दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले ८० प्रतिशत संसदीय क्षेत्र पक्का गर्दै ५९ प्रतिशत मत पायो। कतिले त्यतिबेला सुकी प्रधानमन्त्री बन्ने ठानेका थिए। तर, सेनाले त्यो शक्ति उनलाई हस्तान्तरण गर्न मानेन। 

आफ्नै निवासमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासँग सन् २०१४ मा सुकी। तस्बिर: एपीएफ

प्रजातन्त्रका लागि अथक प्रयत्न गरेकी उनलाई धेरैले शान्तिको प्रतिक (पीस आइकन) मान्थे। नजरबन्दमै रहेका बेला उनले सन् १९९१ मा नोवेल शान्ति पुरस्कार पाइन्। छोराले त्यो पुरस्कार थापेका थिए। पुरस्कारबापत पाएको सबै राशी उनले बर्मेली जनताको शिक्षा र स्वाथ्यका लागि खर्च गर्न एउटा ट्रस्ट स्थापनाका लागि खर्चिइन्।

बीस वर्षपछि भएको सन् २०१० को चुनावमा सेनाले सर्मथन गरेको पार्टीले निर्वाचन जित्यो। र, त्यही वर्ष सेना उनलाई नजरबन्दबाट मुक्त गर्न सहमत भयो। सन् १९९० यता म्यान्मारमा पहिलोपटक सन् २०१५ मा स्वतन्त्ररुपमा चुनाव गराइयो। जसमा सुकीको दल एनएलडीले अध्याधिक बहुमत पायो।

राष्ट्रपति बन्न उनका लागि यो मत पर्याप्त थियो। तर, संवैधानिकरुपमै उनलाई त्यसबाट रोकियो। सन् २०१६ मा पहिलोपटक गैरसैनिक व्यक्ति राष्ट्रपति बने। सुकी नयाँ सिर्जना गरिएको पद स्टेट काउन्सिलर (प्रधानमन्त्री) बनिन्।

प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो। आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्