एजेन्सी- आफ्नो जीवनकालमा मिथकीय हिरो बनेका भारतीय हक्की टिममा जादुगर मेजर ध्यानचन्दलाई मरणोपरान्त देशको सर्वोच्च सम्मान भारत रत्न दिनुपर्ने चर्चा उठिरह्यो । किक्रेटकाे राज रहेकाे समयमा हकीलाइ मुल धारामा ल्याउन र चर्चा गराउन ध्यानचन्दकाे ठूलाे याेगदान थियाे ।
२०१४ मा समेत मेजर ध्यानचन्दको नाम सिफारिस हुने चर्चा चल्यो। तर जति नै चर्चा र आवाज उठे पनि उनले उक्त पुरस्कार पाउन सकेनन्। पुरस्कारको आधिकारिक सिफारिस गर्नुपर्ने निकाय थियो युपीए सरकार । तर उसले ध्यानचन्दको नाम सिफारिस गरेन । उनको स्थानमा भेट्रान क्रिकेटर सचिन तेन्दुलकरको नाम सिफारिस गर्याे।
तेन्दुलकरको नाम सिफारिस हुनुअघि सरकारले ध्यानचन्दको बायोडाटासमेत माग गर्दै विस्तृत विवरण खोजी गरेकाे थियो। सूचनाको हक प्रयोग गरेर प्राप्त भएको एक विवरणमा २०१३मा मेजर ध्यानचन्दको बायोडाटा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसम्म पुगेको थियो। त्यसपछि ध्यानचन्दलाई नै दिने भनी सिंहले स्वीकृति पनि दिएका थिए। तर अचानक तेन्दुलकरको नाम पारित भयो।
११ अप्रिल २०११मा भाजपा सांसद मधुसुदन यादवले केन्द्र सरकारसँग सचिन तेन्दुलकरलाइ भारत रत्न दिनका लागि नियम परिर्वतन गर्न माग गरेका थिए । तत्कालीन समयमा यो सम्मान साहित्य, कला , विज्ञान र जनसेवाको क्षेत्रमा दिने गरिएको थियो । खेलाडीका लागि भारतको सर्वोच्च सम्मान अर्जुन अवार्ड थियो। यसपछि सरकारले भारत रत्न सम्मान उल्लेख्य कार्य गर्ने सबैलाई दिने गरी संशोधन गर्यो।
यसपछि भारतीय खेलाडीहरु पनि यो परिधीभित्र पर्ने भए। २२ सेम्टेम्वर २०११को इन्डियन हकी फेडरेशनले ध्यानचन्दलाई भारतरत्न दिन सिफारिश गर्याे। मेजर ध्यानचन्दका छोरा पुर्व ओलम्पियन अशोक कुमारले बायोडाटा बुझाएको समेत बताएका छन्। तत्कालीन समयमा भारतरत्न दिने भनेर पूर्व क्रिकेटर बिशन सिंह बेदीको नेतृत्वमा एक टाेली १२ जुलाई २०१३मा गठन भएको थियो। टाेलीले तत्कालीन खेलमन्त्री जितेन्द्र सिंहलाई भेटेर बायोडाटासमेत पेश गरेकाे थियाे।
तत्कालीन समयमा खेलमन्त्रीदेखि प्रधानमन्त्री मनमोहन सिंह सम्म उनलाई भारतरत्न दिन सहमत भएका थिए ।
‘अनौपचारिक रुपमा बुबालाई मरणाेपरान्त भारत रत्न दिने घोषणा केही महिनामा हुने जानकारी मलाई गराइएको थियो ’ उनका छोराले बीबीसीसँग भने ‘ तर कसरी र किन पासा पल्टियो थाहा छैन ?’ सूचनाको हकका अभियन्ता एवं खेलप्रेमी हेमन्त दुवेले यो फाइल खोजी गरेका थिए । उनले ध्यानचन्दलाई भारत रत्न दिनेबारे जोडिएका सबै फाइल माग गर्दै सूचनाको हकसम्वन्धी निवेदन दिएका थिए । उनले लामो सर्घषपछि प्राप्त गरेको उक्त विवरणहरुमा हतार हतारमा सचिनलाई भारत रत्न दिने प्रक्रिया पूरा गरिएको थियो।
१४ नोभेम्वर २०१३मा वेष्टइन्डिजविरुद्ध सचिनको विदाई टेष्ट सुरु भएको थियो । त्यसको भोलिपल्ट १५ नोभेम्वरमा सचिनलाई भारतरत्न दिने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश भएको थियो । यसलाई राष्ट्रपतिसमक्ष पेश गरियो । जसलाई तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले तत्काल स्वीकृत गरेका थिए । १६ नोभेम्वरको खेल समाप्त हुनु अघि नै सचिनले भारतरत्न पाउने घोषणा भयो।
१७ जुलाई २०१३ मा खेल मन्त्रालयले मेजर ध्यानचन्दलाइ भारत रत्न दिने विधिवत सिफारिसलाई प्रधानमन्त्री कार्यालय पठायो । ध्यानचन्दको फाइल प्रधानमन्त्री कार्यालयमा महिनौसम्म घुमेको थियो। मेजर ध्यानचन्दको फाइल महिनौसम्म प्रधानमन्त्री कार्यालयमा घुमिरह्यो। ‘तर निर्णय हुने समयमा निर्णय नै अन्त्य भयो,’ ध्यानचन्दका पुत्र एवं पूर्व ओलम्पियन अशोक कुमारले भने।
सुूचना मागकर्ता हेमन्त दुबेका अनुसार तत्कालीन समयमा सचिन करोडौ क्रिकेटरका प्रिय थिए । उनी सवैको मन र मतिष्कमा छाएका थिए। उता ध्यानचन्द भने छायाँमा परिसकेका थिए । काँग्रेसले चुनावी गणित र फाइदा हेर्दै तत्कालीन समयमा ध्यानचन्दको फाइल थाँती राख्दै सचिनलाई भारतरत्न घोषणा गरेको दुबेले बताए। ध्यानचन्दका पुत्र अशोक कुमारका अनुसार उनका पितालाई सबै खेलप्रेमी र देशले जान्दथ्यो तर सरकारी बेवास्ताका कारण योजना र फाइलमा बस्न नसकेको उनले बताए।
‘हामीलाई थाहा भएन भारत रत्न पाउनका लागि धर्नामा बस्नु पथ्र्याे कि जुलुश गर्नु पर्थो कि सरकारलाई अलग्गै पत्र लेख्नु पथ्र्यो कि ’ अशोक कुमारले भने। मोदी सरकारले पनि चासो दिएन।
युपीएपछि मोदी सरकारले पनि ध्यानचन्दलाई सम्मान गर्न चाहेन । पन्डित मदन मोहन मालवीयलाई मरणोपरान्त भारत रत्न सम्मान दिइयो तर ध्यानचन्दमाथि कसैले ध्यान दिएन।
हेमन्त दुवेका अनुसार भारत रत्नमा पनि राजनीति भईरहेको छ। महाराष्ट्र सरकारले चुनावमा भारतीय जनता पार्टीले आफ्नो घोषणापत्रमा चुनाव जितेमा वीर सावरकरलाइ भारतरत्न दिने उल्लेख गरेकाले यसलाई राजनीतिकरण भएको पुष्टि गर्ने दुवेको तर्क छ ।
हरेक सरकारले भारत रत्न दिँदा राजनीतिक नाफा नोक्सान हेर्ने गरेको दुवेको आरोप छ। तत्कालीन समयमा ध्यानचन्दलाई भारतरत्न दिनुपर्ने भन्दै प्रधानमन्त्री मनमोहन सिंह, शशि थरुर, मोहम्मद अजहरुद्दीन, सीपी जोशी , राज बब्बर , सन्जय निरुपम, मिनाक्षी नथराजन जस्ता १७० महत्वपूर्ण व्यक्ति र सांसदलाई समेत हस्ताक्षर वुझाइएको थियो । २०१५मा अटलबिहारी बाजपेयी र प्रणब मुखर्जी, सन् २०१९मा भुपेन हजारिका र नानाजी देशमुखलाइ यो सम्मान दिइयो। तर हकीका जादुगर ध्यानचन्दको पालो आएन।
बिबिसी हिन्दीबाट भावानुवाद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।