पत्रकार महासंघ युएई शाखाको नयाँ कार्यसमिति चयन

नेपाल लाइभ | २०७६ मङ्सिर १४ शनिबार | Saturday, November 30, 2019 १०:१५:०० मा प्रकाशित

काठमाडाैं- नेपाल पत्रकार महासंघ युएई शाखाको पाँचौँ अधिवेशन सम्पन्न भएकाे छ। शुक्रबार बरदुबईमा सम्पन्न अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे।

नेपाल पत्रकार महासंघका सभापति गाेविन्द आचार्यको उपस्थितिमा भएकाे अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरेकाे हाे। 

नयाँ कार्यसमिति अध्यक्षमा लक्ष्मण खनाल, उपाध्यक्ष मेघराज सापकोटा, सचिव मोहन बस्याल, सहसचिव राम ढुङेल, कोषाध्यक्ष माधव न्यौपाने रहेका छन्।

यस्तै सदस्यहरुमा हरी दुलाल, खिमलाल पाण्डे, राम कुमार परियार, प्रिथी छक बुढा, राष्ट्रिय परिषद् सदस्यमा निमेश गिरी, सल्लाहकारमा हरि नेपाली र  एकेन्द्रबहादुर थापा रहेका छन्।

 

स्वर्ण रजत कास्य जम्मा
भारत
१३१ ७७ ४० २४८
नेपाल
४५ ४४ ७५ १६४
श्रीलंका
३४ ६६ ९३ १९३
पाकिस्तान
२८ ३४ ४३ १०५
बंगलादेश
२८ ६६ १०२
माल्दिभ्स
भुटान