काठमाडौं- ‘बालबालिकाको रुचि के मा छ? उनीहरू कसरी रमाउन चाहन्छन्? उनीहरूको सिकाइ संस्कृति विकासको लागि के गर्ने?’
अधिकांश अभिभावकको मनमा गम्ने स्वभाविक प्रश्न हो यो। आफ्नो सन्तानको सुन्दर भविष्यप्रति उत्तरदायी बन्ने अभिभावकको निम्ति उपयुक्त ठाउँ बन्न सक्छ- हबी सेन्ट्रल एण्ड डे केयर।
बालबालिकालाई खुसी हुनका निम्ति संरचना, व्यवहार र वातावरण बालमैत्री हुनु पहिलो प्राथमिकतामा पर्छ। सोही प्राथमिकतालाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको छ– हबी सेन्ट्रल एण्ड डे केयर।
गिजुभाईले भारतामा शताब्दी अघि गरेको शैक्षिक प्रयोग होस् वा जोन हल्टको परिकल्पनाको झल्को, उक्त हबी सेन्ट्रलमा पाउन सकिन्छ।
०००
ललितपुर सानेपा वडा नं २ स्थित छ हबी सेन्ट्रल। ‘यहाँ १६ महिनादेखिका बालबालिकालाई राख्न सकिन्छ,’ सञ्चालक प्रवेश रायमाझीले भने।
हामी त्यहाँको ‘म्युजिक रुम’मा छिर्नासाथ देख्यौं- केही साना नानीहरू गीतार बजाइरहेका थिए। कोही भने ड्रमसेटमा निष्फिक्री भुलिरहेका थिए। जादुमयी संसारमा रमाइरहेका बालबालिकाको हाँसो देख्दा जो कोहीको मन फुरुङ्ग हुन्छ।
अर्को रुममा पस्दा लाग्यो- त्यहाँ अक्षरमात्र हैन, अक्षरसँगै व्यवहार र अनुभूति सिकाइँदो रहेछ। ‘यहाँ बच्चाहरूलाई पढाउने हैन। उनीहरूले खैल्दा खेल्दै सिक्छन्। गर्दा गर्दै जान्छन्,’ हबी सेन्ट्रलकी एक सदस्यले भनिन्।
अर्को कोठामा पस्दा त्यहाँ प्रशस्त रोबटिक्स थिए। ‘यहाँ हेरेर हैन। प्रयोग गरेर सिक्न सकिन्छ। उनीहरूलाई सहजै पर्याप्त छन् यी कुराहरू,’ सञ्चालक रायमाझीले भने।
आर्ट रुममा पस्दा केही बालबालिका 'कलरफूल' स्केच कोरिरहेका थिए।
हबी सेन्ट्रलमा बिहान ९ देखि ३ बजेसम्म डे केयर सञ्चालन हुन्छ। त्यसपछि बाँकी समयमा इच्छाइएका कामहरू गर्न सकिन्छ।

त्यससँगै व्यवस्था छन्- नृत्य( परम्परागत, ब्यालेट, म्याथोलोजिकल), मार्सल आर्ट(कराँते, तेक्वान्दो, किक बक्सिङ) र योगा।
‘प्रशिक्षकहरू सबै अब्बल र अनुभवी राखेका छौं,’ सञ्चालक रायमाझीले भने।
प्रवेशका अनुसार बालबालिकाको मात्र नभई युवा वा जुनसुकै उमेरका व्यक्तिका लागि पनि यहाँ सिक्ने वातावरण छन्।
नयाँ सपना
सञ्चालक प्रवेश काठमाडौं नयाँ बजारका हुन्। २ दशकअघि देखिनै अमेरिकामा बिजनेस गर्दै आएका थिए उनी। पछिल्लो समय नेपाल आएका उनी यतै केही गर्ने सोच बनाइरहेका थिए। सोच बनाउने क्रममा एकदिन दिदीले फोन गरेर भने- केही महिनाको लागि भान्जालाई नेपाल ल्याउन लागेको छु। के के गराउने तिम्रो जिम्मा।
त्यसपछि प्रवेश काठमाडौंको चारैतिर गए ‘डे केयर’ खोज्न। फेला त धेरै ठाउँमा पारे। तर, कतै उनले सोचेजस्तो पाएनन्। त्यसपछि उनले दिदीलाई भने, ‘मलाई एक वर्ष समय दिनुहोस्। त्यसपछि आउँदा सबै कुरा म आफैं व्यवस्था गर्छु।’
उनी आफैंले ‘डे केयर’ खोल्ने योजना बनाए। त्यसका लागि अरु भन्दा भिन्न सोच्नु थियो।

‘नेपालमा टेक्नोलोजिमा बालबालिकाहरू पछाडि छन्। त्यसमाथि टेक्नोलोजीलाई प्रयोग गर्न कम दिइन्छ,’ उनले भने, ‘हामीले बच्चादेखि नै उनीहरूको हातमा रोबर्ट राखिदियौं भने उनीहरू यसको प्रयोग गर्न जान्छन्। अनि सजिलै सिक्छन् भन्ने मैले सोचेँ।’
बच्चालाई गीतार मन नपरे ड्रम्स, ड्रम्स नपरे अन्य संगीत तथा गाना। अर्थात् जे इच्छा लाग्छ उसले त्यही प्रयोग गर्न सकुन् भन्ने हिसाबले उनले तयारी थाले।
‘हामीले उनीहरूले आफ्नो छनोट आफैंले गर्न सकुन् भन्ने सोच्यौं,’ उनले भने।
त्यसपछि उनले भवन भाडामा लिए र सामानहरू सबै बाहिरबाट ल्याए। ‘चार महिनामा सम्पन भयो हाम्रो योजना,’ उनले भने।
पहिल्यैदेखि नै बालबालिकाको निम्ति काम गर्ने रहर बनाएका प्रवेश हाल खुसी छन्।
‘हिजो मैले जे चाहन्थेँ, त्यो गर्न पाइनँ। तर अबका बालबालिकालाई रुचिको काम गर्न दिनुपर्छ। ताकी उनीहरू सक्षम र प्रतिभावान बन्न सकुन्,’ उनले भने।


.jpg)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।