• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खुसी हुने समय आउँदै छ, भारतलाई खेलबाटै भनौंला!

64x64
नेपाल लाइभ बुधबार, मंसिर ४, २०७६  ०८:३४
1140x725

काठमाडौं- प्रतियोगितामा उपाधि जित्दा को खुसी नहोला? अझ त्यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो भने त खेलाडीको भुँइमा खुट्टै नहुनु पर्ने हो। तर नेपाली महिला भलिबल टिम ऐतिहासिक उपाधिपछि पनि सम्पूर्ण रुपले खुसी छैन। खुसीको अलिकति पर्खाइ बाँकी नै छ, जुन छिटै पूरा गर्ने लक्ष्य छ।  

नेपाली महिला भलिबल टिमले उपाधिको स्वाद पहिलोपटक चाख्न पाएकाे हाे। तर, त्यसले पूरा सन्तुष्टि भने दिएन। केही खल्लोपन अझै रह्यो। खेलाडीहरू भन्छन्, ‘१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्यौं भने त्यो स्वाद पूरा हुन्छ। लक्ष्य पनि त्यही छ, सागमा स्वर्ण जितेर इतिहास रच्ने।’

नेपाली भलिबलको इतिहासमा यसअघि न पुरुष टिमले अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको थियो न त महिला टिमले नै। त्यसैले पनि प्रथम एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपाली भलिबलका लागि इतिहास नै थियो।

जितपछि भलिबल प्रेमीदेखि सबैले ठूलो उपलब्धि हासिल गरेको भन्दै खुसीयाली मनाए। सर्वसाधारणदेखि राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपतिसम्मले खुसी साट्दै खेलाडीलाई बधाई दिए। तर, यो उपाधि दिलाएकी भाग्यमानी कप्तान अरुणा शाही र बेष्ट स्पाइकर बनेकी प्रतिभा माली आफूहरु धेरै उत्साहित र खुसी नभएको बताउँछन्। 

किन त? कप्तान अरुणा शाही भन्छिन्, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा अहिलेसम्म नेपालले उपाधि जित्न सकेको थिएन। यस्तो अवस्थामा हामीले उपाधि जित्दा सबै खुसी हुनु स्वभाविक हो। तर, हामी धेरै खुसी भएनौं। हामीले जित्छौं भन्ने सुरुदेखि नै थियो।’

अरुणाको कुरालाई साथ दिँदै प्रतिभा माली भन्छिन्, ‘उपाधि जित्दा त को खुसी नहोला र! तर निकै कडा प्रतिस्पर्धा भएर उपाधि जितेको भए त्यसको उत्साह बेग्लै हुने थियो। त्यस्तो खुसी हुनुपर्ने ठाउँ पनि थिएन र हामी उस्तो खुसी भएनौं पनि।’

कप्तान अरुणा र प्रतिभा उपाधिपछि पनि धेरै खुसी नहुनुको कारण हो- कमजोर प्रतिस्पर्धी। हुन पनि खेल नै त्यस्तै भयो। नेपालले खेलेका सबै खेलमा सोझो सेटमा नै जित निकाल्याे। आयोजक बंगलादेशसहित माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तानलाई लिग चरणमा सोझो सेटमा हराएर नेपाल फाइनल पुगेको थियो। फाइनलमा पनि नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सेटमा पराजित गर्दै ऐतिहासिक उपाधि जित्यो।

Ncell 2
Ncell 2
nimb
nimb

सुरुदेखि उपाधि जित्दासम्म कुनै कठिनाइ नभएकाले आफूहरूले धेरै खुसी हुने ठाउँ नपाएको अरुणा र प्रतिभा बताउँछन्।

‘प्रतियोगितामा बलियो टिम माल्दिभ्स नै हो भन्ने सुनेको थिएँ। तर हामीले पहिलेदेखि नै माल्दिभ्सलाई पराजित गर्दै आइरहेका थियौं। त्यसैले स्वर्ण पदक नै ल्याउँछौं भन्ने लागेको थियो। खेल्दै जाँदा त्यस्तै भयो। कुनै टिम बलियो थिएनन्’ प्रतिभाले भनिन्।

साग जितेर मात्रै खुसी हुन्छौं

सेन्ट्रल जोन प्रतियोगितालाई १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको तयारीको रुपमा नेपालले लिएको थियो। त्यसकै लागि भनेर नेपाली महिला भलिबल टिम लामो समयदेखि बन्द प्रशिक्षणमा छन्।

कप्तान अरुणा र प्रतिभा ऐतिहासिक उपलब्धि पाउँदा पनि खुसी नहुनुको राज नै सागसँग जोडिएको छ। यी दुई खेलाडी मात्रै होइन सिंगो टिम सागमा स्वर्ण पदक जित्दै खुसी मनाउने लक्ष्यमा छ।

‘सेन्ट्रल जोनमा कुनै टिम बलिया थिएनन्। हाम्रो लागि केही कठिन नै भएन। त्यसैले अब हाम्रो लक्ष्य भनेको नै सागमा स्वर्ण हो। यसले अत्याधिक खुसी दिन्छ भन्ने लाग्छ। भारत र श्रीलंकालाई चुनौती दिँदै उपाधि जित्ने अवसर सागमा नै छ’, प्रतिभा भन्छिन्।

अरुणा पनि सेन्ट्रल जोनलाई सागको तयारीको रुपमा मात्रै लिन्छिन्। उनले भनिन्, ‘यो प्रतियोगिताले साग तयारीको लागि महत्वपूर्ण भूमिका खेलेको छ। यसले सागमा निकै राम्रो नतिजा ल्याउन मद्दत गर्छ जस्तो लाग्छ। हामी सागमा स्वर्ण जितेपछि वास्तविक खुसी हुन्छौं।’

विमानस्थलको दृश्यले भावुक बनायो

नेपालको राष्ट्रिय खेल भलिबलले ऐतिहासिक उपाधि जित्दा सबै खुसी नहुने कुरै थिएन। बंगलादेशमा उपाधि जितेर स्वदेश फर्किएकाे महिला भलिबल टिमलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबल संघका सबै पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश कुमार सिलवालदेखि खेलकुद पदाधिकारी र समर्थकसम्म पुगे।

यसअघि कहिल्यै विमानस्थलमा स्वागतका लागि यति ठूलो माहोल देख्न नपाएकी कप्तान अरुणालाई विमानस्थलकाे दृश्यले निकै भावुक बनायाे। स्वागतपछि प्रश्नका लागि पत्रकारमाझ घेरिँदा उनको भावुकता अनुहारमा प्रष्ट झल्किन्थ्यो।

कप्तान भएपछिको पहिलो उपाधि जित्दा आफूलाई भाग्यमानी ठानेकी अरुणा भन्छिन्, ‘विमानस्थलमा निकै अविस्मरणीय क्षण बन्यो। त्यस्तो स्वागत हुन्छ भनेर सोंचेका थिएनौं। ठूलो उपलब्धि हासिल गरेको जस्तो लागेको थिएन। तर, नेपालीहरु कति खुसी थिए भन्ने विमानस्थलमा आएपछि मात्रै थाहा भयो। निकै भावुक भएँ।’

विमानस्थलमा पुगेका राखेपका सदस्य सचिव रमेश सिलवालले उपाधि विजेता सबै खेलाडीलाई जनहि ३–३ लाख रुपैयाँ दिने घोषणा गरे। यसले पनि खेलाडीलाई थप उर्जा मिल्यो।

यही उर्जा र आत्मविश्वासको साथ नेपाली महिला भलिबल टिम फेरि आइतबारदेखि अभ्यासमा जुटेको छ। सेन्ट्रल जोनमा उपाधि जित्दाका १२ र थप दुई खेलाडी गरी १४ जना खेलाडीले मंसिर १५ देखि २४ गतेसम्म हुने १३औं सागको तयारी थालेका हुन्।

टिममा उषा भण्डारी र हीरा केसीलाई फेरि बोलाइएइको छ। त्यस्तै, सागका लागि बन्द प्रशिक्षणमा कप्तान अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सफिया पुन, उषा कुमारी बिष्ट, कमला पुन र सलिना श्रेष्ठ छन्।

सागकै लागि नेपाली महिला टिमले थाइल्यान्डमा लामो समय अभ्यास पनि गरेको थियो। थाइल्यान्डको अभ्यासले टिमको मनोबल बढेको छ। थाइल्यान्ड अभ्यासपछि सेन्ट्रल जोनको उपाधिले सागमा भारत र श्रीलंकालाई पराजित गर्ने साहास खेलाडीमा आएको छ।

‘अहिले टिम निकै राम्रो भइरहेको छ। थाइल्यान्डमा भएको अभ्यासले निकै सुधार भएको छ। श्रीलंकालाई जितिन्छ भन्नेमा म विश्वस्त छु। कुरा आयो भारतको, भारतलाई खेलबाटै भनौँला।’, कप्तान अरुणाले भनिन्।

नेपाली महिला टिममा युवा जोस छ। त्यहि जोसले टिमलाई बलियो बनाएको कप्तान अरुणाको बुझाइ छ। उनले भनिन्, ‘नयाँ खेलाडीहरू निकै उत्साहित छन्। उनीहरूको प्रदर्शन निकै राम्रो छ। क्षमताभन्दा पनि राम्रो गरिरहेका छन्। यो हाम्रो लागि बलियो पक्ष हो।’

तर सेन्ट्रल जोनमा पनि नेपाली महिला भलिबल टिमको केही कमिकमजोरी देखिएको थियो। बल रिसिभ, डिफेन्समा टिम चुक्ने गरेको छ। यो पक्षलाई भने कसरी हेरिएको छ त? भन्ने प्रश्नमा कप्तान अरुणाले भनिन्, ‘हाम्रो राम्रो पक्ष भनेको नै स्पाइकर हो। हाम्रो रिसिभ निकै कमजोर छ। अब त्यसैलाई फोकस गरेर अभ्यास गर्दैछौं। हाम्रो कमजोर पक्षलाई सुधार गर्ने प्रयासमा लागि रहेका छौं।’

टिममा अरुणा र प्रतिभाबीच मात्रै होइन सबै खेलाडीमा कोर्टबाहिरको तालमेल पनि राम्रो छ। एकअर्कालाई हरेक अवस्थामा साथ दिइरहेका उनीहरूलाई मिलनसार व्यवहारले नै खेलमा एकजुट हुन सहयोग पुगेको छ। क्लब भलिबलमा फरक-फरक भूमिका भएपनि राष्ट्रिय टिमका लागि एक भएर लागिपरेका छन्।  

प्रतिभाको नजरमा अरुणा कस्तो खेलाडी?
अरुणा दिदी सिनियर खेलाडी हो। पहिले धेरै खेल खेलिसक्नु भएको थियो। यो प्रतियोगितामा पनि निकै राम्रो तरिकाले खेलर जिम्मेवारी पूरा गर्नु भयो। अझै राम्रो गर्नुहोस् भन्छु।

सुधार गर्नु पर्ने केही छैन?
मलाई कहिलेकाहिँ कस्तो महसुस हुन्छ भने, अरुणा दिदी म नयाँ हुँ जस्तो गरेर खेल्नु हुन्छ। त्यसले गर्दा कुनै बेला उहाँ आफ्नो क्षमता अनुसारले खेल्न सक्नुहुन्न। उहाँले सुधार गर्नुपर्ने पक्ष त्यहि नै हो। आफ्नो क्षमताअनुसार खेल्नु भयो भने त निकै राम्रो हुन्छ।

अरुणाको नजरमा प्रतिभा कस्तो खेलाडी?
उमेरमा सबैभन्दा सानो भएपनि खेलको दौरानमा सबै जनासँग समन्वयन गर्ने स्वभाव प्रतिभाको छ। आफूसँग भएको खेलको ज्ञान अरुलाई सिकाउने गर्छिन्। खेलमा यो गर्नु पर्छ, यस्तो गर्दा राम्रो हुन्छ भन्ने उनको बानी मलाई निकै मन पर्छ। मिलनसार छिन्। सबैलाई हरेक कुरामा सहयोग गर्छिन्।

सुधार गर्नु पर्ने कुरा?
सबैको नराम्रो र राम्रो कुरा त भइहाल्छ। तर प्रतिभाको नराम्रो भन्दा पनि राम्रो कुरा नै बढी छ। सुधार गर्नुपर्ने २–३ वटा कुरा छ। हा.हा.हा... कसरी भन्नु, भन्नै आएन। हा.. हा..।

भिडियो हेर्नुहोस्

 

प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  ०८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्