• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

समाचारको गोरेटो हुँदै कविताको राजमार्गमा

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ३०, २०७६  ०६:३०
1140x725

‘कविता लेख्नु र कवि हुनु फरक कुरा रहेछ,’ आधा कफी रित्तिएको कप उठाउँदै कवि रुपेश श्रेष्ठले भने।

तीनकुनेस्थित क्याफेको एक कुनामा हामी कविताको कुरा गर्दै थियौं। कफीको स्वादभन्दा स्वादिला थिए उनका गफहरू। भन्दै थिए, ‘मैले क्याफे कविताको दौरानमा सिकेँ कि कविता लेख्नु र कवि हुनु फरक कुरा रहेछ।’

‘घिन्ताङ घिसी ट्वाक।’

भर्खरै मात्र प्रकाशित कवितासंग्रह हो यो। संग्रहका कवि हुन् रुपेश।

संग्रह प्रकाशित भइसकेपछि कवि मनु मञ्जिलले एउटा कार्यक्रममा बोलेका थिए, ‘रुपेशलाई मैले सिरियस्ली लिएको थिइनँ। टाकनटुकन लेख्ने हो। रहरमा लेख्ने हो ठानेको थिएँ। तर, पुस्तक पढेपछि गम्भीर रुपमा हेरेँ।’

मनुको यो घतलाग्दो टिप्पणीले रुपेशलाई लाग्यो– कविता संग्रहको रुपमा आउनुको प्रभाव छुट्टै रहेछ।

हुन पनि हो, संग्रह आउनुअघि कवितामा रुपेशको नाम ‘धिपधिप’मात्र थियो। ‘रुपेश कविता पनि लेख्छ’ भनेर भन्नेहरू धेरै थिए। उसो त उनी गुमनाम मानिस भने हैनन्। हरदिन टिभीमा देखिने हुनाले ‘सेलिब्रेटी छवि’ थियो रुपेशको। ठूला समारोहमा जब उद्घोषकको खाँचो पर्दथ्यो। त्यहाँ रुपेशको नाम आउँथ्यो। उनको ‘बोल्ड’ र आकर्षक आवाजका प्रशंसक थुप्रै थिए।

पब्लिक स्पिकरको रुपमा चिन्नेहरू उत्तिकै थिए।

nimb
nimb
Ncell 2
Ncell 2

‘पत्रकार र समाचार प्रस्तोताको रुपमा चिन्नेहरू धेरै थिए। कविको रुपमा कमैले चिन्थे,’ रुपेश भन्छन्।

संग्रह आउनुभन्दा केही महिनाअघि रुपेशले सर्वनामको ‘हामी कवि र कविता’मा कविता सुनाए।
त्यतिबेला कतिपयले ठाने– नयाँ कवि पो रहेछ।

त्यसपछि साथीको निमन्त्रणामा कविता लिएर उनी रोल्पाको साहित्यिक महोत्सबमा पुगे। त्यहाँ गएर कविता सुनाए। आफूले नजिकैबाट चिनेका मानिसहरूले आश्चर्यमिश्रित प्रतिकृया दिए, ‘तपाईं पनि राम्रो कविता लेख्नु पो हुँदोरहेछ।’

त्यहाँ सुनाएको ‘सालिक’ शीर्षकको कविताले युट्युवमा पनि राम्रै दर्शक पायो। रुपेशलाई ‘कवि’को रुपमा चिनाउन सहज बनायो।

त्यसको केही समयपछि रुपेश सुर्खेत गए। त्यहाँ उनको नाम एउटा साथीले सिफारिस गरिदिएका थिए। सिफारिस गर्ने क्रममा आयोजकहरूले भनेका रहेछन्, ‘हामीलाई विश्वास नै छैन। उहाँले कविता लेख्नुहुन्छ भनेर।’

जब रुपेशले त्यहाँ गएर कविता सुनाए। उनीहरू दंग परे। कतिपयले त प्रशंसा गर्दै भने, ‘साह्रै राम्रो कविता लेख्नुहुँदा रहेछ।’

संग्रह नआउँदासम्म आँखामा नपरिने रैछ भन्ने लागेपछि रुपेशले सोचे– अब त संग्रह निकाल्नै पर्छ।
त्यसपछि नै जन्मिएको हो– ‘घिन्ताङ घिसी ट्‌वाक’। 

कतिलाई घिन्ताङ घिसी ट्‌वाकको अर्थ लगाउन गाह्रो पर्न सक्छ। रुपेशका अनुसार भक्तपुरमा गाइजात्रा पर्वमा बजाइने मौलिक संगीत र नाच हो यो। 

‘यो गाईजात्रा पर्वमा भक्तपुरमा परम्परागत बाजा धिमेको तालमा लौरो बजाउँदै निकालिने मौलिक लय हो, जसमा वर्षभरि निधन भएका परिवारका सदस्य र आफन्तको सम्झनामा नाच र झाँकी प्रस्तुत गरिन्छ,’ भाव अर्थ्याउँछन् उनी।

संग्रह आइसकेपछि भने रुपेश अचम्मित छन्। एकाएक कार्यक्रममा निमन्त्रणा बढेका छन्। कविता लेख्छु भनेर भन्नुपर्ने अवस्था छैन। कसैले विश्वास नगर्नुपर्ने अवस्था छैन।
‘पुस्तक निकाल्नु भनेको त दस्ताबेज बन्नु रैछ,’ रुपेश फिस्स हाँस्छन्।

०००

कविता यात्रामा रुपेशका याद्गार क्षण छन्। कविताको नाउँमा उनले ‘एक्टिभिजम’ गरेका छन्। प्टेलफर्म बनाउने क्रममा नयाँ पुस्तालाई जगाएका छन्। यसको उदाहरण हो ‘क्याफे कविता’।

क्याफे र कफी सँगै हुँदा उनले सम्झिहाल्छन्– क्याफे कविता। कान्तिपुर टिभीमा काम गर्ने क्रममा एकदिन उनी साथीहरूसँग चिया पिउँदै थिए।

कुरै कुरामा रुपेशलाई एउटा आइडिया आयो। जाडो महिनामा मिन पचासको विदा हुन्थ्यो स्कुलहरूमा।

तर, पत्रकारको त हुँदैन।

‘मिन पचास मनाऊँ न त,’ भनेर साथीहरूलाई उनले सेयर गरे। त्यो सेयरसँगै छलफल भयो, ‘मिनपचास’ नाम दिएर कविता गोष्ठी गर्ने।

कहाँ गर्ने?

उपाय सुल्झियो– क्याफेमा।

लगत्तै उनीहरूले कविता सुनाउने परम्परागत संरचनालाई भत्काउँदै रेस्टुँरामा सुनाउने अभियान चलाए। युट्युवमा लाइभ हुन्थ्यो। नाम चलेका कविहरू आउँथे। नयाँ पुस्ता पनि आउँथे।

कार्यक्रमलाई निरन्तरता दिने योजना थियो। प्रत्येक महिनामा गर्ने योजना बन्यो। तर, सधैंभरि मिन पचास त हुँदैन। ‘त्यसोभए कार्यक्रमको नाम फेर्नुपर्‍यो,’ रुपेशको टिमले सोच्यो।

सोमेस बर्माले नाम जुराइदिए– क्याफे कविता।

कार्यक्रमले निरन्तरता पायो। काठमाडौं, बनेपा, पोखरा, इटहरीमा भयो कार्यक्रम। यसको एउटा नियम थियो– आउने कविहरूले आफ्नो कफीको पैसा आफैं तिर्ने।

काठमाडौं बाहिर जाँदा त्यहीँकै साथीहरूले व्ययस्थापन गर्ने। भयो पनि त्यही। अर्को रमाइलो पक्ष थियो, कसैले राम्रो कविता सुनाएर त्यो कविता कसैलाई मन परेमा उसले कवि लगायत अन्य साथीहरूलाई स्पोन्सर गरिदिन सक्थ्यो।

कार्यक्रममा ट्याब वा मोबाइलमा हेरेर कविता बाचन गर्ने नयाँ प्रचलन पनि बढ्यो।

केही समय नियमित त भयो। तर, निरन्तरता हुन सकेन। कार्यक्रम रोकियो।‘सबै आयोजक साथीहरू कहाँ कहाँ व्यस्त भए। समय दिन सकेनन्। पछि बन्द भयो,’ रुपेशले भने।

यही दौरानमा रुपेशले धेरै कविता लेखे। कार्यक्रमताका नै थाहा पाएका हुन् रुपेशले, कविता लेख्दैमा कवि हुइने रैनछ भन्ने।

यद्यपि, आफ्नो प्लेटफर्मको लागि पनि त्यो अभियान गरेका थिए उनले। ‘मेरो चाहना के थियो भने म कविता लेख्छु। तर मलाई कविता सुन्न र भन्नका लागि कसैले बोलाउँदैन। मलाई पत्रकारको रुपमा मात्र चिन्ने भए। जहाँ मैले मेरो कविता सुनाउन पाऊँ भनेर नै यो अभियान बढाएँ,’ रुपेशले भने।

साथी कविता
सानो छँदा,घरमा दाइ कविता लेख्थे। दाइको डायरी थियो। जिज्ञासु रुपेशलाई पनि दाइको जस्तै डायरी बनाउन मन लाग्यो। डायरीमा दाइको जसरी कविता भर्न थाले। कविता त लेख्थे, तर पूरा गर्न अरुको कविताको लाइन टपक्कै टिप्थे। बिस्तारै बानी पर्‍यो कविता लेख्न।

कक्षा ५ मा हुँदा कविता प्रतियोगितामा भाग लिए। तर, रिजल्ट आउँदा उनले स्कुल छाडिसकेका थिए। पछि साथीले भनेपछि चाल पाए, कवितामा आफू प्रथम भएको।

कक्षा ९ मा हुँदा उनले कविताको पाण्डुलिपी तयार गरेका थिए। कवि गोपी सापकोटालाई उनले पाण्डुलिपी दिएका थिए। रुपेशको कविता पढेर त्यतिबेला उनले भनेका थिए, ‘तिम्रा कविता बाल कविताजस्ता छैनन्।’

प्रशंसा पाएपछि रुपेश खुसी त भए। तर, त्यो खुसी पाण्डुलिपी हराएसँगै हरायो।

‘हराएको त्यो पाण्डुलिपीलाई अहिले पनि मिस गर्छु,’ रुपेश भावुक हुन्छन्।

कविता त हरायो। कविता लेख्ने सोच भने कहिल्यै हराएन रुपेशको। लेखनलाई निरन्तरता दिए। कहिले धेरै लेखे, कहिले वर्षौंदिनसम्म पनि लेखेनन्। जे होस्, कविता उनको मस्तिष्कको एउटा पाटोमा सदैव रहिरह्यो।

पत्रकारिताको लत
२०५८सालको एसएलसी दिइसकेपछि कक्षा ११ मा पढदै थिए रुपेश। त्यहीबखत उनी रेडियोको तालिममा सहभागी भए। त्यतिबेला रेडियोको लोकप्रियता खुबै थियो।

संयोगले, उनी तालिमबाट छनोट भए र क्लासिक एफएममा काम गर्न थाले।

रेडियोमा कामहरू सबै गर्नुपर्थ्यो। समाचार, कार्यक्रम सञ्चालनदेखि लिएर प्राविधिक र रिसेप्सनिस्ट सबैको अनुभवमा पोख्त भए रुपेश।

रेडियोमा काम गर्न थालेपछि कलेज जान छाडे। परीक्षा मात्र दिन जान्थे। रेडियोमा काम गर्दा गर्दै उनी टिभीमा गए। कान्तिपुर टिभीमा मान्छे चाहिएको थियो। त्यो कुरा सुनेपछि उनले अप्लाइ गरे।

उनी सेलेक्ट भए। टेलिभिजनको पहुँच बढी भएको कारणले रुपेशलाई चिन्नेहरूको संख्या बढ्न थाल्यो। टेलिभिजनमा देखिनुको घाटा भने उनले कलेज लाइफमा महसुस गरिनै रहे।

सबैले समाचार भन्ने मान्छे भनेर मात्र सोच्ने। पार्टी वा समारोहमा जाँदा पनि समाचारकै बारेमा सोध्ने। ‘मैले कलेज नियमित नगर्नुको कारण पनि यही थियो। किनकि कलेज जाँदा सबैले मलाई समाचार भन्ने मान्छे भनेर उडाउन थाले। त्यसले मलाई निकै असहज हुन थाल्यो। यसकारण कतिपय साथीसँग सम्बन्ध बिग्रियो,’ रुपेश भावुक हुँदै भन्छन्।

जीवनमा आफूले ‘इन्जोय’ गर्ने समय मिस गरेको अनुभव गर्छन् रुपेश। ‘जतिबेला साथीहरूको लागि समय दिनुपर्ने थियो, हाँसखेल गर्नुपर्ने थियो। त्यो सबै यही रेडियो र टेलिभिजनका कारण गुम भइदियो,’ उनी सुनाउँछन्।

परीक्षा दिँदा पनि रेडियोकै कामका कारण आधा परीक्षा दिइ उठेर आएको रुपेशको अनुभव छ।
‘परीक्षा दिने क्रममा समाचार बनाउने मान्छे कोही नभएपछि आधा परीक्षा छाडेर आएँ। अनि समाचार बनाएर पढें,’ रुपेश सम्झन्छन्।

तर, त्यति हुँदा पनि त्यस परीक्षामा पास भएको रुपेशको अनुभव छ।

पहिचानको नाममा
रुपेशलाई लाग्दैन कि सबैले उनलाई एउटै पहिचानले चिनुन्। उनी फरक फरक काममा रमाउन चाहन्छन्। ती कामहरूबाट आफूलाई अलग ढंगले प्रस्तुत गर्न चाहन्छन्।

‘मान्छेको बाँच्नुपर्ने जिन्दगी एउटै छ। भूमिकाहरू फरक फरक छन्। जीवनमा एउटै मात्र लक्ष्य हुँदैन,’ रुपेश प्रस्ट्याउँछन्, ‘त्यसैले कहिले कविताबाट चिनिन्छु,  कहिले समाचार वाचकको रुपमा चिनिन्छु, तालिम पनि दिन्छु, पब्लिक स्पिकिङ पनि गर्छु।’

जीवनमा गर्दै जाँदा थुप्रै कामहरू सजिलै गर्न सकिने रुपेश बताउँछन्। ठूलो महत्वकांक्षाले मानिसलाई कहीँ नपुर्‍याउने उनको बुझाइ छ। ‘जीवनमा हामी जे कर्म गर्दा खुसी हुन्छौं नि, हो त्यो खुसी हुनु नै ठूलो कुरा हो,’ रुपेश मुस्कुराउँछन्।
०००

प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
कर्णाली प्रदेशमा सरकार नेतृत्व परिवर्तन हुने गगन थापाको संकेत
सरकारले उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) सोमबार, वैशाख २८, २०८३
कर्णाली प्रदेशमा सरकार नेतृत्व परिवर्तन हुने गगन थापाको संकेत सोमबार, वैशाख २८, २०८३
सरकारले उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने सोमबार, वैशाख २८, २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (लाइभ) सोमबार, वैशाख २८, २०८३
सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने सरकारको प्रतिवद्धता सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्