buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार ५, २०८३ Fri, Jun 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

सहरमा उज्यालो : साँझ बत्तीले रंगिए न आशा जगमगाउँछ

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २४, २०७६  १४:५५
1140x725

छिमेकी देश चीनका महामहिम राष्ट्रपति सी चनिफिङ दिउँसो ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम थियो। तर, गोधुली साँझमा मात्र एयरपोर्टबाट होटलतर्फको सवारी सुरु भयो।

त्यतिबेलासम्म बानेश्वरको बाटो हुँदै सोल्टी होटलसम्म पुग्ने सौर्य सडक बत्ती बल्नेछन् भन्ने अनुमान रहेछ। मलाई बताइएअनुसार यी बत्तीमा 'लाइट सेन्सर' नराखेर 'टायमर सेटिङ' गरिएको थियो। तर, त्यो लामो दिन हुने अनुसारको थियो। हतार-हतारमा हिउँदको लागि मिल्ने गरी मिलाउन भ्याइएन। राष्ट्रपतिको भ्रमणसँग सम्बन्धित एक जना सरकारी अधिकृतले मलाई सुनाउनु भयो, 'ठ्याक्क राष्ट्रपतिको सवारी कालिमाटी पुग्ने बेला पिलपिले उदाए।

त्यो दिन सम्माननीय प्रधानमन्त्री आफैँले नगरपालिकालगायत अन्य समबन्धित स्थानमा सोध्नु भएछ- पिलपिले नै सही, यी बत्ती किन बलेनन्?

यो सबै सुनिसकेपछि मलाई निकै दुःख लाग्यो। एउटा विद्युत इन्जिनियरको रुपमा यो विषयलाई गम्भीर रुपमा लिएको छु। 

आजको युगमा देशको राजधानी सहरमा ट्राफिक लाइटले काम गर्दैन। विदेशी पाउना आउदा अँध्यारो सडकमा गाडी कुदाउनुपर्छ। यो त राष्ट्रिय लज्जाको विषय भयो।

विभिन्न देशका केही सहरहरुको रात्रीकालीन जिन्दगीका रङ्गिन दृश्य हेरेर फर्केपछि मलाई लाग्न थालेको छ, ‘जुनसुकै देशको पनि मुख्य मुख्य शहर त खास सन्ध्याकालमा सुरु भएर मध्य रातसम्म न चल्दो रहेछ। कहाँ दिउँसो र रातिको सौन्दर्य तुलना हुन्छ र? पानीको फोहोरासँगै बलेका झिलिमिलि बत्तीहरुले सहरलाई अर्कै दुनियाँ जस्तो लाग्ने बनाउँछन्। मुख्य–मुख्य ल्यान्डमार्कमा आफ्ना डिजाइनका रात्रीकालीन सजावट निकै प्यारा लाग्छन्।

छिमेकी देश भारतमा पनि ठूला–ठूला मन्दिरहरुलाई कलात्मक प्रकाशले रोमाञ्चक बनाएको देखेका छौं।

म कल्पना गर्छु, ‘उपत्यकामा हवाइजहाज छिर्नासाथ यहाँका विश्व सम्पदा सूचीका स्मारकहरुका प्रकाशमय कलात्मक दृष्य आकाशबाट नै अनुभुति गर्न पाए!’

nimb
nimb
Ncell 2
Ncell 2

रातमा सडकमा उज्यालो किन चाहिन्छ भनेर कुरा सुरु गरौं।

सडक बत्ती, गाडी हाँकिरहेका ड्राइभरलाई रातको समयमा बाटो चिनेर हिँड्न एवं सम्भावित दुर्घटनाबाट बचाउन र बटुवालाई बाटोमा उज्यालो दिन प्रयोग हुन्छ। त्योबाहेक अँध्यारोमा हुनसक्ने अपराधबाट जोगाउन पनि सहयोग हुन्छ। सामान्यतः सहरहरुका व्यस्त बजारहरु मध्यरातसम्म पनि व्यापारिक प्रयोजनको लागि चलायमान नै हुन्छन्।

त्यसकारण सहर उज्यालो हुनुको सोझो लाभ देशको अर्थतन्त्रले हासिल गर्छ। सहरको अवस्था हेरेर उपयुक्त डिजाइन गरिएका सडक बत्तीले सहरको रौनक नै बदलिदिन सक्छन्। खासमा विभिन्न रङ्गहरुका प्रकाश फाल्न सक्ने लेड बत्तीको उपयुक्त संयोजनले सहरका ऐतिहसिक, सांस्कृतिक, आधुनिक र धार्मिक संरचनाको स्वरुप कलात्मक बनाइदिन सक्छन्। हामी धेरै जना विश्वका विवध सहरहरुका सिटी सेन्टर, सम्पदा वा संरचनामा रातको झकिभकाउ उज्यालो देखेका छौं। त्यसैमा रमाएका छौं।

यसै पनि उज्यालो भनेको आशाको विम्ब हो। अँध्यारो भनेको निराशाको। काठमाडौंलगायत नेपालका विविध सहरहरुका कैयौं अँध्यारा सडक, चोक, गल्ली, पुल र बजारहरुमा साँझ या रातको प्रहरमा छामछुम गरेर हिँड्दै गर्दा असजिलो र असुरक्षित अनुभव गर्ने हामी सबै छौं।

कतिपय स्थानमा राखिएका सडक बत्ती पनि व्यवस्थित गरेर राखिएको छैन। आजकल राखिएका सोलार सडक बत्ती भएका स्थानमा उज्यालाको नाममा टुकी झुन्ड्याएको जस्तो मधुरो र धिपधिपे प्रकाश भएर होला, त्यसैको भरमा साँझ परेपछि निर्धक्कसँग हिँड्न सक्ने अवस्था छैन।

काठमाडौ बाहिरका ठूलासाना सहरहरुको अवस्था त झन् नाजुक छ।

विगत ५–६ वर्ष अघिदेखि नेपालभर सोलार सडक बत्तीमा करिब अर्बौं लगानी गरियो होला। एक दुई वर्षमा फेरिरहन पर्ने लिड एसिड ब्याट्रीलाई टिनको बट्टाभित्र हालेर पोलमा राखेको देख्दा मलाई लागेको थियो, नेपालका धुलो उड्ने सहरमा यस्तो खालको सडक बत्तीको डिजाइन सिधै काम नलाग्ने छ भन्ने बुझिन्छ।

यति थाहा हुँदाहुँदै कसरी यही तरिका फैलियो होला? के उद्देश्यले त्यसमा राखिएको विज्ञापन मात्र पनि टल्किन नपुग्ने बिजुली उत्पादन गर्ने प्रणालीलाई नगरपालिकाहरुले प्रोत्साहन गरेका छन्?

सहरहरुका मुख्य ठाउँहरुमा देख्दै भद्दा लाग्ने पोलहरुको भिड जम्मा पारेर राखिने विज्ञापनको बोर्डहरुबाट नगरपालिकाले कति पैसा कमाइ गर्दो हो? यथार्थमा सुरुमै चर्को पैसा लगानी गरेर जडान गरिएका यस्ता सोलार सडक बत्तीहरु नेपालका सहरहरुको रात्रीकालीन उज्यालोको विकल्प होइनन्। बरु सामान्य पनि अध्ययन गरी यसको पछाडि दौडिदा राज्यका ठूलो लगानी खेर गएको छ।  

अहिले सोलार सडक बत्तीमा लिथियम ब्याट्रीको स्टोरेज आउन थालेको छ। बरु यस्तो खालको प्रणाली कम धुलो उड्ने, विद्युतको सहज पहुँच नभएको, मुख्य सडक संरचनाबाट अलि पर राख्न सकिन्छ। तर सडक बत्तीलाई विज्ञापनको माध्यम बनाएर सहरलाई कुरुप बनाउने यो तरिकालाई नगरपाकालिकाहरुले परिवर्तन गर्नैपर्छ।

हामी नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा छौं। हुनत विदेशी पाहुनाहरुलाई ल्याउनु पूर्व हामीले सम्पन्न गर्नुपर्ने कामहरु धेरै हुन सक्छन्। तर पनि डुल्न, घुम्न, देख्न र राम्ररी संवाद गर्न उज्यालो चाहिनु त आधारभूत कुरा हो। संसारभर पर्यटकहरुले सन्ध्याकालमा सहरहरुको मज्जा लिन रुचाउँछन्। साँझ भनेकै मानिसहरु समूहमा भेट्ने र सामाजिकीकरण हुने समय हो। दिन चलिरहँदा एकै प्रकारको प्रकाशको रङ्गमा दिक्क लागिसकेको हुन्छ। जब साँझ पर्दै जान्छ, तब कालो आकाशलाई क्यानभास बनाएर सहरहरुका विभिन्न संरचनाहरुले भिन्न–भिन्न रङ्गको सौन्दर्यबाट वातावरणलाई रोमाञ्चक बनाउँछन्। त्यसले रमाइलो अनुभूत गराउँछ।

नेपाल भ्रमण वर्षको छेक पारेर नेपाल आउने पर्यटकलाई कम्तिमा अँध्यारा सडकमा हिँडाउने अवस्था भने हटाउनै पर्छ। किनभने सहरमा दिर्घकालीन समाधान हुनेगरी सडक बत्ती एकाध महिना भित्रै राख्न सकिने काम हो।

भारतमा इनर्जी इफियिसन्सी सर्भिस लिमिटेड नामको एउटा सरकारी कम्पनी छ। त्यसले ऊर्जा दक्षताको क्षेत्रमा गरेका कयौं महत्वपूर्ण कार्यलाई थाति राख्दै उसको एउटा महत्वपूर्ण कार्यक्रमको चर्चा गर्न चाहान्छु, नेसनल स्ट्रिट लाइट कार्यक्रम।

यो आँफैमा यस्ता प्रविधिको प्रयोगबारे जानकार आर्किटेक्ट, योजनाविद्, इलेक्ट्रिकल र सम्बन्धित विषयका इन्जिनियरहरुबाट सडकको अवस्था हेरेर उपयुक्त सडक बत्ति डिजाइन गर्ने, चुस्त संयन्त्र बनाएर टेन्डर गर्ने र उर्जा दक्ष हुने गरी बत्ति जडान गर्ने कार्यक्रम हो।

देशभरका नगरपालिकाहरुले आफूलाई आवश्यक पर्ने यस प्रकारका कार्यक्रमको बजेट यस कार्यक्रममा जम्मा गर्छन्। इनर्जी इफिसियन्सी सर्भिस लिमिटेडले एकमुष्ठ टेन्डर गर्छ, जसले गर्दा निकै सस्तो मूल्यमा गुणस्तरीय कार्यक्रम सम्पन्न गर्न सम्भव भएको छ। इनर्जी इफिसिएन्सी सर्भिस लिमिटेडले करोडौं करोड अंकमा लिड लाइट खरिद गर्न थालेपछि संसारभर लिड बत्तीको मूल्य एकाएक घटेको हो। अप्रत्यक्ष रुपमा त्यसको फाइदा नेपालले पनि लिइसकेको छ।

नेपालभरका नगरपालिकाहरुले यस्ता प्रकारका कामहरु आफैंले स्पेसिफिकेसन बनाएर सानो–सानो परिमाणमा टेन्डर गर्दै आएका छन्।

जसले गर्दा एकातिर गुणस्तरहीन काम भइरहेको छ भने अर्कोतर्फ निकै ठूलो रकम खर्च भएको छ। त्यसकारण म देशभरका नगरपालिकाहरुलाई अनुरोध गर्न चाहान्छु – तपाईंहरुले एउटा गतिलो साझा संयन्त्र बनाउनुहोस्, जसले तपाईंहरुले गर्नुभएका कार्यमा आधुनिकता, दक्षता, गुणस्तर र कम खर्चिलो हुने ग्यारेन्टी दिन सकुन्। एकमुष्ठ टेन्डर गर्दा सडक बत्ती जस्ता कार्य कम्तिमा ३० प्रतिशत सस्तो दरमा काम सम्पन्न हुन सक्छ। 

देशभरको विद्युत वितरण प्रणालीमा लोडसेडिङ अन्त भएपछि नेपाल विद्युत प्राधिकरणले सवै प्रकारका ग्राहक वर्गलाई सक्ने जति विद्युत प्रयोग गर्न दिन सक्ने अवस्थामा आइसकेको छ। त्यसकारण सडक बत्तीको लागि पनि ग्रिडको विद्युत भन्दा अर्को विकल्प हुनै सक्दैन । त्यसमा पनि सडक बत्तीको विद्युत दर निकै कम छ। नगरपालिकाहरुलाई सहज होस् भनेर नेपाल विद्युत प्राधिकरणले ऊर्जा दक्ष सडक बत्ती सम्पन्न गर्न प्राविधिक सहयोग सुरु गरिसकेको छ। यस अन्तर्गत ललितपुर नगरपालीकामा काम सुरु भइसकेको छ भने भरतपुर नगरपालिकाको लागी एकमुष्ठ टेन्डर भइसकेको छ। यस्तै काठमाडौं र पोखरा महानगरपालिकालाई सवै प्रकारका प्राविधिक सहयोग गरेको छ।

समयक्रमले नेपालका सहरहरुमा स्मार्ट स्ट्रिट लाइट, स्मार्ट मास्ट लाइट आदि जडान गर्न नेपाल विद्युत प्राधिकरणले देशभर नगरपालिकाहरुसँग समन्वयन गर्न दिएको एउटा सानो जिम्मेवारीमा म आफैँ पनि छु। म यसै लेखमार्फत् नगरपालिकाहरुलाई सकेसम्म आफूहरु मिलेर सडक बत्तीको दिर्घकालीन समाधानमा काम गर्न अनुरोध गर्दछु। यदि विद्युत प्राधिकरणमार्फत् समन्वयन र सहकार्य गर्नु परे हामीलाई निर्धक्क सम्पर्क गर्न अनुरोध गर्दछु।

जसरी होस्, नेपाल भ्रमण वर्ष चल्दै गर्दा देश झिलिमिलि हुनुपर्छ।

[ज्ञवाली नेपाल विद्युत प्राधिकरणमा कार्यरत छन्]

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १४:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
कक्षा १२ को नतिजा सार्वजनिक
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली शुक्रबार, असार ५, २०८३
आज हिमाली र पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना शुक्रबार, असार ५, २०८३
सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने बिहीबार, असार ४, २०८३
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे पूर्वाधारमन्त्री सुनिल लम्सालले खोले मुख बिहीबार, असार ४, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्