• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चीनभन्दा लोकतान्त्रिक भारतका शासक किन तानाशाह भए?

64x64
नेपाल लाइभ मंगलबार, भदौ २४, २०७६  १८:०५
1140x725

अहिले हङकङ र काश्मीर दुई क्षेत्र दुनियाँभर चर्चामा छन्। फरक यति हो कि नयाँनयाँ तरिकाले भइरहेको विरोधको शैलीका कारण हङकङ चर्चामा छ भने काश्मीर सैनिकको छायाँभित्र बन्द रहेकाले।

हङकङमा खुल्ला रुपमा प्रदर्शन भइरहेको समयमा काश्मीरमा प्रदर्शनमा उत्रिएकाहरुमाथि सरकारले दमन गर्‍यो।

यो हेर्न बाँकी छ- चीनले कहिलेसम्म हङकङको प्रदर्शनलाई मौन रुपमा हेर्नेछ। दुवै क्षेत्र यो समय एक यस्तो परिस्थितिबाट गुज्रिइरहेका छन्, दुवैलाई स्वायत्तता दिने भनी गरिएको सम्झौता संकटमा रहेको देखिन्छ।

फरक यत्ति हो कि चीन एक पार्टी नीतिबाट चलिरहेको छ भने भारतमा बहुपार्टी पद्धतिमा चलेको संघीय सरकार छ। भारतले आफूलाई लोकतान्त्रिक देश भन्ने दाबा गर्ने गर्दछ। आफूलाई लोकतान्त्रिक भन्ने देश भारतमा भएको जनताको विरोध र एक पार्टी भएको देशको प्रदर्शन तुलना गर्ने हो भने आकाश-जमिनको फरक पाइयो। हङकङमा लाखौं मानिस सडकमा आएर प्रदर्शन गर्न पाउने तर भारतको काश्मीरमा सबै विपक्षी नेता र कार्यकर्ता नजरबन्दमा हुनुपर्ने? विपक्षी पार्टीले प्रश्न गर्दा देशद्रोहीको संज्ञा पाउने कसरी?

हङकङको प्रदर्शन विश्वभरका सबै मिडियाले स्वतन्त्रपूर्वक संकलन गर्न पाउने तर कश्मीरमा मिडियामाथि नै प्रतिबन्ध किन? र, मुलधारका सञ्चारमाध्यम भनिएकाहरु पनि जनताको आवाज नभई सत्ताको भाषामा कसरी हो मा हो मिलाउन तयार भए?

काश्मीर ३ अगस्टदेखि यस्तो जेल बनेको छ, जहाँ आम मानिसलाई आफन्तसँग भेटघाट गर्ने अनुमतिसमेत छैन। त्यहाँका जनताको हिँडडुल गर्न पाउने लोकतान्त्रिक अधिकारसमेत खोसिएको छ।  जब प्रमुख विपक्षी दलका एक नेता आफ्ना कार्याकर्ता लिएर जान्छन्, तब उनलाई विमानस्थलबाटै फर्काइन्छ। यसलाई कसरी लोकतन्त्र मान्ने?

भारत सरकारको प्रतिनिधि त्यस्तो गर्भनर, जो विपक्षी दलको नेता र आफ्ना जनतासँग भेट्न जाँदा देशको हितमा हुँदैन? विपक्षी दलको नेताले भ्रमण गर्दैमा स्थिति सामान्य बनाउन अप्ठेरो हुने कस्तो लोकतन्त्र हो हाम्रो?

nimb
nimb
Ncell 2
Ncell 2

विपक्षी दलको नेता जाँदा- त्यहाँका नागरिकहरुमाथि लागेको प्रतिबन्ध उनीहरुकै जीवन रक्षाका लागि भएको तर्क गरिन्छ। सडकमा विरोध प्रदर्शन गर्न निस्केका जनतालाई दबाइन्छ र उनीहरुलाई यो कहिल्यै बताइन्न कि किन र कसले यस्तो व्यवहार गरिरहेको छ। यस्तो लाग्छ- यहाँ मध्ययुगीन राजाले आफ्नो शासन चलाइरहेका छन्। संविधान होइन उनीहरुले नै तय गर्नेछन् कि देशहित के हो? को उनको राज्यमा आउनुपर्ने र को आउन नहुने हो? यस्तो लाग्छ- अनुच्छेद ३७० खारेज भएपछि लोकतन्त्र समाप्त भएको छ। ‘राज्यपालशाही’ शासन आएको छ।

हङकङ र काश्मीर कुनै समय एक सूत्रमा जोडिएको इतिहास छ। ब्रिटिस सरकारले यी दुवैमा कुनै समय शासन चलाएको थियो। ब्रिटिसका प्रतिनिधिले इतिहासको दुई अलगअलग समयमा एसियाका यी क्षेत्रमा अलगअलग सन्धि गरेका थिए। पहिलो सन्धि २७ अक्टोबर १९४७ मा भएको थियो। उक्त समयमा भारतका गर्भनर जनरल माउन्ट बेटनले भारत सरकारको तर्फवाट जम्मु काश्मीरका तत्कालीन महाराजा हरि सिंहका साथमा सन्धि गरेका थिए। दोस्रो सम्झौता ब्रिटिस एवं आयरल्यान्डका तर्फबाट हङकङको विषयमा चीनसँग १९ डिसेम्बर १९८४ मा भएको थियो। जहाँ काश्मीर तत्काल प्रभावबाट भारतको हिस्सा बन्यो भने हङकङ १ जुलाई १९९७ देखिन चीनको हिस्सा बन्यो।

यी दुई सन्धिमा दुई प्रमुख कुरा थिए। पहिलो- देशको कानुन। दोस्रो- स्वायत्तता।

हङकङले रक्षा र विदेश मामलामा चीनको अधीनता स्वीकार गरेको थियो। उसले कार्यपालिका, न्यायपालिका र विधायिकाको अधिकार आफूसँगै राखेको थियो। उसले आफ्नो अलग पार्सपोर्ट, झन्डा र मुद्रासमेत हुने निर्णय गरेको थियो। उसको यो स्वायत्तता ५० वर्ष अर्थात् सन् २०४७ सम्म हो। काश्मीरमा राजा हरि सिंहले जम्मु काश्मीरको मामलामा रक्षा र विदेश मामला साथसाथ सञ्चार र अदालतका केही अधिकार भारत सरकारलाई नै दिएका थिए।

भारत सरकार र जम्मु काश्मीरका तत्कालीन महाराजाका बीचमा भएको यो वचनपत्र वा करारनामा अनुसार संविधानमा धारा ३७० राखेर स्वायत्तता दिइएको थियो। त्यहाँको जमिनमा स्थानीयको अधिकार हुने गरी संविधानको धारा ३५ ए मार्फत दिइएको थियो। संविधानको धारा ३७० निर्माण गर्दाको समयमा अस्थायी शब्द जरुर राखिएको थियो। यदि काश्मिरी जनताले यसलाई अन्त्य गर्न चाहेमा संविधानसभाको सहमतिमा हुन सक्ने उल्लेख थियो। यो कुरा संविधान बनाउने समयमा संविधानसभाले २६ जनवरी १९५७ मा अन्त्य गरेको थियो। तर चीनले हङकङको स्वायत्ततामा बिस्तारै कडाइ गर्दै लगेको आरोप प्रदर्शनकारीले लगाएका छन्।


त्यस्तै, भारतमा पछिल्लो ६९ वर्षमा पहिलो पटक राष्ट्रपतिको आदेशमा संविधानको धारा ३७० खारेज भएको छ।

३७० ले काश्मीरीलाई स्वायत्तता मात्र दिएको थिएन यो धरती हावा र पानी आफ्नो हो भन्ने गर्वबोध पनि थियो। उक्त क्षेत्रमा कोही पैसा भएको मानिसले विकासका नाममा जग्गा किनबेच गरेर दोहन नगर्नेमा उनीहरु ढुक्क थिए। उनीहरु देशका अन्य भागमा भएका यी कुराबाट टाढै रहेका थिए।

तर, भारत सरकारले काश्मीरीहरुको स्वतन्त्रलाई अन्त्य गरिदिएको छ। पछिल्लो अवस्था हेर्दा यो भन्न सकिन्छ कि हङकङको भन्दा खराब अवस्था काश्मीरमा देखिन्छ। सरकार तानाशाह बन्दै गएको छ।

यो कस्तो विडम्बना– एकतन्त्रीय शासन र निरंकुश भएको आरोप लागेको चीनभन्दा लोकतान्त्रिक भारतका शासक तानासाह भए?

हङकङको प्रदर्शनसँग काश्मीरलाई तुलना गरेर हेर्दा अमिल्दा दृश्यहरु देखिन्छन्। हङकङमा प्रदर्शनकारीले विमानस्थल कब्जा गरे, सडकमा खुलेआम प्रदर्शन गरे। प्रहरीसँग कैयौं पटक भिडेको दृश्य देख्न पाइयो। तर प्रहरीले यसरी प्रदर्शनमा उत्रेका मानिसमाथि बर्बर यातना दिएको देखिएन। आँखा फुटाइएन, शरीरमा निलडाम हुनेगरी पिटिएन र अश्रुग्यास प्रहार गरेर नोक्सान पुर्‍याएको दृश्य कम देख्न पाइयो। यत्रो प्रदर्शनमा कोही व्यक्ति मारिएको दुनियाँभरको मिडियाले समाचार प्रकाशन गरेनन्।


तर, काश्मीरमा अनुच्छेद ३७० हटाउनुभन्दा पहिला उक्त क्षेत्र पूरै खाली गरियो। अमरनाथ यात्रामा रहेका तीर्थयात्री, पर्यटक र मजदुरलाई त्रास सिर्जना गरी उक्त क्षेत्रबाट बाहिर हटाइयो। त्यसपछि त्यहाँका नागरिकको सबै अधिकार खोसेर युद्ध क्षेत्रझैं सैनिक जत्थाले घेरा हालियो। उनीहरुमाथि दुस्मन देशको नागरिकझैं व्यवहार गरियो। मानिसहरु औषधि र अत्यन्त जरुरी साधनका लागि तड्पिइरहेका छन्। त्यहाँ प्रदर्शन त परको कुरा, आम नागरिकलाई घरबाट बाहिर निस्कन सक्ने अवस्थासमेत छैन। 

भोलिका दिनमा चीनले के गर्ला तर अहिले उसले विरोध प्रदर्शन गर्ने मौका दिएको रुपमा लिन सकिन्छ।

तर, भारत सरकारले दुनियाँलाई के सन्देश दिइरहेको छ? के ऊ अब आफ्नो निर्णयको विरोध गर्ने सबैलाई देशद्रोही ठहर गर्छ? के अबा भारतबाट लोकतन्त्र अन्त्य भएको हो? मौका आयो भने ऊ चीनभन्दा पनि तानाशाह हुन तयार छ? 

यति ठूलो फैसला लिँदा पनि जनतालाई समर्थन र विरोधको मौका नदिने नीति सरकारले लिएको हो त? यी सवालहरु धारा ३७० को खारेजीसँग मात्र सम्बन्धित होइनन्। सवाल त भारतमा अब लोकतन्त्र रहन्छ वा रहँदैन भन्ने नै हो।

(हिन्दी अनलाइन पत्रिका द वायर को यो लेख दुर्गा दुलालले अनुवाद गरेका हुन्।)

 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कानुन जति विशिष्ट हुन्छ, कार्यान्वयन गर्न सहज हुन्छ :मन्त्री चौधरी
सामसङ नेपालको 'मनसुन अफर': टिभी र होम अप्लायन्सेसमा २३ प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहार
पत्रकार महासंघ कोरियाका अध्यक्ष सन्तोष खड्का पूर्वी नेपाल समाज परोपकारी पत्रकारिताद्वारा सम्मानित
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
कानुन जति विशिष्ट हुन्छ, कार्यान्वयन गर्न सहज हुन्छ :मन्त्री चौधरी सोमबार, भदौ ८, २०८३
सामसङ नेपालको 'मनसुन अफर': टिभी र होम अप्लायन्सेसमा २३ प्रतिशतसम्म क्यासब्याक र आकर्षक उपहार सोमबार, भदौ ८, २०८३
पत्रकार महासंघ कोरियाका अध्यक्ष सन्तोष खड्का पूर्वी नेपाल समाज परोपकारी पत्रकारिताद्वारा सम्मानित सोमबार, भदौ ८, २०८३
जस्मिन पेन्ट्सको चाडपर्व योजना : ग्राहकहरूले पाउनेछन् लण्डन घुम्ने अवसर सोमबार, भदौ ८, २०८३
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्रीले गरे भर्चुअल उद्घाटन सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्