• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दु:खमा पोतिएको 'मिथिला' सौन्दर्य

64x64
नेपाल लाइभ शनिबार, भदौ ७, २०७६  १६:४५
1140x725

काठमाडौं- मिथिलादेवी यादवले आफ्नो बाल्यकाल माटोसँग खेलेर बिताइन्। घरका भित्तालाई क्यानभास बनाएर सुन्दर आकृति कोर्नु उनको दैनिकी हुन्थ्यो। 

आमा/हजुरआमाहरूले रामायण, महाभारतबाट कथा हाल्थे। उनी चाख लिँदै सुन्थिन्। 

माटोले लेपिएको घर थियो, जहाँ बेला बेलामा लिपपोत हुन्थ्यो। उही भित्तामाथि चाडबाडमा  आमाहरूले राम-सीता, गणेश भगवान्‌को चित्र बनाउँथे। त्यो देख्दा मन फुरुंग हुन्थ्यो। 

उनले पनि सिकिन्– भित्ताहरूमा चित्र कोर्न। 

तर, उमेरले १३ टेक्नासाथ उनको विवाह भयो। त्यतिबेला विवाह भनेकै थाहा थिएन मिथिलालाई। 

बालापनका रहरहरू अधुरै छाडेर उनी पराइघर गइन्। 

जनकपुर बजारमा जन्मिएर हुर्किएकी। तर, नियतिले पुर्‍यायो महोत्तरीको बिरानो गाउँ। गाउँजस्तै बिरानो लाग्थे– श्रीमान्, सासू अनि त्यहाँका मान्छेहरू।

आफूजस्तै बच्चाहरू घर वरपर झुम्मिन्थे र खेल्थे। उनी पनि त्यही समूहमा मिसिन्थिन् र निस्फिक्री खेलिदिन्थिन्। एक्कैछिन खुसी हुनुको स्वास फेर्थिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यसरी खेल्न गएको देख्दा सासूआमा कड्किँदै भन्थिन्, 'बाहिर नजा।' 

बालापनको हठ, सजिलै मान्थेन। खेल्न नपाउँदा कम्ता गाह्रो हुन्थ्यो र!

सहरमा हुर्किएकी छोरी, पराई गाउँमा बानी पार्न निकै मुस्किल भयो। बारम्बार याद आउँथ्यो माइतीघरको। 

दिमागमा माइतीघर आउँदा सम्झिन्थिन्– आमाको ‘दुःखी’ अनुहार। 

५ वर्षको हुँदा बाबु गुमाएकी थिइन्, मिथिलाले। बाबुसँगै गुमाएकी थिइन् घरको जायजेथा। 

‘अंकलले भएभरको सबै सम्पत्ति आफ्नो नाममा पारे। ममी पढेलेखेको थिइनन्। निकै कष्ट गरेर हुर्किएका थियौं,’ अभावले डसेका विगत सम्झन्छिन् उनी। 

उनलाई सम्झना छ पहिलो सन्तान जन्मिएको दिन। त्यतिबेला उनी १५ वर्षकी थिइन्। त्यसकै डेढ वर्षमा दोस्रो छोरा जन्मियो। दुई वर्षपछि छोरी। 

सानैमा ३ सन्तान जन्मिएपछि मिथिलाको काँधमा जिम्मेवारी बढ्यो। गाउँमा आम्दानीको स्रोत शून्य थियो। उनी श्रीमान्‌सँग जनकपुर आइन्। श्रीमान् पढेलेखेका थिएनन्। गुजारा चल्न निकै मुस्किल थियो।

त्यसमाथि बच्चा पढाउनु थियो। परिवारको दुःख देखेर एक जना दाइले जागिर मिलाइदिए– जनकपुर चुरोट कारखानामा। 

उनीसँगै काम गर्थे उनका श्रीमान् पनि।

सँगै गर्नेहरूमध्ये फरक थिइन् मिथिला। किनकि, उनलाई नेपाली बोल्न आउँथ्यो। त्यहाँ नेपाली बोल्न जान्नु धेरैलाई चासोको विषय बन्थ्यो।

कलाको गोरेटो
मिथिलासँगै जोडिएको छ, मिथिला चित्रकला। 

नामसँगै पेसा र रुचि मिल्नु मिठो संयोग लाग्छ उनलाई। हाल ललितकला प्रज्ञा प्रतिष्ठानको लोक कला विभाग प्रमुख छिन् उनी। अहिले धेरैको आशाको केन्द्रसमेत बनेकी छन्। आफूजस्तै पिछडिएका महिलाहरूको पीडा मेटाउन उनी दत्तचित्त छिन्। 

प्राज्ञ हुँदा उनको जीवनको लय फेरिएको छ। उनलाई खोज्नेहरू धेरै छन्। सम्मान गर्नेहरू बढेको महसुस गरेकी छन्। सहयोग माग्नेहरू पनि धेरै छन्। तर, उनको खुसी अझै कतै अल्झिएको छ। 

‘तराईका धेरै महिलाहरू छन्। जोसँग यस्तै सिप छ। बाहिर आएको छैन। उनीहरूको सिपलाई बाहिर ल्याउनु छ, उनीहरूलाई पनि आत्मनिर्भर बनाउनु छ,’ अनि बल्ल खुसीको लामो स्वास फेर्छु भन्ने उनको आशय छ।  

कुनैबेला मिथिलाकै ‘कला’ पनि घरका भित्ताहरूका कैद थिए। मेटिएर जाने माटोहरूमा विलिन थिए। ‘धन्न, मैले बुझ्ने मौका पाएँ र मेहनत गरेँ,’ उनी ती क्षण सम्झिन्छिन्। 

क्यानभासमा उतारिएका चित्रहरूले उनका संघर्ष बुझाउन प्रेरित गर्छन्। उनले भोगेको समय, नारीहरूको जीवनगाथा र कुरुप यथार्थलाई इंगित गर्छन्।

हामीलाई पेन्टिङहरू देखाउँदै गर्दा उनले ती दिन सम्झिइन्। जुन दिनहरूमा न उनको कुनै सपना थियो, न कुनै भरोसा। केवल, थियो दुःखहरूको गह्रुँगो पहाड।

अंकुराएको सपना
गाउँमा मिथिला एकपल्ट लोकप्रिय भइन्। नागपञ्चमीमा उनले नागको चित्र बनाएकी थिइन्। त्यो चित्र हेर्न एकाएक गाउँभरिका मानिस आउन थाले। सबैले आश्चर्य मान्दै चित्रको बयान गरे। त्यतिबेला सासू पनि निकै खुसी भइन्।

सपना नभएका मिथिलाका आँखामा चित्रकलाको भोक भने ‘टन्नै’ थियो। फुर्सद पाउनासाथ उनी हातमा गोबर राखेर चरा, माछाहरूको चित्र बनाइरहन्थिन्।

चित्र बनाउने रेडिमेड सामग्री हुन्थेनन्। ड्रइङ गर्ने कापीमा नै कलम दगुराउँथिन्।

‘टुक्की बालेर त्यसलाई ढाकेर राख्थेँ, कालो निस्कन्थ्यो। त्यसैलाई कालो कलर बनाएर, चामल भिजाएर सेतो कलर बनाउँथे,’ त्यतिबेला प्रयोग गर्ने रङ सम्झँदै भन्छिन्, ‘कि त चुनालाई सेतो बनाएर त्यसमा गाईको दूध मिसाउँथे र सर्स्युं निचोरेर कलरमा मिसाउँथे।’

चुरोट कारखानामा काम गर्दाताका, उनले चित्र बनाएबापत पहिलो पटक पैसा पाइन्। त्यो उनको जीवनको अविस्मरणीय क्षण थियो।

२०४५ सालतिर, कारखानामै काम गर्ने एक जनामार्फत पेन्सनवासना भन्ने होटलका साहु त्यहाँ आएका थिए। मिथिला लगायत केही महिलालाई पेपर र कलर दिएर उनले चित्र बनाउन लगाए। मिथिलाले पनि बनाइन्। चित्र पूरा भइसकेपछि होटल साहुले खुसी हुँदै २ सय ५० रुपैयाँ दिए।

त्यतिबेला मिथिलाको आर्थिक स्थिति निकै नाजुक थियो। ‘मलाई २ सय ५० त्यो बेला २ लाख बराबर लाग्यो,’ उनले भनिन्। त्यतिबेला मिथिलाका श्रीमान् बिरामी भएर काम गर्न नसक्ने थिए। काम गर्दागर्दै हार्टअट्याक भई प्यारालाइसिस भएको थियो श्रीमान्‌लाई। 

बिरामी श्रीमान् र भोका बालबच्चाको हालत देखेर मिथिलाको छाती चिरिन्थ्यो। 

तिनैताका जनकपुरमा ब्रिटिसबाट एउटा संस्था आयो। 

लेखक राजेन्द्र विमलले उनका दाइ पर्थे। राजेन्द्रमार्फत उक्त संस्था मिथिलाकहाँ आइपुग्यो। 

चित्र बनाउन सबै रेडिमेड पेपर उनले पाइन्। त्यसपछि आफ्नो प्रतिभा त्यहाँ पोखिन्। जसबाट उनले नसोचेको रकम पाइन्– १० हजार। 

‘चित्र बनाएर पनि यत्रो पैसा पाइन्छ र?’ केहीबेर पत्याउनै मुस्किल पर्‍यो। लगत्तै उनले अर्को काम पनि पाइन्। ब्रिटिसहरूले खोलेको संस्थामा।

त्यतिन्जेलसम्म उनी नेपाली राम्रै बोल्न भइसकेकी थिइन्। त्यसैले उनलाई काम गर्न सहज भयो।  ‘नारी विकास’ नामक उक्त संस्था दलित र पिछडिएका महिलाहरूको उत्थानका निम्ति काम गर्दथ्यो।

उनले संस्थामा रहेर डिजाइनका काम गर्न थालिन्। काम गर्दै जाँदा धेरै कुरा बुझ्ने मौका पाइन्। अनि मिथिला कलाको लोकप्रियता पनि ठम्याउन थालिन्।  

एकपल्ट,
आफूले बनाएको चित्रहरू बेच्न उनी काठमाडौं गइन्। चित्रकलाको बजार खोज्नका लागि। 

उनले सुनेकी थिइन्, ‘काठमाडौंमा ठमेल बजार भन्ने ठाउँ छ। जहाँ चित्र राम्रो बिक्री हुन्छ।’

ठमेलको पहिलो पसलमै उनको आँखा अल्झियो। त्यहाँ एउटा पसल थियो– बाटिक फोरमेन्ट। त्यहाँका व्यापारी एकजना महिला थिइन्। उनीसँग कुरा गरिन्। 

व्यापारी महिलालाई पेन्टिङ चाहिएको रहेछ। खुसी हुँदै उनले मिथिलाबाट पेन्टिङ लिइन्। ‘एक-दुई कार्टुनले त पुग्दैन। सकेको ल्याउनुस् हामी लिन्छौं,’ पसलका ती दिदीको आग्रहले उनको हौसला बढ्यो।

त्यसपछि उनी जनकपुर फर्किएर ४५ जनालाई तालिम गराइन्। आफूले जानेको कुरा उनीहरूलाई सिकाइन्। यसरी चित्र बनाउनेहरूलाई उनले पारिश्रमिक पनि दिन थालिन्। 

विस्तारै उनलाई आफ्नो आम्दानी र खर्चबारे हेक्का हुन थाल्यो। आर्थिक अवस्था पहिलेभन्दा माथि उकासिएको भान भयो।

काम गर्ने क्रममा उनलाई अर्को आँट आयो– संस्था खोल्ने। २०५१ मा संस्था स्थापना गरेपछि नै हो, उनका सपनाका टुसा बिस्तारै पलाउन थालेका। 

समर्पणको जित
चित्रकला रुचिमात्र थियो, पछि व्यवसाय भयो। यो व्यावसायिक जीवन उनका निम्ति सुखद नै भए। यद्यपि, संघर्ष भने कमी थिएनन्। 

व्यवसायकै सिलसिलामा उनले एउटा आरोप खेप्नुपर्‍यो। त्यो आरोप उनको निम्ति निकै असह्य थियो। अरु बेला उनी श्रीमान्‌कै साथमा चित्रहरू लिएर काठमाडौं आउँथिन्। श्रीमान् बिरामी भएपछि भने एक्लै काठमाडौं आउनुपर्ने बाध्यता थियो। यसरी जाने क्रममा कहिलेकाहीँ काठमाडौंमा बस्नुपर्थ्यो।

उनी काठमाडौं आइन्। त्यतिबेला श्रीमान्‌लाई कसैले सुनाइदिएछ– तिम्रो श्रीमती अब आउँदैन। पोइला गयो। 

त्यसपछि श्रीमान्‌को मन भाँडियो। शंका गर्न थाले। आफूमाथि लागेका निराधार आरोपले उनलाई निकै बेर पोल्यो। 

श्रीमान्‌ले ‘बाहिर नजाऊ’ भन्न थाले। ३ पटक जापानको पनि अवसर आएको थियो। उनी जान पाइनन्। श्रीमान्‌ले पठाएनन्। उनले श्रीमान्‌लाई सम्झाउँदै भनिन्, ‘मैले यो गरिनँ भनेँ मलाई कृषिको काम आउँदैन। अरुको जुठो भाँडा माझ्नुपर्‍यो भने त राम्रो हुँदैन नि।’ 

तर उनले ‘बरु त्यो गर चित्रको काम नगर’ भन्न थाले। 

उनको रस चित्रकलामै पसिसकेको थियो। काठमाडौं आउजाउ गर्दा थुप्रैसँग चिनजान भइसकेको थियो। उनले हठ छाडिनन्। डटेरै लागिन्। अन्तत: कलाप्रतिको समर्पणले नै जित्यो।

‘मैले यो कामको महत्व बुझिसकेको थिएँ। पछाडि हेरौं भने नर्कको जिन्दगी बित्ने थियो, अर्काको घरमा काम गर्नुपर्दथ्यो। बालबच्चा पढ्दै थिए,’ उनी ती कहरिला दिन सम्झन्छिन्।

त्यो समय सम्झँदा उनलाई अहिले पनि अचम्म लाग्छ। 

‘महिला हिंसा तराईमा अझै व्याप्त छ। बोक्सीको आरोप लगाउने, यौनहिंसा गरेर मारिदिने। दाइजोको नाममा जलाइदिने। यो अझै पनि रोकिएको छैन,’ उनी नफेरिएको सामाजिक सोचबाट मर्माहत छिन्, ‘म समाज परिवर्तन भएको हेर्न चाहन्छु। यसको निमित्त म आफू पनि लाग्छु।’ 

तराईमा अझै पनि नारीहरू घुँघटमा छन्। उनी आफ्ना चित्रमार्फत नारीहरूको आवाज मुखरित पार्ने प्रयत्न गर्छिन्। 

प्रज्ञाको मार्ग
त्यतिबेला ललितकलाको कुलपति किरण मानन्धर थिए। लोककला विभाग प्रमुख थिइन्, शारदा चित्रकार। मिथिलाको चित्र काठमाडौंमा लोकप्रिय बन्दै थियो। एकदिन उनै शारदा सोधखोज गर्दै काठमाडौंस्थित मिथिलाको कोठामा पुगिन्। मिथिला कामकै सिलसिलामा काठमाडौं बसेको निकै समय भइसकेको थियो। शारदाकै आग्रहमा मिथिला वर्कशपमा आइन्। उनको पेन्टिङ देखेर सबैले भित्रैबाट तारिफ गर्थे। 

४ वर्षअघि ललितकलाको प्राज्ञ सभा सदस्यमा उनी नियुक्त भइन्। 

उनलाई आफू सदस्य भएको पनि थाहा थिएन। ‘फोन आउँथ्यो, बधाई आउँथ्यो। मलाई अचम्म लाग्थ्यो। पछि शारदा म्यामले भनेपछि मात्र चाल पाएँ,’ उनले हाँस्दै सुनाइन्। 

झन्डै एक वर्षअघि भएको ललितकलाको पुनः गठनमा उनी प्राज्ञ भएर आइन्। प्राज्ञ हुनका लागि उनले निकै कसरत समेत गरिन्। राष्ट्रपतिलाई भेटिन्। भेट्दा उनले करिब १ घन्टा आफ्ना कुरा राखिन्। उनको विचार सुन्दा राष्ट्रपति विद्यादेवी भण्डारी स्वयं प्रभावित भइन्। 

प्राज्ञ हुनकै लागि उनले विभिन्न मन्त्रीहरूसँग पनि भेट गरिन्। ‘प्राज्ञ हुने चाहभन्दा पनि हामी पिछडिएको मान्छेले अवसर पाउनुपर्छ भन्ने मेरो मान्यता थियो,’ उनी भन्छिन्। 

उनको मेहनत खेर गएन। उनी प्राज्ञ भइन्। अहिले लोककला विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छिन्।

अस्ताएको खुसी
मिथिलाको जीवनमा धेरै उत्तारचढाव आए। जीवनका केही खुसी त कहिल्यै नफर्कने गरी अस्ताए। तिनै अस्थाएका खुसी मध्येको खुसी थियो, जेठो छोरा। 

त्यो दिनले उनको छाती अझै चहर्‍याउँछ। 

०५५ सालको कुरा। जेठो छोराले व्यवसायको काँध थापेको थियो। छोराको ठूलो भर थियो मिथिलाको काममा। एकदिन, छोरा काठमाडौंबाट घर फर्कँदै थियो। जनकपुर पुगेपछि अचानक बेहोस भएर बाटोमै हर्टअट्याक भएछ। अस्पताल नपुग्दै छोराले प्राण त्याग्यो।

यो खबर मिथिलाको कानमा पुग्यो। उनी बेहोस भइन्। लामो समयसम्म तंग्रिन सकिनन्। ५ वर्षसम्म उनी मानसिक रुपमा विचलित भइरहिन्। त्यतिन्जेलमा साना छोरा र छोरीको पनि विवाह भइसकेको थियो।

‘अब उसको आमा बाँच्दैन भनेर अरु छोराछोरीको सानैमा बिहे गरिदिएछन्। मलाई पछि होसमा आउँदा मात्र भयो,’ उनले दुःख पोखिन्।

अहिले पनि बेला बेलामा याद गर्छिन् छोरालाई। 

‘म सँग दुःख गरेको मेरो छोराले नयाँ संसार हेर्न पाएन। हाम्रो सफलता हेर्न पाएन,’ रसाउन ठिक्क परेका आँखा मिच्दै उनले भनिन्।

OOO

जीवनलाई उनी फर्केर हेर्छिन्- उमेरले ५ दशक काटिसकेछ।

दुःखलाई सहने बानी परिसकेको छ। धेरै कमाउनु पनि छैन। थला परेको झुप्रो घर थियो, नयाँ पक्की घर बनाएकी छन्। 

जनकपुरमै आफूलाई पुग्ने जग्गा जोडेकी छन्। व्यवसाय छोरा बुहारीको काँधमा सुम्पेकी छन्। छोरा बुहारी पनि चित्रकलामा पोख्त छन्। 

अब उनको ध्येय छ– समाजको लागि केही गर्ने। 

पिछडिएका महिलाको लागि सोच्छिन्। गरिब बस्तीमा गएर घुम्छिन्। बच्चाहरूको डरलाग्दो जीवनदेखि हृदय पग्लन्छ। अनि आमाहरूलाई आत्मनिर्भर बनाउन तम्सिन्छिन्। 

कतिपय ठाउँमा संस्था खोल्नकै लागि पनि पहल गरिन्। ‘पदमा छु। आफूलाई पो सुविधा छ। तर, दुःखी मान्छेले पनि सुख पाउनुपर्‍यो नि,’ उनी भन्छिन्।

ठाउँठाउँमा गएर आफैं चित्रकलाको प्रशिक्षण पनि दिन्छिन्। बनाउने सामग्री आवश्यक ठाउँमा पठाउँछिन्।

उनको सोच छ– हिमाल, पहाड, तराई सबैतिर पुगेर लोककलाको उत्खनल गर्ने। नेपालको लोककलाको पुस्तक निकाल्ने। 

भन्छिन्, ‘मैले लुकेको कला र प्रतिभालाई जसरी पनि न्याय गर्नुछ। शरीरमा ऊर्जा भइन्जेल म यसैमा लागिरहनेछु।’

तस्बिर/भिडियो : सौरभ रानाभाट

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्