• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'युट्युब युग'को आत्महत्या

64x64
नेपाल लाइभ मंगलबार, भदौ ३, २०७६  १४:२५
1140x725

केही समयअगाडि मैले भरतपुर, पोखरा र काठमाडौंमा सामाजिक सञ्जालबारे बोले। अति संयोजित वा 'हाइपरकनेक्टेड' विश्वमा अहिले धेरै मानिसको जीवन तमासा भएको छ। कुनै बेला घर-टोलमा सीमित हुने झैझगडा वा स्टन्टहरु संसारभरका मानिसको पहुँचमा पुग्न थालेको धेरै भइसक्यो। तर मानिसको मृत्यु नै तमासा भएको एउटा उदाहरण मैले दिँदा त्यसले दर्शकहरुको विशेष ध्यान खिच्यो। 

प्रसंग थियो सन् २०१६ मेमा ओसियन नामक फ्रेन्च किशोरीले सामाजिक सञ्जालमा 'लाइभस्ट्रिम' गरेको आत्महत्या। 

बेलायती पत्रिका 'द गार्डियन'मा २०१७ अगस्टमा प्रकाशित राना दासगुप्ताको लामो आलेखबाट मैले त्यो प्रसंग तानेको थिएँ। मर्नुअगाडि तीन चरणमा सञ्जालमा लाइभ आएकी ती किशोरीले आफ्नो दुखेसो पोखेर अन्ततः बत्तिँदो रेलमुनि किचिएर आत्महत्या गरेकी थिइन्। 

तमासामा के थियो त? किशोरीको लाइभस्ट्रिम अनि त्यसमा सयौं मानिसका टिप्पणी। सुरुमा उनले मर्ने योजना गोप्य राखेर बरालिएका कुरा गरिरहँदा केहीले अधैर्यपूर्वक भनेका थिए, 'फोहरी वेश्या। आफैंलाई मार्। झ्यालबाट हाम फालेर मर्।' 

उनको कुराबाट अब मर्छिन् कि जस्तो लागेपछि दर्शकहरुमा हिस्टेरिया जस्तै मच्चियो। टिप्पणी गर्ने होड चल्यो। नयाँनयाँ मानिसहरु ओइरिन थाले। तमासाका पात्रहरु थपिन थाले। थप विवरण पढ्न चाहने पाठकहरुले 'द फस्ट सोसल मिडिया सुसाइड' खोजेर दि गार्डियनको वेबसाइटमा पढ्न वा पोडकास्टमा सुन्न सक्नुहुन्छ।

पुडासैनीले आत्महत्या लाइभस्ट्रिम नगरे पनि उनको भिडियो युट्युबमा राखिएपछि उनको आत्महत्या प्रकरण पनि फ्रान्सकी किशोरी ओसियनको जस्तै अति संयोजित समाजको ऐना बन्न पुगेको छ।

यहाँ सीमित टिप्पणीहरु उद्धृत गरौं- 'तिम्रो गुप्तांग देखाऊ। त्यो त वेश्या हो। मर्।' 

अनि सामाजिक सञ्जाल युगको प्रतिनिधि एउटा टिप्पणी- 'मेरो सपना पूरा भयोः एउटी आइमाई जसले आफ्नो मुख बन्द गर्छे। मसित बिहे गर्छ्यौ?

Ncell 2
Ncell 2
nimb
nimb

अर्थात्, जीवनमा बलात्कार र त्यसपछिको निरन्तर अन्यायसित जुध्दाजुध्दै जीवनसितै हार खाएकी १८ वर्षे किशोरीलाई देख्दा कसैको 'महिलाको मुख थुन्ने' सपना पूरा भइरहेको थियो। 

जति पनि मानिसले त्यहाँ टिप्पणी गरे, तीमध्ये धेरैको जीवन दर्शन त्यहाँका टिप्पणीहरुमा झल्किन्थ्यो। 

मैले व्याख्या गरेँ– मानिस जीवनभर अपमानित हुनु र उसको आत्मसम्मानमा ठेस पुग्नु पुरानै कुरा हो तर अहिलेसम्म मृत्युमा कसैको आत्मसम्मानमा ठेस पुग्न दिइँदैनथ्यो। कुनै खलपात्रको मृत्युमा पनि खोजीखोजी उसका गुणकै चर्चा हुन्थ्यो। कसैको मृत्युमा पनि कसैले मपाइँत्व गर्ने वा आफ्ना एजेन्डा लाद्ने कुराको कल्पना गर्न पनि सकिँदैनथ्यो। 

अब त्यो अवस्था बदलिइसक्यो। सामाजिक सञ्जालमा लाइभस्ट्रिम गरिएका आत्महत्याको कारणले मात्रै त्यसो भएको होइन। अति संयोजित विश्वमा धेरै मानिसहरु एक ठाउँमा जोडिए पनि मानिसबीचको दुरी बढ्ने र व्यक्तिलाई एक्लोपनले गाँजिरहने विरोधाभासपूर्ण समयमा बाँचिरहेका छौं हामी। 

प्रदर्शनमा एक युवा नेतालाई मैले सोधेँ, 'निर्दोष भए प्रहरीले छाडिहाल्ला, अहिले अदालतकै अगाडि यस्तो प्रदर्शन किन?' मेरो प्रश्नको जवाफ त उनीसँग थिएन तर मानिसहरुको प्रदर्शनको औचित्यचाहिँ उनले जनाए, 'यो रवि दाइको सत्कर्मको फल हो।' 

एक्लोपन र निरर्थकताबाट आजित मानिसले जे गर्न पनि तयार हुन्छ। जस्तो कि एक किशोरीको मृत्यु-उल्लास।

चितवन पुगेर एक पत्रकारले आत्महत्या गरेपछि अति संयोजित नेपाली समाजको हिस्टेरियाग्रस्त रुप अहिले छरपस्ट भएको छ। 

आत्महत्या गर्नुअगाडि उनले भिडियो रेकर्डमा जे भने, त्यसको आधारमा अहिले अनुसन्धान भइरहेको छ। उनले आफ्नो आत्महत्याका लागि जिम्मेवार भनेर तोकेका व्यक्तिहरु पक्राउ परेका छन्। 

प्रहरी प्रशासन र न्याय प्रणालीको अहिलेसम्मको ट्रयाक रेकर्ड हेर्दा अन्याय होला कि भनेर शंका गर्ने पर्याप्त ठाउँ छ। तर विगतबाट पाठ सिकेर चुस्त अनुसन्धान गरियो भने यो प्रकरणमा दूधको दूध र पानीको पानी छुट्याउन पनि सम्भव छ। 

पत्रकार रवि लामिछानेको पक्राउविरुद्ध चितवनका सडकमा जति मानिस उत्रेका छन्, त्यसले चाहिँ केही फरक सवाल उठाएको छ। के हामी हाम्रो राज्य र न्याय प्रणालीमाथि यति अविश्वास गर्ने अवस्थामा पुगेका हौं कि उसले न्यूनतम कर्तव्य पनि पालना नगरोस्? राज्य संयन्त्रले हिजो कमजोरी गर्‍यो र न्याय दिन सकेन भने ती कमजोरी सुधार्न बाध्य पार्ने कि अबदेखि उसलाई कर्तव्यदेखि नै विमुख बनाउने?  

प्रदर्शनमा भेटिएका एक युवा नेतालाई मैले सोधेँ, 'निर्दोष भए प्रहरीले छाडिहाल्ला, अहिले अदालतकै अगाडि यस्तो प्रदर्शन किन?'

मेरो प्रश्नको जवाफ त उनीसँग थिएन तर मानिसहरुको प्रदर्शनको औचित्यचाहिँ उनले जनाए, 'यो रवि दाइको सत्कर्मको फल हो।' 

कुनै अभियानमा कोही लाग्नु, त्यसका लागि उसले सामाजिक सञ्जाल लगायतका माध्यम प्रयोग गर्नु स्वाभाविकै हो। तर कतै सामाजिक सञ्जालबाट प्रवाह र उपभोग हुने यस्ता सूचना र सामग्री बिस्तारै साधनबाट साध्य बन्दै गइरहेका त छैनन्?

रवि लामिछानेको पत्रकारिताले मानिसहरुको जीवनमा प्रत्यक्ष प्रभाव पारेको रहेछ। धेरै उत्पीडितहरुले न्याय पाएका पनि रहेछन्। सडकमा आउने अधिकांश मानिस उनीप्रतिको श्रद्धा र राज्यप्रतिको अविश्वासकै कारण आएको पनि देखिन्छ। घुसपैठ गरेर व्यवस्था उल्टाउन खोज्नेहरु त जहाँ जुन प्रदर्शनमा पनि पुगी नै हाल्छन्।

मृत पत्रकार शालिकराम पुडासैनीले भिडियोमा रविको त्यही पत्रकारिताप्रति प्रश्न उठाइदिएका छन्। उनले भने भन्दैमा रवि वा नाम लिइएका अरु कोही दोषी हुने कुरा होइन। तर त्यति आरोप लागेपछि उनीहरु निर्दोष साबित हुन पनि प्रहरीले विना दबाब निष्पक्ष छानबिन गर्नुपर्ने होइन र? 

एकछिन यताउताका कुरा गरिसकेपछि युवा नेताले भने, 'अघि फेसबुक लाइभ हालेको तीन लाखले हेरिसके, १० हजार सेयर भयो।' उनको अनुहारको कान्ति र उत्साह हेर्दा यस्तो लाग्थ्यो कि युवा नेताले कसैलाई मृत्युको मुखबाट बचाएका छन्। भोलि शनिबार कति मानिस उर्लनेछन् भन्ने उनको आँकलनसँगै भोलि फेसबुकमा कति दर्शक कमाइने हो भनेर उनी पुलकित भए।

कुनै अभियानमा कोही लाग्नु, त्यसका लागि उसले सामाजिक सञ्जाल लगायतका माध्यम प्रयोग गर्नु स्वाभाविकै हो। तर कतै सामाजिक सञ्जालबाट प्रवाह र उपभोग हुने यस्ता सूचना र सामग्री बिस्तारै साधनबाट साध्य बन्दै गइरहेका त छैनन्? कतै मानिसहरुलाई आफ्नो प्राथमिकता रविलाई न्याय दिलाउनु हो कि आफूले सामाजिक सञ्जालमा प्रभाव बढाउनु हो भन्नेमा दुविधा त छैन? 

अति संयोजित युगमा हामी कति शंकालु भयौं कि हामीलाई आँखाले भिडियोमा देखेको र कानले सुनेको कुराभन्दा कल्पनाबाट निःसृत कुनै भयावह षड्यन्त्र संकथनमा धेरै भर छ?

यो प्रकरणको सबैभन्दा चिन्ताजनक पाटोचाहिँ षड्यन्त्र कथाहरुको निर्माण र प्रवाह छ। अहिले सडकमा सिर्जित ती कथाहरुमध्ये यी दुई उदाहरण हेरौं-

–अमूक नेताको अमूक मानिस जिल्लामा सरुवा भएर आयो। मर्ने मानिस चितवनमै आएर मर्‍यो। यो संयोग हुनै सक्दैन। सुनियोजित हुनुपर्छ। 

–आत्महत्या भनिएको आत्महत्यै होइन। भिडियो स्वतःस्फूर्त खिचिएकै छैन, पछिबाट सुइरोले रोपेर खिच्न लगाइएको छ। यो हत्या नै हो। 

जुन भिडियो हेरेर मानिसहरुले पछिबाट कसैले सुइरो रोपेर बोल्न बाध्य पारेको देखे, मैले बिलकुल फरक कुरा देखेँ। 

माथि पाइला चाल्न खोज्दा तलै थच्चिन पुग्ने नेपाली मध्यमवर्गको पीडा। अपेक्षा र उपलब्धिको अन्तरले निम्त्याउने निरन्तर द्वन्द्व र बेचैनी। करिअरमा गलत निर्णय लिँदा आउने दुष्परिणाम र हुने पश्चात्ताप। गलत काम गर्न बाध्य पारिँदाको विषाद्। काममा आफ्नो नियन्त्रणबाहिर हुने कुराहरु। चाहँदाचाहँदै जीवन सन्तुलित गर्न नसक्दाको पीडा। एक बिन्दुमा जीवन यात्रा नियन्त्रणबाहिर गएको लागेपछि व्यक्तिले लिने आत्महत्याको निर्मम बाटो। अन्तिम अवस्थासम्म पनि परिवारजनका लागि सुरक्षित हुने भावना र संवेदना। 

मर्नुअगाडि पुडासैनीले बोलेका कुरामा छलछाम, दबाब वा षड्यन्त्र रहेछ भने त्यो बाहिर आइहाल्ला। त्यही स्थापित गर्न पनि उनले आरोप लगाएका मानिसहरुमाथि निष्पक्ष छानबिन आवश्यक छ। तर अति संयोजित युगमा हामी कति शंकालु भयौं कि हामीलाई आँखाले भिडियोमा देखेको र कानले सुनेको कुराभन्दा कल्पनाबाट निःसृत कुनै भयावह षड्यन्त्र संकथनमा धेरै भर छ? त्यस्तो संकथन, जहाँ कुनै सर्वशक्तिमान खलपात्रले पुडासैनीलाई चितवन पुर्‍याउँछ, कोठमा बन्द गर्छ, सुइरोले घोचेर बकाउँछ, अनि उनलाई डोरीले झुन्ड्याइदिएर ढोकाको चुकुल भित्रबाट लगाएर अलप हुन्छ?

सायद हजारौं साथी हुने यो युगमा हामी कसैको मनको कुरा सुन्न, आफ्नो मनको कुरा कसैलाई सुनाउन बिर्सिसकेका छौं। मृत्यु जस्तो भावनात्मक घडीमा पनि हामी मानवीय भावना र संवेदना महसुस गर्न असमर्थ छौं। 

पुडासैनीको जीवन असमयमा नटुंगिएको भए कति राम्रो हुन्थ्यो। तर हाम्रो सार्वजनिक बहसको विषय उनीजस्तै असुरक्षित करिअरमा अल्झिन विवश पत्रकार वा अन्य युवाहरुमाथिको बोझ, दबाब र उल्झन पनि हुनुपर्ने होइन र? सीमित आम्दानी, बढ्दा आवश्यकता र आकासिँदो खर्च, उनले व्यक्त गरेको आर्थिक कठिनाइको कथा नेपालको सहरी मध्यम वर्गले सहजै आत्मसात गर्न सक्ने कुरा होइन? भरपर्दो रोजगारमा बानी परेका पश्चिमा समाजहरुमा अहिले 'गिग इकोनोमी'ले सिर्जना गरेको आर्थिक असुरक्षाबारे बहस भइरहँदा हामीकहाँ त त्यस्तो बहस झनै आवश्यक छ। उनको असामयिक मृत्युले यस्ता प्रश्नमा बहस सुरुसमेत नहुनु झनै दु:खद कुरा हो। 

पुडासैनीले आत्महत्या लाइभस्ट्रिम नगरे पनि उनको भिडियो युट्युबमा राखिएपछि उनको आत्महत्या प्रकरण पनि फ्रान्सकी किशोरी ओसियनको जस्तै अति संयोजित समाजको ऐना बन्न पुगेको छ। दुवैको समानता, मृत्युका अनलाइन साक्षीहरु मृतकको पीडा बुझ्ने, उसप्रति संवेदित भएर समानुभूति (एम्प्याथी) प्रकट गर्नेभन्दा पनि आ-आफ्नो जीवन दर्शन अनुसारको प्रतिक्रिया दिनमा व्यस्त छन्।

सायद हजारौं साथी हुने यो युगमा हामी कसैको मनको कुरा सुन्न, आफ्नो मनको कुरा कसैलाई सुनाउन बिर्सिसकेका छौं। मृत्यु जस्तो भावनात्मक घडीमा पनि हामी मानवीय भावना र संवेदना महसुस गर्न असमर्थ छौं।

कारण, हामीलाई तत्काल मानिसको ध्यान तान्ने भिडियो बनाएर युट्युबमा हाल्न वा सनसनीपूर्ण कुरा फेसबुक/ट्विटरमा लेखेर 'हिट' हुन हतारो छ। युट्युब सिर्जित उत्तरआधुनिक युगमा हामी सबैलाई स्वागत छ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने
१५औं महाधिवेशनका विषयमा छलफल गर्न सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु
हरितालिका तीजमा लाइनको सास्ती घटाउने उपायः भोलि बिहान ३ बजेबाट खुल्नेछन् पशुपतिनाथका चारै ढोका
सम्बन्धित सामग्री
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ । टोल–टोलमा तीजका गीत घन्किन थाल्छन् । दिदीबहिनीहरू भेटघाट ग... शनिबार, भदौ २७, २०८३
बुवा : आफ्ना सपना थाती राख्ने नायक आमाको माया प्रायः शब्दमा सुनिन्छ, बुवाको माया भने जिम्मेवारीका रूपमा देखिन्छ । बिहान सबेरै उठेर काममा निस्कँदा होस् वा रात अबेरसम्म... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने आइतबार, भदौ २८, २०८३
१५औं महाधिवेशनका विषयमा छलफल गर्न सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु आइतबार, भदौ २८, २०८३
हरितालिका तीजमा लाइनको सास्ती घटाउने उपायः भोलि बिहान ३ बजेबाट खुल्नेछन् पशुपतिनाथका चारै ढोका आइतबार, भदौ २८, २०८३
प्रधान सेनापति सिग्देल चीन प्रस्थान आइतबार, भदौ २८, २०८३
स्वामी श्रीनिवासको चेतावनी– म माथि निरन्तर प्रहार भइरहे भाषणमा मात्र होइन, शासनमै आउनेछु आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्