• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

नेपाल लिटरचेर फेस्टिभलको आठौँ संस्करण मङ्सिर २७ देखि पोखरामा हुने

64x64
नेपाल लाइभ सोमबार, साउन २७, २०७६  ०९:३७
1140x725

काठमाडौं- नेपाल लिटरचेर फेस्टिभलको आठौँ संस्करण आगामी मङ्सिर २७ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ। आयोजक बुकवर्म फाउन्डेसनका अनुसार फेस्टिभलका अघिल्ला संस्करणझैं यस वर्ष पनि १ सय ५० भन्दा बढी स्वदेशी तथा विदेशी लेखक, तीन दर्जनभन्दा बढी सेसन र थप रोचक सामग्री समावेश गरिनेछन्।

यस वर्ष महोत्सवमा भारतीय लोकसभाका सांसद् एवम् साहित्यकार डा शशी थरुर, भारतीय प्रसिद्ध गीतकार एवम् कवि जावेद अख्तर, भारतीय अभिनेत्री शवाना आज्मीलगायतको विशेष उपस्थिति रहने बुकवर्मले जनाएको छ। साथै देशविदेशका १ सय ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहने जनाइएको छ।

महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवम् गरिमामय डिएससी पुरस्कार प्रदान गर्न लागिएको छ। २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशी बराबरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत ८ वर्षदेखि प्रदान गर्दै आएको छ।

नेपाल लिटरेचर फेस्टिभलका निर्देशक अजित बराल भन्छन्, ‘डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच नेपाल लिटरेचर फेस्टिभललाई नै एक तटस्थ दक्षिण एसियाली मञ्चका रुपमा उभ्याउन मद्दत पुर्‍याउनेछ।’

महोत्सवसँगको सहकार्यलाई लिएर दक्षिण एसियाली साहित्य, डिएससी पुरस्कारकी सह-संस्थापक सुरिना नरुला भन्छिन्, ‘हामी आइएमई नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ। पोखराको सुन्दर सहरमा सम्पन्न हुने फेस्टिभलमा यसपटक डिएससी पुरस्कारको विजेता घोषणा गर्दैछौँ। पुरस्कार र फेस्टिभल दुवैले दक्षिण एसियाली साहित्यलाई प्रर्वद्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएका छौँ।'

Ncell 2
Ncell 2
nimb
nimb

नरुलाले दक्षिण एसियाली साहित्यलाई विश्वसामु साक्षात्कार गराउनु आफूहरुको प्रमुख उद्देश्य रहेको बताइन्। विगत ८ वर्षदेखि दक्षिण एसियाली लेखनलाई निरन्तर प्रवर्द्धन गर्दै आएको डिएससी पुरस्कार प्रत्येक वर्ष फरक-फरक दक्षिण एसियाली देशहरूमा वितरण हुने रोलक्रमअनुसार यस वर्ष नेपाल लिटरेचर फेस्टिभलमा घोषणा गर्न लागिएको हो।

डिसेम्बरमा हुन लागेको फेस्टिभलले 'नेपाल भ्रमण वर्ष २०२०'लाई पनि सघाउने विश्वास लिएको नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले बताइन्। काठमाडौंभन्दा बाहिर गएर पनि सफल भएको महत्वपूर्ण कार्यक्रम नेपाल लिटरेचर फेस्टिभल रहेको उनको दाबी छ। ‘यसले पोखरालाई ब्रान्डिङमा मात्र सघाएको छैन, पोखरालाई बौद्धिक गन्तव्य बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ श्रेष्ठले भनिन्।

जनकपुर र पोखरामा आयोजना हुने लिटरेचर फेस्टिभलले 'नेपाल भ्रमण वर्ष २०२०'लाई सार्थक बनाउन टेवा पुर्‍याउने भ्रमण वर्षका संयोजक सुरज वैद्यले बताए।

Xtrem
Xtrem

'नेपाल भ्रमण वर्ष २०२०'लाई मध्यनजर गर्दै प्रदेश २ सरकार र सरोकारवालाहरूको पहलमा जनकपुरमा पनि आउँदो कात्तिक १७ र १८ गते साहित्य महोत्सव सम्पन्न हुने बताइएको छ।

भ्रमण वर्षअन्तर्गत प्रदेश २ का संयोजक एवम् फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी अधिकृत मनीष झा भन्छन्, ‘५०० वर्ष पुरानो धार्मिक र सांस्कृतिक सहर जनकपुरले मैथिली साहित्यलाई प्रतिनिधित्व गर्छ। जहाँ धर्म र संस्कृति हुन्छ, त्यहाँ संवेदना प्रचुर हुन्छ र साहित्य पनि त्यही मौलाउँछ। त्यसैले जनकपुरमा हुने महोत्सवले सहरको सांस्कृतिक, धार्मिक, साहित्यिक मूल्यमान्यतालाई पुनर्स्थापना गर्न टेवा पुर्‍याउँछ।’

नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको महोत्सवको प्रमुख प्रयोजक आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।

महोत्सव सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको प्राङ्गणबाट सुरु भएको हो। ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिट्रेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको दाबी छ।

प्रकाशित मिति: सोमबार, साउन २७, २०७६  ०९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ)
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
बाढी प्रभावित क्षेत्रमा पुल निर्माणका लागि चीनले नेपाललाई दुई बेली पुलका सामग्री दियो बिहीबार, असोज १५, २०८३
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्