• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विश्वकप सपनामा नेपाललाई धक्का : किन कमजोर हुन्छ ब्याटिङ?

64x64
ऋग्वेद शर्मा मंगलबार, साउन ७, २०७६  १३:४२
1140x725

काठमाडौं– ‘दिमागमा यति धेरै प्रश्नहरु घुमिरहेको छन्। तर, मलाई थाहा छैन मैले यी प्रश्नहरु सोध्न मिल्छ या मिल्दैन।’

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा हाल यू-१९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक रहेका बिनोद दासले भनेजस्तै कतारविरुद्धको खेल हेरेका समर्थकहरुको मनमा समेत विभिन्न प्रश्नहरु मडारिएका छन्।

टी–२० विश्वकप खेल्ने लक्ष्यका साथ एसियाली छनोटको फाइनल चरणमा खेलिरहेको नेपाल पहिलो खेलमा नै कतारसँग पराजित भएको छ। यसमा प्रमुख कारक सदाझैं ब्याटिङलाई नै मानिएको छ। नेपालको किन सधैँ ब्याटिङ कमजोर बन्छ? ब्याटिङमा मुख्य दख्खल भएका नयाँ प्रशिक्षकले कस्तो योजना बनाएका छन्? बलियो मानिएको नेपालको निराश प्रदर्शनले विश्वकप टाढियो या सुधार हुन मिल्ने ठाउँ छ त?

टी–२० विश्व वरियतामा ११औँ स्थानमा रहेको एकदिवसीय मान्यता प्राप्त टिम नेपाल वरियताको २१औँ स्थानमा रहेको कतारसँग ४ विकेटले पराजित हुनुभन्दा दुःखद छ, नेपालको नसुधारिएको ब्याटिङ।

ओपनिङमा आएका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको साझेदारी गरे। जुन नेपालले टी–२० मा गरेको सर्वाधिक ओपनिङ साझेदारी हो। तर, सुरुवाती ६ ओभरमा देखिएको खेलले निरन्तरता पाउन सकेन। कप्तान खड्का १७ बलमा २८ रन बनाएर आउट हुने बित्तिकै नेपालको सम्पूर्ण ब्याटिङ अर्डर धरमरायो।

मल्लले २४ बलमा २३ रन, शरद भेषावकरले १३ बलमा ७ रन, दिपेन्द्र सिंह ऐरीले ३५ बलमा ३४ रन, सोमपाल कामीले १२ बलमा ११ रन, बिनोद भण्डारीले ७ बलमा ३ रन, करण केसीले ४ बलमा ४ रन, सन्दीप लामिछानेले ५ बलमा ९ रन, वसन्त रेग्मीले २ बलमा १ रन बनाए। कतारसँग २० ओभर ब्याटिङ गर्दा राम्रो रन नबनाई टिम अलआउट हुनु असाध्यै लज्जास्पद हो।

नेपाली टिममा यसअघि ब्याटिङ कन्सल्ट्यान्टका रुपमा रहेका प्रशिक्षक उमेश पटवालले ब्याटिङमा गरेको नौलो प्रयोग कतारविरुद्धै असफल हुनुले आगामी खेलका लागि पनि प्रश्न उठेको छ।

सुरुवातमा रहेका अनुभवी तीन ब्याट्सम्यान पारस, ज्ञानेन्द्र र शरद कसैले पनि लामो इनिङ खेल्न सकेनन्। त्यसपछिका ब्याट्सम्यान पनि सबै खराब सटमै आउट हुन पुगे। यसैले नेपाली टिमका पूर्व-कप्तान तथा हाल यू-१९ राष्ट्रिय टिमका प्रशिक्षक रहेका विनोद दास प्रश्न गर्छन्, ‘१ सय २२ रन बनाएर बलरले खेल जोगाउन सक्छन् त?’

Ncell 2
Ncell 2
nimb
nimb

‘१ सय २३ रनको लक्ष्य हुँदा पनि खेल अन्तिम ओभरसम्म पुगेको थियो, त्यसैले बलिङमा हामीले यो भएन भन्न मिल्ने ठाउँ नै रहँदैन। हाम्रो सम्पूर्ण कमजोरी नै ब्याटिङमा नै देखिएको हो,’ नेपाल लाइभसँग कुरा गर्दै दासले भने।

कतारले राम्रो लेन्थ–लाइनमा गरेको सम्हालिएको बलिङ नेपाली ब्याट्सम्यानलाई कठिन परेको थियो। तर, नेपालले बलिङमा पनि सम्झनलायक खेल भने देखाएको होइन। यसमा लक्ष्य नै कम भएकाले नेपालको बलिङमा नौलो प्रयोग भएको हुनसक्ने दासको बुझाइ छ।

‘पावर प्ले, मिडिल ओभर र डेथ ओभरमा बलिङ कसले गर्ने भन्ने पनि यकिन जस्तो देखिएन, २० ओभर बलिङ गर्नका लागि बलिङमा पारसले समेत योगदान गर्न सक्ने हुँदाहुँदै ६ जना बलर आवश्यक नै हो त? सिंगापुरको पिच ब्याटिङका लागि अप्ठ्यारो पिच हो त?,’ दासले ट्विटरमा समेत प्रश्न गरेका छन्।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटको राम्रो अनुभव बटुलेका सन्दीप लामिछानेले कतारविरुद्ध तीन विकेट लिए पनि महंगा सावित भए। तीन ओभरमा ३३ रन खर्चिएका उनको बलिङ १ सय २३ रनको लक्ष्य भएको ठाउँमा पर्याप्त हुन सकेन। पहिलो ओभरमा नै १३ रन खाएका सोमपाल कामीले त त्यसपछि बलिङ गर्न समेत पाएनन्।

Xtrem

Xtrem

२ ओभर २ बल बलिङ गरेका ललित राजवंशीले २५ रन खर्चिए। ४ ओभर बलिङ गरेका करण केसीले एक विकेट लिँदै १८ रन दिए। वसन्त रेग्मीले ४ ओभरमा १४ रन मात्रै खर्चिंदा अभिनाश बोहराले समान ओभरमा २० रन दिए। नेपालको बलिङ १ सय २२ रन जोगाउन सक्षम हुने समर्थकमा देखिएको विश्वास टुटे पनि ब्याटिङ सुधार गर्नुको विकल्प नहुने पूर्व प्रशिक्षक जगत टमाटा बताउँछन्।

‘हामीले राम्रो ब्याटिङ गर्न नसकेकै हो। खेलाडीहरुलाई दिएको जिम्मेवारीअनुसार अगाडि बढ्नै सकेनन्। हरेक बलमा बाउन्ड्री लगाउँछु भन्ने सोचेर ब्याट चलाउनु त भएन नि। खराब सटमा आउट हुँदा त नराम्रो नै लाग्छ,’ उनले भने।

सुरुवाती तीन ब्याट्सम्यान पारस, ज्ञानेन्द्र र शरदमध्ये कोही एक जनाले मात्रै भए पनि लामो इनिङ खेल्न सक्नुपर्ने उनको धारणा छ। ‘तीनमध्ये एक जनाले त कम्तीमा १५ ओभरसम्म खेल्न सक्नुपर्‍यो नि। त्यसपछि कम्तीमा १ सय ५० रन नेपालको बन्छ। हामीले १ सय ५० रन बनाउन सक्यौँ भने त राम्रो टिमलाई पनि हराउँछौँ,’ पूर्व-प्रशिक्षक टमाटाले भने।

यू-१९ राष्ट्रिय टिमका प्रशिक्षक दास र राष्ट्रिय टिमका पूर्व-प्रशिक्षक टमाटाको नेपालको खेललाई लिएर उस्तै धारणा छ- 'खेलाडीले दिइएको जिम्मेवारी पूरा गर्नुपर्‍यो र अतालिनु भएन।' बाहिरबाट हेरेको जस्तो परिस्थिति खेलमा नहुने र बाहिर बसेर प्रश्न उठाउन सजिलो हुने भए पनि नेपालबाट यो भन्दा बढी अपेक्षा हुनु स्वभाविक भएको उनीहरु बताउँछन्।

‘यहाँ बसेर हेरेको जस्तो सबै कुरा त हुँदैन, टिमले केही सोचेर नै प्लानिङ गरेको होला। तर, प्लानिङ के हो भन्ने मैले चाहिँ बुझ्न सकिनँ,’ दासले सुनाए, ‘यस्तो ब्याटिङले त कहिल्यै पनि हुँदैन, १ सय २२ रन बनाएर बलिङ गर्न आउँदा त सयमा ९० पटक हारिन्छ नै होला।’

सिंगापुरको विकेट ब्याटिङका लागि राम्रो मानिएको भए पनि नेपालको कमजोर ब्याटिङ हुनु खेलाडीले खेलप्रतिको जिम्मेवारी बोध नगरेको टमाटाको बुझाइ छ। तर, आजको अनपेक्षित हारपछि कप्तान र प्रशिक्षकले मैदानमा उतारेको ब्याटिङ लाइनअपमा समेत प्रश्न गर्न थालिएको छ। आजको खेलमा टोलीका तीनै जना अनुभवी ब्याट्सम्यान पारस, ज्ञानेन्द्र र शरदलाई सुरुवातमै मैदानमा उतारिएको थियो।

ब्याटिङ लाइनअपमा पो केही कमजोरी हो की भनि गरिएको प्रश्नमा टमाटा भन्छन्, ‘टिमले पूर्व तयारी गरेर नै ब्याटिङ लाइन मिलाएको हुन्छ। मलेसियामा तयारी खेल खेल्दादेखि नै केही योजना पक्कै बनेको छ। योजनाअनुसार अगाडि बढ्न नसकेको भने पक्कै हो।’

दास पनि खेलमा देखिइसकेको कुराहरुमा प्रश्न उठाउनु मात्र जायज नहुने राय राख्छन्। भन्छन्, ‘अब अगाडिको खेलमा कसरी सुधार गर्ने भन्नेमा विचार गर्नुपर्छ। कसलाई कसरी खेलाउँदा उपयुक्त हुन्छ भन्ने राम्रो योजना त पक्कै पनि छ नै।’

ब्याटिङका लागि उपयुक्त विकेट मानिएकाले टस जितेको नेपालले पहिले ब्याटिङ गर्न गरेको निर्णय ब्याट्सम्यानहरुले नै गलत सावित गरिदिए। पहिलो बलिङमा गएर कतारलाई १ सय ३० रन भित्र रोक्न सकेको भए अवस्था फरक हुने थियो। नेपालले लक्ष्यअनुसार सम्हालिएर ब्याटिङ गर्ने अवस्था रहन्थ्यो। तर, भएको भए, यसो गर्न पाएको भए भन्ने कुरा खेलमा स्वभाविक देखिँदैन। अब अगाडिको खेललाई विचार गरेर बढ्नुको विकल्प मात्र बाँकी छ।

छनोट प्रतियोगितामा नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग, तेस्रो खेलमा शनिबार कुवेतसँग र अन्तिम खेलमा आइतबार सिंगापुरसँग खेल्नेछ। मलेसिया र सिंगापुरले एक–एक खेल जितेका छन्। कतारको एक जित र एक हार छ। कुवेत र नेपालले एक–एक खेल हारेका छन्।

आउँदो अक्टोवर ११ देखि युएईमा हुने टी-२० विश्वकप छनोटमा पुग्दै विश्वकपमा बढ्न बाँकी खेलमा गल्ती गर्ने छुट नेपालका लागि हुने छैन।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्