• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

संविधानमा बाझिने गरी दोहोरो करको व्यवस्थासहित ४ प्रदेशले ल्याए आर्थिक ऐन

64x64
नेपाल लाइभ बिहीबार, साउन २, २०७६  ०९:४६
1140x725

काठमाडौं- संविधानको व्यवस्थाविपरीत हुने गरी ४ वटा प्रदेश सरकारले सिमेन्ट उद्योगमाथि दोहोरो कर लगाएका छन्। प्रदेश १, २, ३ र कर्णाली प्रदेशले संविधानको धारा ६० तथा अनुसूची ६, अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ सँग मेल नखाने तथा दोहोरो कर लागाउने गरी यस आर्थिक वर्षको आर्थिक ऐन ल्याएका हुन्।

प्रदेश १ ले ‘खानीजन्य वस्तुहरुको उपयोग गरी सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्ने उद्योगबाट उत्पादित सिमेन्टको बिक्रीमा बिक्री गर्दाको बखत प्रति बोरा ३ रुपैयाँका दरले प्राकृतिक स्रोत उपयोग शुल्क लगाइनेछ,’ भन्ने व्यवस्थासहित आर्थिक ऐन ल्याएको छ।

संविधानत: प्राकृतिक स्रोतको रोयल्टी संघीय सरकारले संकलन गरी स्थानीय र प्रदेश तहमा बाँडफाँट गर्ने व्यवस्था भए पनि प्रदेश १ ले आफैं कर लगाइदिएको हो।

यसैगरी, प्रदेशले साल र खयर बाहेकका काठ व्यापारिक प्रयोजननका लागि बिक्री गरे पनि वन पैदावार शुल्क लगाउने तयारी गरेको छ।

‘प्रदेशभित्र नेपाल सरकारद्वारा सामुदायिक वनका रुपमा हस्तान्तरित राष्ट्रिय वनमध्ये उपभोक्ता समूहले कानूनबमोजिम कार्ययोजना बनाई निकालिएको साल र खयर बाहेकका काठ उपभोक्ता समूह बाहिर व्यापारिक प्रयोजनका लागि बिक्री गरेमा बिक्री गरी पाप्त गरेको रकममा १५ प्रतिशत वन पैदावार शुल्क लगाइनेछ,’ आर्थिक ऐनमा भनिएको छ। 

यसैगरी प्रदेश २ ले पनि सिमेन्टमा कर लगाउने गरी आर्थिक ऐन ल्याएको छ। प्रदेश २ को आर्थिक ऐनमा भनिएको छ, ‘खानीजन्य वस्तुहरुको उपयोग गरी सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्ने उद्योगबाट उत्पादित सिमेन्टको बिक्रीमा प्रति बोरा १ रुपैयाँका दरले प्राकृतिक स्रोत उपयोगवापत शुल्क लगाइनेछ।’

प्रदेश ३ ले पनि संविधान तथा अन्य कानुनसँग बाझिने गरी आर्थिक ऐन ल्याएको छ। प्रदेशले सिमेन्ट उद्योगमाथि प्राकृतिक स्रोत उपयोग शुल्क लगाउने घोषणा गरको छ। ‘प्रदेशभित्र उत्पादन हुने सिमेन्टको हकमा कारखाना मूल्यको ०.२५ प्रतिशतका दरले प्राकृतिक स्रोत उपयोग शुल्क लगाइनेछ,’ प्रदेश ३ को आर्थिक ऐनमा उल्लेख छ।

कर्णाली प्रदेशले पनि सिमेन्ट र क्लिंकर उद्योगमाथि प्राकृतिक स्रोत उपयोगबापत शुल्क लगाउने गरी आर्थिक ऐन ल्याएको छ। ‘खानीजन्य वस्तुहरुको उपयोग गरी सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्ने उद्योगबाट उत्पादित सिमेन्टको बिक्रीमा बिक्री गर्दाकै बखत बिक्रीमूल्यको (मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क बाहेक) ०.५ प्रतिशतका दरले प्राकृतिक स्रोत उपयोगबापत शुल्क लगाइनेछ,’ आर्थिक ऐनमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

कर्णाली प्रदेशको आर्थिक ऐनमा क्लिंकर उत्पादन गरी बिक्रीवितरण गर्ने उद्योगबाट उत्पादित क्लिंकरको बिक्रीमा बिक्री गर्दाकै बखत बिक्री मूल्यको ०.५ प्रतिशतका दरले प्राकृतिक स्रोत उपयोग शुल्क लगाइने व्यवस्था गरिएको छ।

दोहोरो कर लाग्ने गरी आर्थिक ऐन ल्याउनु गलत  

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले संविधानविपरीत हुने गरी प्रदेश सरकारले आर्थिक ऐन ल्याएको बताए। उनले व्यवसायिक वातावरण बिग्रिने गरी यस्ता कानुन ल्याउनु अनुचित हुने पनि उल्लेख गरे।

संविधानअनुसार प्राकृतिक स्रोत उपयोगको रोयल्टी केन्द्र सरकारले संकलन गर्ने र स्थानीय र प्रदेशलाई बाँडफाँट गर्नुपर्नेमा सबैले उठाउन थाल्नु गैरसंवैधानिक काम हो, मुरारकाले भने, तल्ला तहले जे पनि गर्न पाउने जसरी काम गरिरहेका छन्, यो ठीक होइन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दोहोरो करसम्बन्धी विवाद बढ्दै गएपछि संघीय सरकारले गत वर्ष नै अध्ययन कार्यदल बनाई समाधान गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेशकुमार थपलिया संयोजक तथा तत्कालीन राजश्व सचिव शिशिरकुमार ढुंगाना र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्याल सदस्य रहेको कार्यदलले दिएको सुझावअनुसार सम्बन्धित प्रदेश र स्थानीय तहलाई दोहोरो कर हटाउन निर्देशन दिइएको थियो।

गत वर्ष नै यस्ता समस्या देखिएपछि निराकरण गरिएकोमा यो पटक पनि प्रदेशहरुले दोहोरो कर लाग्ने गरी आर्थिक ऐन ल्याउनु गलत हो, अर्थ मन्त्रालयका एक सहसचिवले भने, संविधान र अन्य प्रचलित कानुनविपरीत हुने गरी ल्याइएका त्यस्ता आर्थिक ऐनका व्यवस्था खारेज हुन्छन्।

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  ०९:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्